Showing posts with label खेलकुद खबर. Show all posts
Showing posts with label खेलकुद खबर. Show all posts

Mar 26, 2013

नेपालले जित्यो माल्दिभ्सलाई

news-photoराजधानीमा मंगलबारबाट सुरु भएको एसीसी टी-२० कप क्रिकेटमा नेपालले विजयी सुरुवात गरेको छ । आफ्नो पहिलो खेलमा नेपालले माल्दिभ्सलाई ७६ रनको फराकिलो अन्तरले पराजित गरेको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले व्याटिङ थालेको घरेलु टोली नेपालले प्रदीप ऐरीको अर्धशतकको मदतमा निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनायो ।
आक्रमक व्याटिङ गरेका प्रदीपले २६ बलमा ४ छक्का र ८ चौकाको मदतमा ५९ रन बनाए । उनले पहिलो विकेटका लागि सुवास खकुरेलसँग ८० रनको साझेदारी गरेका थिए । सुवास २६ रनमा आउट भए । यस्तै सरद भेसवाकरले १८ बलमा २ छक्का र ३ चौकाको मदतमा ३६ रन बनाए ।
मंजित श्रेष्ठले २०, विनोद भण्डारीले १५, कप्तान पारस खड्काले १० र ज्ञानेन्द्र मल्लले २ रन बनाए । जवाफमा मैदान उत्रिएको माल्दिभ्सले ७ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । उसलाई सस्तैमा समेट्ने क्रममा पारसले ७ रन दिएर २ विकेट लिए भने शक्ति गौचन, मंजित श्रेष्ठ, बसन्त रेग्मी र संजम रेग्मीले समान १-१ विकेट लिए ।
circ-1

Mar 12, 2013

एलिट कपका लागि पारसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा


 चैत १३ गतेबाट सुरु हुने एसीसी ट्वान्टी-२० एलिट कप क्रिकेटका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले मंगलबार घोषणा गरेको टोलीमा ज्ञानेन्द्र मल्ल उप-कप्तान छन् । टोलीमा शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बास्कोटा, चन्द्र साउद, मन्जित श्रेष्ठ र सुवास खकुरेल छन् ।

मन्जित र विनोदले टोलीमा स्थान बनाउँदा राहुल विक र सागर पुन भने बैकल्पिकमा परेका छन् । उनीसँगै जितेन्द्र मुखिया र रामनरेश गिरीलाई पनि बैकल्पिकको सूचीमा राखिएको छ ।