........................"म
रुपेश कहाँ पुगेर आउछु, केही जरुरी कुरा गर्नुछ । शायद दुई घण्टा जतिमा
फर्किन्छु होला । " जीवनले आफ्नी श्रीमती ज्योतिलाई यति कुरा बताउदै
मध्यान्हको चर्को घाममा सरासर हिड्यो । संयोगबश बाटैमा जीवनको रुपेशसँग भेट
भयो । आवश्यक कुरा गरेर उ २० मिनेटमै घर फर्कियो । उ सरासर आफ्नो कोठामा
आयो र ढप्काइएको ढोका ठेलेर भित्र पस्यो । तर त्यहा श्रीमती ज्योति र
भद्रमान यौनक्रिडा गरिरहेका थिए । सो दृष्य देखेर जीवन किंकर्तब्यविमुढ भयो
। आँखाहरुले धोका दिएको आभाष भयो । मनले केही ठोस् निर्णय लिन सकेन । सपना
देखेको झझल्को भयो ।
अप्रत्याशित रुपमा जीवनलाई कोठामा देखेर दुबैजना सम्हालिए तर उनिहरु नग्न अवस्थामा थिए । शरीरमा कपडाको धरो पनि नभएकोले भुईमा थुपारेको कपडा लिन हात बढाउनु आगावै जीवनले भुइको कपडा टिपेर बाहिर आगनमा हुर्याइदियो । स्वास्नीको चर्तिकलाबाट हिनताबोध भएको जीवनको शरीरमा रिसको पारो उग्र भएर चढ्यो । आफुलाई साक्षात यमराजको रुपमा उभ्याएर हतारमा यौनपिपासुहरुले लगाउन बिर्सेंको ढोकाको आग्लो समायो अनी बम्क्यो - "थुईक्क रण्डी , कलंकिनी , यही जात्रा देखाउन मलाई अस्पताल लगी २-२ महिना सेवा गरेर बचाएको ? वेश्या , मलाई पहिल्यै घाँटी कसेर किन मार्न सकिनस र अहिले जिउदै मरेतुल्य बनाइस ?" उसले श्रीमतीलाई खुब भकुर्यो , कपाल जगल्ट्यायो , लात बजार्यो । रगतको भल बग्ने गरी हानेर थिलथिलो पार्यो ।
"गुहार गुहार ज्यान मर्न आट्यो, बचाउ!" आफुलाई समेट आईपर्नसक्ने प्रहारबाट त्रसित भएर भद्रमान सहयोगको लागि चिच्यायो । भुइँमा लडेर चित खाएकी ज्योति भने पानी पानी भन्दै बर्बराउन थाली । जीवनका हातखुट्टा निस्कृय भएर ज्योतिमाथि खनिन छाडे । भद्रमानले घरबाहिर कतै वन, जङ्गल, धारा, एकान्तस्थलमा जवर्जस्ती बलात्कार गरेको थिएन । त्यसैले जीवन भद्रमानमाथि जाइलागेन । आफ्नो घरमा मध्य दिउँसो त्यस्तो कार्य गर्नु सबै दोष स्वास्नीको थियो । स्वास्नीलाई त्यही अवस्थामा मार्न सक्दथ्यो तर उसले मार्न चाहेन, भोली कानुनी बन्धनबाट आफुमाथि आईपर्ने ब्ववधानहरुबारे उ पूर्ण परिचित थियो ।
उसले बिज्ञान बिषयमा पहिलो श्रेणीमा अमेरिकाबाट एम. ए. पास गरेको थियो । बिज्ञानका अनेकौ अनौठा र आस्चर्यजनक आविष्कारहरु गर्न सफल थियो जीवन । गरीब र जेहेन्दार विद्यार्थीको रुपमा छात्रबृत्ति पाएर अध्ययन गर्न अमेरिका पुगेको जीवनलाई राजनैतिक खिचातानीबाट छात्रबृत्ति समाप्त पारेर स्वदेश झिकाइएपछि उसका अध्ययनहरु पुरा हुन पाएनन । नयाँ अनुसन्धानको क्रम पनि आर्थिक समस्याले गर्दा त्यसै बिलाएर गएको थियो । जतिबेला जीवनलाई जागिर खान आजन्म अयोग्य घोषित गरिएको थियो, त्यति बेलादेखि नै बिज्ञानका अनुसन्धानात्मक आविष्कारहरु नगर्ने प्रण गर्दै किसान भएर गाँउमै जिन्दगी बिताइरहेको थियो ।
गुहारको शब्द सुनेर आएका छिमेकीहरु लाठा र मुग्रा बोकेर कोठा भित्र पसे तर त्यहाको दृष्य देखेर सबै चुपचाप रहे । ज्योति र भद्रमानको दिगम्बर भेषको अर्थ बुझ्न निमेषभर लागेन तिनिहरुलाई । थुइक्क 'अगतिनी नकचरी' भन्दै आगनमा मिल्काइएका कपडाहरु छिमेकीहरुले भित्र हुर्याइदिए ।
लुगा लगाएर भद्रमान बाहिर आयो , मानौ उ कुनै कालखण्डबाट बाँचेर आए जस्तो थियो । उ चुपचाप अगाडि बढ्यो र केही क्षणमै अदृष्य भयो । उसको बारेमा कसैले कुनै टिप्पणी गर्ने आँट गरेनन किनभने उ गाउँको प्रतिष्ठित साहु ईन्द्रमानको छोरा थियो । त्यहा रमितेहरुको कुनै ठुलो मेला लागे जस्तै जात्रा थियो ।
"कस्ती अलच्छिनी रहिछ? यो गाउँको अब के इज्जत रह्यो र ? यो त गाउँकै कलंक हो, यस्तीलाई त वेष्यालय पठाउनुपर्छ । यसलाई गाउँमै रहन दिए हाम्रा छोरीचेली बिग्रन के बेर ?"- रमितेभित्रका नारीआवाजहरु गुण्जिरहेका थिए ।
"के गर्छस ए जीवने यो अलच्छिनीलाई ?"- पण्डित वेदनिधिको आवाजले कोलाहलपूर्ण बातावरणमा सन्नाटा छायो ।
- "के गर्नु नि अब यस्ती लबस्तरीलाई, छोड्पत्र गरिदिनुपर्यो, जोसुकैसँग मरोस ।"
"हो हो , जीवन नानीले भनेको ठीक हो , यस बेस्सेलाई त रण्डिकोठी पुर्याउनु पर्छ" - शुभद्रा बज्यैले आफ्नो तिक्तता पोखिन । पण्डित्नी आमाले आश्वासन दिदै भनिन - "यसलाई अबचाँही यो गाउँमा राख्नुचाँही हुन्न है , जीवन नानीको लागि कती चोखी कन्याहरु यही गाउँमा पाईन्छन ।"
"ठिकै त हो यसले गती छोडि भन्दैमा त्यसै बस्ने पनि कुरा त भएन नि , बिहे त गरिहाल्नुपर्छ" - मुखियानी आमैको राय थियो ।
"लौ साँझ पनि परिसक्यो , बिहान सबै भेला भएर छुटानाम गरिदिउँला " - पण्डित बाले सभा नै विसर्जन गरिदिए । "हात नछाडेस नि मर्ली" - पर पुगिसकेका पण्डित बाले जीवनलाई सम्झाए । अघिको बिशाल भिड सबै शुन्य भयो ।
आजसम्म कहिल्य भोकै सुतेको निवन्लाई थाहा थिएन । घरभित्र आगो र बत्ती नबलेको उसलाई सम्झना भएन तर आजको साँझ आगो बत्ती बलेन जीवनको घरमा , भोकै सुत्यो । कोल्टे फेर्यो , निदाउने प्रयास गर्यो , अहँ निदाउनै सकेन । भोको पेटले निन्द्रालाई भगाईदियो , उ कल्पनामा लिन भयो ।
"आखिर मलाई ज्योतिले किन ढोका दिई?" - प्रश्न उब्जियो ।
उ विवाह अगाडिको भुतकालमा प्रवेश गर्यो । एक-आपसमा गरेका प्रेम-प्रसंगका बाचाहरु र कसमहरु ताजा भएर आए उसको मानसपटलमा । "ज्योति, तिमीलाई त मैले आफ्नो बनाइसके, मन मन्दिरमा सजाइसके, तिम्रो अन्तिम निर्णय के छ ?" , "जीवन तिमीविना म एक पल पनि रहन सक्दिन, म तिम्रो साथ रहेर तिम्रो सुख दु:खमा साथ दिन चाहन्छु , तिम्रो प्रेममा म पागल हुन आँटिसकें" , "के यो हाम्रो प्रेम खुशी सधैंभरि रहला ? भोली तिमीले कतै धोका दियौ भने ?" यो प्रश्नसङै ज्योतिका आँखामा टिलपिल आँसु छचल्किएका थिए , त्यतिखेर उ निकै उदास देखिन्थी र भन्थी - "लाख-लाख कसम जीवन, यो कुरा म सपनामा पनि सोच्न सक्दिन । यो जन्म त के सात जन्मसम्म पनि म तिम्रै हुन चाहन्छु र तिम्रै हुँ ।"
विवाहित जीवनपछिका ज्योतिका खोटहरु केलाउने प्रयास गर्यो जीवनले । गहिरिएर सम्झियो । एक रत्तिभर उसको खोट भेटेन । उ सर्वगुणसम्पन्न थिई । बत्तिसै लक्षणले युक्त थिई । घर-व्यवहार, मान-सम्मान, स्वागत-सत्कार सबै ठीक थियो । गाउँलेहरु कुरा गर्दथे - "घर-परिवार त त्यस्तो होस् न जीवन र ज्योतिको जस्तो , खस्रो मसिनो केही छैन, साह्रै मिलेका परेवाको जोडीजस्ता ।"
जीवन नराम्रो सँग झस्कियो - "आखिर किन भद्रेसँग सल्कीइ त ?" उसले कुनै निर्णय निकाल्न सकेन , मस्तिष्क भारी भएर आयो । कतै ज्योतिलाई डरलाग्दो बाध्यता पो आईलाग्यो कि ? मलाई किन बताईन ? त्यस्तो अवस्था भएमा बताउने मौका पाईन कि ? पछि बताउने थिई कि ? जीवनको मनमा प्रश्न माथि प्रश्न उब्जियो - "त्यस्ती पतिव्रता नारी थिई , पक्कै दालमा केही कालो छ । " उसले अहिल्य गएर ज्योतिलाई वास्तविकता सोध्ने विचार गर्यो - "मेरो नजरमा ज्योति निर्दोष ठहरिई भने ?" उ पुन नराम्रो सँग झस्कियो , यहाँको समाज, गाउले, दिउसोका रमिते, भोलि ज्योतिलाई पुन आँफैले अपनाउनुपरेमा आफुउपर हुने छिछी र दुरदुर, सबैका मुखबाट निक्लिने व्यंग्यवाण आदि कुरा मनमा उब्जेकाले उ द्विविधामा पर्यो ।
मद्यरातमा अचानक उठेर उसले बत्ती बाल्यो । ज्योति लडेको ठाउँमा गयो । ज्योति एउटा निर्जिव काठको मुढा लडेझै भुईमा लडेकि थिई । शायद थिलथिलो भएको शरीरलाई विश्राम दिनको निमित उसका आँखा बन्द थिए । जीवनलाई स्वास्नीको माया उर्लेर आयो । उसलाई अहिल्यै गम्लङग अँगालो हालौ जस्तो भयो । आँखाबाट तपतप आँसु चुहिए । जीवन एउटा कोठामा गयो, जहाँ उसले आफ्नो अध्ययनको क्रममा केही अपूर्ण आविस्कारहरु थन्क्याएको थियो ।
बिहानै देखी जीवनको घरमा मानिसहरुको चहलपहल बढेको थियो । युद्द जितेको सिपाहीजस्तै सबै प्रसन्न मुद्रामा थिए । सयौं संख्यामा विवाहित महिला र पुरुषहरु उपस्थित थिए । बिसौं जना कुमारी केटीहरु आगनको केही पर गुनगुन गरिरहेका थिए । आगनको विचमा ओछ्याइएको राडिमा पण्डित बा, मुखिया, बहिदार, खड्का दाजु आदि लेखापढी गर्न बसेका थिए ।
"लौ अब काम कुरोतिर आउँ हैन ?" कागज कलम निकालेर चश्मा मिलाउदै गरेका पण्डित बाको आवाजले वातावरण शान्तमय बनाइदियो । उनले सबैको ध्यान केन्द्रित गर्दै भने - "देख्दिन नि नकचरिलाई, भित्रै मरेकी छ् लवस्तरी?" जीवनले भित्र गएर एक निर्जिव डोरी ताने सरह ज्योतिलाई घिसारेर ल्यायो । ज्योति थचक्क पिंढीमा बसी, अपराधिनी भएर, ढलपल ढलपल गर्दै भुँई हेरेर, उदास र कुरुप अनुरार लिएर । "हिजोदेखी ज्योति समाजमा अनुहार देखाउन लायक छैन , यस्ती पतित आईमाइको अनुहार एकाबिहानै हेरेमा अगति परिन्छ बुझ्यौ ?" - ८० बर्षिया बुढी हजुरआमाले आफ्नो तिक्त भाव पोखिन ।
"यस्तो लोग्नेलाई जिउदै मरेतुल्य पारी लवस्तरिले" - पण्डित्नी आमाले आफ्नो विचार व्यक्त गरिन ।" खडकिनी भाउजु भने यसरी बर्बराइन - "यसले त कति नाठा खेलाई खेलाई, हिजो मात्र भेटेको र पो, बरु गर्भमै तुहिनु नि ।" "अब चाँहि यो गाउँको ईज्जत रहेन" -वहिदार्नी बम्किईन ।
"सुनिस पापिनी समाजको कुरा ? ८० बर्षिया हजुर आमालाई कती घृणा उब्जेको छ तँदेखि ? तेरो व्यहोरादेखि । पण्डित्नी आमा पनि कती चिन्तित हुनु हुन्छ , अब हाम्रा छोरीचेली पनि बिग्रलान भनेर , थुक्क मोरी !" जीवनले ज्योतिको मुखैमा थुकिदियो । प्रतिकारको प्रश्न थिएन । देब्रे हातले आफ्नो अनुहारको थुक पुछी ज्योतिले । जीवनले ज्योतितिर हेर्दै भन्यो - "हेर, यो गाउँका आमा, दिदिबहिनी, छोरीचेलीहरु कती पवित्र, चोखा, निष्कलंक र पतिव्रता छन । आफ्नो लोग्नेको सतित्वमा कती अडिग रहेका छन , तँ रण्डीलाई अहिल्यै देखाइदिन्छु ।"
"जीवन डौडेर घरभित्र पस्यो । उ आफ्नो अधुरा आविष्कारहरु राखेको कोठामा गएर एउटा टेलिभिजन जस्तो यन्त्र हातमा बोकेर आयो । गोजिबाट २ जोडी ब्याट्री निकालेर यन्त्रमा लगायो । यन्त्रको स्क्रिन उज्यालो भएर आयो । यन्त्रलाई सबैले देख्ने गरी राख्यो र ज्योतिलाई तानेर उसका दुबै हात दुईटा एरिएलमा छुवायो ।
अचम्म, घोर अचम्म, स्क्रिनमा जीवनको तस्विरका साथ साथै भद्रमान र ज्योतिको आपत्तिजनक तस्विर देखियो । तुरुन्तै खडकीनि भाउजुको काखमा बसेकी ३ वर्षकी बच्चीलाई तानेर यन्त्रमा त्यसरीनै छुवाइदियो, जसरी त्योतिलाई छुवाएको थियो । स्क्रिनमा केही पनि देखिएन, स्क्रिन कालो भएर गयो । त्यहाँ कुनै मानव आकृति देखिएन ।
"देख्नुभो समाजका सबै यो यन्त्र नारीको सतित्व जाँच गर्ने यन्त्र हो । धेरै समय र परीश्रम लगाएर मैले बनाएको हुँ । जसलाई आज बिहान मात्र पूर्णरुपले बनाइसकेको हुँ । यहाँ भद्रे देखियो, कारण यो रण्डी भद्रेसँग सल्केकी थिई । पचासौ बर्ष अघिदेखीको आकृति आउछ यो यन्त्रमा । नारी जतिजना सँग सल्किएकी हुन्छे, त्यती जनाकै आपत्तिजनक तस्विर उतारिदिन्छ यो यन्त्रले । कसैले धोका दिन सक्दैन यस यन्त्रलाई" - जीवनले सबैलाई यन्त्रको वास्ततिकता बतायो ।
"ल हजुरआमा, तपाईं यो यन्त्र छोएर आफु पतिब्रता भएको प्रमाणित गरिदिनुहोस् त हेरुन सबैजना" - जीवनले ८० वर्षिया वृद्दाको हात तानेर यन्त्रमा छुवाउन खोज्यो ।
"ए बाबु मलाई त पिसाबले च्यापेको छ, गएँ है" - कुनै पहललानको जस्तो बल निकालेर जीवनको हातबाट आफ्नु हात खुस्काएर हजुरमामा हिडिन ।
- "पण्डित्नी आमा तपाईं आउनुहोस् त ।"
"हत्तेरिका केटाकेटीहरुलाई स्कुल पठाउनुपर्ने, हतार भयो" - पन्डित्नी आमा पनि फालहालिन ।
"भैसीलाई खोले पकाउनुपर्ने" - खडकिनी भाउजु पनि लुसुक्क निस्किन ।
"मुखियानी आमा, तपाईं आएर छोइदिनुहोस् त" - जीवनले आग्रह गर्यो ।
"ला मैले त मुलढोका नलगाइ पो आएछु" - मुखियानी फट्फटाइन ।
"बाच्छो छोडेको थिएँ, ला ! मैले त बाध्नै पो बिर्सेंछु" - बहिदार्नी पनि टाप कसिन ।
"यो लोग्नेस्वास्नीको आपसी कुरा के हेरिरहनु" - यन्त्रको एरियल छुवाउन ल्याइहाला कि भन्ने डरले सुशिला गुरुआमा पनि सुईँकिईन ।
केही क्षणमै सबै नारीहरु एक-एक बहाना बनाउदै चिप्लिए । माथिल्लो पट्टी बसेका पुरुषहरु कोही छैनन, चश्मा नलागाए आँखै नदेख्ने पण्डित बा र लौरो नटेकी हिंड्नै नसक्ने वहिदार बा पनि चश्मा र लौरो छोडेर कता हुईँकिए ? सबै बुझ्यो जीवनले, नबुझ्ने कुरा पनि थिएन । उ महान विद्वान बैज्ञानिक थियो । "के यि सबै नारीहरु ..." - जीवनले बिचार गर्यो ।
त्यत्रो बिशाल भिड सबै शुन्य थियो, थिए त जीवन, ज्योति र यन्त्र । ज्योति उदास भएर पिंढीमा बसिरहेकी थिई । ज्योतिलाई च्याप्प समाइ खाट्मा लगेर सुताइदियो । तातो दुध उमालेर १ गिलास खान दियो - "यो दुध खा" "तपाइ पनि खानुस्" - ज्योतिको कुनै ब्यङग थिएन । पछि खान्छु भनेर केही झर्किदै भुईँमा थ्याच्च बस्यो जीवन । ज्योतिले भनी - "माथी खाट्मै बस्नुभए ... ।" बोली पुरा हुन नपाउदै जीवनले भन्यो - "पर्दैन" । बलिरहेको आगो चुलोमा सार्यो । हिजोकै बासी पानी हालेर डेक्ची बसायो अनी चामल केलाउन लाग्यो । "के जान्नु हुन्छ र भात पकाउन ?" - उताबाट ज्योतिको श्वासमात्रको आवाज आयो । "चुपचाप सुतिराख म जान्दछु" - जीवनले आवश्यकता भन्दा चर्को स्वर गर्यो । उसले थालमा भात पस्किएर लिएर गयो ।
- "उतै गएर खान्छु नि ।"
- "सक्दिनस ।"
गिलासबाट पानी तानेर जीवनले ज्योतिको हात धोइ दियो । "तपाई पहिला खानुस् न" - ज्योतिले आफु पत्नी भएको महसुस गराई ।
पछि नै खान्छु भन्दै बटुकिमा दही, नौनिको डल्लो, अचारको पित्को हालेर जीवनले ज्योतिलाई भात खुवायो । "भाँडा त म आँफै माझ्छु है" - ज्योतिको आवाज आयो । "सक्दिनस ढल्किराख न ।" - भाडा मस्काउदै जीवन करायो ।
"म केही समय पछि आउछु सुतिरहनु, बाहिर ननिक्लनु, खाटमुनी चुठुवा राखीदिएको छु ।" ज्योतिलाई यती कुरा भनी ढोका ढप्क्याएर जीवन कतै हिड्यो । साँझ पर्न लागेपछि मात्र हातमा धेरै जडिबुटीहरु लिएर आयो । साँझको खाना खाए पछि मनतातो तेल लिएर ज्योति सुतेको ठाउँमा गयो । ज्योतिको शरीरमा मालिस गर्दै जीवन बोल्यो - "यो झोल घट्घटी पि, यसले दुखाई निको हुन्छ, रगत बडाउछ, तागत दिन्छ, घाऊ पुरिन्छ, कपाल उमार्दछ ।" जीवनले ज्योतिलाई सम्झाई बुझाईइ जडिबुटी, झोल, ओखतिहरु खुवायो । निकै बेर्को मौनता पछि जीवनले शान्ती भङग गर्दै सोध्यो - "आखिर तैले किन त्यसो गरिस ? मलाई किन धोका दिईस ?"
- "बाध्यताबश ।"
- "त्यस्तो बाध्यता के थियो ?"
- "तपाईको जिन्दगी बच्चाउन, तपाईंलाई मर्न नदिन ।"
- "कसरी ?" जीवन स्वास्नीको निश्छल भाव सुन्न उत्सुक भयो ।
- "तपाई बिरामी भएर अस्पातल पुर्याएपछि थाहा भयो, तपाईंको कालेजो बिग्रिसकेको छ र तुरुन्त अप्रेशन नगरे बाँच्न मुस्किल छ । अप्रेशन गर्न आवश्यक रु ३० हजार जम्मा गर्न नसक्दा यस्तो अवस्था आईलाग्यो ।"
- "त्यो त दुईमहिना अगाडिको कुरा हो ।"
- "त्यस अपराधीले शर्त राखेको थियो ।"
- "कस्तो शर्त ?"
- "उसले ३० हजार दिए बापत मलाई भनेको समय र स्थानमा म उपस्थित हुनु पर्ने र जम्मा दश पटक यस्तो गर्नु पर्ने बाध्यता खडा गरेको थियो ।"
- "मलाई किन बताइनस त ?"
- "अझ अर्को शर्त पनि थियो, मैले एक पटक पनि नामन्जुर गरेमा ३० हजारको ६० हजार तिर्ने गरी कागज गराएको थियो र नामन्जुर गरेमा सार्वजनिक बेईज्जत गर्न भनी प्रथम पटकमै मेरो केही नग्न तस्विर खिचेको थियो । मैले यसै कारणले बताउन सकिन । हिजो दिउसो दशौ पटक थियो । कागज र नग्न फोटो च्यातिएको दिन, अनि म मुक्त भएको दिन पनि हिजै थियो । च्यातिएका कागज र फोटोहरु उ त्यही छन ।"
- "अनि मलाई मर्न दिनु पर्दैन त ।"
- "तपाईको जिन्दगी बाँच्छ भने म कलंकित, तिरस्कृत र अयोग्य भएर आफ्नो शरीर समेत गुमाउन चाहन्छु । हजुरकै मायाले मैले यो सबै गरेको हुँ । धोका दिने ईच्छा थिएन ।" जीवनले ज्योतिलाई कसेर आफ्नो बाहुपासमा लियो " तँ पतित, कलंकिनी केही भएकी छैनस । मेरो नजर त के, यो गाँउ र समाज सबैको नजरमा पवित्र र चोखी छेस, पवित्र सिता र देवीजस्तै । जीवनले पनि आफ्नो गलाको हृदयबाट आएको हिक्कालाई थाम्न सकेन र असिम मायाले गर्दा ज्योतिलाई धेरै बेरसम्म चुमिरह्यो ।

0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment