Jul 15, 2013

महात्मा गान्धीका यौनलीला :सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् ।

महात्मा गान्धीको जीवन त्यति सादगीपूर्ण थिएन, जति उनको नामले जनाउँछ । भारतले राष्ट्रपिताको उपाधि दिएका मोहनदास करमचन्द गान्धी आफ्नो असामान्य यौनजीवनका लागि बद्नाम छन् । तथापि, छवि नबिग्रियोस् भनेर गान्धीका नकारात्मक पाटोलाई पर्दा लगाउने कोसिस भएको छ र प्रमाणहरू दबाइएको छ । उनका सकारात्मक पक्षलाई मात्रै विश्वभर फैलाइएको पाइन्छ । महात्मा गान्धीको विकृत यौनजीवनबारे प्रख्यात ब्रिटिस लेखक एवं ब्रोडकास्टर जेड एडम्सले केही समयअघि थुप्रै खुलासा गरेका थिए । यदि यी कुरा पूर्णसत्य हुन् भने गान्धीलाई महात्मा भनेर पूजा गर्नु हास्यास्पद विडम्बना हुन्छ । पढौँ, एडम्सले आफ्नो पुस्तक ‘गान्धी : न्याकेड एम्बिसन’मा खुलासा गरेका तथ्यहरू :

गान्धीको बिहे सन् १८८३ मा १३ वर्षको उमेरमा कस्तुरबा नामकी किशोरीसित भएको थियो । कस्तुरबा गान्धीभन्दा एक वर्ष जेठी थिइन् । त्यतिवेला गुजरातमा यो उमेर बिहे गर्नका लागि वैध मानिन्थ्यो ।
सुरुमा उनीहरू केटाकेटी भएकाले एक–अर्कासित नजिकन पनि धकाउथे । सुहागरातका दिन आफ्नो कस्तुरबासित हेराहेरसमेत हुन नसकेको गान्धीले बताएका छन् । तर, केही समयपछि उनीहरूको वैवाहिक जीवन सामान्य बन्दै गयो । बिहेको केही वर्षपछि कस्तुरबा गर्भवती भइन् । सन् १९०० मा गान्धीको कान्छो सन्तान जन्मेको थियो ।
यसबीचमा सबैभन्दा अनौठो प्रसंग के छ भने आफ्ना पिता मृत्युशय्यामा छट्पटाइरहेका वेला गान्धी कस्तुरबासित यौनक्रीडा गरिरहेका थिए । गान्धीले कस्तुरबासित सेक्स गर्दैगर्दा उनका पिताले अन्तिम श्वास लिएको बताइन्छ । अझ खराब कुरा, त्यतिवेला १७ वर्षकी कस्तुरबा गर्भवती थिइन् । उनको सो बच्चा खेर गएपछि गान्धी आत्मग्लानिमा परेका थिए ।

०००

गान्धी सन् १८८८ मा लन्डन वकालत पढ्न गए । त्यतिवेला उनले रक्सी, मासु र महिला तीनै चिजलाई नछुने शपथ खाएका थिए । तर, सन् १८९१ मा लन्डनबाट फर्केलगत्तै उनले आफ्नो शपथ तोडेर कस्तुरबासित समागम गरे र एक वर्षभित्रै दोस्रो बच्चा जन्माए । त्यसपछि सन् १८९३ मा उनी दक्षिण अफ्रिका गए, ब्रिटिस साम्राज्यका एक कार्यकर्ताका रूपमा ।
गान्धी आफ्नी श्रीमती कस्तुरबा तीन बच्चाकी आमा भएपछि उनलाई मन पराउन छाडेका थिए । दक्षिण अफ्रिकामा कैयौँ शिक्षित एवं आधुनिक महिलासित उनको चिनजान भयो । ती महिला उनलाई राम्रा लाग्न थाले । थुप्रै महिलासित उनी नजिकिए । उनीहरूबाट मिल्ने सन्तुष्टि गान्धीले कस्तुरबाबाट पाउन सक्दैनथे । यसै दौरान एक आधा दर्जन महिलासित गान्धीको निकट सम्बन्ध कायम भयो । उनीहरू थिए– ग्राह्म पोलक, नल्ली क्रैम कुक, म्याडलिन स्लेड (जो मिराबेनको नामले चिनिन्थिन्), मार्गारेट स्पिगल, सोजा स्केलेसिन र इस्टर फियरिंङ ।
सन् १९१५ मा दक्षिण अफ्रिकाबाट फर्केपछि गान्धीले सावरमती आश्रम खोलेर आफ्नो यौनप्यास मेटाउने नाजायज अभ्यास सुरु गरे । आश्रम सञ्चालनमा आएलगत्तै गान्धीले महिला सहयोगीहरूसित नग्नताको पराकाष्ठा प्रदर्शन गरेका थिए, जसले आश्रमका अन्य सदस्य असन्तुष्ट बने ।
सधैँ फलफूल र बदाम मात्र खाए पनि गान्धीलाई कब्जियतको समस्या हुन्थ्यो । उनी घन्टौँ ट्वाइलेटमा बिताउँथे । ट्वाइलेट बस्दा पनि उनी आश्रमका महिलाहरूलाई बोलाउँथे । शौच गरिसकेपछि उनलाई ती महिलाहरूले नांगै सुताएर तेल घसिदिनुपथ्र्यो । प्रत्येक बिहान उठेपछि उनले महिलाहरूलाई सोध्ने प्रश्न एउटै हुन्थ्यो, ‘बहिनी आज तिम्रो दिसापिसाब कस्तो भयो ?’
आश्रममा चरम असन्तुष्टि बढेपछि गान्धीले केही समय सेक्सी क्रियाकलाप बन्द गर्न बाध्य हुनुपरेको थियो । तर, त्यो बन्देज धेरै समय रहेन । उनले ब्रह्मचर्य नामको ढोंगी सिद्धान्त जन्माएर एकैसाथ धेरै नांगा महिलासित सुत्न थाले । सुरु–सुरुमा एउटै कोठामा भए पनि अलग–अलग ओछ्यानमा सुत्थे । तर, पछि धेरै महिलासित एउटै ओछ्यानमा सुत्न थाले । परिस्थितिलाई अझ बढी चुनौतीपूर्ण बनाउने भन्दै कम उमेरका केटी र साथीका श्रीमतीहरूसित पनि सुते ।
३८ वर्षको हुँदा गान्धीले गरिबी र पवित्रतालाई अपनाउने भन्दै ब्रह्मचर्यको शपथ लिएका थिए (ब्रह्मचर्यसम्बन्धी गान्धीको यस्तो परिभाषा थियो : जहाँ कहिल्यै कुनै वासनात्मक भावना हँुदैन र सधैँ ईश्वर भक्तिमा मन तल्लीन हुन्छ, ऊ कुनै प्रकारको चेतना वा अचेतनाको अवस्थामा स्खलित हुन सक्दैन । ऊ नांगा केटीहरूसित सुत्न सक्छ, ती केटी चाहे जति सुन्दर भए पनि ऊ सम्भोगका लागि उत्तेजित हुँदैन ।’ गरिबी अँगाल्न गान्धीलाई सजिलो थियो, तर पवित्रता उनको वशको कुरा थिएन ।
महिलाहरूसित नांगै सुतेकोबारे आलोचना हुँदा गान्धी आफू अद्र्धनारीश्वर (भगवान् शिवजस्तो) भएको दाबी गर्थे । उनको भनाइ थियो, ‘नारी र पुरुष दुवै स्वरूप भएकाले मलाई कुनै शारीरिक प्यास छैन ।’ आश्रमका प्रत्येक महिलालाई उनी आमा वा बहिनी भनेर अरूको आँखामा छारो हाल्ने प्रयास गर्थे । उनी भन्थे, ‘म जे गर्छु, अन्तरात्माको आदेशअनुसार गर्छु । त्यसैले मेरा सबै कर्म पवित्र छन् ।’
गान्धी यो पनि भन्थे, ‘धेरै नांगा स्त्रीहरूसित सुत्दा मभित्र गर्मी पैदा हुन्छ । यस्तो क्रियाले ‘नेचुरोप्याथी’को काम गर्छ । साथै यसबाट मेरो ब्रह्मचर्य परीक्षण गर्न पनि सजिलो हुन्छ ।’ गान्धीले नांगा स्त्रीहरूसित सुत्दा पनि आफ्नो यौनांगमा कडापन नआएको भन्दै प्रयोग सफल भएको जिकिर गरेका छन् ।
गान्धीले आफ्नो प्रतिज्ञाको एक वर्षपछि सबै भारतीय नागरिकलाई बिहे नगर्न सल्लाह दिए । उनले भनेका थिए, ‘यदि बिहे गर्ने नै हो भने पनि आफ्नी श्रीमतीसित कसैले यौन सम्बन्ध नराखून् ।’
ब्रह्मचर्यका नाममा गान्धीले नारी अस्मिताको धज्जी उडाइरहेका थिए । उनको आश्रममा केटा र केटीले सँगसँगै नुहाउनु र सुत्नुपथ्र्यो । तर, कसैले सेक्ससम्बन्धी क्रियाकलाप गरेमा उनीहरूलाई दण्डित गरिन्थ्यो । उनी श्रीमान्लाई श्रीमतीसित एकान्तमा नबस्न आदेश दिन्थे । कसैलाई (यौन संसर्गको) उल्कै छटपटी भयो भने चिसो पानीले नुहाउन सल्लाह दिन्थे । यद्यपि, यो नियम उनले आफ्ना लागि भने लागू गर्नुपर्दैनथ्यो ।
गान्धी आफ्नो सेक्स अनुभवबारे अनुयायीसित खुलेर गफ गर्थे । उनका गफ प्राय: उत्तेजक हुन्थे । उनी यौनमा पवित्रता कसरी कायम राख्ने भनेर बारम्बार अनुयायीलाई सिकाउँथे । गान्धीबाट प्रभावित मानिसहरूले लामो समयसम्म उनले सिकाएका नियम पालना पनि गरे । तर, जब उनीहरूलाई महसुस भयो कि यी कुराहरू प्रकृतिको नियमविरुद्ध छन्, त्यसपछि गान्धीको ‘सेक्स प्रयोग’ले हावा खायो ।

०००

कस्तुरबाको मृत्युपछि गान्धीको जीवनमा थुप्रै स्त्रीहरू आउन थाले । उनी जोकसैलाई पनि आफूसित सुताउँथे । तर, नियम यस्तो थियो, उनीहरू आफ्नै श्रीमान्सित चाहिँ सुत्न पाउँदैनथे ।
गान्धीका एक सचिव प्यारेलाल नैयरकी सुन्दर बहिनी थिइन्, सुशीला नैयर । सुशीला गान्धीकी निजी चिकित्सक पनि थिइन्, र सानैदेखि गान्धीको हेरचाहमा  रहिन् । ठूली हुन्जेल उनले गान्धीसँगै नुहाउनुपथ्र्यो, अनि निर्वस्त्र भएर गान्धीसितै सुत्नुपथ्र्यो । जब यस विषयमा गान्धीप्रति औँला उठ्न थाल्यो, उनले सँगै सुते पनि आफ्नो पवित्रता कायम राखेको स्पष्टीकरण दिए ।
गान्धीले भने, ‘जब उनी नुहाउँछिन्, म आफ्नो आँखा पूरै बन्द गर्छु । मलाई थाहा हुँदैन, उनी नांगै नुहाउँछिन् कि कट्टु लगाएर । उनले साबुन दलेको चाहिँ म आवाजबाट पत्ता लगाउँछु । उनका अंग अरुले जति देखेका छन्,मैले देखेको
पनि त्यत्ति हो ।’ भनिन्छ, गान्धीसित सुशीलाको यस्तो सामिप्यतालाई लिएर आश्रममा रहेका अन्य स्त्रीहरूको मनमा जलन पैदा हुन्थ्यो ।
मानिसको वीर्यका बारेमा गान्धीको असाधारण विश्वास थियो । उनी भन्थे, ‘कसैले आफ्नो अमूल्य द्रव्य (वीर्य) जोगाएर राख्यो भने उसित जीवनमा कहिल्यै सफल नहुने ताकत हुन्छ ।’

०००

आफूसित बढीभन्दा बढी आध्यात्मिक साहसका निम्ति बढीभन्दा बढी कलिला केटीको आवश्यकता महसुस गर्थे गान्धी । भारत स्वतन्त्र भएको वेला सन् १९४७ मा सुशीला ३३ वर्षकी थिइन् । स्वतन्त्रताभन्दा अघि साम्प्रदायिक दंगाको वेला बंगालमा गान्धीले आफ्नी १८ वर्षीया नातिनी मनुलाई बोलाए र उनीसित सुत्न थाले । गान्धीले भने, ‘हामी दुवै मुस्लिम हातबाट मारिन सक्छौँ, त्यसैले हामीले आफ्नो पवित्रताको सर्वश्रेष्ठ परीक्षा दिनुपर्छ । हामीले आफ्नो सबैभन्दा पवित्र बलिदान गर्नुपर्छ । अब हामी एउटै ओछ्यानमा नांगै सुत्न थालौँ ।’
स्वतन्त्रतापूर्व जब गान्धीका यौनलीला चलिरहेका थिए, त्यसमा उनका नाती कनु गान्धीकी १८ वर्षीया पत्नी आभा पनि मिसिन आइन् । आभा पनि गान्धीसित सुत्न थालिन् । आफ्नो जीवनको अन्तिम समयतिर गान्धी मनु र आभा दुवैसित सुत्ने गर्थे । सन् १९४८ मा गान्धीको हत्या हुँदा पनि उनका दायाँ–बायाँ यिनै दुई महिला थिए ।
मनुसित सुत्दा आफूलाई थुप्रै लाभ भएको गान्धी बताउँथे । यसबाट देश विभाजन तथा हिन्दू–मुस्लिम एकताजस्ता गम्भीर समस्यामाथि विचार गर्न सहयोग पुगेको उनको हास्यास्पद भनाइ थियो । उनले मनुसित आफू आमासित जसरी सुत्ने गरेको दाबी गरेका थिए । मनु र आभा आफ्नो जीवनको सहारा बनेको समेत उनले बताए । त्यतिवेला मनु विवाहित थिइन् र सुरेन्द्र मसरवाला उनका पति थिए । सन् १९४५ मा उनले प्रेससित भनेका थिए, ‘आभा र मनुसित नांगै सुतेर मलाई आफ्नो ब्रह्मचर्य प्रयोगमा धेरै सफलता मिलेको छ । पहिले मैले यो प्रयोग कस्तुरबासित पनि गरेको थिएँ, तर परिणाम हासिल भएको थिएन ।’

०००

गान्धीले सेक्सबारे थुप्रै विवादास्पद कुरा लेखेका र बोलेका थिए । तर, उनका प्रशंसकले ‘बापु’को छविमा दाग लाग्ने डरले ती तथ्यहरू लुकाए, नष्ट गरे । सेक्ससित जोडिएका गान्धीका विचारलाई भारतमा दबाइएको छ, किनकी उनका विचार लोकप्रिय भएनन् । गान्धीले सेक्सको प्रसंग उल्लेख गरेका धेरै पत्र नष्ट गरिए । नष्ट हुनबाट जोगिएको एउटा पत्रमा उनले यस्तो लेखेका छन्, ‘वीणा मसित सुत्नु एउटा संयोग मान्न सकिन्छ । यति मात्र भन्न सकिन्छ, उनी मसित लुटुपुटु भएर सुतेकी थिइन् ।’ लुटुपुटुको अर्थ के हुन्छ सहजै अनुमान लगाउन सकिन्छ ।

०००

गान्धीको यौन कर्तुतका कारण थुप्रै मानिस उनलाई घृणा गर्न थाले । उनीहरूमध्ये एक प्रेमा बेन कंटकले सन् १९३८ मा प्रसाद र दीक्षा नामका किताब लेखिन्, जसमा उनले गान्धीसितको आफ्नो सेक्ससम्बन्ध उजागर गरेकी थिइन् । यसबाट महाराष्ट्रमा ठूलै हंगामा मच्चिएको थियो ।
गान्धीको विरोध गर्नेमा उनका सबैभन्दा कान्छो छोरा देवदास गान्धीको नाम पनि आउँछ । उनी ५० को दशकका लब्ध प्रतिष्ठित पत्रकारसमेत हुन् । गान्धीसित लामो समय सुत्ने मनु उनै देवदासकी छोरी थिइन् । सानै उमेरमा आफ्नी आमा गुमाएकी मनुलाई गान्धीले छोरी भनेर आफूसँग नांगै सुताउँथे ।
गान्धीले नवविवाहितलाई ब्रह्मचर्यको पालना गर्न सल्लाह दिएका थिए । जबकि जवाहरलाल नेहरूले गान्धीको यस्तो विचारलाई असामान्य र अप्राकृतिक संज्ञा दिएका छन् । गान्धीको विचारबाट रुष्ट भएर उनका केही स्टाफले राजीनामा दिए । राजीनामा दिनेमा दुई पत्रिकाका सम्पादक पनि पर्छन्, जसले केटीसित सुत्ने गान्धीको भाषण छाप्न छाडेका थिए । गान्धीको असामान्य यौन व्यवहारका कारण समर्थक तथा प्रसंशकहरूले उनलाई अनादरसमेत गर्न थालेका थिए ।
आलोचकहरू भन्छन्, ‘गान्धीले सक्रिय ब्रह्मचर्यका नाममा महिलाहरूमाथि अत्याचार गरेका थिए ।’ उनी महिलाहरूको स्वीकृति लिनु पनि आवश्यक सम्झिदैनथे । उनको यौन उत्पीडनको सिकार बनेका महिलाहरूसित सहनुभन्दा अर्को विकल्प थिएन ।
एक दिन गान्धीका स्टेनोग्राफर आरपी परशुरामले उनलाई निर्वस्त्र मनुसित पल्टिरहेको देखेपछि राजीनामा दिएर हिँडेका थिए । राजीनामा दिँदा गान्धीले उनलाई ‘तिमीले आश्रम छाडेर मलाई केही फरक पर्दैन’ भन्ने जवाफ दिएका थिए । निर्मलकुमार बसु गान्धीका नजिकका सहयोगी थिए । एकदिन यस्तो घटना भयो, जसले निर्मल कुमारलाई गान्धीको कट्टर आलोचक बनाइदियो । त्यस रात गान्धी अक्सरजस्तै नग्न मनु र सुशीला नैयरसित सुतिरहेका थिए । बिहान हुनुभन्दा पहिले कोठाभित्रबाट अस्वभाविक आवाज आएपछि उनले ढोकाको कापबाट चियाए । उनले देखे, गान्धी तीखो आवाजमा चिच्याइरहेको र आफ्नो दुवै हातले टाउकोमा हिर्काइरहेको । सँगसँगै सुशीला पनि
चिच्याइरहेकी थिइन् ।
त्यसरात के भएको थियो भनेर मनु र सुशीला दुवैले मुख खोलेनन् । निर्मल कुमारले अड्कल काटे, सायद गान्धीले सुशीलासित सेक्स गर्ने प्रयास गरे । सुशीलाले अनिच्छा देखाएपछि गान्धीले जबरजस्ती गर्न खोजे । सुशीलाले उनलाई रोक्न खोजिन् । अनि रुष्ट र निराश भएर गान्धी चिच्याए होलान् । सुशीला चाहिँ मद्दत माग्न चिच्याएकी होलिन् ।
निर्मल कुमारले राजीनामा दिएपछि भनेका थिए, सेक्सको मामलामा यतिधेरै विकृत व्यक्तिलाई हामी महात्मा शब्दले विभूषित गरिरहेका छौँ । धिक्कार होस् ।

०००

गान्धीको जीवनमा आएका भारतीय महिलामा श्रीमती प्रभावती देवी (जयप्रकाश नारायणकी पत्नी) कञ्चन शाह, प्रेमा बेन कंटक, सुशीला नैयर, मनु गान्धी (नातिनी बुहारी), आभा गान्धी र सरलादेवी चौधरानी (कवी रवीन्द्रनाथ टैगोरकी भतिजी) लगायत छन् ।
सरलादेवीसित आफ्नो झन्डै कामवासनायुक्त सम्बन्ध रहेको गान्धीले पनि स्विकारेका छन् । सरलादेवीपछि प्रभावती देवीले गान्धीलाई साथ दिइन् । उनीहरूको सम्बन्धबारेमा गिरिजा कुमार लेख्छन्, ‘गान्धीप्रति प्रभावती यतिधेरै आशक्त भइन् कि उनी एक दिन पनि गान्धीसित छुट्टिन सक्दिनथिन् । प्रभावतीमा हिस्टेरिया देखिन थालेको थियो र उनी घन्टौँसम्म बेहोस् हुने गर्थिन् ।’ गान्धीको मृत्युपछि मात्र प्रभावतीको जीवन सहज भएको थियो । सत्याग्रहपछि उनले आफ्ना प्रशंसकलाई लेखेका सबै पत्रमा दोस्रो विषय सेक्स हुने गथ्र्यो । उनी तिनीहरूलाई पत्र पठाउँथे, जसले उनलाई प्रशंसा गरेर पत्र पटाएका हुन्थे । स्मरणीय के छ भने गान्धी दक्षिण अफ्रिकामा रहेका वेला महिनामा एकचोटिजस्तो स्वप्नदोष हुन्थ्यो । तर, भारत आएर आश्रममा बस्न थालेपछि उनलाई कहिल्यै
स्वप्नदोष भएन । (Naya patrika)

पूर्वमन्त्रीकी छोरीको आत्महत्या रहस्य

पूर्वमन्त्री अनिल झाकी एक्ली छोरी श्वेताले शनिबार आफ्नै कोठामा झुन्डिएर आत्महत्या गरिन् । छोरीको अकल्पनीय वियोगले झादम्पती शोकमा डुबेका छन् ।
परिवारका अनुसार आत्महत्या गर्नुभन्दा केही समयअघिसम्म पनि श्वेता सामान्य अवस्थामा देखिन्थिन् । उनी कुनै तनावमा रहेको हुन सक्ने कुरा झादम्पतीले अनुमानै लगाएका थिएनन् । आमाबुबाको कोठा भ्याकुम लगाएर सफा गरेपछि आफ्नो कोठामा पसेकी श्वेता आधा घन्टापछि मृत अवस्थामा भेटिइन् ।
श्वेताकी आमा ३ र ४ साउनमा हुने लोकसेवा आयोगको परीक्षाका लागि तयारी गर्दै थिइन् । आइतबार बिहान करिब साढे आठ बजेतिर श्वेताले कोठा सफा गर्न थालेकी आमालाई भनिन्, ‘तपाईं पढ्न जानुस्, म सफा गर्छु ।’ उनले भ्याकुम लगाएर आमाबुबाको कोठा सफा गरिन् । ओछ्यान चिटिक्क पारेर मिलाइन् अनि आफ्नो कोठामा छिरिन् ।
श्वेता आफ्नो कोठामा जाँदा बुबा माथिल्लो तलामा गएका थिए भने आमा खाना पकाउँदै थिइन् । आधा घन्टापछि खाना खान श्वेताको खोजी हुन थाल्यो । उनको कोठामा धेरैबेर ढक्ढकाउँदा ढोका खुलेन । त्यसपछि झादम्पती अत्तालिए । ढोका फोडेर हेर्दा श्वेताले संसार छोडिसकेकी थिइन् ।
श्वेताका हरेक इच्छा झादम्पतीले पुर्‍याइदिएका थिए । ‘तिमी जे चाहन्छौ, म पूरा गरिदिन्छु । तर कुनै पनि निर्णय गर्नुअघि मलाई भन्ने गर,’ आफ्नी छोरीलाई सधैँ सम्झाउने गरेको स्मरण गर्दै झाले  भने,  ‘तर, छोरीले कसैलाई सुइँको नदिई यति कठोर निर्णय गरिन् ।’
छोरी वियोगको पीडाले आमा डिम्पल आइतबार साँझसम्म लगभग अचेत अवस्थामा छिन् । उनलाई छिनछिनमा स्लाइन पानी चढाइरहनुपरेको छ । आइतबार दिउँसो झाको परिवार पुख्र्यौली घर रौतहटको मत्सरीमा गएको छ । मत्सरीमा नै श्वेताको सबै संस्कार पूरा गरिनेछ । मंगलबार उनको चार दिनको काम हुँदै छ ।
श्वेता भारतीय केन्द्रीय विद्यालयमा १२ कक्षामा पढ्दै थिइन् । उनको ११ मा ब्याक लागेको थियो । रिजल्ट आएको पनि झन्डै डेढ महिना भइसकेको थियो । छोरी फेल भएकोमा उनको बुबाले चिन्ता नलिन आग्रह गरेका थिए । ‘एकपटक फेल हुँदैमा टेन्सन नलेउ । अर्कोपटक पास भइन्छ । हामी नेताहरू पनि त एकचोटि चुनाव हार्छौँ अनि अर्कोचोटि जित्छौँ,’ उनले छोरीलाई यही भनेर सम्झाएका थिए । श्वेताले फेल भएको विषयमा धेरै तनाव लिएको पनि देखिएको थिएन ।
यसैबीच प्रहरीले लाजिम्पाटको रानीबारीस्थित झानिवासमा पुगेर घटनास्थल अवलोकन गरेका छन् । श्वेताका मोबाइल, डायरी र अन्य सामग्री प्रहरीले अध्ययन गरिरहेको छ । अहिलेसम्म सुसाइड नोट भेटिएको छैन । उनको मोबाइलमा पासवर्ड राखिएकाले मोबाइलभित्रका म्यासेज प्रहरीले थाहा पाउन सकेको छैन । दूरसञ्चारको सहयोगबाट उनको म्यासेज हेर्ने तयारी प्रहरीको छ ।
‘श्वेताले यसरी आत्महत्या गर्लिन् भनेर मैले कल्पनासम्म गरेको थिइनँ । उनी एकदमै हँसिली र विन्दास देखिन्थिन्,’ झाको घरमा भाडामा बस्ने पत्रकार वैकुण्ठ ढुंगानाले भने, ‘सबैसित एकदमै राम्रो व्यवहार गर्थिन् । कहिल्यै अँध्यारो अनुहार लगाएको थाहा छैन ।’ naya patrika

Jul 2, 2013

आम्मै कती लामा नङ (भिडियो पनि )विश्वकै लामो नङ भएकी महिलाको हेर्नुहोस् यो भिडियो ।

 यो नङ पालेरै उनले गिनिज बुक मा पनि नाम लेखाइन । यती लामो नङ भये पनि यिनलाई कहिले अफ्ठ्यारो लागेन रे । भन्छिन कपाल बढेजस्तै लाग्छ । यि नङ ले यिनलाई कहिले पनि अफ्ठ्यारो लागेन, कम्प्युटर चलाऊन ड्राइभिङ गर्न अँह कुनै पनि दैनिक काम गर्न । यती लामो नङ पाल्न कती समय लाग्यो होला ? तपाईंलाई पनि जान्न मन लाग्न सक्छ भन्छीन २० बर्ष लाग्यो रे । र अर्को कुरा अहिले सम्मा उन्को नङ एक्पटक मात्रै भचियो रे । ल यो हेर्नुहोस् भिडियो ।
Christine "The Dutchess" Walton, from Las Vegas, has nails that when combined are the length of a killer whale,