Mar 30, 2013

कसरि सफ़ल बन्न सकिन्छ : १० सुत्रहरु

१.खतरा सँग नडराउनुहोस:
यदी तापाई आफ्नो काममा सफलता चाहानुह्न्छ भने अलीकती खतरा मोल्नु आवश्यक हुन्छ। कुनै काम गर्न मन लागेको छ भने त्यो गरिहाल्नुहोस र त्यसमा दत्त चित्त भएर लाग्नुहोस जसले तपाई लाई राम्रो परिणाम दिने सम्भावना धेरै हुन्छ। तर खतरा मोल्ने भन्दैमा यती सम्म नपुग्नुहोसकि जहाँ बाट तपाई बाहिर आउन सम्भवै छैन वा धेरै मुस्किल छ।

२.सधै उचाईमा पुग्ने ईच्छा पाल्नुहोस:
"उद्येश्य के लिनु उडी छुनु चन्द्र एक" भने झैं सधै उचाईमा पुग्ने आकांक्षा राख्नुहोस र सकेसम्म आफुलाई उचाईमा पुर्याउने कोसिस गर्नुहोस साथै आफ्नो चाहना अनुरुपको र त्यही स्तरको काम गर्दै जानुहोस।

३ .खुसी रहने कोसिस गर्नुहोस:
आफुले चाहेको चिज नपाएमा पनी आफुलाई दुखी वा केही गर्न नसक्ने मानिसको रुपमा कहिल्यै नउभ्याउनुहोस। आफुले गरेको मेहनत र पाएको फलमा सधै सन्तुष्ट हुन सिक्नुहोस तर आफ्नो काम नियमित गर्न नछोड्नुहोस।
४.लक्ष निर्धारण गर्नुहोस:
म के गर्दै छु र के गर्न चाहान्छु भन्ने कुरामा तपाई सधै स्पष्ट हुनुहोस। आफुले गर्न लागेको काम कसरी गर्नु पर्छ, कति समय लाग्छ आदी कुराको स्पष्ट जानकारी र विवरण तयार पारेर मात्र काम शुरु गर्नुहोस।

५.आफ्नो लक्षमा दृढ रहनुहोस:
आफुले के गर्न चाहेको हो त्यो कुरामा आफु बलियो रुपमा प्रस्तुत भएमा मात्र कुनै पनी काम सम्पन्न हुन्छ। त्यसैले जे गर्न चाहानुभएको छ त्यो कुरामा अडिग रहनु होस र जे जस्तो दुख आईपरे पनी त्यसलाई सम्पन्न गर्न सक्छु भन्ने मानसिकता बनाउनुहोस।

६.स्वास्थ्य प्रती ध्यान दिनुहोस:
जब हाम्रो शरिर स्वस्थ छ त्यो बेला मात्र हामी काम गर्न सक्छौं त्यसैले सबै भन्दा पहिले आफ्नो शरिर र स्वास्थ्य प्रती विषेश ध्यान दिनुहोस जसको लागी नियमित व्यायाम गर्नुहोस।

७.केही कुरा पनी सिक्न पछी नपर्नुहोस:
आफुले नजानेका कुरा सिक्न कहिल्यै लाज र नमान्नुहोस। जती आफुमा त्यो काम प्रति ज्ञान बढेरर जान्छ त्यती नै काम गर्न र लक्ष पाउन सहज हुन्छ। त्यसैले आफुलाई जहिले पनी ज्ञानको भोको मानिसको रुपमा प्रस्तुत गर्नु होस।

८.एकताबद्द हुन सिक्नुहोस:
कुनै कामहरु यस्ता पनी हुन्छन जो एक्लै गर्दा भन्दा साथी वा परिवार सँग मिलेर सफलता पूर्वक सम्पन्न गर्न सकिन्छ। त्यसैले जहिले पनी एकतामा विश्वाश गर्नुहोस। एकताको बल सधै बलियो हुन्छ।

९.आराम गर्नु होस:
सधै काममा मात्र ध्यान नदिनुहोस कहिले काही आराम वा मनोरञ्जनात्मक चिजहरुमा पनी आफ्नो उपस्थिती जनाउनुहोस जसले गदा तपाईको माष्तिष्कमा बोझ नपरोस र तपाई सधै आफुलाई फुर्तिलो महसुस गर्नसक्नुहोस।

१०. असम्भव केही पनी छैन:
संसारमा असम्भव भन्ने केही छैन र मैले गर्न लागेको काम असम्भव अवश्य छैन भन्ने विचार मनमा राख्नु होस। तपाई आफ्नो काममा मन लगाएर र आफ्नो पुरा शक्ति लगाएर गर्नु भएमा जस्तो सुकै काम पनी पुरा गर्न सक्नुहुन्छ। अरुलाई असम्भव लागेका कुराहरु तपाईले पनी तपाईले गर्न सक्नुहुन्छ।

>संसारमा प्रति बर्ष ५०,००० भन्दा बढी भुकम्प आउने गर्छ ।


विश्वको सबै भन्दा होचो Mountain Mount Wycheproof in Victoria अस्ट्रेलियामा छ जुन मैदान भन्दा मात्र १४० >फिट अग्लो छ । 
>अमेरिकाको Mammoth Cave System संसारकै सबै भन्दा गहिरो खाडलको जुन ६०,००० मिटर गहिरो छ ।
> अहिले सम्मको रिकर्ड गरिएको अन्टार्टिकाको सबै भन्दा बढी तापमान ३ डिग्री फरेनहाईट हो ।
>एउटा ज्वालामुखीले आफ्नो ज्वाला करिब ५०,००० किलोमिटर सम्म पर फ्याक्नसक्ने क्षमता राख्छ ।

आँफैले आफ्नो कम्प्युटरलाई slow बनाइराख्नु भएको छ कि ?

यो समस्या सबैले भोगेकै हो कि कम्प्युटर निकै ढिलो खुल्छ,ढिलो चल्छ, कुनै प्रोग्राम खुल्न निकै टाईम लाग्छ आदी आदी । हामी सबै जसोको कम्प्युटरमा Core2Duo, i3, i5 प्रोसेसर र १,२ वा ४ जिबी सम्म्को ram होला । यो सुरु नै हुन्छ ढिलो र काम पनि ढिलो । त्यसमाथी हामी आँफैले जानीजानी वा अन्जानमा आफ्नो कम्प्युटरलाई ढिलो बनाउने काम गरिरहेका हुन्छौ । यसको प्रमुख कारण हो स्टार्टअप प्रोग्राम । हामीले आफ्नो स्टार्टअप प्रोग्रामलाई एडिट वा ब्यबस्थित गरेर कम्प्युटरलाई छिटो बनाउन सक्छौ ।

स्टार्टअप प्रोग्राम भनेको त्यो हो जुन तपाईंको कम्प्युटर खुल्ने बित्तिकै आँफै सुरु हुन थाल्छ, जुन कम्प्युटरको taskbar को shortcut icon मा देखापर्छ । यसरी देखिएका icon कम्प्युटर स्टार्ट हुने बितिक्कै आँफै खुलेका प्रोग्रामहरु हुन । यसलाई यसरी पनि बुझ्न सकिन्छ कि तपाईंले कुनै प्रोग्रामलाई खोलेर मिनिमाइज गरेको जस्तै । यानी कि कम्प्युटरमा एउटै समयमा अन्जानमै एक भन्दा धेरै प्रोग्रामहरु चलीरहेका छन । यसमा कुनै कुनै जरुरी पनि हुन्छ तर धेरै जसो तपाईंलाई जरुरतै छैन । जतीधेरै स्टार्टअप प्रोग्राम हुन्छ त्यती नै धेरै कम्प्युटर slow हुने गर्दछ ।

त्यसैले तपाईंले यि स्टार्टअप प्रोग्रामलाई हेरेर कुन कुन प्रोग्राम आफुलाई जरुरी छ त्यसलाई मात्र enable राखी अरुलाई disable गरी आफ्नो कम्प्युटरको गतीलाई छिटो बनाउन सक्नु हुन्छ ।

कम्प्युटरको startup प्रोग्राम हेर्नको लागि:-


@ start बटन मा क्लिक गरेर Run option मा क्लिक गर्नुहोस्
@ खुलेको window मा msconfig टाईप गर्नुहोस् ।
@ ok बटनमा क्लिक गर्नुहोस्
@ System Configuration Utility को window खुल्नेछ ।
@ त्यहा StartUp Tab मा क्लिक गर्नुहोस्
@ त्यहा आफ्नो कम्प्युटरमा चलीराखेका प्रोग्रामहरुको लिस्ट र रजिस्ट्री कि हरु देखिनेछ ।
@ यो लिस्टमा तपाईंले जुन प्रोग्रामलाई startUp बाट हटाउन चाहनु हुन्छ त्यसलाई uncheck गर्नुपर्ने हुन्छ ।

ध्यान दिनुपर्ने कुरा तपाईंले यि प्रोग्रामहरुलाई uncheck गर्दा Antivirus र अरु जरुरी प्रोग्रामहरुलाई uncheck नगर्नुहोला । सिर्फ यस्ता प्रोग्रामहरु मात्र हटाउनुहोस् जसको बारेमा तपाइलाई थाहा छ जस्तै : Winamp Agent, Google Talk, Adobe reader Launche वा अरु तपाईंले install गर्नु भएका application हरु ...

माउसको प्रयोग बिना नै फेसबुक चलाऊने हैन त ? shortcut keys बाट कसरि चलाउने facebook

फेसबुक आजभोलि सबैको प्यारो बनेको छ । दिनमा एकपटक फेसबुक खोली status अपडेट नगरि, साथीहरुको Status नहेरी अथवा कमेन्ट नगरि त चित नबुझ्ने भईसक्यो । धेरैलाई थाहा नहुन सक्छ कि फेसबुक चलाऊदा पनि बिभिन्न shortcut key हरु प्रयोग गरेर अझ सजिलै यो चलाऊन सकिन्छ भन्ने कुरा । आज यहाँ फेसबुक चलाऊदा खेरी प्रयोग गर्न सकिने shortcut keys को बारे केही जानकारी राख्न गईरहेको छु । लौ अब तपाईंहरु पनि माउसको प्रयोग बिना नै फेसबुक चलाऊने हैन त ?

Shift+Alt+0 : facebook help center

Shift+Alt+1 : facebook homepage

Shift+Alt+2 : your facebook profile page

Shift+Alt+3 : friend request

Shift+Alt+4 : messages

Shift+Alt+5 : notification

Shift+Alt+6 : account page

Shift+Alt+7 : privacy setting

Shift+Alt+8 : facebook's page on facebook

Shift+Alt+9 : facebook terms of use

Shift+Alt+? : enable search

Shift+Alt+m : compose a new message

Enjoy Facebook !!!

सुरुमा कस्ता थिए कस्ता भए हेर्नुहोस विश्वका टप टेन वेबसाइट हरु

समय अनुसार सबै परिवर्तन हुँदै जान्छन यो धुर्बसत्य हो । ईन्टरनेट अनी वेबसाईटको दुनियाँमा चर्चित तल उल्लेखित १० वेबसाईटहरु सुरुमा लन्च हुँदाका स्वरुप कस्ता थिए एक चोटि हेरेर रमाइलो मान्ने कि ? ?

1. google.com - Lunched in 1996

2. facebook.com - Lunched in 2004



3. myspace.com - Lunched in 2003



4. yahoo.com - Lunchec in 1994



5. youtube.com - Lunched in 2005



6. wikipedia.org - Lunched in 2001



7. msn.com - Lunched in 1995



8. apple.com - Lunched in 1987



9. twitter.com - Lunched in 2006



10. blogger.com - Lunched in 1999

अब चलाउनुहोस नेपाली फेसबुक : हाम्रोबुक डट कम

फेसबुक मा भएका सम्पूर्ण सुबिधा सहित एउटा नेपाली साइट संचालनमा आएको छ यसमा फेसबुकमा भएका सम्पूर्ण सुविधाहरु पनि छन्। http://hamrobook.com/ यो साइट खोलेपछि नेपाली झल्को दिने खालको सम्पूर्ण कुराहरु नेपालीमा लेखेको देख्न सकिन्छ। यो साइट मा नेपाली खबरहरु फ्रीमा एस एम एस पनि गर्न सकिन्छ र येही बाट नै फेसबुकमा पनि स्टाटस लेख्न सकिन्छ यो नेपाल बाट नै संचालन मा आएको छ। यो साइट  हेर्नुहोस। यँहा क्लिक गरेर हेर्नुहोस्।

www.hamrobook.com
 

Mar 29, 2013

अमेरिकाको सातो गयो : उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाआक्रमण गर्न तयार

५ चैत, एजेन्सी । उत्तर कोरियाले केहि दिनअघि अमेरिका र दक्षिण कोरियालाई आफ्नो देश युद्धका लागी तयार रहेको बताएको थियो । विभिन्न युद्धक दस्ता तथा आणविक हतियारहरू सञ्चारमाध्यममा ल्याएर उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई आक्रमणको चेतावनी दिएको थियो । उनीहरुले देखाएको आणविक हतियारहरू र सेनाहरुले गरिरहेको युद्धको अभ्यास पनि साच्चिकै भएको भन्दै अमेरिका र दक्षिण कोरियाको पनि सातो गएको थियो ।

तर, उत्तर कोरियाले सबैलाई झुक्याएको हुन सक्ने अनुमान गर्न थालिएको छ । उसले सञ्चारमाध्यममा प्रेसित गरेका तस्विरहरूमा फोटोसपको प्रयोग गरेर अभ्यास र हतियारलाई भयानक देखाउने प्रयत्न गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । विश्लेषणकर्ताहरूले ती तस्विरहरूमा फोटोसप प्रयोग गरिएको दावी गर्दै उत्तर कोरियाले तर्साउनका लागी मात्र यस्ता तस्विरहरू प्रेसित गरेको विश्लेषकहरुको दावी छ ।

उत्तर कोरियाले आफ्नो देश अमेरिका र दक्षिण कोरियामा थी आक्रमण गर्न तयार रहेको भन्दै आफ्नो क्षेत्र नजिक नियन्त्रण तथा निगरानी गर्ने काम तत्काल बन्द गर्न चेतावनी समेत दिएको थियो ।




जन्मिदै ७ के. जि तौल

लन्डन, चैत १५  - बेलायतमा सात किलो तौलको शिशु शल्यचिकित्सा नगरी प्राकृतिक विधिबाट नै जन्माउँदाको अनुभव एक आमाले त्यहाँको मिडियामा बाँडेकी छन्। जन्म हुँदा शिशुको बाँच्ने संभावना १० प्रतिशत मात्रै बताइएको थियो। तर अहिले जन्मिएको ६ साता भइसकेको छ र आमा र शिशु दुवै स्वस्थ छन्। छ साताको भए पनि उसलाई अहिले छ महिनाको बच्चाले लगाउने लुगा लगाइदिने गर्नुपरेको छ। २ फिट २ इञ्ज अग्लो जर्ज किङको अहिलेको वजन झण्डै ८ किलो पुगेको छ। (एजेन्सी) जन्मिदै ७ के. जि तौल 

आमाले विष खुवाउँदा दुई वर्षीया बालिकाको मृत्यु

१५ चैत, विराटनगर । घर कलहको झोंकमा आमाले विष खुवाउँदा दुई वर्षीया एक बालिकाको मृत्यु भएको छ भने आठ महिने शिशु र आमाको अवस्था नाजुक छ।
सुनसरी नर्सिङ-४ बस्ने २० वर्षीया आमा सबनम खातुनले आफूसँगै दुई वर्षीया छोरी सकिना खातुन र आठ महिनाको छोरा हसबुललाई विष खुवाएपछि छोरी सकिनाको आज उपचारका क्रममा मृत्यु भएको हो।

आमा सबनमले घर कलहको झोंकमा बुधबार राति दुई नानीसँगै आफूले पनि विष सेवन गरेकी थिइन्। विष सेवनबाट गम्भीर घाइते आमा र दुई नाबालकलाई उपचारका लागि विराटनगरस्थित कोसी अञ्चल अस्पताल ल्याइएको थियो। उपचारकै क्रममा छोरी सकिनाको मृत्यु भइसकेको र आठ महिने छोरा हसबुल र आमा सबनमको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। रासस

भर्खरै एसएलसी दिएर बसेकी एक किशोरीको सामूहिक बलात्कार

काभ्रे, मेथिनकोट-८, काफ्लेथोकमा मंगलबार राति पानी खाने बहानामा घरभित्र छिरेको हतियारधारी समूहले भर्खरै एसएलसी दिएर बसेकी एक किशोरीको सामूहिक बलात्कार गरेका छन ।

‘बाबु छोरी खाना खाँदै थियौं। पानी दिनुस् भन्दै भित्र छिरेको व्यक्तिलाई छोरीले उठेर पानी दिई। त्यसपछि हुरुर्र घरभित्र छिरेका उनीहरूले मेरो गर्दनमा खुकुरी तेर्स्याएर छोरीलाई माथिल्लो तल्लामा लगे,' पीडितका बाबुको बयानलाई उद्धृत गर्दै जिप्रका, अपराध अनुसन्धान फाँटका प्रहरी नायब निरीक्षक नीमाबहादुर लामाले जानकारी दिए।

उक्त समूहमा ८ देखि ९ जना रहेको हुनसक्ने प्रहरीले जनाएको छ। ‘समूहका सबैले अनुहार छोपेका हुँदा पीडित परिवारले चिन्न नसकेका रहेछन्,' लामाले भने। बाबुलाई हातखुट्टा बाँधेर भान्छामै लडाएपछि चारजनाले किशोरीलाई माथिल्लो तल्लामा पालैपालो बलात्कार गरेको पीडित किशोरीले प्रहरीमा बयान दिएकी छन्।

किशोरीको बलात्कारपछि उक्त समूहले बाबुका साथमा रहेको मोबाइल सेट र ६ हजार रुपैंयाँसमेत लुटेर लगेको प्रहरीले जानकारी दिएको छ। अघिल्लो रातको घटना भए पनि बाबुछोरीले डरले बुधबार अपराह्नसम्म प्रहरीलाई खबर गर्न नसकेको बताएका छन्। ‘उनीहरूले घटनाबाहिर ल्याएमा मारिदिने धम्की दिएको हुँदा समयमै खबर गर्न सकेनौं,' किशोरीका बाबुले प्रहरीलाई भनेका छन्।

काभ्रे प्रहरीले किशोरीको स्वास्थ्य परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाएको छ।

नायिका निशा अधिकारी सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने (फोटोहरु पनि )

नायक अर्जुन कार्की सगरमाथा आरोहणका लागि यतिबेला लुक्ला पुगेका छन् । यही भिडमा नायिका निशा अधिकारी पनि देखिएकी छिन् । नायिका अधिकारी चैत्र २४ गते सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा नायिका अधिकारीले आफू सगरमाथा चढ्ने तयारीमा रहेको बताउँदै सबैलाई सहयोगको आग्रह गरिन् ।नायिका अधिकारीले सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा लिएर जाने इच्छा व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘म सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा फरफराउन चाहन्छु तर हामीसँग आफ्नो नाम र झण्डा छैन ।’ उनले कलिउड भन्ने नामले नेपाली सिनेमाको परिचय नदिने भन्दै नयाँ नाम राख्न सबैलाई आग्रह गरिन् । निशाले पत्रकार सम्मेलनमा भनिन्, ‘म नेपाली सिनेमालाई परिचय दिने नाम भएको झण्डा लिएर सगरमाथा चढ्न चाहन्छु ।’ उनले सबै संघसंस्था र पत्रकारहरुलाई नेपाली सिनेमाको परिचय दिने नाम राखेर त्यसको झण्डा आफूलाई दिन आग्रह गरिन् । कलिउड भन्ने नामले भारतको एक प्रान्तिय सिनेमा भन्ने वुझाउँछ ।सगरमाथा आरोहणका लागि ४० लाख खर्च लाग्ने निशाको भनाई छ । कार्यक्रममा कलाकार संघका अध्यक्ष नबल खड्का, कलाकार बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश वुढाथोकी, नेपाली पहिलो रंगिन सिनेमाकी नायिका चैत्यदेवी, पत्रकार शान्तीपि्रय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, निर्देशक दिनेश डीसी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ लाई निमन्त्रणा गरिएपनि उनी उपस्थित भएनन् । नायिका अधिकारीले अध्यक्ष ‘पप्पु’ लाई बोलाए पनि उनी उपस्थित नभएकोमा दुख व्यक्त गरिन् ।
नायिका निशा अधिकारीले केही महिना अघि तिन महिना सगरमाथा आरोहणको नेतृत्व सम्वन्धी तालिम लिएकी थिइन्

चलचित्र ‘होस्टेल’ को प्रोमो सार्वजनिक : केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ (भिडियो)

‘केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ , शुक्रबार सार्वजनिक भएको चलचित्र ‘होस्टेल’ को प्रोमोमा नायक सलोन बस्नेत यस्तै संवाद बोल्छन् ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमोमा नव नायक अनमोल केसी, सलोन बस्नेत र गौरब पहाडीको दोस्तीलाई देखाइएको छ । चलचित्रमा निर्माता सुनिल रावल, प्रकृती श्रेष्ठ, सिम्सन थापा, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारीको पनि अभिनय छ ।
चलचित्रले होस्टेल जीवनमा हुने विभिन्न उतारचढावलाई रमाइलो पाराले देखाएको निर्माता रावलले बताए । चलचित्रमा नायक भुवन केसी, कलाकार टिका पहाडी र निर्देशक शोभित बस्नेतको पनि अभिनय छ । जेठ २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रोमोले धेरैको ध्यान खिचेको छ ।
Watch Video ??? Click here.......

दाइजोमा ट्रकको ट्युब अनिवार्य : ‘ट्युब दाइजो नदिई त हाम्रो गाउँमा विहेको कल्पना पनि गर्न सकिँदैन

truck-tubeभारतको आन्ध्र प्रदेशस्थित थाडामार्स गाउँ । जहाँ हरेक व्यक्तिको विवाहमा ट्रकका दुईवटा पुराना ट्युब अनिवार्य मानिन्छन् । यहाँका गरिब समुदाय आफ्ना चेलीलाई दाइजोमा दुईटा ट्युब अनिवार्य पठाउँछन् । बिहेपछि माइती आउन र घर फर्कन सजिलो होस् भनेर यस्तो अनौठो उपहार दिने गरिएको हो । कारण, थाडा गाउँ चारैतरबाट नदीले घेरिएको छ, टापुजस्तै । नदी पार गर्न पुरानो ट्युब यहाँका हरेक व्यक्तिको लागि अनिवार्य साधन हो ।
मंगल थाडा गाउँ जाने बाटोमा गाडी लाग्दैन । पैदल हिँडेर जान पनि संभव छैन । त्यसैले यस गाउँमा पुग्ने सजिलो माध्यम हो, गाडीको थोत्रो ट्युब । यस गाउँलाई बजारसँग जोड्नको लागि वाट्टे वागु नामको नदी बाधक रहेको छ । त्यसैले हरेक परिवारका सदस्यको जीविका ट्रकको ट्यबकै भरोसामा चलिरहेको छ, वर्षौंदेखि । अनि यो विवाह परम्पराको एउटा हिस्सा नै बनिसकेको छ ।
मंगल थाडा भारतका आदिवासी समुदायको बस्ती रहेको गाउँ हो । यहाँका बासिन्दाले खाद्यान्न, पढाइ, अस्पताल, बैंकलगायत सबै आवश्यक सामग्री तथा सुविधा नदीपारि रहेको सुरपिल्ली गाउँ पुगेपछि मात्रै उपभोग गर्न पाउँछन् । यस गाउँका हरेक मातापिताले आफ्ना सन्तानलाई दाइजोमा दुईवटा ट्युब यसकारण दिन्छन् कि ज्वाइँसहित छोरी सकुशल माइत आउनजान सकून् । त्यस गाउँमा पुग्दा देखिन्छ, हरेक घरबाहिर सजाएर राखिएका थोत्रा ट्युब । धनीहरूका घरमा कार वा किसानकहाँ गाईभैंसी भएजस्तै ।
‘ट्युब दाइजो नदिई त हाम्रो गाउँमा विहेको कल्पना पनि गर्न सकिँदैन,’ युवा तेजावत नवीनले भने, ‘एउटा ट्युबको कम्तीमा तीनदेखि पाँच सय भारुसम्म पर्छ । जबकि नयाँ ट्युबका लागि नौ सय । मेरो बिहेमा पनि ससुरालीसँग एउटा ट्युब अवश्य दाइजो माग्छु ।’ यस गाउँमा ट्युबको यति महत्त्व छ कि जब नयाँ दुलही भित्रिन्छिन्, उनीभन्दा पनि ट्युबको क्वालिटीबारे चर्चा बढी हुन्छ । गाउँकी महिला तुक्कुले सम्झिइन्, उनको बिहेमा पनि परिवाले ट्युव दाइजो दिएका थिए । उनका अनुसार हरेक वर्ष एउटा ट्युब पुरानो हुन्छ ।
आदिवासी समुदायका बासिन्दा आफ्नो गाउँमा विकासका केही सुविधा नभएकोमा दिक्क छन् । गुग्लत रामुल यही गाउँका बासिन्दा हुन् । आफ्नो गाउँका हरेक परिवार सानो कुरा लिन पनि नदीपारिको गाउँमा निर्भर हुनु परेकोमा यिनलाई निकै दु:ख लागेको छ । कहिलेकहिले त ट्युबको यात्रा जीवनको अन्त्य साबित पनि हुने गरेको छ । दुई वर्षमा चार व्यक्तिले नदी पार गर्ने क्रममा ज्यान गुमाएको स्थानीय भुक्के कोम्टीले बताए । उनका अनुसार ज्यान गुमाउने चारमध्ये तीन जना महिला थिए । कहिलेकहिले पानीको बहाव यति छिटो आउँछ कि ट्युबसमेत जोगिँदैन । अन्तत: उनको जीवनलीला नै समाप्त हुने गरेको छ । उनले आफ्नो गाउँको विकासमा सरकारले बेवास्ता गरेको गुनासोसमेत गरे । गाउँमा कुनै सुविधा नहुँदा गर्भवती महिला, बिरामीलाई अझ समस्या हुने गरेको छ । भुक्केका अनुसार बर्खाको समयमा कुनै बिरामी अस्पताल पुर्‍याउन नसक्दा ज्यानसमेत जाने गरेको छ । (एजेन्सीको सहयोगमा)

हप्तामा दुईचोटि सगरमाथा शिखरमा :विश्वमै पहिलोपटक एकै साता दुईपटक सर्वोच्च शिखरकोसफल आरोहण गरेर कीर्तिमान राखेँ ।

-छुरिम शेर्पा, पर्वतारोही
Everestसन् ०११ मे महिनाको पहिलो साता, सगरमाथाको बेसक्याम्पमा थिएँ । मेरो उद्देश्य अरू सामान्य हिमाल आरोहीझैं सगरमाथाको चुचुरो एकपटक चुमेर फर्किने मात्रै थिएन । विश्वको सर्वोच्च उचाइ ८ हजार ८ सय ४८ मिटरको हिमचुचुरो मेरो लक्ष्य पक्कै थियो । त्यो अग्लो चुचुरोसँग जीवनको फरक पहिचान स्थापित गराउने अठोट पनि जोडिएको थियो । हुुन त जीवन बाजी राखेर हिँडेको यात्रामा लक्ष्य जतिबेला पनि तुहिन सक्छ, थाहा थियो मलाई । ‘एक हप्तामा दुईपटक सगरमाथा पुगेरै छोड्छु’, मनको डर अनि अगाडिको चुनौतीलाई सामान्य सम्झँदै अठोट भने गरिरहन्थेँ पटकपटक । वि.सं. ०५० सालमा नेपाली चेली पासाङल्हामुले सगरमाथा शिखर चुमे पनि त्यो सफलताको खुसी सशरीर देशवासीसँग बाँड्न नपाएको जानकारी कक्षा ५ मा पढ्दै पाएकी थिएँ । त्यतिबेलै मलाई सगरमाथाको उचाइले तानिसकेको थियो । मे १ तारिकमा सगरमाथाको आधारशिविर पुग्दा २३ वर्षअघि बुनेको सपनाको यात्रा तय भएकोमा मनमनै खुसी पनि थिएँ । यद्यपि, यात्राको सफलता/असफलता बाँकी नै थियो । हिमाली वातावरण अनुकूल बनाउनका लागि केही दिन त्यहीँ बस्नुपर्ने भयो ।
अन्तत: पहिलो यात्रा तय भयो, सर्वोच्च शिखरको । सगरमाथा पुग्न बेसक्याम्पपछि साउथ कोलसहित पाँचवटा चरण पार गर्नुपर्छ । क्याम्प एकदेखि चारसम्म चारवटा क्याम्प हुन्छन् ।
शिखरमा पुग्ने अन्तिम चरण भने साउथ कोल हुँदै गरिन्छ । अहिले सगरमाथा चढ्दाको कठिन यात्रा सम्झिँदा रोमाञ्चक खेलझैँ लाग्छ । आरोहण प्रारम्भ गरेको पहिलो दिन क्याम्प १ मा गएर बसेँ । भोलिपल्ट फेरि बेसक्याम्प नै फर्किएँ । अर्को दिन बेसक्याम्पबाट सिधै क्याम्प दुई पुगेर बसेँ । फेरि, बेसक्याम्प फकिएँ । अर्को दिन फेरि क्याम्प दुईमै गएँ । हाइट बढ्दै जाँदा ‘एक्लामटाइज’ गर्न जरुरी हुने भएकाले अलि अग्लोमा पुग्दै फर्किंदै गरेको थिएँ ।
पहिलो यात्रामा पाँच जनाको समूह थियो हाम्रो । क्याम्प दुईबाट तीनमा गएर एक दिन बस्यौँ । अर्को दिन क्याम्प चारमा नबसी साउथ कोल पुगेर सबमिट गरेका थियौँ । क्याम्प तीनबाट चारमा पुगेर सुप खाएर एकैछिन आराम गरियो, अनि त्यही दिन साउथ कोल पुगियो र रातिको ९ बजे सबमिटका लागि अघि बढियो । एक भारतीय केटीसहित हामी पाँचै जना मे १२ मा चुचुरो पुग्न सफल भयौँ ।
मे १२ को आरोहण सफल हुँदा मन पूरै हर्षित थिएन । अनुहारमा हर्षका केही प्रतिशत रेखा मात्र कोर्न सकेँ । सगरमाथाको चुचुरोबाट देखिएको दृश्यबाट जति रोमाञ्चित भएँ, त्योभन्दा बढी जिम्मेवारी थपिएको अनुभूति हुँदै थियो । लगत्तै अर्को आरोहण गरेर नेपालका नाममा कीर्ति लेखाउने जिम्मेवारी । त्यसका लागि सबैभन्दा पहिले त शरीरलाई सुरक्षित बेसक्याम्पमा पुर्‍याउनु थियो । पहिलो सबमिटपछि साउथ कोलमा आएर मे १२ मा बसेँ । भोलिपल्ट ओर्लने क्रम जारी रह्यो । १३ तारिखमा क्याम्प दुईमा फर्किएँ र त्यहीँ आराम गरेँ । १४ मा बेसक्याम्प आइपुगेँ ।
दुई दिन बेसक्याम्पमा आराम गरेपछि १७ तारिखमा पुन: दोस्रो आरोहणका लागि तयार भइसकेको थिएँ, फिजिकल्ली र मेन्टल्ली पनि । यसपटक मसँग सहयोगी एक शेर्पा मात्रै थिए । मे १७ मा क्याम्प दुईमा गएर बसियो र १८ मा क्याम्प तीन–चारमा केही क्षण आराम गर्दै त्यसै दिन राति ११ बजे साउथ कोलबाट दोस्रो सबमिटका लागि गएँ । मे १९ तारिखमा मेरो ५ कक्षा पढ्दाको अठोटले सफलता पायो । दोस्रो पटक शिखरमा पुग्दा वातावरण पनि खुलेको थियो । लाग्यो– मेरो सफलतामा हिउँका यी कणकण खुसियाली मनाइरहेका छन् । अझ सम्झिएँ– ‘ओहो, मेरा आमाबुबा, दाजुभाइ, साथीहरूसँगै यो खुसीमा अंकमाल गर्न पाएको भए …..†’ सगरमाथाको सर्वोच्च उचाइलाई अंकमाल गरेर खुसीयाली मनाएँ । केही समय फोटो खिचेपछि फेरि बेसक्याम्पतर्फ ओरालो लागेँ । अन्तत: विश्वमै पहिलोपटक एकै साता दुईपटक सर्वोच्च शिखरकोसफल आरोहण गरेर कीर्तिमान राखेँ ।
कञ्चनजंघाको काखैमा छ ताप्लेजुङको धुन्सा गाउँ । म त्यही गाउँमा जन्मिएँ, २९ वर्षअघि । त्यही हिमाली वातावरणमा हुर्किदै गएँ । जन्मथलो भए पनि मलाई बाल्यकालमा कञ्चनजंघा हिमालको विशेषताबारे थाहा थिएन । पछि मात्रै थाहा पाएँ, मेरो गाउँबाट तीन दिनको यात्रापछि कञ्चनजंघा पुगिँदो रहेछ । कहिलेकाहीँ फाट्टफुट्ट पुग्ने गोरा छाला भएका अंग्रेजी बोल्ने मान्छेहरू कञ्चनजंघा हेर्न आएका पर्यटक रहेछन् भन्ने पछि मात्रै थाहा पाएँ। त्यो पनि बुबाआमाले जीवन गुजार्न चलाएको होटलमा सघाउन बस्दा । म परिवारकी काइँली छोरी । घरको आर्थिक अवस्था कमजोर भएकाले आठ कक्षामाथि पढ्ने मौका पाइनँ । बिहान–बेलुकाको छाक टार्न धौधौ भएका बेला बुबाआमाले पनि स्कुल पढ्न नगएकोमा धेरै दु:खमनाउ गर्नुभएन सायद । गाउँमा आठ कक्षामाथि पढ्ने स्कुल पनि थिएन । काठमाडौं वा ताप्लेजुङको सदरमुकाममा बहालमा राखेर पढाउन बुबाआमाको आर्थिक हैसियतले भ्याउँदैनथ्यो । त्यसैले आठ कक्षाभन्दा माथि पढ्छु भनेर जिद्दी पनि गरिनँ ।
बाल्यकालदेखि नै अलि भिन्न काम गर्न रुचाउँथँे । एकपटक कञ्चनजंघा हेर्न गएका विदेशीले हाम्रो गाउँमा हेलिकोप्टर ल्यान्ड गरेका थिए । उनीहरू खाजा खान हामै्र होटलमा आए । सोध्दा थाहा भयो, उनीहरू आकाशबाट कञ्चनजंघा हेर्न आएका रहेछन् । मलाई पनि आफ्नो ठाउँमा रहेको हिमाल हेर्ने रहर जाग्यो । उनीहरूसँग मलाई पनि लैजान अनुरोध गरेँ । मेरो चाहना देखेर विदेशीहरू सहमत भए । त्यति बेला १६ वर्षकी थिएँ । आकाशबाट १५ मिनेटसम्म उडेर हिमालको मनोरम दृश्य अवलोकन गर्दा मलाई लागेको थियो, सगरमाथाकै चुचुरो हेर्न पाए कस्तो होला π
सन् ०१० मा काठमाडौंमा दिदीको घर हेरिदिन बाध्यताले आउनुपरेको थियो । त्यही बाध्यता नै आजको मेरो सफलताको महत्त्वपूर्ण कडी हो । त्यही बेला ७ हजार ५ सय रुपियाँ तिरेर एक महिना आरोहणसम्बन्धी तालिम लिएँ । सुरुमा नेपाल माउन्टेनेरिङ एसोसिएसनबाट तालिम लिएको थिएँ, त्यसको अभ्यास लाङटाङ हिमालमा गरेँ । तालिमका लागि दाजुहरूले खुब सघाए, हौसला दिए । लाङटाङ तालिमपछि आयलम्पिक र मेरा पिक चढेँ, जहाँ मलाई हौसला दिन दाजुहरूसमेत कुकका रूपमा सँगै हुनुहुन्थ्यो ।
त्यसपछि दोलखाको रोल्वालिङ पुगेर ‘आइस’ तालिम लिएँ । तिब्बतको छोयु चढ्न रसियन समूहको शेर्पा भएर गएँ । त्यहाँ क्याम्प २ सम्म मात्रै पुगेकी थिएँ । झन्डै एक वर्ष यसरी तालिम लिने र विभिन्न समूहसँगै हिमाल आरोहणको अभ्यास गरेपछि भने लाग्न थाल्यो– अब सगरमाथा चढ्ने बेला आयो ।
म भित्रभित्रै सगरमाथाको चुचुरो चुमेको उमंग पालिरहन्थेँ । तर, त्यति बेलासम्म यो रहर मात्रै थियो । सगरमाथा चढ्न आवश्यक सामग्री र खर्चको जोहो गर्नु मेरा लागि प्रमुख समस्या थिए । निकै महँगो पर्छ, मसँग खर्च थिएन । मनले गरेको निर्णयलाई सार्थकता दिन दाताहरू पनि निस्किने रहेछन् । भनिन्छ नि, भगवान्ले पनि ‘तँ आँट म पुर्‍याउँछु’ भन्छन् रे । मेरो मनले गरेको सगरमाथा चढ्ने अठोटलाई पूरा गर्न भगवान्ले सहयोगी जुटाइदिए । अन्तत: सन् ०११ को अप्रिल पहिलो साता नै आरोहणमा चाहिने सामग्रीको जोहो भयो । तर, यो आरोहणमा मलाई सरकार या कुनै संघसंस्थाको सहयोग थिएन । बरु अरुण ट्रेक र अमेरिका बस्ने आरसी शेर्पाले सहयोग गरेका थिए । खाना र अक्सिजनका लागि सहयोग पाएपछि आरोहणमा निस्कने आँट आयो । ‘इक्विपमेन्ट र इन्सुरेन्सको खर्चचाहिँ आफँैले जुटाएँ ।
आफ्नै सफलता सम्झिँदा लाग्छ, मनमा अठोट भएपछि सफलता निश्चित हुने रहेछ । सगरमाथा आरोहणका क्रममा शारीरिक समस्या निकै भयो । मानसिक रूपमा त्रासपूर्ण यात्रा पनि रह्यो । यद्यपि, अहिले त्यही साहसले विश्वसामु आफूलाई चिनाउन पाएको छु । एक सातामा दुईपटक सगरमाथा चढ्ने आरोही बन्न पाएँ । एक महिनाअघि गिनिज बुक अफ वल्र्ड रेकर्डमा पनि यही कीर्तिमानका लागि सूचीबद्ध भएकी छु । तर, यतिले मात्रै आफ्नो उद्देश्य पूर्ण भएको छैन । अझै थुपै्र हिमशृंखला सफल आरोहण गर्ने चाहना यो सफलताले थपेको छ ।

‘तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ : पूर्वयुवराज पारस

Paras-Shah ‘तपाईहरुको सहयोगले मैले पुनजीवन पाएँ । अब म ४५ दिन सुधारगृहमा बस्छु । सुधि्रएर नेपाल नै र्फकनेछु र सामाजिक संस्थामा लागेर नेपाल र नेपालीका लागि काम गर्न चाहन्छु,’ फागुन ८ गते अचानक बेहोस भएपछि थाइल्यान्डको समितिभेज अस्पतालमा उपचार गरी थप उपचारका लागि सुधारगृहमा जाने क्रममा पूर्वयुवराज पारस शाहले थाइल्यान्डमा रहेका आफ्ना सहयोगी र गैरआवासीय नेपाली संघका प्रतिनिधिलाई भेट गर्ने क्रममा सो कुरा बताउनुभएको हो । बुधबार अस्पतालमा सबैलाई बोलाएर उहाँले धन्यवाद दिँदै भन्नुभयो-’तपाईहरुले गर्दा मैले पुनर्जीवन पाएँ ।’

१ महिना ७ दिनसम्म उपचार गराएका पूर्वयुवराज पारसले अब थाइल्यान्डबाट सात सय किलोमिटर टाढा रहेको च्याङमाईस्थित एक सुधारगृहमा उपचार गराउने हुनुभएको छ । थाइल्यान्ड अदालते समेत लागु औषधको कुलतमा लागेका पूर्वयुवराज पारसलाई सुधारगृहमा राख्न दिएको आदेश र पछिल्लो गतिविधिमा परिवारप्रति देखाएको व्यवहारको कारणले गर्दा उहाँलाई अझै केही दिन सुधारगृहमा उपचारमा राख्नुपर्ने विषयमा परिवार पनि सहमत भएको खबर नेपाल समाचारपत्रले छापेको छ । पारसलाई आजै सुधारगृहमा लगिने बैंककस्थित गैरआवासीय नेपाली संघका सचिव पुष्पराज सुवेदीले जानकारी दिए । पारसलाई पूर्वराजा ज्ञानेन्द्र, पूर्वयुवराज्ञी हिमानी, बहिनी प्रेरणालगायत राजपरिवारका अन्य सदस्यहरुले सुधार गृहमा लैजाने छन्

Mar 28, 2013

भुबन के.सि लाइ कसले दिने भोट ?

 नेपाली सिनेमाका सदाबाहार नायक भुवन केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी घुमाउरो पारामा चुनावमा उठ्ने मनशाय व्यक्त गरेका छन् । बिहिबार बिहान खनाल निवास डल्लु पुगेर भुवनले चुनावमा एमाले पार्टीलाई सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।भुवनले झलनाथलाई फुर्काउदै भने, ‘तपाईको शालिनता र राष्ट्रियता प्रतिको झुकावले मलाई प्रेरित गरेको छ, यसैले म तपाई र पार्टीका लागि काम गर्न चाहन्छु ।’उनले चुनाव सफल पार्न पार्टीले दिएको जुनसुकै जिम्मेबारी पुरा गर्न आफू तत्पर रहेको जानकारी खनाललाई दिएका थिए । भुवनले झलनाथको गृह जिल्ला इलाममा पुगेर उनका लागि भोट माग्ने बताएका थिए । झलनाथसँगको भेटमा भुवनले एकिकृत माओवादीमा प्रवेश गरेका कलाकारले बाटो बिराएको बताएका थिए । उनले माओवादीमा प्रवेश गरेका कलाकारलाई एमालेमा प्रवेश गराउन आफूले सक्दो प्रयास गर्ने जानकारी झलनाथलाई दिएका थिए ।
भुवनको कुरा सुनेपछि झलनाथले तपाईहरु जस्तो मानिसको खाचो पार्टीलाई भएको भन्दै चुनावमा राम्रो भुमिका दिने आश्वासन दिएका थिए ।डेढ बर्ष अघि एमाले पार्टीमा प्रवेश गरेपनि नायक भुवन केसी निष्त्रिmय जस्तै देखिएका छन् । तर चुनाव नजिकिएपछि भुवनको चहलपहल बढेको छ । उनले राजनीतिमा लागेर आफुले समाजसेवा गर्न चाहेको जानकारी झलनाथालाई दिएका थिए ।सिनेमा नगरीमा ओरालो लाग्दै गएपछि नायक भुवन केसीले राजनीतिमा आउने इच्छा देखाएका छन् । हेरौ उनको यो चाहनलाई एमाले पार्टीले कसरी लिने हो ?

नेकपा एमालेका अध्यक्ष झलनाथ खनालको घर नजिकै मानब निर्मित सुरुङ्ग फेला

१५ चैत, इलाम । इलामको साँखेजुङमा झन्डै ५५ फिटभन्दा लामो सुरुङ फेला परेको छ । नेकपा एमालेका  अध्यक्ष झलनाथ खनालको पुख्र्यौली घरदेखि केही माथि नेपालटार मंगलवारे सडक खण्डको चतुरे मोडदेखि खनिएको मोटरएवल सडकको केही तल तेजनाथ खनालको जमिनमा खनिएको सुरुङ फेला परेको हो ।

स्थानीयबासी पनि सुरुङको बारेमा अनविज्ञता प्रकट गर्न थालेका छन् । सुरुङभएको स्थान नजिकै भएका सुरने राइले भने,’यो कहिले खन्यो, किन खन्यो, बाँस काट्न जाँदा सालकले खनेजस्तो लाग्यो र हेरेको ठूलो सुरुङछ,’ उनले भने ‘म पहिले रोजगारका लागि विदेश जाँदा यस्तो थियो जस्तो लाग्दैन, अहिले आफैले देखें ।’
सुरुङ कहिले र के प्रयोजनका लागि खनिएको भन्ने खुल्लन नसकेपनि त्यसको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । कुनै भूमिगत समूहले हतियार लुकाउने प्रयोजनका लागि सुरुङ खनेको हुन सक्ने प्रहरीले आशंका गरेको छ । सरुङ खनिएको थाहा पाएपछि प्रहरीले अनुसन्धान थालेको हो ।
सुरूङ हेर्न भेला भएका स्थानीयबासी
सुरुङ निर्माणका लागि झम्पल, गैतीलगायतका औजार प्रयोग गरिएको प्रहरीको भनाई छ । उक्त सुरुङ हेर्न आजभोली स्थानीयबासीको उल्लेख्य उपस्थिति बढ्न थालेको छ ।

सञ्जय दत्त रोए अदालतमा


 काठमाडौ, चैत्र १५ - सन् १९९३ को मुम्बई बिस्फोटमा अदालतले दोषी ठहर्‍याएको भारतीय कलाकार सञ्जय दत्तले अदालतले तोकेको समयभित्रै आत्मसमर्पण गर्ने बताएका छन् । बिहीबार सञ्चारकमीसँग कुरा गर्दै उनले आफूले माफी माग्ने कुनै बाटो नपाएको बताए ।
dutta बहिनी पि्रया दत्तसँगै देखिएका उनले आत्मसर्पण गर्नुअघि बाँकी कामहरु पूरा गर्ने बताए । एकै पटक तीन वटा फिल्मको काम चल्दै गर्दा अघिल्लो हप्ता अदालते उनलाई ५ बर्षको कैद फैसला सुनाएको थियो । यसअघि पटक पटक गरी १८ महिना बढी जेल बसिसकेकाले उनले अब बाँकी समय मात्रै जेलमा बिताउनुपर्ने हुन्छ ।
हिन्दू मुस्लिम बिवादको प्रतिशोधमा गरिएको मुम्बई आक्रमणमा २५७ जनाको मृत्यु भएको थियो भने ७ सय बढी घाइते भएका थिए ।
उक्त घटनामा दोषी ठहर्‍याइएका एकसय मध्ये १२ जनालाई भारतीय अदालतले मृत्यु दण्डको फैसला सुनाएको छ भने २० जनालाई आजिवन काराबासमा पठाएको छ । दत्त ती मध्ये सबैभन्दा हाइप्रफाइल व्यक्ति हुन् ।
उनलाई मुम्बई घटनाका मुख्य आरोपीसँग हतियार खरिद गरेर घरमा अवैध रुपले राखेको आरोप छ । दत्तले भने आफ्नो सुरक्षाको लागि हतियार  राखेको प्रष्टीकरण दिँदै आएका छन् । उनी हिन्दु बुवा र मुस्लिम आमाका सन्तान हुन् । हिन्दू र मुस्लिमबीच विवाद उत्पन्न भएको बेलामा आफू र आफ्नो परिवारको सुरक्षाको लागि हतिया राखेको उनले भन्दै आएका छन् । उनीवरुद्ध आतंकवादी षड्यन्त्र बनाएको, अवैध हतियार राखेको गरी ५ वटा मुद्दा थियो । अदालतले उनलाई अवैध हतियार राखेको आरोपमा मात्रै सजाय सुनाएको  हो ।
'जेल जानुअघि मैले धेरै काम गर्नुछ' उपस्थित सञ्चारकर्मीसँग भावविह्वल हुँदै उनले भने,'कृपया मलाई शान्तसँग बस्न दिनुहोस्, म परिवारसँग पनि समय बिताउन चाहन्छु । म मेरो देशलाई पनि माया गर्छु ।'

किन्ने हो विश्वको सबैभन्दा ठूलो अण्डा ?

Big-egg विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ । लण्डनस्थित क्रिस्टीको लिलामीघरमा यसलाई बिक्रीका लागि राख्न लागिएको हो । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ ।
१९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।
तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।

Mar 27, 2013

इराकको हिंसामा एक लाख १२ हजारको मृत्यु

बग्दाद(इराक), ४ चैत । इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गरेयता अर्थात् गत एक दशकभित्र भएको हिंसामा परी कम्तीमा एक लाख १२ हजार सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यद्यपि बेलायतसँग आबद्ध इराक मृतक गणना समूह(आइविसी) का अनुसार एक दशकमा यस द्वन्द्वमा लडाईमा संलग्न व्यक्तिलगायत नागरिक हताहति गणना गर्दा एक लाख ७४ हजार रहेका छन् । सन् २००३ मार्च २० देखि हालसम्म नागरिक हताहति एक लाख १२ हजार र एक लाख २२ हजार ४५८ बीचमा रहेको जनाइएको आइबिसीले जनाएको छ । 
आइबिसीका अनुसार यी वर्षहरूमा बग्दाद सबभन्दाबढी रक्तपातपूर्ण क्षेत्रको रूपमा रहेको छ । सो नागरिक हताहतिमा ४८ प्रतिशत सन् २००६ देखि २००८ सम्म भएको पनि जनाइएको छ । सन् २००३ देखि अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको थियो । त्यसैगरी सन् २०११ अमेरिकी सैनिक फिर्ता भएपछि त्यस समयदेखि हालसम्म चार हजार ८०४ सर्वसाधारणले ज्यान गुमाइसकेका जनाइएको छ । इराकमा बग्दादपछि द्वन्द्वग्रस्त क्षेत्र उत्तरी र पश्चिमीप्रान्तहरू रहेका जनाइएको छ । सुनी मुसलमान समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बढी हिंसाले जरा गाडेको समाचारमा उल्लेख छ ।

करेन्ट लागेर एक नेपालीको मलेसियामा ज्यान गयो

११ चैत, इलाम । वैदेशिक रोजगारीका लागि मलेसियामा रहेका एक इलामे युवाको शुक्रबार करेन्ट लागेर मृत्यु भएको छ ।

शान्तिडाँडा घर भई दुई वर्षदेखि त्यहाँको सेलाङरस्थित हिलइङ इन्डस्ट्रिज सेक्सन ३४ वुकितमा कार्यरत ३४ वर्षीय मेघबहादुर भण्डारीको मृत्यु भएको हो ।

रातिको समयमा काम गरिरहेका भण्डारीलाई अचानक करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको उनका साथी नीरज आचार्यले फोनमार्फत बताएका छन् । शवलाई नेपाल ल्याउने तयारी भइरहेको परिवारजनले बताएका छन् । रासस

किन धोका दिन्छन पुरुषहरुले ???

CheatingGeneLS आफ्नी श्रीमतीको आँखा छलेर वा ढाँटेर अर्कै सँग लहसिने मामिलामा पुरुषहरु निकै अघि हुन्छन् भनिन्छ । यो आम मान्यता भएपनि सबैकेा हकमा लागु नहुन सक्छ र हुँदैन पनि । श्रीमती वा पार्टनरको आँखामा छारो हालेर परस्त्रीसँग सल्किने अर्थात् श्रीमतीलाई धोका दिने पुरुष चरित्रका पछाडि विभिन्न कारणहरुको हात हुने मनोविज्ञहरुको भनाई छ ।
कतिपय अवस्थामा पुरुषहरु आफ्नी श्रीमतीलाई मन नपराउने, हेला वा घृणा गर्ने कारणले अर्कै महिलाप्रति आसक्त बन्दछन् त कतिपय अवस्थामा आफ्नी श्रीमतीप्रति पनि इमान्दार देखिँदै उसले थाहा पाउँदैन वा रंगेहात पक्रिन सक्दैन भन्ने ढुक्क भएर बँच्दै बँच्दै परस्त्रीगमन गर्ने गर्छन् । पुरुषको यस्तो धोकेबाजी चरित्रका पछाडि रहेका ८ कारण निम्न छन् :
. दाम्पत्य जीवनमा आएको उतारचढाव पुरुषहरुका लागि श्रीमतीमाथिको धोकाको पहिलो कारण हो । श्रीमतीसँग हुने झगडा तथा अन्य पारिवारिक कलहका कारण वैवाहिक जिवन सुखी हुन नसक्दा पुरुष अर्को जिवनसाथीको खोजिमा भौतारिन्छ, चाहे त्यो अवैध वा अस्थायी नै किन नहोस् ।
२.विवाहित जिवनको समयतालिका कोही पुरुषको लागि निकै दिक्क लाग्दो हुन्छ । एक जना पार्टनरसँग मात्र हुने नियमित सम्भेागबाट सन्तुष्टिको तह पनि कम हुँदै जान्छ । यस्तो अवस्थामा दाम्पत्य जिवन तथा यौनसुखलाई पुनःभरण गर्ने उपाय खोज्नुको साटो धेरै पुरुषहरु नयाँ स्वादको खोजी गर्छन् । अन्ततः उनीहरु श्रीमतीप्रति कृतघ्न बन्दै अर्कैसँग अवैध सम्बन्ध गाँस्न पुग्छन् ।
.कतिपय भोगी पुरुषहरुका लागि अति कामेच्छा नै परस्त्रीगमनको कारक बन्दछ । उनीहरुले श्रीमती अर्थात् एक पार्टनरसँगको सम्भोगले यौन जिवन पर्ूण्ा भएको वा यौनको तिर्खा मेटिएको ठान्दैनन् । उनीहरुको यौन चरित्र नै फरक पार्टनरसँग फरक ढंगले यौनसम्बन्ध स्थापित गर्नु हुन्छ । यस्तो यौनचरित्रका पुरुषहरु विवाहित भैसकेपछि पनि धेरै महिलासँग सम्बन्ध स्थापित गर्न हिच्किचाउँदैनन् र केही नसोँची परस्त्रीगमन गर्छन् ।
. कतिपय अवस्थामा महिला पार्टनर वा श्रीमतकै कारण पनि पुरुषहरु धोखाधडीको बाटो रोज्न बाध्य हुन्छन् । श्रीमतीको अत्यधिक व्यस्तता, यौन प्रतिको अरुची, सेक्समा अनुदारपन तथा परम्परावादी शैलीका कारण पनि पुरुषहरु सेक्समा उदार तेश्रो पक्षको खोजी गर्न थाल्छन् । बच्चा, सासु ससुरा तथा घरपरिवारका लागि बढि समय दिएर लोग्नेको लागि समय छुट्टाउन नसक्ने महिलाका श्रीमानहरु बाध्यताबस श्रीमतीलाई धोका दिने बाटो रोज्न पुग्छन् ।
.बाल्यकाल तथा किशोर अवस्थामा आफ्ना अभिभावक, छिमेकी तथा नातागोताका महिला पुरुष तथा आफ्नै दौँतरीहरुको बानी व्यहोरा तथा चिटिङ देखेका पुरुषहरु देखासिकीकै कारण पनि धोकेबाज बन्ने सम्भावना हुन्छ ।
.श्रीमतीले आफुलाई धोका दिएको वा परपुरुषसँग सम्बन्ध गाँसको गोप्य रुपमा थाहा पाएका श्रीमानहरु त्यसप्रति भौतिक रुपमा प्रतिकारमा नउत्रिइ परस्त्रीगमन वा धोकाको हतियार प्रयोग गरी श्रीमतीमाथि बदला लिन पनि धोकेबाज बन्ने गर्छन् ।
७.वैवाहिक सम्बन्धबाट असन्तुष्ट रहेका पुरुषहरु श्रीमतीबाट छुटकारा पाउन वा डिभोर्सका लागि बाध्य पार्ने हतियारको रुपमा पनि परस्त्रीसँग सम्बन्ध गाँस्छन् वा श्रीमतीले थाहा पाउने गरी नै अर्कै महिलासँग सल्किन्छन् । ता की श्रीमतीलाई लोग्नेको चरित्र ज्ञात होस् र धोकेबाज श्रीमानप्रति घृणाभाव जागी डिभोर्सको निर्ण्र्ााा पुगुन् ।
.आफ्नी श्रीमतीले आफ्नो मनको कुरा नबुझ्ने र आफुलाई भाउ नदिने कुराको अनुभुती जब पुरुषहरुले गर्छन् तब उनीहरु आफ्नो मनको कुरा बुझ्ने पार्टनरको खोजीमा लाग्छन् ।

भयानक साइबर आक्रमणले गर्दा विश्वभरिको इन्टरनेट सुस्त


इन्टरनेट जगतमा ह्याकरहरुले अहिलेसम्मकै गम्भीर आक्रमण गरेपछि विश्वभरकै इन्टरनेटको गति सुस्त भएको बताइएको छ ।
cyberसाइबर विज्ञहरुले यसलाई इतिहासकै सबैभन्दा गम्भीर साइबर हमलाको संज्ञा दिएका छन् । ह्याकर प्रतिरोधी समूह र इन्टरनेट होस्टिङ कम्पनीहरु बीचको विवादका बीच बदलापूर्ण आक्रमणका कारण इन्टरनेटको मूख्य आधारशीलामै क्षति पुगेको विज्ञहरुको भनाइ छ ।
यसबाट विश्वव्यापी रुपमा धेरै प्रयोगमा आएका विभिन्न इन्टरनेट सेवामा असर पुगेको र इन्टरनेट ब्यांकिङ तथा इमेल सेवा प्रभावित हुने बताइएको छ ।
जेनेभा र लण्डनमा कार्यालय रहेको ह्याकर प्रतिरोधी इन्टरनेट संस्था स्पामहसले विभिन्न इन्टरनेट होस्टिङ कम्पनीलाई कालोसूचिमा राखेर सर्भर नै बन्द गरिदिएपछि होस्टिङ कम्पनी र उक्त समूहबीच विवाद बढेको हो । इन्टरनेट प्रदायक कम्पनीहरुले विभिन्न खालका आतंककारी गतिविधिलाई प्रोत्साहन गरेको, अश्लील गतिविधिलाई बढावा दिएको र ह्याकर समूहलाई मलजल गरिरहेको आरोप उक्त संस्थाको छ ।
आफुले इन्टरनेट प्रदायकहरुका त्यस्ता गतिविधिमा निगरानी गरेसँगै आफूमाथि केही हप्ता यता विभिन्न खाले साइबर आक्रमण भएका उक्त संस्थाको दाबी रहेको छ । स्मापहसका मुख्य कार्यकारी स्टेभ लिनफोर्डका अनुसार साइबर आक्रमणविरुद्ध इन्जिनियरहरुले काम गरिरहेका छन् । यो साइबर आक्रमण निकै भयानक रहेको र त्यसको बारेमा विभिन्न देशका साइबर पुलिस फोर्सले अनुसन्धान गरिरहेका बताइएको छ ।
यस्तो साइबर आक्रमणबाट सरकारी विद्युतिय सूचना समेत असुरक्षित बन्ने खतरा रहेको बताइन्छ । निकै तिब्र गतिमा यो साइबर हमला भैरहेको पनि उक्त संस्थाले जनाएको छ । सरे विश्वविद्यालयका साइबर सुरक्षा विज्ञ एलान वुडवार्डका अनुसार यो साइबर हमलाबाट विश्वभरीकै इन्टरनेटमा प्रभाव परेको छ र इन्टरनेटको गति समेत धिमा भएको छ ।

Mar 26, 2013

राजेश हमालले करिष्मा मानन्धर संग माफ मागे

महानायक राजेश हमालले नायिका करिष्मा मानन्धरको मोबाईलमा म्यासेज पठाएर भने 'आई एम सरी' । होली पर्वको अवसरमा करिष्माले आज मंगलबार आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा निम्तालु हमालले आउन नसकेपछि सरी मागेका हुन् ।

'मैले होली खेल्न निमन्त्रणा गरेकी हुँ तर उहाँ आउन नसक्ने भन्दै म्यासेज गर्नुभयो,' करिष्माले भनिन्- 'किन आउन चाहनु भएन त्यो थाहा छैन ।' सँगै भेट हुँदा त्यति खुलेर नबोल्ने यो हिट अनस्क्रिन जोडी उक्त होली कार्यक्रममा सँगै नदेखिंदा उपस्थित फिल्मकर्मीले खल्लो महसुस गरेको बताए । केहि दिन अगाडी प्रेमिकाको तस्विर मिडियामा सार्वजनिक भएपछि हमाल सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेको अनुमान लगाईएको छ ।

गोदावरीमा नयाँ देखि पुराना पुस्ताका कलाकारहरूको उल्लेख्य उपस्थिती रहेको होली हंगामा कार्यक्रममा कलाकारहरू रंगमा रंगीदै दिल खोलेर नाचेका थिए । सञ्चारकर्मीहरूको समेत बाक्लो उपस्थिती रहेको उक्त होली कार्यक्रम बिहान करिब ११ बजे तिर शुरू भई साँझसम्म चलेको थियो । गत बर्ष छोडेर बिगत केहि बर्ष देखि करिष्माले आफ्नै निवासमा फिल्मकर्मीहरूसँग होली सेलिब्रेट गर्दै आएकी छिन् ।

यो होली कार्यक्रममा अहिलेका चर्चित अनुहारहरू रेखा थापा, आर्यन सिग्देल, जीवन लुईटेल, निशा अधिकारी लगायतको पनि उपस्थित थिएन ।
 








फेसबुक पहिलो गुगल दोस्रो


imagesविश्वलाई सूचना प्रविधिले एक सानो गाउँ जस्तै बनाइदिएको छ । सूचना प्रविधिकै माध्यमबाट कम्प्युटर अगाडि बसेर दुनियाभरकै कुरा तत्काल सुन्न र देख्न सम्भव भएको छ । सूचना प्रविधिले असम्भव मानिएका विषयलाई पनि सम्भव पारिदिएको छ ।
सूचना प्रविधि यस्तो प्लाटर्फम बनेको छ जसमा करोडौँ मानिस एकैसाथ समेटिन सक्छन् । विश्वमा यस्ता वेबसाइट छन् जसमा एकैचोटी लाखौँ करोडौँ मान्छे छिरिरहेका हुन्छन् अर्थात् वेबसाइट हेरिरहेका हुन्छन् ।
ती साइटमा हरेक दिन करोडौँ मानिसले एकसाथ आ आफ्नो सरोकारको विषय पढ्छन्, हर्ेछन् तथा खोज्छन् । हामीले यहाँ विश्वका दशवटा वेबसाइटको चिनारी प्रस्तुत गरेका छौँ । प्रयोगकर्ता अर्थात् भिजिटरको संख्याका हिसाबमा यी विश्वका टपटेन वेबसाइट हुन् ।
१. फेसबुक डट कम – ८३ करोड ६७ लाख यूनिक भिजिर्टस ।
२. गुगल डट कम – ७८ करोड २८ लाख युनिक भिजिर्टस ।
३.यु टयुब डट कम – ७२ करोड १९ लाख यूनिक भिजिर्टस ।
४. याहु डट कम- ४६ करोड ९९ लाख यूनिक भिजिर्टस ।
५. विकिपेडिया डट कम- ४६ करोड ९६ लाख यूनिक भिजिर्टस ।
६. लाइभ डट कम- ३८ करोड ९५ लाख यूनिक भिजिर्टस ।
७.क्यू क्यू डट कम -चिनीया र्सच इन्जिन)- २८ करोड ४१ लाख यूनिक भिजिर्टस ।
८.माइक्रोसफ्ट डट कम- २७ करोड १७ लाख यूनिक भिजिर्टस ।
९.बैदु डट कम- २६ करोड ८७ लाख युनिक भिजिर्टस ।
१०. एमएसएन डट कम – २५ करोड ४१ लाख यूनिक भिजिर्टस ।

मोटो मान्छेले धेरै भाडा तिर्नुपर्ने


तपाई शारीरिक तौल बढी छ भने हवाइ यात्रा गर्दा बढी भाडाए तिर्न तयार हुनुहुन्छ ? तौल बढी हुँदा त्यसले हवाई इन्धन पनि बढी खपत हुने भएकाले विमान कम्पनीले मोटा मान्छेसँग बढी भाडा तिर्ने व्यवस्था गर्नुपर्ने ‘थ्योरी’ आएको छ ।
नर्बेमा अर्थशास्त्रमा ‘स्कलर’ पाएका एक नेपालीले हवाई भाडा तय गर्दा यात्रुको तौललाई गणना गर्नुपर्ने जिकिर गरेको हुन् ।
नर्वेको सोङ ओग जोर्डान युनिभर्सिटीका प्रोफेसरसमेत रहेका ती नेपाली भरत भट्टले भनेका छन्, ‘यो मोडलले विमान कम्पनी, यात्रु र समाजलाई ठूलो फाइदा पुग्ने छ ।’
‘जर्नल अफ रेभिन्यु एन्ड प्राइसिङ म्यानेजमेन्ट’ नाम दिइएको कार्यपत्रमा उनले १ किलो तौल घट्दा वाषिर्क जहाजको ३ हजार अमेरिकी डलर बराबर रकमको इन्धन बचत हुने उल्लेख गरेका छन् । त्यस्तै जहाजबाट ‘लाइभ भेस्ट’ हटाउँदा उडान २५ किलो हलका हुने भट्टको अध्ययनमा उल्लेख गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

नेपालले जित्यो माल्दिभ्सलाई

news-photoराजधानीमा मंगलबारबाट सुरु भएको एसीसी टी-२० कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले व्याटिङ थालेको घरेलु टोली नेपालले प्रदीप ऐरीको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ।
आक्रमक व्याटिङ गरेका प्रदीपले २६ बलमा ४ छक्का र ८ चौकाको मदतमा ५९ रन बनाए । उनले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ८० रनको साझेदारी गरेका थिए । सुवास २६ रनमा आउट भए । यस्तै सरद भेसवाकरले १८ बलमा २ छक्का र ३ चौकाको मदतमा ३६ रन बनाए ।
मंजित श्रेष्ठले २०, विनोद भण्डारीले १५, कप्तान पारस खड्काले १० र ज्ञानेन्द्र मल्लले २ रन बनाए । जवाफमा मैदान उत्रिएको माल्दिभ्सले ७ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पारसले ७ रन दिएर २ विकेट लिए भने शक्ति गौचन, मंजित श्रेष्ठ, बसन्त रेग्मी र संजम रेग्मीले समान १-१ विकेट लिए ।
circ-1

Mar 25, 2013

हराएकी अरुणिमा पिपलामा देखा परिन

छोरी जन्माएपछि अभीनय यात्राबाट केही टाढा रहेकी अरूणिमा लम्साल फेरी चलचित्र क्षेत्रमा फर्कनै भएकी छिन् । होलीको अवसर पारेर आगामी चैत १३ गतेबाट छायांकन सुरू गर्न लागेको चलचित्र 'पिपल'मा नायीका लम्साललाई अभिनेत्रीको भूमिकामा देख्न पाइने भएको छ ।

 उक्त चलचित्रमा नायीका अरूणिमाले टिनेजर युवतीदेखी बृद्ध महिलासम्मको भूमिका निर्वाह गर्ने भएकी छिन् । राम्रो चलचित्रको खोजीमा रहेको अवस्थामा पिपललाई पाएको नायीका अरूणिमा बताउँछिन् । उनले पिपलमा रहेको आफ्नो भूमिकालाई न्याय गर्ने बताएकी छिन् । उक्त चलचित्रमा अरूणिमाको साथमा किशोर खतिवडा, शुष्मा अधिकारी, अमिर ठकुरी र ध्रुव कोइरालाको मुख्य भूमिका रहनेछ ।

कतै होलि चल्यो कतै आफ्नै बाउमाथि गोलि चल्यो

 सबै तिर होलीको रमझम चलिरहेका बेला साँखु सुन्टोल–९ का २७ वर्षिय सूर्य घिसिङ भरुवा बन्दुकको गोली लागेर घाइते हुनु भएको छ ।
सोमवार बिहान घरायसी विवादमा सूर्यका ४८ वर्षिय बाबु सुकमानले भरुवा बन्दुकले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते घिसिङको अहिले मोडेल अस्पताल जोरपाटीमा उपचार भइरहेको छ । गोली हान्ने सुकमानले महानगरीय प्रहरी प्रभाग साँखुमा आत्मसमर्पण गरेको प्रहरीले जनाएको छ ।

Mar 24, 2013

कस्ता छन् बैंककमा पारस

काठमाडौं, चैत १० – हृदयघात भएपछि थाइल्याण्डको एक अस्पतामा उपचाररत पूर्वयुवराज पारस शाहको पछिल्लो तस्बिर सार्वजनिक भएको छ । एनआरएन बैंककका महासचिव सुनील खड्काले शनिबार नै खिचिएको भन्दै फेसबुक माफर्त पारसको तस्बिर सार्वजनिक गर्नुभएको हो ।
उहाँको स्वास्थ्यलाभको कामना गर्दै समर्थक सुभेच्छुकले नेपालमा विभिन्न कार्यक्रम गरेका थिए ।

यसैबीच पारश शाह आउँदो बिहीबारसम्ममा अस्पतालबाट डिस्चार्ज हुने हुनुभएको छ ।  बैंककको समितिभेज अस्पतालमा उपचार गराइरहेका पारस शाह हिँडडुल गर्न सक्ने भएको र बिहीबारसम्ममा अस्पतालले डिस्चार्ज गर्न लागेको खबर नयाँ पत्रिकाले छापेको छ ।
एनआरएन बैंककका महासचिव सुनील खड्काका अनुसार पारश अस्पतालभित्रै सामान्य हिँडडुल गर्न र आफै खाना खान सक्ने हुनुभएको छ ।
शाह अस्पतालबाट डिस्चार्ज भएपछि अस्पतालको नियमित सम्पर्कमा रहिरहनुपर्ने समाचारमा जनाइएको छ ।
गएको फागुन ८ गते हृदयघात भएपछि पूर्वयुवराज शाहलाई थाइल्याण्डको समितिभेज अस्पताल भर्ना गरिएको थियो ।