Mar 22, 2013

आयो होली - जथाभावी होली खेल्नेलाई कडाई

भक्तपुर, चैत  । होली भन्दै जथाभावी लोला हान्ने  पानी छ्याप्नेलगायतका विकृति गर्नेलाई महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने भएको छ ।
    होली पर्व नआउँदै जथाभावी लोला हात्रेलाई पक्राउ गरी सार्वजनिक मुद्दा लगाउने जानकारी प्रहरी परिसरका प्रमुख प्रहरी उपरीक्षक दिलीप चौधरीले दिनुभयो ।
    प्रहरी, प्रशासनले होली पर्वलाई विकृतिमुक्त बनाउनको लागि सादा पोसाकका सुरक्षाकर्मीसमेत खटाएको जनाएको छ । होली पर्वमा समेत कसैको इच्छाविपरीत होलीको नाममा फोहर पदार्थ फाल्ने, जबर्जस्ती लोला हात्रेलाई सार्वजनिक ऐनअन्तर्गत बढीमा दुई वर्षसम्मको जेल सजाय हुने व्यवस्था छ ।
    अहिलेदेखि नै होली पर्वलाई व्यवस्थित र विकृतिमुक्त बनाउने अभियानमा लागेको बताउँदै उपरीक्षक चौधरीले अभियानमा अवरोध पुयाउनेलाई विशेष निगरानी गर्दै कारबाहीको दायरामा ल्याउने र कडाभन्दा कडा कारबाही गर्ने निर्णय भएको बताउनुभयो ।
    हरेक वर्ष होली पर्वको नाममा विकृति बढेको र होली आउँन नपाउँदै जथावाभी रूपमा फोहर पदार्थले हात्रे, महिलालाई हिँड्डुलमा समेत समस्या पर्ने र होली पर्वमा महिला तारो बत्रुपर्ने अवस्था आउने भएपछि प्रशासनले तिनै कुरालाई दृष्टिगत गर्दै होली पर्व नआउँदै सचेतना जगाउने कार्य गरेको उहाँले बताउनुभयो ।
    जिल्ला प्रशासन कार्यालयले कहीँकतै होली पर्वको नाममा यस्ता गलत कार्य भएमा तुरुन्त प्रहरीलाई खबर गर्नसमेत अनुरोध गरेको छ । रासस

 होली पूर्णिमा

हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणिर्मालाई होली पूर्णिमा भनिन्छ । होली हिन्दूहरूको एउटा महत्वपूर्ण चाड हो। यो चाड वसन्त ऋतुमा फाल्गुनको महिनामा मनाइन्छ। होली रङ्गहरूको चाड हो। होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउ छन् । होली पर्व मनाउनुको एउटा कारण र इतिहास छ।
होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ। राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ। सानो सानो नानीहरूदेखि वृद्ध वृद्धा सम्म सबै होलीको मजा गर्छन्। युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन्। भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित मिल्छन्। यस पर्वलाई फाल्गुणको महिनामा मनाउने यसलाई फगुआ पनि भनिन्छ। होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गएिर उल्लासपूर्वक मनाउने फागुन पूणिर्माको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।
फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर -विशेषरूपले सजाएको लिङ्गो) गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गो)लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।

 इतिहास

होलीको बारेमा पौराणिक भनाइअनुसार प्राचीन समयमा नास्तिक हिरण्यकशिपुनामक राक्षसले भगवान् विष्णुभक्त आˆनै छोरा प्रहृलादलाई मार्न हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आˆनी बहिनी होलिका -जसलाई अग्निले पनि डढाउन नसक्ने वरदान पाएकी थिइन्)लाई जिम्मा दिएका थिए । दाजुको आदेशानुसार होलिका प्रहृलादलाई काखमा लिएर अग्निमा बस्ता आगोले धर्मको साथ दिएकोले होलिका जलेर नष्ट भइन् । प्रहृलादलाई केही भएन । होलिका दहनकै खुसियाली मनाउन आपसमा रङ र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहिआएको छ भने अर्को एक प्रसङ्गअनुसार द्वापरयुगमा श्रीकृष्णलाई मार्ने उद्देश्यले दूध खुवाउन गएकी पुतना नामकी राक्षसनीलाई उल्टै कृष्णले मारिदिनु भएकाले त्यसको शवलाई ब्रजवासीहरूले यसैनी जलाएर आपसमा रङ र अबिर छरी खुसियाली मनाएकोले त्यसैको सम्झनामा अद्यावधिक चीरदाह गरी होली खेल्ने परम्परा चलेको भनाइ रहेको छ ।

कृष्ण भगवान होली खेल्दै
होली हिन्दूहरूको अत्यन्त प्राचीन पर्व हो। इतिहासकारहरू मान्छन् कि यस पर्वको प्रचलन आर्यहरूमा पनि थियो। यस पर्वको वर्णन अनेक पुरातन धार्मिक पुस्तकहरूमा पाइन्छ। नारद पुराणभविष्य पुराण जस्तो प्राचीन हस्तलिपीहरू र ग्रन्थहरूमा पनि यस पर्वको उल्लेख छ। विंध्यक्षेत्रको राम गढ स्थानमा स्थित ईसा भन्दा 300 वर्ष पुरानो एउटा अभिलेखमा पनि यसको उल्लेख छ। संस्कृत साहित्यमा वसन्त ऋतु र वसन्तोत्सव अनेक कविहरूको प्रिय विषय थियो।