७ चैत, बर्दिवास । महोत्तरीको हात्तीलेट-९ का शुक्रबहादुर आलेको परिवार
विदेश कमाउन गएको छोरा लिङ्ग परिवर्तन गरी छोरी भएर फर्केपछि आश्चर्यमा
परेका छन ।
घरको गरिबीले दिक्क भएर १० वर्षअघि १५ वर्षको उमेरमा भारत
पसेको छोरा वुद्घबहादुर आले भर्खरै छोरी भएर बबली नाउँ राखेर र्फकदा आले
परिवार आश्चर्यमा परेको हो । शुक्रबहादुर र चिजमाया आलेका तीनवटी छोरीपछिको
रहरको छोराले लिङ्ग परिवर्तन गरी छोरी बनेर घर र्फकदा अनौठोसँगै विस्मात
पनि लागेको आले परिवारले बताएका छन् ।
सन्तानको आफ्नै रहरको निर्णय
भएकाले उसको निर्णयमा चित्त बुझाएर खुसी हुनुपरेको आमा चिजमाया आलेको भनाइ छ
। वुद्घ छोरा भएर जन्मेपनि सानैदेखि छोरीजस्तै आनीबानी भएको र साथी पनि
केटीलाई नै बनाउने गरेको आले दम्पतीको पुरानो स्मृति छ ।
सानोमा कतिपयले मोङ्मेहरा (आइमाइजस्तो) भनेर जिस्क्याउँदा उ दिक्क मान्ने
गरेको बाबु शुक्रले वुद्घको वाल्यकाल सम्झदै बताएका छन् । अहिले १० वर्षपछि
लिङ्ग परिवर्तन गरेर फागुपर्व मनाउन घर आएकी बबली -वुद्घ)ले आफ्नो शरीरमा
पुरुष जनेन्द्रीय भए पनि आफू सधैँ केटी रहेको बोध हुने गरेकाले विज्ञानले
दिएको सुविधाअनुसार लिङ्ग परिवर्तन गरेको बताएकी छिन् ।
भारतको
मुम्बईमा काममा रहँदा त्यहाँका साहुले लिङ्ग परिवर्तन गर्न सल्लाह, सुझाव र
सहयोग जुटाई दिएपछि चार वर्षपहिले आफ्नो स्वभावअनुसारको लिङ्ग फेर्न
पाएपछि खुसी लागेको बबलीको भनाइ छ । नाच्ने, गाउने कुरामा निक्कै रमाउने
बबली यस्तो काम आफ्नै देशमा पाए विदेश नजाने बताउँछिन् ।
भारतमा हुँदा
एकदुईजना युवाको प्रेमजालमा परेको बताउने बबलीले तत्काल बिहेबारीको योजना
नरहेको स्पष्ट पारेकी छन् । उमेरमा आफूप्रति युवाहरु लठ्ठिनुलाई आफ्नो रुप,
यौवन र सौन्दर्यको करामत ठान्ने बबलीले रोजाइको जीवनसाथी नेपाली नै बनाउन
चाहेको बताएकी छन् । रासस