Oct 7, 2013

आउनुहोस् पाल्पाली लाई बचाऔ ।

देशको निमित्त केही गर्नेलाई हामीले पनि केही गरौ । 

दुबै मिर्गौला काम नलाग्ने भएपछी र नेपालमा ऊपचार सम्भब नभएपछी पत्रकार तथा साहित्यकार बि के पाल्पाली (बिजय कुमार पोखरेल ) लाई उपचार को लागि दिल्ली लैजाने निधो भएको छ स्वतन्त्र पत्रकारितामा करिब २ दशक बिताउनुभएका पाल्पाली अहिले जीवनमरण को दोसाधमा हुनुहुन्छ । वहाँको सहयोगको लागि सहकार्य हुन थालेको छ । आर्थिक समस्याका कारण वहाँको ऊपचार हुन नसकेको पारिबारिक श्रोत ले जनएको छ ।  

झण्डै तीनमहिनायता गंभीर रोगसँग लडिरहनुभएका पाल्पालीको हाल शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार भइरहेको भएपनि सम्पूर्ण उपचार यहाँ सम्भव नभएपछि उनलाई दिल्लि लैजान लगिएको हो । पाल्पालीको उपचारमा संलग्न चिकित्सकले दुइ महिना अगाडीनै दिल्लि लैजान सुझाव दिएको भएपनि खर्च अभावमा समयमै उपचारका लागि लैजान नसकिएको उनको परिवारले जनाएको छ । खर्च अभाव भएपछि यो बीचमा पाल्पालीको परिवारले सबैसँग सहयोगको हात फैलाएको थियो । सँगसँगै आफन्तहरुसँग ऋणको प्रबन्ध गरेर बुधबार दिल्लिस्थित मेदान्त अस्पताल लैजान लागिएको पाल्पालीकी जीवनसङ्गीनी रेणुका भट्टराईले बताउनुभएको छ । ‘थोरै भएपनि सहयोगी हातहरुको सहयोग पाएको छु, अझै सहयोग गरिरहनुभएको छ, केही रकम ऋण जुटाएको छु तर त्यो सबै उहाँको उपचारका लागि पर्याप्त छैन’ भट्टराईले भन्नुभयो । सहयोगीहरुलाई सहयोगको लागि अझै अपिल गर्दै भट्टराईले हालसम्म सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ । पाल्पालीको उपचारमा हालसम्म दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै दश लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको भट्टराईले बताउनुभयो । दसैंको सन्दर्भमा हामी सबैले आफ्ना आफन्तलाइ दिनुपर्ने भड्किलो दक्षिणाबाट केही कटौती गरेर सहयोग गर्न सके पत्रकारिता र साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने पाल्पालीले नयाँ जीवन पाउनेछन् । पिडीत पाल्पालीलाई सहयोग गर्न पाल्पालीकी पत्नी रेणुका भट्टराईको नाममा रहेको कुमारी बैंकको खाता नं. k४७१५९–s र किष्ट बैंकको खाता नं. ०२०–२१७४१० मा र इमेल मार्फत nebomedia@yahoo.com, renukabhattarai2013@yahoo.com मा सम्पर्क गर्न सकिनेछ ।(xpresskhabar)

-ॠषि
दुबै मिर्गौला काम नलाग्ने भएर मृत्युसँग सङ्घर्ष गरिरहेका सञ्चारकर्मी विके पाल्पाली (विजय पोखरेल) - See more at: http://www.ekantipur.com/np/2070/6/21/full-story/377108.html#sthash.wlhUDAzH.dpuf