Jun 14, 2013

दिपकले तक्मेबुढा लाई निकालिदिए !


मुख्य सहायक निर्देशक दिपाश्री निरौलाको जानकारी अनुसार हाँस्य अभिनेता विल्सन विक्रम राईले 'छ एकान छ' नखेल्ने भएका छन् । व्यस्त समय र पारिश्रमी कम भएको कारण देखाउँदै विल्सनले फिल्म खेल्न नमानेको बताईएको छ ।
 
दिपाले भनिन्- 'उहाँले नजिकको मित्रलाई फिल्म नखेल्ने भनेर खबर पठाउनु भएको रहेछ । खबर सुनेपछि हामी आफैले सम्पर्क गर्दा उहाँले फिल्म नखेल्ने जवाफ दिनुभयो ।'  विल्सन अहिले स्टेज प्रस्तुती लिएर लण्डन भ्रमणमा छन् । दिपाले बताए अनुसार विल्सन दिपकराज गिरीको स्क्रिप्टमा हास्य रोल प्ले गर्न राजी भएका थिए । 'एउटै फिल्डको मान्छेसँगै काम गरौं भन्ने थियो,' दिपाले गुनासो गरिन्- 'तर उहाँले हाम्रो आग्रहलाई स्विकार्नु भएन ।'
 
विल्सनले रातो झन्डा देखाएपछि कान्तिपुर टिभीमा 'द फ्लप शो' हाँस्य कार्यक्रम सञ्चालन गर्ने सन्दीप क्षेत्रीलाई उक्त रोलका लागी हस्ताक्षर गराइएको छ । निर्देशक दिनेश डिसीले भने कलाकार इन आउट बारे आफु अनभिज्ञ रहेको बताए । लोकेशन हन्टिङका लागी (बिहिबार) धुलिखेल पुगेका निर्देशक डिसीले भने- 'रोलका लागी विल्सनजीसँग मेरो फोनमा समेत कुरा भएको छैन ।'

निर्मल शर्मा र दिपक राज गिरीको करिब चालिस लाख लगानी रहने बताइएको 'छ एकान छ'मा सन्दिपका साथ दिपक स्वयम, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरी पौडेल, शैलेश आचार्य लगायतको अभिनय रहनेछ । लेडी क्यारेक्टरमा भने नीता ढुङगानालाई साइन गराइएको निर्देशक डिसीले बताए । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजीत बाँस्कोटाको संगीत रहने कमेडी फिल्ममा एनवी महर्जनको फाइट डिरेक्सन रहनेछ ।
 
टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी दिपाश्रीले भने यस प्रोजेक्टमा मुख्य सहायक निर्देशकका मात्र भुमिका निभाउने छिन् ।  यही असार ६ गते सुटिङ प्रारम्भ गरिने 'छ एकान छ'लाई काठमाठौ र धुलिखेलमा छायाँकन गरिनेछ । रिलिज भने दशैमा गरिने जानकारी छ । दशैको मौका छोपेर निर्माता छविराज ओझाले लोफरको रिलिज डेट घोषणा गरिसकेका छन् । निर्माता ओझाले पनि लोफरमा विल्सनलाई प्रस्ताव गरेका थिए ।
 
 
दीपक भन्छन्- 'विल्सनलाई मैले निकालेको हुँ'
 
निकाल्ने र निस्कने बिबादमा 'छ एकान छ'का निर्माता दीपकराज गिरीले भने विल्सनलाई आफैले निकालेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै दीपकले भने- 'उहाँले ठूलो कुरा गर्नुभयो अनि मैले निकालेको हुँ ।' (Filmykhabar)

हरे शिव ! फेरी आइतबार नेपाल बन्द !

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।
 वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् । शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि  ३३ दलीय मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी दलका नेता कार्यकर्ताले सरकारले घोषणा गरेको निर्वाचन खारेजको माग गर्दै रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले  बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।

Jun 10, 2013

आउँदै छ SLC को नतिजा (SLC result)


२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९ को नतिजा आज प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न एसएलसी बोर्ड बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने बारेमा छलफल हुनेछ । आजको बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका परीक्षार्थी, निरिक्षक, उत्कृष्ट केन्द्राध्यक्षलाई दिइने पुरस्कार र गेसमार्कको मापदण्ड लगायतको बारेमा छलफल हुने छ ।
नतिजा प्रकाशनको पूर्व तयारी भइसकेको भन्दै परीक्षा नियन्त्रक खगराज बर बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरे आजै प्रकाशन गर्ने सम्भावना बढेको बताउनुभयो । प्रवेशिका परीक्षा अर्थात २०६९ को एसएलसीमा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले यसअघिनै जानकारी गराइसकेको छ ।
परीक्षाको नतिजा परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट  www.moe.gov.np  शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

Jun 6, 2013

कर्कश को प्रोमो ६०००० भन्दा धेरैले हेरे । (भिडियो सहित)

नेपाली चलचित्र 'कर्कश' को प्रोमो ६०००० भन्दा धेरैले हेरेका छन । र धेरै ले यो चलचित्र राम्रो हुने पनि बताएका छन । प्रोमो राम्रो छ चलचित्र पनि राम्रो हुन्छ प्रोमो हेरिसकेपछीबिजय पौडेल ले आफ्नैखबर लाई भने "१ पटक यो फिल्म हेर्न जान्छु ।" 
चलचित्र 'कर्कश'  जेठ ३१ गते बाट देशभरी बाट प्रदशन मा आउन लागेको छ । हेरौ कस्तो हुन्छ चलचित्र 'कर्कश'।
                                                              हेर्नुहोस् यो प्रोमो (promo of film karkash)

जनयुद्धमा हतियार बोकेर हिंडेका दर्जनौ माओवादी माओवादीकै गढ भनिएको रुकुम बाटै नेपाली कांग्रेस मा प्रबेश :गगन थापा माथि आक्रमण को प्रयास

माओवादी निरिय बन्यो : गगन थापा

रुकुम, १२ जेठ। एमाओवादीले जनयुद्धको केन्द्र भनेर गर्व गर्ने रुकुमकै आफ्ना कार्यकर्ता अन्य राजनीतिक दलमा जान थालेपछि एमाओवादी आत्तिएको उदाहरण आज रुकुममा देखिएको छ। आफ्ना साधारण कार्यकर्ता मात्र नभइ हतियार बोकेर लडेका कार्यकर्ता समेत अन्य पार्टीमा जान थालेपछिको पीडा रुकुममा एमाओवादीहरुले पुरानै शैलीमा देखाएका छन्।
आइतवार एमाओवादीका कार्यकर्ताहरुले काँग्रेस केन्द्रिय सदस्य गगन थापामाथि आक्रमण प्रयास गरेर उनीहरुले अन्यराजनीतक शक्तलाई नस्विकार्ने राजनीतिको नमुना फेरि देखाउन खोजेका छन्। रुकुमका चारवटा आमसभा सकाएर पाँचौ आमसभा गर्ने क्रममा गराइला गाविसको वेलटापुमा पुगेका थापाको कार्यक्रम सकिने क्रममा कार्यक्रममा उनीहरुले आफ्नो अराजनीतिक प्रवृती देखाएका हुन्।
रुकुमको वाँझिकोट, रुकुमकोट, सिम्रतु र नुवाकोटको आमसभा सकाएर वेलटापुमा थापा संलग्न कार्यक्रम भाड्न एमाओवादीले आफ्नो स्थानिय शक्ति पुरै लगाएको थियो। एमाओवादी निकट एक स्थानिय एफएमले शनिवारदेखिनै वेलटापुमा वाइसिएल यूवाहरु मार्चपास गर्दै लगायतका समाचार प्रसारण गर्दै कार्यक्रम विथोल्न मनोबैज्ञानिक त्रास सिर्जना गर्दै आएको थापासँगै रहेका काँग्रेस यूवा नेता शंकर तिवारीले   जानकारी दिनुभयो।
तत्कालिन माओवादी लडाकुका पूर्व डेपुटी कमाण्डर तथा नेता जनार्दन शर्मा विजयी भएको सो क्षेत्रमा एमाओवादीका २० जना पूर्व लडाकुहरु सहित केहि दर्जन वाइसिएल कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने भएपछि आत्तिएका एमाओवादी कार्यकर्ताहरुले शान्तिपूर्ण आमसभालाई उत्तेजित बनाएर मुठभेड भएको वहाना गराउन शुरु देखि नै खोजेको थापाले  बताउनुभयो। आफ्नो सम्वोधन सकेर एमाओवादीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने वेलामा भने मञ्चमा रहेको काँग्रेसको एउटा झण्डा लुटेर एक एमाओवादीका कार्यकर्ता भागेपछि स्थिति तनावपूर्ण भएको थापाले बताउनुभयो। ‘उनीहरु शुरुदेखिनै तनावपूर्ण वनाउन चाहन्थे हामी शान्तिपूर्ण रुपमा कार्यक्रम सकाउन चाहन्थ्यौ तर अन्तिममा भने उनीहरु हिंस्रक भएर आए’ थापाले  टेलिफोनमा भन्नुभयो।
झण्डा लिएर भागेको एमाओवादी कार्यकर्तालाई रोक्न खोज्दा उनीहरुले उल्टै ढुङगा मुढा गरेको तिवारीले जनाउनुभयो। ‘अन्य चार ठाउँको कार्यक्रमको प्रभावले अझ राम्रो भएको आमसभामा करिव पाँच हजार सर्वसाधारणको उपस्थिति रहेको थियो’ थापाले सुनाउनुभयो। ‘उल्लेख्य जनसहभागितामा भएको कार्यक्रममा पार्टी प्रवेशका लागि पूर्व माओवादी प्लाटुन सह कमाण्डर दीर्घबहादुर गहतराज सहितका २० जना पूर्व लडाकु तथा वाइसिएल कार्यकर्ताको नाम लिनासाथ एमाओवादीहरु ढुङगा मुढा र झण्डा खोस्न उत्रेका थिए’ थापाले घटना विवरण सुनाउँदै भन्नुभयो। कार्यक्रम हुन नदिन मञ्चका लागि ल्याएको माइक अघिल्लै दिन खोसेका रहेछन तर साथीहरुले कसैगरी व्यवस्थापन गरेका रहेछन तर आज आक्रमणको असफल प्रयास गरे र अराजनीतिक व्यवहार प्रदर्शीत गरे थापाले भन्नुभयो।
कार्यक्रम भाड्न पुरै दिलोज्यानले लागेका उनीहरुले कार्यक्रम अवधिभर कार्यक्रमस्थल केहिपर बसेर हुटिङ समेत गर्दै आएका थिए। तर आक्रमण र ढुङगा मुढा गर्न आउँदा समेत त्यसको पूर्वाभास पाइसकेको प्रहरीले कुनै कार्वाही गरेन थापाको गुनासो थियो। ‘प्रहरी लाचार देखियो कहिले माथि सम्पर्क भएन भन्थ्यो कहिले आदेश आएन भन्थ्यो तर उदण्डता देखाउने र अराजनीतिक चरित्र देखाउनेहरुलाई एमाओवादी कार्यकर्ता भएकै नाममा केहि मात्रामा रहेका उनीहरुको अगाडी प्रहरी घुँडा टेकर बस्यो।’ थापाले हामीसँग भन्नुभयो ‘शान्ति सुरक्षा त परै जाओस प्रहरी एकदम लाचार भएर बस्यो।’
आफ्नो गढ भएको दावी गर्ने ठाउँमा काँग्रेसले गरेको कार्यक्रमबाट डराएर आक्रमण गर्ने एमाओवादी कति कायर रहेछ भन्ने पुष्टी गरेको थापाको प्रतिक्रिया थियो। उनीहरुको दुई तिहाईको धाक यस्तै गरेर हो भने त्यो सपना नदेख्न थापाले रुकुमबाटै चुनौती समेत दिनुभयो। कार्यक्रम सकेर फकर्ने क्रममा भिडबाट गाडीमा पनि ढुङगा प्रहार गरिएको भन्दै थापाले एमाओवादीलाई राजनीतक संस्कार नजाने सिक्न पनि सुझाव दिनुभयो।
(hamrakura)