रुपन्देहीको मर्चवारमा पर्ने झरना खोलाले बगाएर दुई किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मर्यादपुर गाविस वार्ड नं. १ का १४
बर्षिया सीमा अहिर र १२ बर्षिया बबिता अहिरको झरना खोला तर्ने क्रममा बगेर
मृत्यु भएको हो ।
दुवै किशोरी खोलामा बगेपछि स्थानीय बासिन्दाले तुरुन्तै प्रहरीलाई खबर
गरेका थिए । मर्यादपुर चौकीबाट खटिएको प्रहरीले खोजतलासको क्रममा घटनास्थल
देखि २ सय मिटर दक्षिणमा शब फेला पारेको थियो ।
यस अघि पनि दुई साता अघि मर्चवारमा एकै परिवारका दुई बालिकाको बगेर मृत्यु भएको थियो ।
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment