Jun 6, 2013

जनयुद्धमा हतियार बोकेर हिंडेका दर्जनौ माओवादी माओवादीकै गढ भनिएको रुकुम बाटै नेपाली कांग्रेस मा प्रबेश :गगन थापा माथि आक्रमण को प्रयास

माओवादी निरिय बन्यो : गगन थापा

रुकुम, १२ जेठ। एमाओवादीले जनयुद्धको केन्द्र भनेर गर्व गर्ने रुकुमकै आफ्ना कार्यकर्ता अन्य राजनीतिक दलमा जान थालेपछि एमाओवादी आत्तिएको उदाहरण आज रुकुममा देखिएको छ। आफ्ना साधारण कार्यकर्ता मात्र नभइ हतियार बोकेर लडेका कार्यकर्ता समेत अन्य पार्टीमा जान थालेपछिको पीडा रुकुममा एमाओवादीहरुले पुरानै शैलीमा देखाएका छन्।
आइतवार एमाओवादीका कार्यकर्ताहरुले काँग्रेस केन्द्रिय सदस्य गगन थापामाथि आक्रमण प्रयास गरेर उनीहरुले अन्यराजनीतक शक्तलाई नस्विकार्ने राजनीतिको नमुना फेरि देखाउन खोजेका छन्। रुकुमका चारवटा आमसभा सकाएर पाँचौ आमसभा गर्ने क्रममा गराइला गाविसको वेलटापुमा पुगेका थापाको कार्यक्रम सकिने क्रममा कार्यक्रममा उनीहरुले आफ्नो अराजनीतिक प्रवृती देखाएका हुन्।
रुकुमको वाँझिकोट, रुकुमकोट, सिम्रतु र नुवाकोटको आमसभा सकाएर वेलटापुमा थापा संलग्न कार्यक्रम भाड्न एमाओवादीले आफ्नो स्थानिय शक्ति पुरै लगाएको थियो। एमाओवादी निकट एक स्थानिय एफएमले शनिवारदेखिनै वेलटापुमा वाइसिएल यूवाहरु मार्चपास गर्दै लगायतका समाचार प्रसारण गर्दै कार्यक्रम विथोल्न मनोबैज्ञानिक त्रास सिर्जना गर्दै आएको थापासँगै रहेका काँग्रेस यूवा नेता शंकर तिवारीले   जानकारी दिनुभयो।
तत्कालिन माओवादी लडाकुका पूर्व डेपुटी कमाण्डर तथा नेता जनार्दन शर्मा विजयी भएको सो क्षेत्रमा एमाओवादीका २० जना पूर्व लडाकुहरु सहित केहि दर्जन वाइसिएल कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने भएपछि आत्तिएका एमाओवादी कार्यकर्ताहरुले शान्तिपूर्ण आमसभालाई उत्तेजित बनाएर मुठभेड भएको वहाना गराउन शुरु देखि नै खोजेको थापाले  बताउनुभयो। आफ्नो सम्वोधन सकेर एमाओवादीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने वेलामा भने मञ्चमा रहेको काँग्रेसको एउटा झण्डा लुटेर एक एमाओवादीका कार्यकर्ता भागेपछि स्थिति तनावपूर्ण भएको थापाले बताउनुभयो। ‘उनीहरु शुरुदेखिनै तनावपूर्ण वनाउन चाहन्थे हामी शान्तिपूर्ण रुपमा कार्यक्रम सकाउन चाहन्थ्यौ तर अन्तिममा भने उनीहरु हिंस्रक भएर आए’ थापाले  टेलिफोनमा भन्नुभयो।
झण्डा लिएर भागेको एमाओवादी कार्यकर्तालाई रोक्न खोज्दा उनीहरुले उल्टै ढुङगा मुढा गरेको तिवारीले जनाउनुभयो। ‘अन्य चार ठाउँको कार्यक्रमको प्रभावले अझ राम्रो भएको आमसभामा करिव पाँच हजार सर्वसाधारणको उपस्थिति रहेको थियो’ थापाले सुनाउनुभयो। ‘उल्लेख्य जनसहभागितामा भएको कार्यक्रममा पार्टी प्रवेशका लागि पूर्व माओवादी प्लाटुन सह कमाण्डर दीर्घबहादुर गहतराज सहितका २० जना पूर्व लडाकु तथा वाइसिएल कार्यकर्ताको नाम लिनासाथ एमाओवादीहरु ढुङगा मुढा र झण्डा खोस्न उत्रेका थिए’ थापाले घटना विवरण सुनाउँदै भन्नुभयो। कार्यक्रम हुन नदिन मञ्चका लागि ल्याएको माइक अघिल्लै दिन खोसेका रहेछन तर साथीहरुले कसैगरी व्यवस्थापन गरेका रहेछन तर आज आक्रमणको असफल प्रयास गरे र अराजनीतिक व्यवहार प्रदर्शीत गरे थापाले भन्नुभयो।
कार्यक्रम भाड्न पुरै दिलोज्यानले लागेका उनीहरुले कार्यक्रम अवधिभर कार्यक्रमस्थल केहिपर बसेर हुटिङ समेत गर्दै आएका थिए। तर आक्रमण र ढुङगा मुढा गर्न आउँदा समेत त्यसको पूर्वाभास पाइसकेको प्रहरीले कुनै कार्वाही गरेन थापाको गुनासो थियो। ‘प्रहरी लाचार देखियो कहिले माथि सम्पर्क भएन भन्थ्यो कहिले आदेश आएन भन्थ्यो तर उदण्डता देखाउने र अराजनीतिक चरित्र देखाउनेहरुलाई एमाओवादी कार्यकर्ता भएकै नाममा केहि मात्रामा रहेका उनीहरुको अगाडी प्रहरी घुँडा टेकर बस्यो।’ थापाले हामीसँग भन्नुभयो ‘शान्ति सुरक्षा त परै जाओस प्रहरी एकदम लाचार भएर बस्यो।’
आफ्नो गढ भएको दावी गर्ने ठाउँमा काँग्रेसले गरेको कार्यक्रमबाट डराएर आक्रमण गर्ने एमाओवादी कति कायर रहेछ भन्ने पुष्टी गरेको थापाको प्रतिक्रिया थियो। उनीहरुको दुई तिहाईको धाक यस्तै गरेर हो भने त्यो सपना नदेख्न थापाले रुकुमबाटै चुनौती समेत दिनुभयो। कार्यक्रम सकेर फकर्ने क्रममा भिडबाट गाडीमा पनि ढुङगा प्रहार गरिएको भन्दै थापाले एमाओवादीलाई राजनीतक संस्कार नजाने सिक्न पनि सुझाव दिनुभयो।
(hamrakura)

0 सबै कमेन्टहरु हेर्नुहोस्: