कस्तो अचम्म !

ढुंगाले तान्यो चुरोट 

चुरोट त मान्छेले पो खान्छ । तर चीनमा भने एउटा ढुंगाले मान्छेले जस्तै गरी सनक्क चुरोट पिउँछ ।
सुन्दैमा झसंग भइने । तर लोउ युआनसुइको घरमा रहेको एउटा ढुंगाको टुक्राले मान्छेले भन्दा पनि छिटो अर्थात् ५ मिनेटमै चुरोटको खिल्ली तानेर सकिदिन्छ । मान्छेभन्दा पनि कडा अम्मली यो ढुंगो २ किलोभन्दा केही बढि तौलको छ ।
दक्षिणपूर्वी फुजियान प्रान्तको लोंग्यानमा बस्ने लोउले फेला पारेको यो अम्मली चट्टानलाई हेर्न आजभोलि मान्छेहरुको घुइँचो नै लाग्ने गरेको छ । यो ढुंगाको मुखजस्तो प्वालमा चुरोटको खिल्ली राखिदिएपछि आफै सल्किएर धुवाँ नै नउठी ५ मिनेट भित्रमा सकिन्छ । लोउले यो चुरोट खाने ढुंगा सांगिउ पहाडमा फेला पारेका थिए । यो ढुंगा खैरो रंगको छ ।











कुकुरको किर्तिमान 


अमेरिकामा एक घरपालुवा कुकुरले आफ्नी मालिक्नीलाई लगातार ४५.८ सेकेण्ड किस गरेर किर्तिमान सहित उपाधि जितेको छ ।
प्रणय दिवसको उपलक्ष्यमा पोर्टल्याण्डमा भएको कुकुर चुम्बन प्रतियोगितामा १२ वर्षको बिउ नामको कुकुरले आफ्नी मालिकनी लिन्डा वाल्टनलाई लगातार ४५.८ सेकेण्ड चुम्बन गरी यो वर्षको च्याम्पियन बन्न सफल भएको हो ।


लगातार दोश्रो वर्ष च्याम्पियन बन्ने क्रममा योर्कीले गएको वर्षभन्दा कमजोर प्रदर्शन गरेपनि उपाधि उचाल्न भने सफल भयो ।
यस्तै मालिकनी केसी माउन्टेनलाई १६.८ सेकेण्ड चुम्बन गरेर सन्नी नामको कुकुर दोश्रो भयो भने डिजान्गोले तेश्रो स्थान प्राप्त गर्दा आफ्ना मालिकलाई ११.७ सेकेण्ड चुम्बन गर्‍यो । पहिलो हुने बिउले उपाधिसँगै ७५ डलरको पुरस्कार पायो ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: