Showing posts with label अचम्मका खबर. Show all posts
Showing posts with label अचम्मका खबर. Show all posts

Mar 9, 2015

‘आमा बन्न ५ सय पटक शारीरिक सम्बन्ध’ :किमको विवादस्पद बयान


विवादस्पद बयान र हट पहिरनका कारण बारम्बार चर्चामा आउने चर्चित रियालिटी स्टार किम कार्दशियनले फेरि एकपटक आगो बालेकी छिन् । उनले आफ्नो एक चर्चित रियालिटी शो ‘किपिङ अप विथ द कार्दशियन्स’मा एकैदिनमा ५ सय पटक शारीरिक सम्बन्ध राख्ने गरेको बयान दिएकी छिन् ।
यो शोको टिजरमा किमको यस्तो बयान देखाइएको छ । उनले आफू आमा बन्न चाहेको र दिनमा ५ सय पटक शारीरिक सम्बन्ध राखेको बयान सहितको टिजर सार्वजनिक गरिएको छ ।

उनले आफूलाई दोश्रो पटक आमा बन्दा अप्ठ्यारो भैरहेको बताएकी छिन् । ३४ बर्षकी यी स्टारको ३ बर्षकी छोरी पनि छिन् । तर, टिजरमा उनकी बहिनीले उनको यो बयानलाई बकवास भनेकी छिन् । किमको यस्तो बयान शो हिट गर्नका लागि रचिएको स्क्यान्डल पनि हुनसक्छ

Mar 3, 2015

हाँस्दाका फाइदा -जाइफलको बासना नबोलेनि हाँसिराखन… ।



जाइफलको बासना नबोलेनि हाँसिराखन… । यो गीतमा झैं पक्कै तपाईँलाई पनि मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला । त्यसो भए कन्जुस्याई किन ? जब कि मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो आफैंमा प्राकृतिक दर्द निरोधक पनि हो ।
व्यस्त जिन्दगी, गरिवी, शोेषण, महँगी, बेरोजगारी, रोग र भोकले विश्वका एक चौथाई मानिस तनावमा छन् । हाम्रो समाजमा ७५ प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले यस्तो समस्या झेल्छन्् । यस्ता रोगहरू अव्यवस्थित र प्रकृृति विरोधी आहारविहार र शरीरका अंग अंगमा चाहिने अक्सिजन नपुग्नाले लाग्ने गर्छ ।
भित्री हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ र प्रत्येक अंगमा अक्सिजन पुग्छ । गहिरो हाँसोलाई मानव जीवनको एक अमुल्य रत्नको मान्यता दिएर पछिल्लो समय विश्व मुस्कान दिवस (वल्र्ड लाफिङ्ग डे) समेत मनाउन थालिएको छ । हाँस्ने बेलामा शरीरमा एन्डर्फिन्स नामक हर्मोन बहन्छ । जसले पिडा कम गर्छ । हाँस्ने प्रक्रिया र मानसिक शान्तिकाबीच अटुट सम्बन्ध हुन्छ । गहिरो हाँसोले तनाव, प्रेसर, टाउको दुख्ने, हाड तथा नशाको दुखाई र क्यान्सरलगायतका रोगसँगको प्रतिरोधात्मक क्षमता विकास हुन्छ । मानिसलाई खुसि राख्ने अक्सिटोसिन हर्मोन बृद्धि हुन्छ । यसले आत्म विश्वास र निर्णय क्षमतासमेत बढाउँछ ।
उस्तै विचारका मानिस समूहवद्ध भई प्रत्येक दिन हाँस्नाले उक्त क्षेत्रमा इलेट्रोमैग्नेटिक लहर उत्पन्न हुन्छ । जसले त्यस स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ ।
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं र लाखौं पिडा र रोगबाट टाढै बसौं । एजेन्सि