Mar 17, 2015

मेरो विवाह भएको एक वर्ष भयो । शीघ्रपतनले यौन सन्टुष्टि हुदैन । के कारणले यस्तो हुन्छ ? र समागममा दुखाई पनि हुन्छ किन ?



नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो । महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ । यो समस्या अधिकांशमा मनोगत हुने गर्छ । यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण र श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ । पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ । एकपटक विशेषज्ञ चिकित्सकको सल्लाह लिनु होला ।

समागमको बेला महिला र पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ । यस्तो दुखाई प्रायः सम्भोगको बेला र कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ । यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन् । यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ र पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या छ कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ ।

डा. विश्व दवाडी
By: Swasthakhabarpatrika

0 सबै कमेन्टहरु हेर्नुहोस्: