Showing posts with label फिल्मी खबर. Show all posts
Showing posts with label फिल्मी खबर. Show all posts

Jun 14, 2013

दिपकले तक्मेबुढा लाई निकालिदिए !


मुख्य सहायक निर्देशक दिपाश्री निरौलाको जानकारी अनुसार हाँस्य अभिनेता विल्सन विक्रम राईले 'छ एकान छ' नखेल्ने भएका छन् । व्यस्त समय र पारिश्रमी कम भएको कारण देखाउँदै विल्सनले फिल्म खेल्न नमानेको बताईएको छ ।
 
दिपाले भनिन्- 'उहाँले नजिकको मित्रलाई फिल्म नखेल्ने भनेर खबर पठाउनु भएको रहेछ । खबर सुनेपछि हामी आफैले सम्पर्क गर्दा उहाँले फिल्म नखेल्ने जवाफ दिनुभयो ।'  विल्सन अहिले स्टेज प्रस्तुती लिएर लण्डन भ्रमणमा छन् । दिपाले बताए अनुसार विल्सन दिपकराज गिरीको स्क्रिप्टमा हास्य रोल प्ले गर्न राजी भएका थिए । 'एउटै फिल्डको मान्छेसँगै काम गरौं भन्ने थियो,' दिपाले गुनासो गरिन्- 'तर उहाँले हाम्रो आग्रहलाई स्विकार्नु भएन ।'
 
विल्सनले रातो झन्डा देखाएपछि कान्तिपुर टिभीमा 'द फ्लप शो' हाँस्य कार्यक्रम सञ्चालन गर्ने सन्दीप क्षेत्रीलाई उक्त रोलका लागी हस्ताक्षर गराइएको छ । निर्देशक दिनेश डिसीले भने कलाकार इन आउट बारे आफु अनभिज्ञ रहेको बताए । लोकेशन हन्टिङका लागी (बिहिबार) धुलिखेल पुगेका निर्देशक डिसीले भने- 'रोलका लागी विल्सनजीसँग मेरो फोनमा समेत कुरा भएको छैन ।'

निर्मल शर्मा र दिपक राज गिरीको करिब चालिस लाख लगानी रहने बताइएको 'छ एकान छ'मा सन्दिपका साथ दिपक स्वयम, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरी पौडेल, शैलेश आचार्य लगायतको अभिनय रहनेछ । लेडी क्यारेक्टरमा भने नीता ढुङगानालाई साइन गराइएको निर्देशक डिसीले बताए । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजीत बाँस्कोटाको संगीत रहने कमेडी फिल्ममा एनवी महर्जनको फाइट डिरेक्सन रहनेछ ।
 
टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी दिपाश्रीले भने यस प्रोजेक्टमा मुख्य सहायक निर्देशकका मात्र भुमिका निभाउने छिन् ।  यही असार ६ गते सुटिङ प्रारम्भ गरिने 'छ एकान छ'लाई काठमाठौ र धुलिखेलमा छायाँकन गरिनेछ । रिलिज भने दशैमा गरिने जानकारी छ । दशैको मौका छोपेर निर्माता छविराज ओझाले लोफरको रिलिज डेट घोषणा गरिसकेका छन् । निर्माता ओझाले पनि लोफरमा विल्सनलाई प्रस्ताव गरेका थिए ।
 
 
दीपक भन्छन्- 'विल्सनलाई मैले निकालेको हुँ'
 
निकाल्ने र निस्कने बिबादमा 'छ एकान छ'का निर्माता दीपकराज गिरीले भने विल्सनलाई आफैले निकालेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै दीपकले भने- 'उहाँले ठूलो कुरा गर्नुभयो अनि मैले निकालेको हुँ ।' (Filmykhabar)

Jun 6, 2013

कर्कश को प्रोमो ६०००० भन्दा धेरैले हेरे । (भिडियो सहित)

नेपाली चलचित्र 'कर्कश' को प्रोमो ६०००० भन्दा धेरैले हेरेका छन । र धेरै ले यो चलचित्र राम्रो हुने पनि बताएका छन । प्रोमो राम्रो छ चलचित्र पनि राम्रो हुन्छ प्रोमो हेरिसकेपछीबिजय पौडेल ले आफ्नैखबर लाई भने "१ पटक यो फिल्म हेर्न जान्छु ।" 
चलचित्र 'कर्कश'  जेठ ३१ गते बाट देशभरी बाट प्रदशन मा आउन लागेको छ । हेरौ कस्तो हुन्छ चलचित्र 'कर्कश'।
                                                              हेर्नुहोस् यो प्रोमो (promo of film karkash)

May 3, 2013

झोलाभित्र बुढो र नाङ्गो मान्छे । ( फोटोहरु पनि )


२१, वैशाख, काठमाडौं । आजभन्दा सय वर्षअघिको नेपाली समाज कस्तो थियो होला ? विशेष गरी त्यतिबेलाको ब्राह्मण समाजमा रहेको सतीप्रथा, बाल विवाह, अनमेल विवाह एवं अन्य सामाजिक परम्पराको यथार्थ शब्द-चित्र साहित्यकार कृष्ण धराबासीको ‘झोला’ कथामा पढ्न पाइन्छ । तर, धराबासीको उक्त शाब्दिक व्याख्यालाई भर्खरै छायांकन गरिएको झोला चलचित्रमा हुबहु उतार्न खोजिएको छ ।
झोलामार्फत् देखाउन खोजिएका सय सय वर्ष पहिलेका केही दृश्यहरु अनलाइनखबरले फेला पारेको छ । यी दृश्य हेर्दा लाग्छ, अहिलेका पात्रले एक शताब्दी अघिको नेपाली समाजलाई अभिव्यक्त गर्न खोजिरहेका छन् । हेरौं ‘झोला’को छायांकनका केही दृश्य :
1
2
3
4
5
6
7
8
9
10
11
12
13
 {Source:onlinekhabar.com}

Apr 26, 2013

राजेश हमाल र राज को उत्तेजित वेडसिन राजेश पायल राइको किस 'किन किन' मा

उमेर ढल्कदै गएपछि नायक राजेश हमालले चलचित्रमा उत्तेजक दृश्य दिन थालेका छन् । कुनै समय नायिकासँग नजिक हुन पनि डराउने हमाल अहिले भने चलचित्रमा खुलेरै यौनका दृश्य दिन थालेका छन् ।साउन ३२ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘किन किन’ मा नायक हमाल र नव नायिका अरुणिमा लामा बिचको उत्तेजक दृश्य समावेश छ । चलचित्रको प्रोमो अनलाइनखबर मार्फत सार्वजनिक गरिएको छ । प्रोमोमा नायक राजेश हमाललाई २ भिन्न रुपमा देख्न सकिन्छ ।यो चलचित्रमा राज तिमिल्सिना, शशी खड्का, सुभाष थापाको पनि अभिनय छ । उकेश दाहालको निर्देशनमा तयार भएको चलचित्र ‘किन किन’ को प्रोमोले बजारमा राम्रो प्रभाव पार्ने आशा गरिएको छ । चलचित्रमा गायक राजेशपायल राई, प्रमोद खरेल, अराज केशव, हिमाल सागरलाई पनि देख्न सकिन्छ ।
नेपाली सिनेमामा पछिल्लो समय चलेको बिषयबस्तु भन्दा केही फरक कथामा तयार भएको ‘किन किन’ले सिने बजार तताउने विश्वास धेरैको छ । उकेशले यसअघि निर्देशन गरेको चलचित्र ‘पलपलमा’ले पनि सर्वाधिक चर्चा पाएको थियो । 


Apr 24, 2013

निशा र अर्जुनले सगरमाथा चढ्न पाउने


संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्न दिने भएको छ । राससका अनुसार अनुमति बिनै सगरमाथा चढ्न लागेको खबर बाहिरिएपछि अलपत्र परेका यि दुई कलाकार अब हेल्परको रूपमा सगरमाथाको चुचुरोमा पुग्ने छन् ।
 
नायक कार्की र नायिका अधिकारी सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रूपमा सगरमाथा चढ्न प्रक्रियागत रूपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेको भनाई छ । यि दुई कलाकारहरूले हेल्परको अनुमति मन्त्रालयबाट लिएको हुनाले सगरमाथा चढ्न दिईन लागेको पाण्डेले बताए ।
 
सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रूपमा सगरमाथा चढेको उदाहरण दिंदै लेखापाल पाण्डेले भने- 'कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छभन्दा पनि हामीले प्रक्रिया हेर्छौं र यि कलाकारले प्रक्रिया पुर्‍याएको देखिन्छ ।'

नेपाली फिल्म बचाउन " बर्मा "आउँदै

‘अहिले नेपाली फिल्म उद्योग तनाव ग्रस्त छ,’ नेपाली फिल्म तनावका निर्देशक ऋषि न्यौपाने यसै भन्छन् । के कारणले फिल्म उद्योग तनावग्रस्त भयो त ? ‘सबै कुरा छाडा भैसके, डाईलग छाडा, लवाईखवाई छाडा, फिल्म बनाउने तरिका छाडा, फिल्म चलाउने तरिका छाडा यस्तै यस्तै धेरै कुराहरुले फिल्मी क्षेत्रलाई तनावग्रस्त बनाईरहेका छन्,’ निर्देशक न्यौपाने थप्छन् ।

त्यसो त ‘आँखा झिमिक्क माल सामान गायब’ जस्तो सेक्सी र भद्दा लाग्ने गीत आफ्नो फिल्ममा राख्ने निर्देशक पनि यिनै हुन् । तर यी निर्देशकले छाडा शब्द र दृश्यले फिल्म नचल्ने रै’छ भन्ने कुरा चाल पाएछन् । त्यसैले अहिले यिनी फिल्म क्षेत्रमा देखिएको यस्तो खाले विकृति हटाउनका लागी ‘ब्रम्हा’ जन्माउँदैछन् । उनले जन्माएको ब्रम्हाले फिल्म क्षेत्रको तनाव दुर गर्ने र नेपाली फिल्म उद्योगलाई बचाउने उनले दाबी गर्छन् ।

ऋषिले दाबी गरेजस्तै हुन्छ या हुँदैन तर यस्तै सपना साँचेर उनले आफ्नो नयाँ फिल्म ‘ब्रम्हा’को शुटिङ भने शुरु गरिसकेका छन् । सोमबार काठमाण्डौमा फिल्मको शुभ मुर्हत गरेर चितवन हानिएको टोलीले सोमबारदेखि नै सुटिङ शुरु गरिसकेको उनले जानकारी दिए । फिल्ममा ‘ब्रम्हा’ बनेर कलाकार निर्मल सेन्चुरी देखिँदैछन् । न्यौपानको यसअघिको फिल्म तनावमा मुख्य भुमिकामा देखिएका सेन्चुरीलाई निर्देशकले पुनः अर्को फिल्ममा दोहोर्‍याएका हुन् । त्यस्तै तनावकै अन्य दुई नायिका रागिनी खड्गी र एनी कुँवर पनि यो फिल्ममा दोहोरिएका छन् ।

४५ दिनमा सुटिङ प्याकअप गरिसक्ने लक्ष्य राखिएको फिल्मको केहि दिन चितवन आसपासमै सुटिङ हुने सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । चितवन पछि पोखरामा पनि फिल्मको सुटिङ हुने निर्देशकले बताए । सिजे पाण्डे र भुपेन बस्नेतको निर्माणमा तयार हुन लागेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहनेछ भने बब्बु थापाले नृत्य निर्देशन गर्नेछन् । फिल्म  पवन गौतमले खिच्दैछन् । (Filmy khabar)

Apr 21, 2013

कोकको बोत्तल र चियाको गिलासमा पिसाब फेरेकै कारण मन्जरी माथि सेन्सरको कैची !

वैशाख २० गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘मञ्जरी’ र सेन्सर बोर्ड बिचको लफडा अझै मिलेको छैन । चलचित्रमा समावेश केही सामान्य दृश्यलाई समेत सेन्सरले काट्न भनेपछि निर्माणपक्ष आक्रोशित भएको हो ।काठमाण्डौमा पत्रकार भेटघाटको आयोजना गर्दै निर्माणपक्षले सेन्सर बोर्डबाट अनावश्यक दुख पाएको बताएको हो । चलचित्रमा समावेश ३ वटा दृश्य माथी सेन्सरले अनावश्यक रुपमा कैची लगाएको निर्माणपक्षको भनाई छ । सामान्य भन्दा सामान्य दृश्यमाथी सेन्सरले कैची लगाएपछि मञ्जरी युनिटले पत्रकार सम्मेलनको आयोजना गरेको हो । चलचित्रमा समावेश ‘चियाको गिलासमा बच्चाले पिसाब फेरेको’, ‘कोकको बोत्तल भित्र पिसाब फेरेको’ र ‘नायक गौरब पहाडीलाई कुटेको’ दृश्यमा सेन्सर आपत्ती जनाएको हो ।
कार्यक्रममा सेन्सरले कैची लगाएका ३ दृश्य प्रदर्शन गरिएको थियो । कार्यक्रममा उपस्थित पत्रकारहरुले सामान्य दृश्य माथी कैची लगाउन नहुने तर्क गरेका थिए । गणेशदेव पाण्डेको निर्देशनमा तयार भएको यो चलचित्रमा गौरब पहाडी, सुजाता कोइराला, टिका पहाडी लगायतका कलाकारको अभिनय छ । महेश चालिसे र नरेश पाण्डेको निर्माणमा तयार भएको यो सिनेमाको निर्माण युनिटले सेन्सरकै झमेलाका कारण चैत्र ९ गते तोकिएको प्रदर्शन मिति सार्न वाध्य भएको थियो ।

Apr 15, 2013

कहाँ छन नायक भुवन केसी ?

राजधानीको दरबारमार्ग स्थित ‘अन्ना क्यासिनो’बाट ललितपुर जिल्ला प्रशासन कार्यालयका उपसचिव भवनाथ भट्टराईलाई प्रहरीले पक्राउ गरे पनि ‘सांगि्रला क्यासिनो’ मा नायक भुवन केसीलाई खोज्दै प्रहरीले छापा मारेको घटना भने तीन दिनसम्म गुपचुप छ ।लाजिम्पाटको क्यासिनो सांगि्रलामा तीन दिनअघि नायक भुवन केसीले जुवा खेलिरहेको खबर आएपछि तत्कालै प्रहरीको टोली त्यहाँ छापा हान्न पुगेको थियो । तर, घटनास्थलमा पुग्दा केसी भेटिएनन् । ‘कसैले केसीको नाममा प्रहरीलाई फर्जी सूचना पो दिएको हो कि ?’ अनलाइनखबरको प्रश्नमा हनुमान ढोकाका एक प्रहरी अधिकृत भन्छन्-’जुवा खेल्दै छन् भन्ने खबर आएपछि हामी घटनास्थलमा पुग्नै नपाई क्यासिनो सञ्चालकहरुले नै लुकाउने गरेका छन् ।’ क्यासिनोमा भूवन केसी रहेको सूचनाका आधारमा छापा मारिएको घटनाको प्रहरी स्रोतले पुष्टि गरेको छ ।

Apr 10, 2013

यो बर्षका पाँच चर्चित हिरोहरु


अभिनय मात्र हैन उनीहरुको सार्वजनिक न्यूज, गसिप, स्क्यान्डल र केही कार्य शैलीलाई आधार मान्दै यो बर्षका  पाँच चर्चित हिरोहरुलाई फिल्मीखबरले छनौट गरेको छ । त्यसको नम्बर वानमा नन अदर द्यान राजेश हमाल परेका छन् भने नम्बर टूमा जीवन लुईटेल देखिएका छन् । यस्तै नम्बर थ्रीमा हाकु काले (सौगात मल्ल) को नाम आउछ भने नम्बर फोरमा संयम पुरी परेका छन् । त्यसैगरी नम्बर फाईभमा आर्यन सिग्देल अटाएका छन् ।
 

राजेश हमाल : आकर्षक ब्यक्तित्वका धनी राजेश हमाल गत बर्ष बालकुमारी काण्डमा परेर अत्याधिक चर्चामा आए झै यो बर्ष पनि दुई स्त्रीका कारण चर्चामा आउनुले समग्र उद्योग नै हल्लियो । यो बर्ष उनको लाईफमा स्त्री स्क्यान्डल मच्चाउनेमा एक थिईन् बच्चै देखिको फ्यान अभिरुची बुढाथोकी भने अर्की चाहि उनको गर्लफ्रेण्ड मधु भट्टराई । यी दुई स्त्रीसंग जोडिएका न्यूजका कारण बर्षभरी महानायकको चर्चा भईरहयो । यध्यपी यो बर्ष उनले संख्यात्मक रुपमा फिल्म चाहि खेल्न सकेनन् । यस्तै उनीद्धारा अभिनित जति फिल्म रिलिज भएका थिए ती कुनै पनि बक्स अफिसमा जम्न सकेन् ।
 


जीवन लुईटेल : जीवनको हकमा यो बर्ष टप फाईमा पर्नु पनि म्यूजिक प्रमुख कारण बन्यो । म्यूजिकको एंगलबाट हेर्दा हरेक बर्ष चर्चा पाईरहने जीवनको दुई फिल्म मालतीको भट्टी र रिदमले निर्मातालाई बक्स अफिसमा सेभ गराए । त्यसकारण उनी टप टूमा परे । यसका अलावा फिल्म ईन्डष्ट्रीमा प्रवेश गरेयता हाल सम्म कुनै विवादमा नपरेका उनी एक महिना अघि राष्ट्रिय स्तरका डनहरु पर्शुराम र महेश बस्नेतसंगको निकटता रहेको खबरले भने यो बर्ष केही विवादमा चाहि परे । बर्षको अन्त्यमा रिलिज हुन लागेको जीवनको अर्को फिल्म नोटबुकले सफलता पाएको खण्डमा जीवनले राजेशलाई पनि उछिन्ने छन् ।
 



हाकु काले (सौगात मल्ल) : २०६८ सालमा लुट फिल्मका कारण अत्याधिक चर्चा बटुलेका हाकु कालेले लुट जस्तै चर्चा अरु फिल्मबाट कमाउलान् भन्ने आशालाई यो बर्ष हिस्स बुढी खिस्स दात बनाईदिए । यध्यपी गत बर्षको सफलताको नतिजाले यो बर्ष उनी चर्चाको रापबाट कहि कतै सेलाएनन् । उनीद्धारा अभिनित हाईवे, छड्के र कथाले पनि बक्स अफिसमा कुनै छाप छाडेन । यध्यपी उनी यो बर्ष ब्यस्त अभिनेताको रुपमा सुटिङ स्पटमा देखिरहे  ।
 


संयम पुरी : निर्देशक नारायण पुरीका छोरा संयम फुच्चे हिरोको रुपमा यो बर्ष उदाउनुले ईन्डष्ट्रीमा नयाँ स्टार जन्मिएको आभाष  गरायो । त्यति मात्र हैन संयमको पहिलो फिल्म शायद नै हिट भएपछि उनी यो बर्ष डिमान्डेवल एक्टरको रुपमा देखा परे तर विडम्बना उनले शायद पछि अफर आएका कुनै पनि  फिल्म खेलेनन् । यस्तै हिरोको ट्याग पाएकै बर्ष कर्पोरेट हाउसको रुपमा चिनिएको गोपीकृष्ण मुभिजका चेयर म्यान उद्धव पौडेलको भान्जी एवं भिजे आस्मा डिसीसंगको अफएयर प्रसंगले उनी यो बर्ष भरी चर्चामा आईरहे ।
 


आर्यन सिग्देल : गत बर्ष निकै हिट मानिएका आर्यनको फिल्म खासै चलेन र उनी यस बर्ष पाँच नम्बरमा धकेलिए । तीन फिल्म के म तिम्रो साथी बन्न सक्छु, धुँवा यो नशा र कलिउडले सोचे अनुरूपले सफलता नपाएपनि आर्यनलाई यि फिल्मले चर्चामा ल्यायो । धुँवा यो नशाबाट निकै आश गरेका आर्यनलाई सबैभन्दा बढि चर्चा पनि यहि फिल्मले दियो । गतबर्ष निशा अधिकारीसँग फिल्म खेल्न नमानेका आर्यनले यसबर्ष उनै नायिकासँग पर्दामा देखिनुले पनि चर्चा पाएको हो । फिल्म चलेन आफ्नो ठाउँमा छ तर यो जोडीलाई दर्शकले रूचाएको पाईयो ।


यहि बर्ष अन्य चर्चित मेल एक्टहरु : गत बर्षको ब्लकबस्टर फिल्म लुटका गोफ्ले अर्थात दयाहाङ राई पनि चर्चामा नै रहे । बिशेषत उनी हिरो भन्दा पनि अभिनेताको रूपमा बर्षभरि नै समाचारको स्रोत बने । यो बर्ष मायाज बार डेब्यू गरेका गजित बिष्ट ईन्डष्ट्रीमा चर्चामा रहिरहे । मायाज बारको कामबाट उनी ब्यस्त हिरोको रुपमा अहिले काउन्ट हुन थालेका छन् । यसैगरी सुवास थापाको चर्चा पनि यो बर्ष राम्रो रह्यो । फेसबुकमा उनको काम होस् वा भिजिलान्ते दुवै फिल्मले पैसा नकमाए पनि उनले प्रशंशा धेरै कमाए । राजबल्लभ कोईरालाको हलिउड यात्राले पनि यो बर्ष उनलाई केहि चर्चामा ल्यायो । यस्तै विल्सन बिक्रम राईको शायद रिलिज संगै ब्यस्तताहरुले आकाश छोयो यो बर्ष ।

यो बर्षका पाँच चर्चित हिरोईनहरु

यो बर्षका पाँच चर्चित हिरोईनहरुको मूल्याकंन पनि हरेक एंगलबाट गरिएको छ । चाहे त्यो कन्ट्रोभर्सीको मामला होस् वा अभिनयको । नम्बर सवै एंगलबाट जोडिएको छ । जस अनुरुप कन्ट्रोभर्सीकै कारण नम्बर वानमा परेकी छिन् रेखा थापा । यस्तै नम्बर टुमा प्रियंका कार्कीको नाम आउँछ भने नम्बर थ्रीमा निशा अधिकारी । त्यसैगरी नम्बर फोरमा सुमिना घिमिरे परेकी छिन् भने नम्बर फाईभमा शुष्मा कार्की ।

रेखा थापा : रेखा थापा अत्याधिक विवादमा परेर न्यूजमा छाईरहिने हिरोईन बनेकी छिन् यस बर्ष । यसका अलावा केही महिना अघि छवि ओझासंगको औपचारिक रुपमा १२ बर्षे बैबाहिक सम्बन्धलाई पूर्ण विराम लगाएको खबरले पनि रेखा यो बर्ष चर्चाको शिखरमा पुगिन् । भला उनको चर्चाको शिखर यो बर्ष अत्याधिक नकारात्मक भयो । यस्तै गाँजा तानेको फोटो सार्वजनक होस् वा अमेरिका भ्रमण पश्चातको दिएको होमलेस स्टेटमेन्ट । यी सवै गतिविधिले रेखाले आफ्नो १२ बर्षे फिल्मी करिअरलाई पनि ओरालो तर्फ धकेलिन् यो बर्ष । यसका अलावा माओवदी निकट रहदा उनले केही दिन अघि भ्रष्ट मन्त्री खुमबहादुर खड्कलाई जेलमै गएर भेट्नु पनि उनको विवादास्पद कदम हो । भावी दिनमा राजनीतिमा छाउने सपना बुनेकी रेखाले खुमबहादुरलाई गएर भट्नु आफ्नो राजनीतिक भबिष्यलाई आफैले बञ्चरो हानेको रिभ्यू भईरहेको छ फिल्मी बजारमा । अभिनयको हिसावले चाहि रेखाले खेलेको मालतीको भट्टी सफल भएको छ भने अन्य फिल्महरु चल्नका लागि मात्र चले । बर्ष अन्त्यमा रेखाले अभिनय गरेको हमेशाले उनलाई कुन मोडमा पुर्‍याउँछ, नजिताको फर्खाईमा छौं ।
 

प्रियंका कार्की : ब्याकटुब्याक विभिन्न फिल्महरुमा बढेको ब्यस्तताका कारण प्रियंका कार्की यस बर्ष चर्चामा रहिन् । नयाँ हिरोईनहरुको लिष्टमा नम्बर वानको ट्याग समेत पाएकी प्रियंकाका तीन फिल्म थ्री लभर्स, कलिउड र भिजिलान्ते यो बर्ष रिलिज भए तर लगानी सुरक्षित कुनै ले गर्न सकेनन् । न्यूजमा सभ्य तरिकाले पेश भएकी प्रियंका फिल्मलाईनमा प्रवेश गरेको बर्ष भन्दा यो बर्ष ज्यादा रुचाईन् पनि । उनको अभिनयको तारिफ गर्ने पनि धेरै देखिए । बर्थ डेसंगै डिभोर्स भएको खबर सार्वजनिक गर्नु उनको यो बर्षको  हिट न्यूजमा गनिन्छ । कन्ट्रोभर्सी भन्दा पनि यिनी काम र ब्यबहारले नम्बर टू हिरोईनको लिष्टमा अटाएकी छिन् यो बर्ष ।
 


निशा अधिकारी : निकै चर्चा गरिएको दुई फिल्म धुवाँ यो नशा, पद्धमीनि र सुनगाभा सुपर फल्पसंगै निशा अधिकारीको ब्यस्ततामा केही कमि भने भयो यो बर्ष । यध्यपी यो बर्षको सुरुवातमा मायाज बारको चर्चाले निशाको फिल्मीबजारमा केही रेट पनि बढायो । लगानी रिकभरको स्थितीमा मेघा बजेटको मायाज बारमा निशाको सफलता जोडिएको छ भने बजेट कम भएका हिसाबले अपवादको हकमा पनि उनी सफल छिन् । कन्ट्रोभर्सीको हकमा निशा यो बर्ष त्यति देखिईनन् बरु बर्षको अन्त्यमा सगरमाथा चढ्ने प्रयास देखाउनुले उनको चर्चा फेरी चुलियो । उनी सगरमाथा चढ्नका लागि हिजो बिहान प्रस्थान गरिसकेकी छिन् ।
 

सुमिना घिमिरे : पत्रकारको खुट्टा एकातिर टाउको अर्को तिर पारिदिने धम्कीका कारण बर्षको अन्त्यमा सुमिना घिमिरे चर्चामा आउदै चौथो नम्बरको हिरोईन भएकी छिन् । अभिनय राम्रो भएपनि उनले खेलेका फिल्म हेल्लो प्रकृति, माई ब्रदर, तिम्रै लागी र नाईन ओक्लकको बिजनेस चाहि नराम्रो भएको अवस्था छ । ब्यस्तताको हिसावले उनी यो बर्ष ब्यस्त नै रहिन् । विदेश भ्रमण देखि लिएर मोफसल दौडाहा अनि सो दौडाहसंगै पत्रकारहरुको टोलीद्धारा सुमिना कार्यक्रम बहिस्कारले सगरमाथा छोएको अवस्था छ अहिले । यस्तै फिल्म लाइनमा आएको थोरै समयमा घर किनेको प्रसंग होस् वा मलेसिया भ्रमणमा निस्कएको प्रसंग ती सवै प्रसंगले पनि कन्ट्रोभर्सीको रुप लियो सुमिनाको हकमा र विवादमा ल्याईरह्यो ।
 

शुष्मा कार्की :  शुष्मा कार्की पनि सुदर्शन थापाको ब्रेकअप र निरनसँगको नयाँ सम्बन्धले चर्चामा रहिन् । यस्तै फिल्ममा हिरोइनको रूपमा भन्दा पनि आईटम गर्लको रूपमा शुष्माले यो बर्ष धेरै काम पाईन् र आईटम गर्लकै रूपमा चर्चामा रहिन् । यस्तै यसै बर्ष व्यवसायिक रूपमा सफल मानिएको फिल्म बिन्दासले पनि शुष्मालाई राम्रै चर्चा दियो । कहिले पोस्टर काण्ड त कहिले निर्देशकसँगको झगडा अनि कहिले सुटिङ स्पटमा नै भनाभन । यि यस्तै चर्चा र बिबादले शुष्मालाई यो बर्ष चर्चित हिरोइनको रूपमा उभ्याईएको हो ।

 
बर्षका अन्य चर्चित फिमेल एक्टर्सः चपली गर्ल बिनिता काम भन्दा पनि कन्ट्रोभर्सीले चर्चामा छिन् । बर्षको सुरुवातमा भएको राज घिमिरेसंगको फेसबुक काण्डले उनलाई प्रहरी चौकी सम्म पुर्‍यायो । फिल्म फुलस्टप मार्फत यो बर्ष गत बर्षको भन्दा ठीक विपरित फिल्मी रिजल्ट पाईन् उनले । त्यसका अलावा शरिरका हरेक अंगमा आफ्नो नयाँ फिल्मको नामसुपरहिट लेख्दै उनले नयाँ चर्चा बनाईरहेकी छिन् ।
 
 
अश्लिल फिल्म एटिएमकै कारणले नायिका जीया केसी यो बर्ष अत्याधिक चर्चामा रहिन् । अभिनय भन्दा पनि उनी फिल्मको स्क्याण्डलले नै चर्चामा आईन् । यो बर्ष उनले जती फिल्ममा काम गरिन् ति सबैबाट आलोचित भईन् । आलोचित नहुन पनि कसरी देखाउन नहुने सबै देखाएपछि र बोल्न नहुने सबै बोलेपछि । यस्तै उनी अभिनेता भुवन केसीसँगको लभ अफएयरबाट पनि यो बर्ष चर्चामा रहिन् ।
 
विनय श्रेष्ठसंगको लामो अफएयर यहि बर्ष ब्रेक हुनु ,यहि बर्ष भिसा गर्ल मार्फत प्रोड्यूसरको अनुभव पूर्णरुपले लिनुले ऋचा शर्मालाई चर्चामा ल्याईरह्यो । यस्तै फिल्म मेकिङको सानो कोर्षका लागि जर्मनी प्रस्थानले पनि ऋचा चर्चामा आईरहिन् । यसैगरी ऋचासंगै भिसा गर्लमा अभिनय गरेकी रिमा विश्वकर्मा पनि बर्षभरी ब्यस्त हिरोईनको रुपमा देखा परिन् । यस्तै ऋचा छाडि रिमा तिर विनय श्रेष्ठ नजिकिएको प्रसंगले पनि रिमा यो बर्ष चर्चामा आईरहिन् ।  यहि बर्ष नायिका नीता ढुंगानाको पनि राम्रै चर्चा भयो । बिशेषत उनी फिल्म नोटबुकबाट बढि चर्चामा आएकी छिन् । (FILMYKHABAR)

Apr 9, 2013

निशा भोलि सगरमाथा प्रस्थान:मेगा बैंकले कती सहयोग गर्‍यो ?


निशालाई रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिटले सहयोग गरेको छ। 

अभिनेत्री निशा अधिकारी मंगलबार बिहान नौ बजे सर्वोच्च शिखर सगरमाथा आरोहणमा निस्कने भएकी छिन्। 'प्रकृतिलाई रक्षा गरेमात्र हामीपनि सुरक्षित हुन्छौं' भन्ने नारा लिएर उनी सगरमाथा आरोहण गर्दैछिन्। 'सबै तयारी पुरा भयो। बन्दले गर्दा केही दिन ढिला यात्रा सुरु गर्नुपर्यो। प्रशिक्षणदेखि खर्च जुटाउने काम सकाएर सिध्याएर मंगलबार लुक्ला पुग्दैछु,' टोलीका अन्य सदस्यलाई आधार शिविरमा भेट्ने उनले बताइन्। 
सोमबार बेलुका अवेरसम्म उनी आवश्यक सामानको किनमेलमा व्यस्त थिइन्। 'ल्यापटपदेखि क्यामेरासम्म एकैपटक किन्नु परेकोले भ्याइनभ्याइ भयो। किनमेल जति गरेपनि नसकिने रहेछ,' उनले भनिन।
फिल्म क्षेत्रका विभिन्न व्यक्तिले प्रोत्साहन दिएको उनले बताइन्। 'सेभेन समिटले ५० प्रतिशत सहुलियत दिएपछि विभिन्न संघसंस्थाले साथ दिएका छन्। त्यसैले मेरो खर्च कम भएको छ,' उनले भनिन्। उनीसँग ५ हजार ४ सय मिटरसम्म हिडिसकेको अनुभव छ। ६० दिने प्याकेजमा जेठको पहिलो सातासम्ममा उनले सगरमाथा चढिसक्नु पर्नेछ।
सगरमाथा आरोहणमा जानुअघि उनलाई मेगा बैंकले पनि साथ र सहयोग गर्ने आश्वासन दिएको छ। राजधानीमा सोमबार आयोजित कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले सगरमाथा आरोहण अभियानमा साथ दिने घोषणा गरे।
'नेपाली महिलाहरु सक्षम छन् भन्ने कुराको उदाहरण बनेकी अभिनेत्री निशालाई साथ दिन पाउँदा हामी गौरवान्वित छौं,' उनले भने। निशालाई रोटरी क्लब अफ नागार्जुन, सिटिजन बैंक, मेगा बैंक र तितो सत्य युनिटले सहयोग गरेको छ।(nagari knews)

Apr 4, 2013

नायिका द्वारा पत्रकारलाई ज्यान मार्ने धम्की


चलचित्रकी नायिका सुमिना घिमिरेले मंगलबार साँझ अनलाइनखबरका रंग पत्रकार विजय ‘आवाज’ लाई ज्यान मार्ने धम्की दिएकी छिन् । बेलुकी साढे ५ बजे फोन गरेर नायिका घिमिरेले ‘टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिने’ धम्की दिएकी हुन् ।मंगलबार अनलाइनखबरमा ‘सोझीबाट हट हुँदा पनि चलिनन् सुमिना’ शीर्षकमा नायिका सुमिनाले खेलेका चलचित्र नचलेको र फिल्म घाटामा गएको समाचार प्रकाशित भएको थियो । समाचारमा नायिकाको व्यक्तिगत विषयमा कुनै टिप्पणी नगरी चलचित्रमा उनले सफलता पाउन नसकेको मात्र विश्लेषण गरिएको थियो । तर, यसै विषयलाई लिएर उनले पत्रकारलाई फिल्मी डायलगमा धम्की दिएकी हुन् ।
फोनमा सुमिनाले मेरो बिरुद्धमा किन समाचार लेखेको, मेरो बारेमा नराम्रो र राम्रो दुबै समाचार नलेख भन्दै धम्काएकी हुन् । ‘तेरा बाउले बनाएको सिनेमा हो ? तँ साले प्रोड्युसर होस् ?’- सुमिनाले फोनमा भनिन् ।
यस्तै उनले तँ साले खाते, भन्दै पत्रकार आवाजलाई मारेर फालिदिने धम्की दिएकी हुन् । ‘तँ सालेले मलाई चिनेको रैनछस्, तेरो टाउको झोलामा र खुट्टा खोलामा पुर्‍याइदिन्छु ।’- नायिका घिमिरेले फोनमा धम्काउदै भनिन् । करिब ४ मिनेट फोन गरेकी घिमिरेले पत्रकार आवाजलाई असभ्य भाषामा गाली गरेको अडियो रेकर्ड अनलाइनखबरसँग सुरक्षित छ ।
नेपाली मिडियामा चलचित्रहरु र त्यसमा अभियन गर्ने नायक नायिकाहरुका विषयमा समीक्षा हुनुलाई समान्य मानिन्छ । सुमिनाका बारेमा अनलाइनमा छापिएको समाचारमा सुमिनाले खेलेका चलचित्रबारे समीक्षा गरिएकोमा यसैलाई आधार मानेर ‘टाउको झोलामा खुट्टा खोलामा’ भन्दै नायिकाको धम्कीले उनी चलचित्रमा मात्रै असफल हैन, सांस्कृतिक स्तरको हिसाबले पनि कमजोर छिन् भन्ने देखाएको छ । नायिका जस्तो संस्कृतिकर्मीले यस्तो तल्लोस्तरको भाषा बोल्ला भनेर सभ्य समाजमा कल्पनासम्म गर्न सकिँदैन ।
(onlinekhabar)

Mar 29, 2013

नायिका निशा अधिकारी सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने (फोटोहरु पनि )

नायक अर्जुन कार्की सगरमाथा आरोहणका लागि यतिबेला लुक्ला पुगेका छन् । यही भिडमा नायिका निशा अधिकारी पनि देखिएकी छिन् । नायिका अधिकारी चैत्र २४ गते सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा नायिका अधिकारीले आफू सगरमाथा चढ्ने तयारीमा रहेको बताउँदै सबैलाई सहयोगको आग्रह गरिन् ।नायिका अधिकारीले सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा लिएर जाने इच्छा व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘म सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा फरफराउन चाहन्छु तर हामीसँग आफ्नो नाम र झण्डा छैन ।’ उनले कलिउड भन्ने नामले नेपाली सिनेमाको परिचय नदिने भन्दै नयाँ नाम राख्न सबैलाई आग्रह गरिन् । निशाले पत्रकार सम्मेलनमा भनिन्, ‘म नेपाली सिनेमालाई परिचय दिने नाम भएको झण्डा लिएर सगरमाथा चढ्न चाहन्छु ।’ उनले सबै संघसंस्था र पत्रकारहरुलाई नेपाली सिनेमाको परिचय दिने नाम राखेर त्यसको झण्डा आफूलाई दिन आग्रह गरिन् । कलिउड भन्ने नामले भारतको एक प्रान्तिय सिनेमा भन्ने वुझाउँछ ।सगरमाथा आरोहणका लागि ४० लाख खर्च लाग्ने निशाको भनाई छ । कार्यक्रममा कलाकार संघका अध्यक्ष नबल खड्का, कलाकार बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश वुढाथोकी, नेपाली पहिलो रंगिन सिनेमाकी नायिका चैत्यदेवी, पत्रकार शान्तीपि्रय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, निर्देशक दिनेश डीसी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ लाई निमन्त्रणा गरिएपनि उनी उपस्थित भएनन् । नायिका अधिकारीले अध्यक्ष ‘पप्पु’ लाई बोलाए पनि उनी उपस्थित नभएकोमा दुख व्यक्त गरिन् ।
नायिका निशा अधिकारीले केही महिना अघि तिन महिना सगरमाथा आरोहणको नेतृत्व सम्वन्धी तालिम लिएकी थिइन्

चलचित्र ‘होस्टेल’ को प्रोमो सार्वजनिक : केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ (भिडियो)

‘केटी भनेको क्यूट हुनुपर्छ, हट त उसिनेको आलु पनि हुन्छ’ , शुक्रबार सार्वजनिक भएको चलचित्र ‘होस्टेल’ को प्रोमोमा नायक सलोन बस्नेत यस्तै संवाद बोल्छन् ।सुनिल रावलको निर्माणमा हेमराज वीसीले निर्देशन गरेको यो सिनेमाको प्रोमो सार्वजनिक गरिएको हो । प्रोमोमा नव नायक अनमोल केसी, सलोन बस्नेत र गौरब पहाडीको दोस्तीलाई देखाइएको छ । चलचित्रमा निर्माता सुनिल रावल, प्रकृती श्रेष्ठ, सिम्सन थापा, रिस्ता बस्नेत, संचारकर्मी शिशिर भण्डारीको पनि अभिनय छ ।
चलचित्रले होस्टेल जीवनमा हुने विभिन्न उतारचढावलाई रमाइलो पाराले देखाएको निर्माता रावलले बताए । चलचित्रमा नायक भुवन केसी, कलाकार टिका पहाडी र निर्देशक शोभित बस्नेतको पनि अभिनय छ । जेठ २४ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको यो सिनेमाको प्रोमोले धेरैको ध्यान खिचेको छ ।
Watch Video ??? Click here.......

Mar 28, 2013

भुबन के.सि लाइ कसले दिने भोट ?

 नेपाली सिनेमाका सदाबाहार नायक भुवन केसीले नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई भेटी घुमाउरो पारामा चुनावमा उठ्ने मनशाय व्यक्त गरेका छन् । बिहिबार बिहान खनाल निवास डल्लु पुगेर भुवनले चुनावमा एमाले पार्टीलाई सहयोग गर्न आफू तयार रहेको बताएका हुन् ।भुवनले झलनाथलाई फुर्काउदै भने, ‘तपाईको शालिनता र राष्ट्रियता प्रतिको झुकावले मलाई प्रेरित गरेको छ, यसैले म तपाई र पार्टीका लागि काम गर्न चाहन्छु ।’उनले चुनाव सफल पार्न पार्टीले दिएको जुनसुकै जिम्मेबारी पुरा गर्न आफू तत्पर रहेको जानकारी खनाललाई दिएका थिए । भुवनले झलनाथको गृह जिल्ला इलाममा पुगेर उनका लागि भोट माग्ने बताएका थिए । झलनाथसँगको भेटमा भुवनले एकिकृत माओवादीमा प्रवेश गरेका कलाकारले बाटो बिराएको बताएका थिए । उनले माओवादीमा प्रवेश गरेका कलाकारलाई एमालेमा प्रवेश गराउन आफूले सक्दो प्रयास गर्ने जानकारी झलनाथलाई दिएका थिए ।
भुवनको कुरा सुनेपछि झलनाथले तपाईहरु जस्तो मानिसको खाचो पार्टीलाई भएको भन्दै चुनावमा राम्रो भुमिका दिने आश्वासन दिएका थिए ।डेढ बर्ष अघि एमाले पार्टीमा प्रवेश गरेपनि नायक भुवन केसी निष्त्रिmय जस्तै देखिएका छन् । तर चुनाव नजिकिएपछि भुवनको चहलपहल बढेको छ । उनले राजनीतिमा लागेर आफुले समाजसेवा गर्न चाहेको जानकारी झलनाथालाई दिएका थिए ।सिनेमा नगरीमा ओरालो लाग्दै गएपछि नायक भुवन केसीले राजनीतिमा आउने इच्छा देखाएका छन् । हेरौ उनको यो चाहनलाई एमाले पार्टीले कसरी लिने हो ?

Mar 26, 2013

राजेश हमालले करिष्मा मानन्धर संग माफ मागे

महानायक राजेश हमालले नायिका करिष्मा मानन्धरको मोबाईलमा म्यासेज पठाएर भने 'आई एम सरी' । होली पर्वको अवसरमा करिष्माले आज मंगलबार आफ्नै निवास गोदावरीमा आयोजना गरेको होली बिशेष कार्यक्रममा निम्तालु हमालले आउन नसकेपछि सरी मागेका हुन् ।

'मैले होली खेल्न निमन्त्रणा गरेकी हुँ तर उहाँ आउन नसक्ने भन्दै म्यासेज गर्नुभयो,' करिष्माले भनिन्- 'किन आउन चाहनु भएन त्यो थाहा छैन ।' सँगै भेट हुँदा त्यति खुलेर नबोल्ने यो हिट अनस्क्रिन जोडी उक्त होली कार्यक्रममा सँगै नदेखिंदा उपस्थित फिल्मकर्मीले खल्लो महसुस गरेको बताए । केहि दिन अगाडी प्रेमिकाको तस्विर मिडियामा सार्वजनिक भएपछि हमाल सार्वजनिक कार्यक्रममा उपस्थित हुन नसकेको अनुमान लगाईएको छ ।

गोदावरीमा नयाँ देखि पुराना पुस्ताका कलाकारहरूको उल्लेख्य उपस्थिती रहेको होली हंगामा कार्यक्रममा कलाकारहरू रंगमा रंगीदै दिल खोलेर नाचेका थिए । सञ्चारकर्मीहरूको समेत बाक्लो उपस्थिती रहेको उक्त होली कार्यक्रम बिहान करिब ११ बजे तिर शुरू भई साँझसम्म चलेको थियो । गत बर्ष छोडेर बिगत केहि बर्ष देखि करिष्माले आफ्नै निवासमा फिल्मकर्मीहरूसँग होली सेलिब्रेट गर्दै आएकी छिन् ।

यो होली कार्यक्रममा अहिलेका चर्चित अनुहारहरू रेखा थापा, आर्यन सिग्देल, जीवन लुईटेल, निशा अधिकारी लगायतको पनि उपस्थित थिएन ।