कालो चिया
अर्थात् ब्ल्याक टी संसारभर नै
उपभोग हुन्छ ।
कुनै देशमा चिनीजस्ता गुलियो
पदार्थ हालेर पिउने
चलन छ भने
कुनै देशमा केही
पनि नहाली सादा
रुपमै पिइन्छ ।
चिनियाहरुले गुलियो पार्ने पदार्थ,
मसला, चकलेट तथा
जडिबुटी हालेर चिया पकाउछन् भने
भारत, नेपाललगायतका देशमा
चिनी राखिन्छ ।
केही मानिसले भने
अदुवा, कागती, तुल्सी
राखेर चिया पिउछन्
। कालो चियामा
पोलिफेनाइल नामक एन्टिअक्सिडेन्ट बढीमात्रा पाइन्छ
भने सोडियम, प्रोटिन र
कार्बोहाइड्रेट
पनि न्यून मात्रामा पाइन्छ
। बोस्टन स्कुल
अफ मेडिसिनका अनुसार
ब्ल्याक टीले रक्तनलीमा हुने
अवरोधलाई सामान्य बनाउछ, जसका कारण
स्ट्रोक हुने खतरा पनि
कम हुन्छ ।
के–के छन्
त ब्ल्याक टीका
फाइदा, जानौं ः
मुटु जोगाउँछ
मुटु रोगीहरुले नियमित
रुपमा कालो चिया
पिउनाले कोरोनरी आर्टरीमा भएको समस्या हटाउन
मद्दत गर्छ ।
यसले गर्दा कालो
चिया सेवन गर्नेहरुमा कार्डियोभास्कुलर डिजिज
लाग्ने सम्भावना कम
हुन्छ ।
डाइरिया
रोक्छ
कालो चियामा
भएको क्षारीय गुणका
कारण पेटसम्बन्धी समस्या
समाधान गर्न मद्दत
गर्छ । त्यसैले डाइरियापीडितहरुलाई सकेसम्म कालो
चिया खाने सल्लाह
दिइन्छ ।
दम
तातो झोलपदार्थले प्रायजसो दमका
रोगीहरुलाई आराम दिन्छ ।
यसले दमका रोगीहरुलाई श्वासप्रश्वास राम्रोसंग गर्न
सहयोग गर्छ ।
पाचन समस्या
हटाउँछ
यसमा पाइने
विभिन्न रसायनहरुले पाचन प्रणालीमा सकारात्मक असर
गर्छन् । यसले
पाचन प्रणालीमा भएका
समस्या हटाउँन मद्दत
गर्छन् ।
कोलेस्टेरोल
घटाउँन मद्दत गर्छ
अमेरिकन हर्ट
एशोसियसनले गरेको अनुसन्धानमा जसले
नियमित रुपमा कालो
चिया सेवन गर्छ,
उसमा खराब कोलेस्टेरोल घटेको
पाइएको थियो ।
यो खराब कोलेस्टेरोल हृदयाघातको मुख्य
कारण मानिन्छ ।
स्तन क्यान्सर
हुन दिँदैंन
ब्ल्याक या
र ग्रिन जुन
खालको चिया सेवन
गरेपनि त्यसले स्तन
क्यान्सर हुनबाट बचाउँछ ।
चियाले महिलाको महिनावारीको चक्रभर
ग्लोबुलिन हर्मोनको स्तर वृद्धि गर्छ
। यस्तै, कालो
चियामा भएको थेप्लाभिनले शरीरमा
हुने कोषको असामान्य वृद्धिलाई नष्ट
गर्छ ।
स्वास्थ्य खबरपत्रिका
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment