सामान्यतया मानिसलाई पढ्ने काम गाह्रो
नै लाग्छ तर नपढी सुखै छैन । पढेर नै मानिस सुशील, ज्ञानी र सभ्य बन्न
सक्दaछ । नपढ्नु वा पढ्ने आदतको विकास नगर्नु भनेको मानवीय जीवनलाई
निष्त्रिmयतातिर धकेल्नु मात्रै हो । सबै मानिसले औपचारिक शिक्षा हासिल
गरेका छन् र सबैले विद्यालय, कलेज र विश्वविद्यालयकै शिक्षा लिनु पर्दछ
भन्ने आग्रह पनि होइन । अध्ययन औपचारिक र अनौपचारिक दुवै हुन सक्दछन् ।
सवाल यति मात्र हो कि हामी जति मात्रामा अध्ययन गर्दछौँ त्यति नै मात्रामा
हाम्रो सोचाइ, दृष्टिकोण र जीवनशैलीमा सकारात्मक परिवर्तनको धर्सो देेखा
पर्दछ । सायद थोरो भन्ने एक जना विद्वान्ले अध्ययनकै महìवलाई पुष्टि गर्न
भनेका थिए- पुरानो कोट लगाऊ, नयाँ पुस्तक किन । यहाँ थोरो मात्र होइन हरेक
अध्ययनप्रेमी व्यक्तिले दोस्रो व्यक्तिलाई अध्ययन गर्ने सल्लाह दिन्छ ।
अध्ययनले मानिसको भित्री आँखा खोल्दछ, उसलाई जीवन जीउने प्रेरणा दिन्छ र
आशावादी बनेर आˆनो कुनै आदर्श व्यक्तित्वको झैँ सकारात्मक विचार राखी
जगत्मा अमर रहने कला सिक्दछ । पढाइको कुनै विकल्प छैन । चाहे हामी औपचारिक
तवरले कुनै विश्वविद्यालयीय अध्ययन गरौँ चाहे अनौपचारिकरूपमा आफूलाई मन
परेको विषयका पुस्तकहरू पढौँ तर पढ्नुपर्दछ, निरन्तररूपमा पढिरहनुपर्दछ ।
हामीकहाँ एउटा के विडम्बना छ भने कि हामी अध्ययन गर्नुपर्दछ भन्ने
कुरालाई कहिल्यै गम्भीरतापूर्वक व्यवहारमा लागू गर्दैनौँ । हामी पढ्दा पनि
हतारको साहित्य भनेर चिनिने पत्रपत्रिकाहरूका हेडलाइन पढेर छोडिदिन्छौँ कि त
पत्रिका पनि पढ्ने हामी समय झिक्न सक्दैनौँ । देशका सबै ठाउँमा
पत्रपत्रिकाको पहँुच पुगेको छैन यो छुट्टै बहसको विषय भयो । आज नभए कुनै
दिन त अवश्य पुग्छ तर हामीकहाँ पत्रपत्रिकाको पहुँच छ वा हाम्रो ठाउँमा
सामुदायिक पुस्तकालयहरू छन् भने पनि हामी विज्ञान, कला, धर्म, दर्शन,
इतिहास, साहित्य आदिका विविध पुस्तकहरू पढेर आफूलाई एक कदम अगाडि राख्ने
अवसरबाट चुकाइरहेका छौँ । पढ्ने पनि बानी हो र नपढ्ने पनि बानी हो । हामीले
आफूमा जस्तो आदत बसायौँ, त्यस्तै आदतको निर्माण हुन्छ । भनिन्छ- मानिसले
आˆना कुनै खराब आदतलाई केवल २१ दिनको अभ्यासबाट हटाउन सक्दछ र आफूमा कुनै
राम्रा आदत तथा बानीहरूको विकास गराउन पनि त्यही २१ दिनको अभ्यासबाट कुनै
पनि मानिस सफल हुन सक्दछ ।
सर्वप्रथम त हामीले कस्ता पुस्तकहरू वा कस्ता सामग्रीहरु आफूलाई मन
पर्दछन् वा कस्ता सामग्रीहरू पढ्दा ज्ञान, बुद्धि, विवेकको क्षितिज फराकिलो
हुन्छ सोको निर्धारण गर्न सक्नुपर्दछ । जब हामी अध्ययन गर्न सुरु गर्छौँ
विस्तारोविस्तारो हामीलाई पढाइको लत लाग्न थाल्दछ अनि त कुनै रक्सी वा
मादकपदार्थको नशाझैँ पढाइको नशाले हामीलाई समात्न थाल्दछ । पढ्न थालेपछि
जसरी भए पनि तपाईं आफूले पढ्न चाहेको सामग्रीहरूको जोहो गर्न सक्नुहुन्छ ।
तपाईं ढुक्क हुनुहोस् जब तपाईंलाई अध्ययनको नशाले च्याप्दछ त्यसपछि तपाईं
जीवनमा धेरै कुरा जान्न थाल्नुहुनेछ । नपढ्दा संसार अँध्यारो थियो पढ्दा
संसार उज्यालो पाउनुहुनेछ ।
यहाँ पढ्ने बानीको कसरी विकास गराउन सकिन्छ भन्ने केही बुँदा दिने प्रयास गरिएको छ ।
१ कम बोल्नुहोस् बढी सोच्नुहोस् । मौनता नै सर्वोत्तम जप हो ।
२. हातमा सधैँ किताब बोक्ने बानी गर्नुहोस् चाहे त्यो देखाउनलाई मात्रै किन नहोस् ।
३. पुस्तकलाई टेलिभिजन, टेलिफोन, सुत्ने कोठा या भोजनगृहमा पनि आफू
छेउमा राख्नुहोस् ।
४. बस बिसौनी, श्रृङ्गारगृह, प्लेटर्फम, चिकित्सालय आदिको लाममा पनि
पुस्तक बोक्नुहोस् ।
५. अनौपचारिक व्यक्तिसँगको भलाकुसारीहरूमा पनि पुस्तक छेउमा
राख्नुहोस् ।
६. कामको कम तनाब भएको बेला वा फुर्सदको बेलामा पुस्तक पढ्नुहोस् ।
७. केही लेख्न लागेका बेला पनि पुस्तक छेउमा राख्नुहोस् ।
८. सामान्यतयाः पढ्ने आदत बिहानको समयमा बसाउनुहोस् र सम्भव भएसम्म
सबै पत्रपत्रिकाहरू पढ्ने गर्नुहोस् ।
९. पुस्तक उपहार दिनुहोस्, पुस्तक बाँड्नुहोस्, पुस्तक मेला वा पुस्तक
प्रदर्शनीहरूमा घुम्नुहोस् र पुस्तकको कुरा गर्नुहोस् ।
पुस्तक तपाइंँको एक्लोपनाको द्रविलो साथी हुन सक्दछ । यसलाई सधैँ जतन
गर्नुहोस्, माया गर्नुहोस् र सम्मान गर्नुहोस् । एउटा कुरा चाहिँ घामजस्तै
छर्लङ्ग छ कि यिनै विविध पुस्तकहरू पढेर र पढ्ने आदतको विकास गरेर तपाईं
पनि भोलि ज्ञानी, बुद्धिमानी, दार्शनिक, लेखक आदि बन्न सक्नुहुनेछ ।
त्यसैले आउनुहोस् हामी सबैले आजैका मितिबाट पढ्ने आदतको निर्माण गरौँ ।