जाइफलको बासना नबोलेनि हाँसिराखन… ।
यो गीतमा झैं
पक्कै तपाईँलाई पनि
मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला
। त्यसो भए
कन्जुस्याई किन ? जब कि
मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो
आफैंमा प्राकृतिक दर्द
निरोधक पनि हो
।
व्यस्त
जिन्दगी, गरिवी, शोेषण, महँगी,
बेरोजगारी, रोग र भोकले
विश्वका एक चौथाई मानिस
तनावमा छन् ।
हाम्रो समाजमा ७५
प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले
यस्तो समस्या झेल्छन्् ।
यस्ता रोगहरू अव्यवस्थित र
प्रकृृति विरोधी आहारविहार र
शरीरका अंग अंगमा
चाहिने अक्सिजन नपुग्नाले लाग्ने
गर्छ ।
भित्री
हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ र
प्रत्येक अंगमा अक्सिजन पुग्छ
। गहिरो हाँसोलाई मानव
जीवनको एक अमुल्य
रत्नको मान्यता दिएर
पछिल्लो समय विश्व मुस्कान दिवस
(वल्र्ड लाफिङ्ग डे)
समेत मनाउन थालिएको छ
। हाँस्ने बेलामा
शरीरमा एन्डर्फिन्स नामक
हर्मोन बहन्छ ।
जसले पिडा कम
गर्छ । हाँस्ने प्रक्रिया र
मानसिक शान्तिकाबीच अटुट
सम्बन्ध हुन्छ । गहिरो
हाँसोले तनाव, प्रेसर, टाउको
दुख्ने, हाड तथा
नशाको दुखाई र
क्यान्सरलगायतका
रोगसँगको प्रतिरोधात्मक
क्षमता विकास हुन्छ
। मानिसलाई खुसि
राख्ने अक्सिटोसिन हर्मोन
बृद्धि हुन्छ ।
यसले आत्म विश्वास र
निर्णय क्षमतासमेत बढाउँछ
।
उस्तै
विचारका मानिस समूहवद्ध भई
प्रत्येक दिन हाँस्नाले उक्त
क्षेत्रमा इलेट्रोमैग्नेटिक
लहर उत्पन्न हुन्छ
। जसले त्यस
स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ ।
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment