Mar 24, 2013

२५ गते ३३ दलले गर्दैछन नेपाल बन्द

 काठमाडौं, चैत ११ - नेकपा माओवादीसहितका ३ दलले तीन दल र मधेशी मोर्चाबीच भएको सहमति खारेज गर्न माग गरेका छन् ।
माओवादी पार्टी कार्यालय बुद्धनगरमा बसेको ३३ दलको बैठकले फागुन ३० गते भएको सहमति खारेज गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकले संविधानसभा चुनाव गर्न सहमति खारेज हुनुपर्ने र खिलराज रेग्मी नेतृत्वको सरकार बर्खास्त हुनुपर्ने माग गरेको नेकपा माओवादीका नेता हितमान शाक्यले जानकारी दिनुभयो ।
आफ्ना माग पूरा नभएसम्म आन्दोलन नरोक्ने निर्णय ३३ दलको बैठकले गरेको छ ।
बैठकले माग पूरा नभएसम्म वर्तमान सरकार विरुद्ध प्रचार प्रचार, भित्ते लेखन, सिंहदरवार घेराउदेखि नेपाल बन्दसम्मका कार्यक्रम सार्वजनिक गरेको छ ।
३३ दलको विरोधको कार्यक्रम