पुतलीसडकस्थित एक ल र्फमममा सम्बन्ध बिच्छेदका बिषयमा छलफल भइरहेका बेला
उप्रेतीले बुधबार दिउँसो श्रीमती शोभा क्षेत्रीलाई पेस्तोल तोकेका थिए ।
उप्रेतीले अबैध हतियार प्रर्दशन गरेको खवर प्रहरीकहाँ पुगेपछि
सिंहदरवारस्थित प्रहरी कार्यालयले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो । हाल
उनलाई अनुसन्धानका लागि हनुमान ढोका राखिएको डीएसपी चक्रबहादुर सिंहले
जानकारी दिनुभयो ।उप्रेती शंकरदेव क्याम्पसका पूर्व स्वबियु उपसभापति र युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि पनि हुन् । उनले आफु रोडम्याप साप्ताहिकसँग समेत संलग्न भएको बताएका छन् । श्रीमानले शंका गरेर सँगै बस्न सक्ने अबस्था नभएको भन्दै श्रीमती शोभाले सम्बन्धबिच्छेदको प्रकृया सुरु गरेकी थिइन् । श्रीमती शोभा पेशाले इन्जिनियर हुन् । वकिलका अनुसार उनीहरुवीच थुप्रै चरणमा सम्बन्ध बिच्छेदका लागि छलफल भएको थियो ।
उप्रेतीले आफुले द्वन्द्वकालमै २० हजार रुपैयाँ पेस्तोल किनेको स्वीकारेका छन् । प्रहरीले उनीमाथि अबैध हतियार राखेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । (onlinekhabar)
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment