Jun 14, 2013

हरे शिव ! फेरी आइतबार नेपाल बन्द !

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।
 वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् । शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि  ३३ दलीय मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी दलका नेता कार्यकर्ताले सरकारले घोषणा गरेको निर्वाचन खारेजको माग गर्दै रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले  बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: