२८ माघ, काभ्रे । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू राजनीतिक पार्टनरको खोजीमा रहेको बताउनु भएको छ ।
एमाओवादी अध्यक्ष प्रचण्डले दलहरुबीच सहमति नभए देशमा निरंकुशता आउने चेतावनी दिनुभयो । राजा, पञ्चालय र ज्ञानेन्द्र जस्तो निरंकुशता नआएपनि निरंकुशता आउने उहाँको भनाई थियो ।
पार्टी उपाध्यक्ष समेत रहेका प्रधानमन्त्री डा. बाबुराम भट्टराएू र आफूको धेरै कुरा मिल्ने उहाँले बताउनु भयो । आफू तल्लो तहबाट र भट्टराई पढेर आएका केही मतभिन्नता रहेको भन्दै अध्यक्ष प्रचण्डले एकले अर्कालाई सुधारेर अघि बढ्ने बताउनु भएको छ ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment