Showing posts with label बिदेशका खबर. Show all posts
Showing posts with label बिदेशका खबर. Show all posts

Jun 20, 2013

जिया खानको परिवार विरुद्ध सुरजका बाबुले अदालतमा मानहानीको मुद्धा हाल्ने

नायीका जिया खानको आत्महत्या प्रकरणमा आफ्नो छोरा सुरज पञ्चोलीको नाम जोडिएपछी उनका पिता तथा अभिनेता आदित्य पञ्चोलीले जिया खान र उनको परिवारविरूद्ध मानहानीको मुद्धा हाल्ने तयारी गरेका छन् ।



आदित्य पञ्चोलीलाई जिया खान र छोरा सुरजबीच आदानप्रदान भएका प्रेम पत्रप्रति शंका छ । उक्त पत्रहरू आफूले पहिले जाँच गराउने उनको भनाई छ । आदित्यका अनुसार यी सबै पत्रहरुको ह्यान्ड राइटिङ जाँच गराउने र जियाको ह्याण्ड राइटिङ हो या होइन त्यसबारे प्रष्ट हुने बताएका छन् ।

यदी ती पत्रहरू झुठो निस्किए उनले जिया खान र उनको परिवारविरुद्ध मानहानिको मुद्धा हाल्ने बताएका छन् । उनले यदी ती पत्रहरू नक्कली भएमा आफ्नो छोरालाई छुटाउन अन्य कानुनी कारबाही समेत अगाडि बढाउने बताएका छन् ।<

May 26, 2013

भगबानले नाङ्गै हुन भने रे यिनलाइ !!!

अमेरिकाको उत्तरी क्यारोलाइना बस्ने एउटा परिवार दिउँसो नांगै सडकमा निस्क्यो । सार्लोट चौकीका प्रहरीले देख्नेबित्तिकै रोक्न खोजे तर तिनीहरुले परमेश्वरको आदेशले आफूहरु नांगै सडकमा हिँड्न थालेको बताए । उनीहरुको भनाइ थियो, 'परमेश्वरले सबै लुगा फुकाल अनि जाऊ भन्ने आदेश दिएका छन् ।' सार्लोटको व्यस्त सडकमा नांगै हिँड्नेमा २० वषर्ीया युवती, ४० वर्ष हाराहारीकी उनकी आमा र स-साना दुई बच्चा थिए । प्रहरीले मनोचिकित्सकमार्फत् दिमागी स्थिति बुझ्दा सबै सकुशल भएको पाइयो । केही समयअघि मात्र पनि फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी माइकल सिलेचिया नांगै चौकी पुगी लिंग काटिदिन प्रहरीलाई गुहारेका थिए । (mero jilla)

आमा बन्न लागेका सेलिब्रिटीहरु (with photos)

ग्ल्यामर दुनियाँका चाँडै नै आमा बन्न लागेका दश सेलिब्रिटीहरुको तस्बिर हामी पनि  हेरौँः
१. किम कार्दासियनः
रियालिटि टिभि स्टार किम कार्दासियन र र्यापर कान्ये वेस्ट आफ्नो पहिलो सन्तानलाई संसारमा भित्र्याउँन आतुर छन् ।
kimkardasen

२. केट मिडल्टनः
डचेज अफ केम्ब्रिज र प्रिन्स विलियम आफ्नो पहिलो सन्तानको जन्म दिँदै छन् ।
ket-midulton

३. ह्याल बेरीः
ओस्कार बिजेता ह्याल बेरी र नायक ओलिभर मार्टिनिज आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छन् ।
al-bery

४. जेइम किंगः
मोडल र नायिका जेइम किंग र फिल्म निर्माता काइलि न्युम्यान आफ्नो पहिलो सन्तानको प्रतिक्षामा छन् ।
eim-kin

५. -र्याचेल लिगः
र्याचेल लिग र नायक ड्यानियल गिल्स आफ्नो पहिलो सन्तानलाई जन्म दिँदै छन् ।
yarchel-lig

६. इभान र्याचेल वुडः
इभान र्याचेल वुड र जेमि बेल पहिलो सन्तानलाई चाँडै नै जन्म दिँदै छन् ।
van-yarchal

७. जेसिका सिम्पसनः
सेसिका सिम्पसन र इरिक जोनसन आफ्नो दोस्रो सन्तानको पर्खाइमा छन् ।
sica-simpson

८. जेन्ना देवान टेटम
नयिका जेन्ना देवान टेटम र चेनिङ टेटमले आफ्नो पहिलो सन्तानलाई यो संसारमा भित्र्याउँदै छन् ।
nna-dewan

९. केटि प्राइस
केटि प्राइसले श्रीमान् किइरन हेइलरसँग आफ्नो चौथो सन्तानलाई चाँडै नै यो संसारमा भित्र्याउँदै छिन् ।
keti-pirus

१०. पेनेलोप क्रुजः
पेनेलोप क्रुज र जेभिएर बार्डमले छिट्टै नै आफ्नो दोस्रो सन्तानलाई जन्म दिँदै छन् ।
popen-cruse

Apr 25, 2013

ज्यानको बाजी राखेर स्कुल जान्छन यि बच्चाहरु ।

बालकहरू पढ्न जाँदा खेल्दै र रमाउँदै जाने गर्छन् । स्कुल जाँदा सकेसम्म सजिलो बाटो रोज्दै सहजताका साथ खेल्दै जाने बेलामा इन्डोनेसियाका बालबालिकाहरू भने ज्यानको बाजी थापेर विद्यालय जाने गर्छन् ।
इन्डोनेसियाको पश्चिमी क्षेत्रमा रहेको सुमुआ बाना गाऊँका विद्यार्थीहरू भत्किएको पुलमा रहेको बाँस समात्दै डोरीमा टेकेर पुल पार गरेर विद्यालय जान बाध्य छन् । केही वर्षअघि भूकम्पले पुल भत्काएपछी उक्त पुलको निर्माण हुन सकेको छैन् । पुल निर्माण सम्पन्न हुन नसकेपछी जोखिम मोलेरै शिक्षाका लागी विद्यालय जाने गर्छन्, सुमुआ बाना गाऊँका बालबालिका ।
हेरौ बालबालिकाको विद्यालयको जोखिमपू्र्ण...
schoolchildren-face-dangerous-trip-to-class schoolchildren-face-dangerous-trip-to-class schoolchildren-face-dangerous-trip-to-class schoolchildren-face-dangerous-trip-to-class

Apr 23, 2013

विस्फोटमा परि अमेरिकी राष्ट्रपति बराक ओबामा घाइते

ह्वाइट हाउसमा विस्फोट,ओबामा घाइते
एजेन्सी,बैशाख ११ । अमेरिकी समाचार संस्था एपीका अनुसार अमेरिक राष्ट्रपति भवन ह्वाइट हाउमा दुईवटा बम विस्फोट भएको छ । विस्फोटमा परि अमेरिकी राष्ट्रपति बराक ओबामा घाइते भएका छन ।
मंगलबार अबेर विश्वको लोकप्रिय र विश्वासिलो मानिएको अमेरिकी समाचार संस्था एसोसिएटस् प्रेस एपिले उसको आधिकारीक ट्विटर अकाउन्टबाट दिएको समाचार हो हो । तर यो समाचार आधिकारी अकाउण्टबाट आएपनि घटना भने आधिकारीक नभएको त्यतिखेर पत्ता लाग्यो जतिखेर एपिको ट्विटर अकाउण्ट अरु कसैले ह्याक गरेको पत्ता लाग्यो ।
ब्रेकिङ न्युज भन्दै ह्वाइट हाउसमा दुई विस्फोट भएको र राष्ट्रपति ओबामा घाइते भएको ट्विट गरेपछि एकाएक सनसनी नै मच्चियो । तर समयमै एपीका प्रवक्ताले आफूहरुको ट्विटर अकाउन्ट ह्याक भएको बताएपछि घटनाले अर्को रुप लिन पाएन । ट्विटर अकाण्ट कसले र कहाँवाट ह्याक गरेको भन्ने खुल्न सकेको छैन । तर अहिले एपिको ट्विटर अकाउण्ट हटाइएको छ ।

Basics of English Grammar

If you just started learning English, you first need to know some basic rules of the language. Developing a solid foundation in English grammar will not only help you create your own sentences correctly but will also make it easier to improve your communication skills in both spoken and written English.

Study all the lessons below and incorporate your learning into your speaking and writing.

1. Singular and Plural Nouns
2. Count Nouns vs. Non-Count Nouns
3. Possessive Nouns
4. Pronouns
5. 'Be' Verbs
6. Action Verbs
7. Adjectives
8. Comparative and Superlative Adjectives
9. Adverbs
10. Simple Tense
11. Progressive and Perfect Tense
12. Perfect Progressive Tense
13. Irregular Verbs
14. Gerunds
15. Infinitives 1
16. Infinitives 2
17. Active Voice and Passive Voice
18. Indicative, Imperative, Subjunctive Mood
19. Auxiliary Verbs - 'Be', 'Do', 'Have'
20. Auxiliary Verbs - 'Will/Would', 'Shall/Should'
21. Auxiliary Verbs - 'Can/Could', 'May/Might/Must'
22. Prepositions - 'On', 'At', 'In'
23. Prepositions - 'Of', 'To', 'For'
24. Prepositions - 'With', 'Over', 'By'
25. Conjunctions - Coordinating and Correlative
26. Conjunctions - Subordinating
27. Conjunctive Adverbs
28. Articles - Indefinite and Definite
29. Interjections
30. Capitalization

Apr 21, 2013

१ ७ करोड भन्दा बढीले हेरे यो जेन्टल म्यान : दक्षिण कोरियामा जेन्टलम्यानलाई प्रतिबन्ध (भिडियो )

Gentalmanविश्व चर्चित गीत गङ्नम स्टाइलका गायक पिएसवाईको दोस्रो गीत जेन्टलम्यानलाई प्रतिबन्ध लागेको छ । गीतलाई उनकै देश दक्षिण कोरियाले प्रतिबन्ध लगाएको हो । दक्षिण कोरियाको ब्रेडेकास्ट सिस्टमले गीतको प्रचारका लागि बनाइएको भिडियोमा आपत्ती जनाउँदै प्रतिबन्ध लगाएको छ । भिडियोमा गायक पिएसवाई सडकमा हिँड्दा ट्राफिक नियम पालना नगरेको र सार्वजनिक सम्पत्तीमा नोक्सान पुर्‍याएको देख्न सकिन्छ । यसका अलवा गायकले महिलासँग अभद्र रूपमा प्रस्तुत भएका प्रसंग पनि केही छन् ।
यसअगाडि निर्माण भएका केही भिडियो यस्ता विषयका कारणले प्रतिबन्धमा परेका कारण पिएसवाईको यो भिडियोलाई पनि प्रतिबन्ध लगाइएको ब्रेडेकास्ट सिस्टमले जानकारी गराएको छ । भिडियोमाथि प्रतिबन्ध लागेको पिएसवाईका मेनेजरले स्वीकार गरेका छन् । भिडियोमाथि प्रतिबन्ध लागे पछि पुन: परिस्कृत गर्ने नगर्ने भन्ने विषयमा मेनेजरले केही खुलाउन चाहेनन् । पहिलो गीत गङ्नम स्टाइलले यु ट्युबमा कीर्तिमान बनाउन सफल भएकै कारण यी गायकले दोस्रो गीत पनि ल्याएका हुन् ।
गङ्नमबाट प्रेरित यी गायकको जेन्टलम्यान गीत सार्वजनिक भएके दिन यु ट्युबमा करिब साढे ४ करोडले अवलोकन तथ्य सार्वजनिक भएका छन् । अहिले पनि भिडियो हेर्ने संख्या दिनदिनै बढ्दै छ । अहिलेको गतीले अगाडि बढ्ने हो भने जेन्टलम्यानले गङ्नम स्टाइल जित्ने अनुमान लगाइएको छ । यी गायकका गङ्नम स्टाइल गीत यु ट्युबमा राखेको नौ महिनामा १ अर्ब ५२ करोडले हेरेका थिए । पछिल्लो गीतको नाम जेन्टलम्यान भए पनि भिडियोमा अभिनय गर्ने क्रममा गायक जेन्टलम्यानका रूपमा प्रस्तुत भएका छैनन् । गायक यो भिडियोमा जेन्टलम्यानका विपरीत भूमिकामा देखिएका छन् । (एजेन्सी)



Apr 1, 2013

अबको १ महिना भित्र DV Lottery २०१४ को नतिजा आउने

@aafnaikhabar 
अबको १ महिना भित्र DV Lottery २०१४ को नतिजा आउने भएको छ।
EDV को आधिकारिक बेब साइटले जनाए अनुसार EDV २ ० १ ४  को नतीजा May 1, 2013 मा नतीजा प्रकाशन हुन लागेको हो। प्रतेक बर्ष edv lottery मार्फ़त यसले बिभिन्न मुलुकका गरेर ५५००
०  मानिसलाई आफ्नो देशमा लाने गर्दछ।  EDV Lottery २०१४ को आधिकारिक वेब साईट मा जानको लागी तलको लिंक क्लिक गर्नुहोस। यस  lucky draw मा तपाईलाई पनी  EDV परोस आफ्नै खबरको तर्फ़ बाट सुभकामना .....

Click here >>>https://www.dvlottery.state.gov/
 Click Here >>>DV Lottery २०१४
 




Mar 29, 2013

अमेरिकाको सातो गयो : उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियामाआक्रमण गर्न तयार

५ चैत, एजेन्सी । उत्तर कोरियाले केहि दिनअघि अमेरिका र दक्षिण कोरियालाई आफ्नो देश युद्धका लागी तयार रहेको बताएको थियो । विभिन्न युद्धक दस्ता तथा आणविक हतियारहरू सञ्चारमाध्यममा ल्याएर उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियालाई आक्रमणको चेतावनी दिएको थियो । उनीहरुले देखाएको आणविक हतियारहरू र सेनाहरुले गरिरहेको युद्धको अभ्यास पनि साच्चिकै भएको भन्दै अमेरिका र दक्षिण कोरियाको पनि सातो गएको थियो ।

तर, उत्तर कोरियाले सबैलाई झुक्याएको हुन सक्ने अनुमान गर्न थालिएको छ । उसले सञ्चारमाध्यममा प्रेसित गरेका तस्विरहरूमा फोटोसपको प्रयोग गरेर अभ्यास र हतियारलाई भयानक देखाउने प्रयत्न गरिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ । विश्लेषणकर्ताहरूले ती तस्विरहरूमा फोटोसप प्रयोग गरिएको दावी गर्दै उत्तर कोरियाले तर्साउनका लागी मात्र यस्ता तस्विरहरू प्रेसित गरेको विश्लेषकहरुको दावी छ ।

उत्तर कोरियाले आफ्नो देश अमेरिका र दक्षिण कोरियामा थी आक्रमण गर्न तयार रहेको भन्दै आफ्नो क्षेत्र नजिक नियन्त्रण तथा निगरानी गर्ने काम तत्काल बन्द गर्न चेतावनी समेत दिएको थियो ।




जन्मिदै ७ के. जि तौल

लन्डन, चैत १५  - बेलायतमा सात किलो तौलको शिशु शल्यचिकित्सा नगरी प्राकृतिक विधिबाट नै जन्माउँदाको अनुभव एक आमाले त्यहाँको मिडियामा बाँडेकी छन्। जन्म हुँदा शिशुको बाँच्ने संभावना १० प्रतिशत मात्रै बताइएको थियो। तर अहिले जन्मिएको ६ साता भइसकेको छ र आमा र शिशु दुवै स्वस्थ छन्। छ साताको भए पनि उसलाई अहिले छ महिनाको बच्चाले लगाउने लुगा लगाइदिने गर्नुपरेको छ। २ फिट २ इञ्ज अग्लो जर्ज किङको अहिलेको वजन झण्डै ८ किलो पुगेको छ। (एजेन्सी) जन्मिदै ७ के. जि तौल 

Mar 28, 2013

सञ्जय दत्त रोए अदालतमा


 काठमाडौ, चैत्र १५ - सन् १९९३ को मुम्बई बिस्फोटमा अदालतले दोषी ठहर्‍याएको भारतीय कलाकार सञ्जय दत्तले अदालतले तोकेको समयभित्रै आत्मसमर्पण गर्ने बताएका छन् । बिहीबार सञ्चारकमीसँग कुरा गर्दै उनले आफूले माफी माग्ने कुनै बाटो नपाएको बताए ।
dutta बहिनी पि्रया दत्तसँगै देखिएका उनले आत्मसर्पण गर्नुअघि बाँकी कामहरु पूरा गर्ने बताए । एकै पटक तीन वटा फिल्मको काम चल्दै गर्दा अघिल्लो हप्ता अदालते उनलाई ५ बर्षको कैद फैसला सुनाएको थियो । यसअघि पटक पटक गरी १८ महिना बढी जेल बसिसकेकाले उनले अब बाँकी समय मात्रै जेलमा बिताउनुपर्ने हुन्छ ।
हिन्दू मुस्लिम बिवादको प्रतिशोधमा गरिएको मुम्बई आक्रमणमा २५७ जनाको मृत्यु भएको थियो भने ७ सय बढी घाइते भएका थिए ।
उक्त घटनामा दोषी ठहर्‍याइएका एकसय मध्ये १२ जनालाई भारतीय अदालतले मृत्यु दण्डको फैसला सुनाएको छ भने २० जनालाई आजिवन काराबासमा पठाएको छ । दत्त ती मध्ये सबैभन्दा हाइप्रफाइल व्यक्ति हुन् ।
उनलाई मुम्बई घटनाका मुख्य आरोपीसँग हतियार खरिद गरेर घरमा अवैध रुपले राखेको आरोप छ । दत्तले भने आफ्नो सुरक्षाको लागि हतियार  राखेको प्रष्टीकरण दिँदै आएका छन् । उनी हिन्दु बुवा र मुस्लिम आमाका सन्तान हुन् । हिन्दू र मुस्लिमबीच विवाद उत्पन्न भएको बेलामा आफू र आफ्नो परिवारको सुरक्षाको लागि हतिया राखेको उनले भन्दै आएका छन् । उनीवरुद्ध आतंकवादी षड्यन्त्र बनाएको, अवैध हतियार राखेको गरी ५ वटा मुद्दा थियो । अदालतले उनलाई अवैध हतियार राखेको आरोपमा मात्रै सजाय सुनाएको  हो ।
'जेल जानुअघि मैले धेरै काम गर्नुछ' उपस्थित सञ्चारकर्मीसँग भावविह्वल हुँदै उनले भने,'कृपया मलाई शान्तसँग बस्न दिनुहोस्, म परिवारसँग पनि समय बिताउन चाहन्छु । म मेरो देशलाई पनि माया गर्छु ।'

किन्ने हो विश्वको सबैभन्दा ठूलो अण्डा ?

Big-egg विश्वको सबैभन्दा ठूलो अण्डा लिलाम हुने भएको छ । लण्डनस्थित क्रिस्टीको लिलामीघरमा यसलाई बिक्रीका लागि राख्न लागिएको हो । १३ या १४ औं शताब्दीमा माडागास्कारमा एलिफेन्ट बर्डले यो अण्डा पारेको बताइन्छ ।
१९ औं शताब्दीको अन्त्य वा २० औंको सुरुवातमा पुरातत्वविदहरुले यसको खोजी गरेका थिए । यो अण्डा ३० हजार पाउण्डमा बिक्री हुने अनुमान गरिएको छ । एलिफेन्ट बर्ड १३ देखि १७ औं शताब्दीको बीचमा लोप भएको थियो । यसको बैज्ञानिक नाम एपियोर्निस म्याक्सिमस हो ।
तर, एलिफेन्ट बर्डको नाम चिनिन्छ । यो अण्डा सामान्य कुखुराको अण्डाभन्दा १ सय गुणा ठूलो छ । यो २४ अपि्रलमा लिलामीमा राखिनेछ ।

Mar 27, 2013

इराकको हिंसामा एक लाख १२ हजारको मृत्यु

बग्दाद(इराक), ४ चैत । इराकमा सन् २००३ मा सद्दाम हुसेनलाई अपदस्थ गरेयता अर्थात् गत एक दशकभित्र भएको हिंसामा परी कम्तीमा एक लाख १२ हजार सर्वसाधरणको मृत्यु भएको समाचारमा जनाइएको छ ।
यद्यपि बेलायतसँग आबद्ध इराक मृतक गणना समूह(आइविसी) का अनुसार एक दशकमा यस द्वन्द्वमा लडाईमा संलग्न व्यक्तिलगायत नागरिक हताहति गणना गर्दा एक लाख ७४ हजार रहेका छन् । सन् २००३ मार्च २० देखि हालसम्म नागरिक हताहति एक लाख १२ हजार र एक लाख २२ हजार ४५८ बीचमा रहेको जनाइएको आइबिसीले जनाएको छ । 
आइबिसीका अनुसार यी वर्षहरूमा बग्दाद सबभन्दाबढी रक्तपातपूर्ण क्षेत्रको रूपमा रहेको छ । सो नागरिक हताहतिमा ४८ प्रतिशत सन् २००६ देखि २००८ सम्म भएको पनि जनाइएको छ । सन् २००३ देखि अमेरिकाले इराकमाथि हस्तक्षेप गरेको थियो । त्यसैगरी सन् २०११ अमेरिकी सैनिक फिर्ता भएपछि त्यस समयदेखि हालसम्म चार हजार ८०४ सर्वसाधारणले ज्यान गुमाइसकेका जनाइएको छ । इराकमा बग्दादपछि द्वन्द्वग्रस्त क्षेत्र उत्तरी र पश्चिमीप्रान्तहरू रहेका जनाइएको छ । सुनी मुसलमान समुदायको बाहुल्यता रहेको सो क्षेत्रमा बढी हिंसाले जरा गाडेको समाचारमा उल्लेख छ ।

Mar 26, 2013

मोटो मान्छेले धेरै भाडा तिर्नुपर्ने


तपाई शारीरिक तौल बढी छ भने हवाइ यात्रा गर्दा बढी भाडाए तिर्न तयार हुनुहुन्छ ? तौल बढी हुँदा त्यसले हवाई इन्धन पनि बढी खपत हुने भएकाले विमान कम्पनीले मोटा मान्छेसँग बढी भाडा तिर्ने व्यवस्था गर्नुपर्ने ‘थ्योरी’ आएको छ ।
नर्बेमा अर्थशास्त्रमा ‘स्कलर’ पाएका एक नेपालीले हवाई भाडा तय गर्दा यात्रुको तौललाई गणना गर्नुपर्ने जिकिर गरेको हुन् ।
नर्वेको सोङ ओग जोर्डान युनिभर्सिटीका प्रोफेसरसमेत रहेका ती नेपाली भरत भट्टले भनेका छन्, ‘यो मोडलले विमान कम्पनी, यात्रु र समाजलाई ठूलो फाइदा पुग्ने छ ।’
‘जर्नल अफ रेभिन्यु एन्ड प्राइसिङ म्यानेजमेन्ट’ नाम दिइएको कार्यपत्रमा उनले १ किलो तौल घट्दा वाषिर्क जहाजको ३ हजार अमेरिकी डलर बराबर रकमको इन्धन बचत हुने उल्लेख गरेका छन् । त्यस्तै जहाजबाट ‘लाइभ भेस्ट’ हटाउँदा उडान २५ किलो हलका हुने भट्टको अध्ययनमा उल्लेख गरिएको कान्तिपुर दैनिकमा खबर छ ।

Mar 21, 2013

रेलको बाटो काट्न खोज्दा भयो एती ठुलो दुर्घट्ना

चैत,काठमाडौ। बेलायतको समरसेटमा आज भयानक  भयानक दुर्घटना भएको छ।  आज बिहानै रेलको ट्रयाकबाट बाटो काट्न खोज्दा एक कार भयानक दुर्घटनामा पर्यो । कारलाई बाटो काट्न क्रममा रेलले भेटेपछि कार र ड्राइभर धुलो पिठो भएका थिए।
कार र रेल ठोक्किएपछि भएको दुर्घटनामा रेलमा रहेका यात्रु भने सकुशल रहेका छन्। यो दुःखद घटना समरसेटको एथेनलीमा भएको हो।
हाल रेलको उक्त ट्रयाक बन्द गरिएको छ।  प्रहरीले हाल दुर्घटनाको विस्तृत  अध्ययन गरिएको छ। 


उक्त भयानक दुर्घटनाका केही तस्विरहरु>>
train smashes into car
train smashes into car train smashes into car

कारीना पोइला जाने रे ।

करिना कपुर खानको जीवन परीको कथाभन्दा कम छैन। गत वर्षको उत्तरार्धमा आफ्नो मनको राजकुमार सैफ अली खानसँग विवाह गरेकी यी बलिउड क्विनले हालै भोग इन्डियालाई अन्तर्वार्ता दिँदै आफ्ना मातापितालाई यदि विवाहको अनुमति नदिएको खण्डमा सैफसँग भाग्ने धम्की दिएको रहस्य खोलेकी छिन्।
त्यति बेला तिनीहरुको विवाहलाई सञ्चारमाध्यमले ठूलो स्थान दिएको थियो। करिनाले अन्तर्वार्तामा खोलेकी छिन्– ‘वर्षौंसम्म सँगसँगै हिँड्ने क्रममा मानिसहरुले हामीले के खायौं, के लगायौं, कसलाई निमन्त्रणा दियौं भन्नेजस्ता ख्याल मात्र गर्ने गरेको महसुस गर्यौं। त्यसैले हामी जीवनकै सबैभन्दा पवित्र काम विवाह गर्ने निर्णयमा पुग्यौं।’ उनले भित्री कुरा खोल्दै भनिन्– ‘औपचारिक रुपमा कानुनी विवाह गरी हामीले वरन्डाबाट पत्रकारहरुलाई हात हल्लाएर अभिवादन ग¥यौं । तर पत्रकारहरुलाई त्योभन्दा भित्री कुरा थाहा थिएन।

बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ


sanjay dutt८ चैत, काठमाण्डौ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तलाई ५ बर्षको जेल सजायँ सुनाइएको छ । सन्  १९९३ मा मुम्बइमा भएको बम बिष्फोटमा सहयो गरेको र गैरकानुनीरूपमा हतियार राखेको अभियोगमा बिहीबार भारतको सर्वोच्च अदातलले अभिनेता सञ्जयलाई ५ बर्षको जेल सजायँ सुनाएको हो ।
सञ्जयले यसभन्दा अघि नै १६ महिना जेल सजाय काटिसकेकाले अब उनी साढे ३ बर्ष जेलमा बस्नु पर्ने छ  । यस्तै सन् १९९३ मा मुम्बइमा भएको बम बिष्फोटको आरोपमा याकूब मेननलाई मृत्युदण्डको सजाय सुनाइएको छ । सञ्जय  दत्तलाई सुनाइएको फैसलामा केही राहत मिल्न सक्ने बताइएको छ । यो मुद्दामा संजयको पक्षमा तीन कुराहरु रहेको छ ।
सञ्जयको पहिले नै आतंक फैलाउने बिषयमा मुक्ती दिइसकिएको छ । यस्तै सीबीआइले सञ्जयको विरुद्धमा कुनै पनि अपिल जारी गरेको थिएन ।  हाल संजयको नाममा २ सय करोड रुपैयाँ बलिउडमा लगानी भैसकेको छ । यसैले पनि उनलाई केही राहत मिल्न सक्ने भारतीय संचारमाध्यमहरुले जनाएका छन् ।

Mar 18, 2013

साहरुख को र अमिताभ बच्चनको घर

                                                         बच्चनको बंगला।

  नयाँ दिल्ली, चैत ५ (एजेन्सी) - बलिउडका दुई ठूला हिरोहरु अमिताभ बच्चन र शाहरुख खानका बंगलाका नाममा अनौठो संयोग देखा परेको छ। वास्तु अनुसार नाम नमिलेको भन्दै दुवैले आफ्ना बंगलाका नाम परिवर्तन गरेका थिए। अमिताभ बच्चनको बंगलाको नाम सुरुमा मन्सा थियो। तर पछि वास्तु अनुसार नाम नमिलेको भन्दै जल्सा राखियो। उता, शाहरुख खानको बंगलाको नाम सुरुमा जन्नत थियो। जन्नत नाम पनि वास्तु अनुसार नमिलेको भनी मन्नतमा परिवर्तन गरिएको थियो।
                        शाहरुख खानको बंगला।

Mar 12, 2013

पुछर भएको बच्चा जन्मियो



भारतको उत्तर प्रदेश स्थित वाराणसीमा पुच्छर भएको एक बच्चाको जन्म भएको छ । भएपछि हंगामा मच्चिएको छ । वाराणसीको भोजुवीर स्थित एक निजी अस्पतालमा पुच्छर भएको बच्चा जन्मिए त्यहाँ उनलाई हेर्नेको भिड लाग्न थालेको छ ।
अस्पतालले दिएको जानकारी अनुसार बच्चाको स्वास्थ स्थिती राम्रो रहेको छ । बच्चाले आमाको दुध लगातार खाइ रहेको अस्पतालले जनाइएको छ । फूलपुरको खालिसपुर भन्ने ठाउँकी एक महिलाले बुधवार एक निजी नर्सिङ होममा उक्त पुच्छर भएको बच्चाको जन्म दिएकी हुन् । पुच्छर भएको बच्चा जन्मिएपछि अस्पतालमा हेर्न आउनेको घुइचो लागेको छ ।
बालकको बृद्धि र विकासमा डिसअर्डरको कारण हुने यस्ता घटनालाई लिएर बीएचयु युनिभर्सिटीका कुलपति डा। लालजी सिंहले अनुसन्धान पनि सुरु गरिसकेका छन् । प्रसुतिमा संलग्न डा. रीना सिंहले बताए अनुसार अपरेशन गरेर उक्त पुच्छर फाल्न सकिने तर बच्चाको बाबुआमाको चिन्ताको कारण अहिल्यै त्यसो गर्न नमिल्ने बताउँछिन् ।

नेपाली ब्यबसायीको हत्या गर्ने लाई १९ वर्ष जेल

जापानको ओशाकामा रेष्टुरेण्ट ब्यबसाय गरिरहेका एक नेपालीको हत्या गर्ने जापानीलाई त्यहाँको अदालतले १९ वर्ष जेल सजाय सुनाएको छ ।
जापानी समाचार समिति क्योदोका अनुसार हत्यामा सघाउने उसकी केटी साथीलाई पनि नौ वर्षको जेल सजाय सुनाइएको छ ।
धादिङ जिल्ला घर भई ओशामा ब्यबसाय गरिरहेका ४२ वषर्ीय नेपाली नागरिक विष्णुप्रसाद धमलाको हत्याको आरोपमा जापानी नागरिक हिरोकी सिराहिसी र उनका महिला साथी मियोको सिराइसीलाई जापानको ओशाका जिल्ला अदालतले सो सजाय सुनाएको हो ।
सन् २०१२ जनवरी १२ तारिख राती रेष्टुरेण्ट बन्द गरेर निवासतर्फ फर्किरहेका बेला दुई जना जापानी आक्रमणकारीहरुले धमला र उनका सहयोगीहरुलाई आक्रमण गरेका थिए । गुहार माग्दै भुईँमै ढलेका धमलालाई उनीहरुले साइकलले हानेर हत्या गरेको भिडियो फुटेज सीसीटीभीमा कैद गरिएको थियो । सोही फुटेजका आधारमा उनीहरुलाई पक्राउ गरिएको थियो ।
सरकारी वकिलले मुख्य अभियुक्तलाई १८ बर्ष जेल सजायँको माग गरेको भएपनि न्यायाधीशले एक बर्ष थपेर १९ बर्ष तोकेका छन । हत्यामा सहयोगीको भूमिका खेलेकी उनकी प्रेमिकालाई कम सजायँ तोकिएको जापानी संचारमाध्यमहरुले जनाएका छन । अदालतले कुटपीटका कारण उनको ज्यान गएको ठहर गरेको बताइएको छ ।
जापानी महिलासँग घरजम गरी बसेका धमलाको शवलाई हत्या लगत्तै नेपाल ल्याएर अत्येष्टी गरिएको थियो ।