झट्ट हेर्दा यो निकै परिचित जनावर जस्तो लाग्छ । तर, अनौठो र दुर्लभ छ ।
बिश्वकै सवैभन्दा ठूलो विरालोका रुपमा चिनिएको लिगरले हालै मात्र रसियाको
चिडियाखानामा तीन सन्तान जन्माएको छ ।
झट्ट हेर्दा लिगर बाघ जस्तो लागेपनि यो आधा बाघ र आधा सिंह हो । वास्तवमा
यो सिंह–बाघको हाइव्रिड हो र यसलाई विश्वको सबैभन्दा ठूलो विरालो भनिन्छ ।
तस्वीरमा देखिएको ठूलो लिगरको नाम जिटो हो ।
जसले गत मेमा बच्चा जन्माएको छ । जिटो भने २००४ मा चिडियाखानामा जन्मिएको
हो । साना लिगरहरुको बाबु साम भने अफ्रिकन सिंह हो । लिगरहरु बाघ जस्तै
पौडिएर रमाउँछ भने सिंह जस्तै मिलनसार हुन्छन ।
एजेन्सीको सहयोगमा
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment