Mar 12, 2013

एलिट कपका लागि पारसको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा


 चैत १३ गतेबाट सुरु हुने एसीसी ट्वान्टी-२० एलिट कप क्रिकेटका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको घोषणा भएको छ ।

क्रिकेट एसोसिएसन अफ नेपाल क्यानले मंगलबार घोषणा गरेको टोलीमा ज्ञानेन्द्र मल्ल उप-कप्तान छन् । टोलीमा शरद भेषावकर, अमृत भट्टराई, शक्ति गौचन, वसन्त रेग्मी, सञ्जम रेग्मी, विनोद भण्डारी, प्रदीप ऐरी, अनिल मण्डल, पृथु बास्कोटा, चन्द्र साउद, मन्जित श्रेष्ठ र सुवास खकुरेल छन् ।

मन्जित र विनोदले टोलीमा स्थान बनाउँदा राहुल विक र सागर पुन भने बैकल्पिकमा परेका छन् । उनीसँगै जितेन्द्र मुखिया र रामनरेश गिरीलाई पनि बैकल्पिकको सूचीमा राखिएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: