Mar 2, 2015

सन्नीको अर्को सनसनी (भिडियो)


sanny


पूर्व पोर्नस्टार सन्नी लियोनले नयाँ चलचित्र लीलामा सनसनी मच्चाएका छन् । लीलाको ‘तेरे बिन नही लगे’ शीर्षक गीत बिहीबार सार्वजनिक भएको छ । जुन गीतमा उनले ‘बोल्ड सिन’ दिएकी छन् । चलचित्रको ट्रेलरले यू ट्युवमा हंगामा गरिरहेको समयमा सन्नीको अर्को गीत सार्वजनिक भएको हो ।

श्वेतासँग एकरात बिताएको एकलाख ?

cute-swetha-basu-prasad-copy
एजेन्सी । बेश्यवृत्तिको आरोपमा केही समय अघि पक्राउ परेकी तेलंगु अभिनेत्री स्वेता वसु प्रसाद सँग एक रात बिताएको एकलाख पर्ने नयाँ तथ्य सार्वजनिक भएको छ । एक धनाड्य उद्योगपतिसँग अवैध यौनसम्पर्क गरिरहेका बेला पक्राउ परेकी स्वेताले एक रातको एक लाखसम्म लिने गरेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
उनका ग्राहक ठूला व्यपारी र उद्योगपतिदेखि ठूरा राजनीतिक घरानाका व्यक्तिसमेत रहेको दावी गरेका छन् । उनी करिब दुईसाता अघि उनी भारतको हैदरवादबाट पक्राउ परेकी थिइन् ।२३ वर्षीय अभिनेत्री हैदरावादस्थित एक होटलमा आइतबार आपत्तिजनक अवस्थामा पक्राउ परेकी हुन्। सन् २००२ मा भारतीय फिल्म ‘मक्दी’का लागि सर्वोत्कृष्ट बालकलाकारको नेसनल अवार्ड पाएकी भारतीय अभिनेत्री श्वेताले त्यसपछि थुप्रै हिन्दी सिनेमा, टिभी सिरियलहरु र तेलगु फिल्ममा अभिनय गरेकी थिइन्।

चितवनमा स्वाइनफ्लुका ६ बिरामी भेटिए, नेपालभरी ४३ जना ।


Image Title

चितवन, १८ फागुन, चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज जानकारी दिएको छ । योसँगै अहिलेसम्म जिल्लामा उपचार गराएका ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । केही दिनअघि यहाँ ४ जनामा फ्लु लागेको पुष्टि भएको थियो । 

Mar 1, 2015

के के हुन स्वाइन फ्लुका लक्षण ? यसबाट कसरी बच्ने ? बेलैमा ध्यान पुर्‍याउनुहोला नत्र ज्यान लिन्छ स्वाइन फ्लुले ।


राजधानीमा स्वाइन फ्‍लुबाट एक महिलाको मृत्यु भएको छ। बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार गराइरहेकी उनको स्वाइन फ्लुका कारण गएराति मृत्यु भएको स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो। काठमाडौंकै स्थायी बासिन्दासमेत रहेकी ति महिलाको नाम भने गोप्य राखिएको छ।
५० वर्षीय ती महिला एक साता अघि अस्पताल भर्ना भएकी थिइन्। उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार उनी दमको पुरानो रोगी थिइन्। यो वर्ष स्वाइन फ्लुले मृत्यु भएको यो नै पहिलो घटना हो। गत वर्ष स्वाइन फ्लुका कारण १८ जनाले ज्यान गुमाएका थिए।


Feb 19, 2015

मलाई शोषण गरे रेडियो मालिकले

diya-chandदिया चन्द - म सानैदेखि मिडियाप्रेमी । रेडियोमा अरूले समाचार पढिँरहदा र कार्यक्रमहरु प्रस्तुत गरिँरहदा मलाई निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थेँ, मपनि एकदिन त्यो स्थानमा पुग्न पाए, त्यसैगरि रेडियोबाट बोल्न पाए । केही समय सोच्नमै बित्यो ।
मानिसका आ–आफ्नै रुचि र चाहना हुन्छन् । त्यस्तै मलाई पनि एउटा एक असल रेडियोकर्मी बन्ने चाहना वा रहन थियो । म त्यही रेडियोकर्मी बन्ने एक उपयुक्त अबसरको खोजीमा थिएँ । रेडियो पत्रकार बन्ने तीब्र चाहना केवल मनभित्र मात्रै सीमित थियो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पूरा गर्ने यात्रामा हिँडिरहेँ ।
कुरा आज भन्दा करिब ११ महिना अगाडिको हो । २०७१ माघ २१ गतेको दिन थियो, रेडियो नागरिक १०४ दशमलव ३ मेगाहर्जको तरंग मार्फत मेरो आवाज तरंगीत हुन पुग्यो । कुनै औपचारिक तालिम वा कोसिसबिना नै मैले रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियोबाट तरङ्गीत हुन थाल्यो ।
बिनानियुक्ति मैले रेडियोमा काम सुरु गरेको त्यो दिनको सबै चित्र अहिले पनि मानसपटलमा ताजै छ । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिँदै गएँ । आफूलाई स्थापित गर्न प्रेरणा र अवसर सँगै चूनौतीहरु पनि थिए । म एउटा महिला पत्रकार, पत्रकारिता आफैमा एउटा चुनौतीपूर्ण पेशा हो । अझै त्यसमाथि सुदूरपश्चिमको सवालमा केहि थप चुनौती छन् ।
एकातिर सामाजिक बन्धन र अर्कोतिर श्रमको उचित मूल्याङ्कन हुन नसक्नु । मिडियाभित्र महिलालाई हेर्ने दृष्टिकोण र गर्ने खोजिने व्यवहार । बाहिर हेर्दा जति असल हुन्छ, भित्र त्यो भन्दा नितान्त फरक हुने रहेछ । त्यसैले होला, महिला पत्रकारहरु यो पत्रकाररिता पेशामा दीर्घकालीन रुपमा निर्धक्क भएर लागिरहन सक्दैनन् ।
मेरो बुझाइमा रेडियो गाउँबस्ती, समाज, कुनाकन्दराका आवाज विहीनहरुका आवाजहरुलाई बोल्ने माध्यम हो । तर, पछिल्लो समयमा रेडियो व्यापारीकरण हुँदै गएको छ । शोषित, पीडित, निमुखा र उत्पीडनमा परेका सबैखाले उत्पीडित आवाजहरुलाई आम जनतामाझ जस्ताको तस्तै प्रसारण गर्ने सञ्चारमा माध्यम (रेडियो) आज पैसा कमाउने भाँडोको रुपमा मात्र प्रयोग भएको त छैन ? प्रश्न उब्जिएको छ ।
रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागेरै भएपनि सेवामा हाजिर भइरहनुपर्ने अवस्था छ । त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने ।
अहिले झट्ट हेर्दा रेडियो दुई प्रयोजनको लागि खोलिएका देखिन्छन् । पहिलो, राजनीतिक पार्टीले आफ्नो विचारलाई जनतामाझ लैजान । अर्को, नितान्त पैसा कमाउन । पार्टीको प्रयोजनको लागि रेडियो सञ्चालन गर्ने पनि प्रतिस्पर्धा नै चलेको छ ।
मोफसलको शहरमा दर्जनौ रेडियोहरु भकाभक सञ्चालनमा आएका छन् । प्रायः धेरै राजनीतिक पार्टीको अगुवाइमा नै हुने गरेको देखिन्छ ।
कुनै राजनीति पार्टी वा नेताको प्रत्यक्ष लगानी गरेका छन् भने कसैले घुमाउरो पारामा आफ्नो लगानी गरेका छन् । त्यस्ता रेडियोको काम भनेको पार्टी वा उक्त पार्टीका नेताहरुले गरेको नराम्रा कामलाई लुकाउने र गुलिया लड्डु जनतालाई बाँड्ने ।
दोस्रो, नितान्त नाफाको लागि खोलिएका रेडियोलाई कमाउ धन्दामा प्रयोग गरिएको छ । मालिकको व्यवसायमा कुनै अवरोध हुन नदिने यस्ता रेडियोको पहिलो काम हुन्छ । मालिकको कमाउ धन्दाको बचाउ गर्नु उसको पहिलो कर्तव्य हो । मालिकको सेवा पहिलो शर्त त्यसपछिमात्र रेडियोकर्मी र श्रोताको ।
कर्मचारीहरुले भोकभोकै मालिकका पक्षमा स्वर सुकाएर बोल्नु उनीहरुको दैनिकी बनेको हुन्छ । रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागरै भएपनि सेवामा हाजिर भइरहनु पर्ने अवस्था छ ।
त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपाराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने उनीहरुको बाध्यता छ । अवस्था यस्तो छ । अब तपाईहरु आफै भन्नुहोस् यहाँ के भइरहेको छ ? यो मेरो छोटै समय भएपनि अनुभूति । यस्तो अवस्था निरन्तर अगाडि बढिरह्यो भने रेडियोले प्राप्त गरेको लोकप्रियता समाप्त हुनेछ ।
रेडियो पत्रकारिता गर्ने मेरो व्यक्तिगत सपना वा चाहना त पूरा भएको छ । तर आज मैले एउटा कुरा लेख्ने, बोल्ने र भन्ने हिक्मत गर्नैपर्छ । बिनानियुक्ति र बिना पारिश्रमिक नौ महिना इमान्दारीताका साथ रेडियो नागरिकमा काम गरियो । हरेक कुराको एउटा निश्चित सीमा हुन्छ । उक्त सीमालाई कसैले पार नगर्नु बुद्धिमानी हुन्छ । क्षेत्र चाहे जुनसुकै होस् ।
अझै सिधा भाषामा भन्नुपर्दा रेडियो नागरिकले मेरो श्रमकोशोषण गरेको छ । मैले घाम–पानी र भोक–तिर्खा नभनी दिन रात रेडियोको लागि गरेको परिश्रम र मेहनतको मूल्य खोज्दै भौँतारिनु परिरहेको छ ।
मलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो नागरिकप्रति सदैव सम्मान रहनेछ तर मेरो आफ्नो श्रम पसिनाको धज्जी उडाउने रेडियो नागरिकका साहु महाजनलाई मैले नजरअन्दाज गर्न सक्दिन ।
हो, काम गर्दा मेरा पनि केहि कमि–कमजोरी भए होलान् तर रेडियो नागरिकको स्तरोन्नतीका लागि सबै बल, वृद्धि र विवेक लगाएको थिएँ । जसरी म रेडियो नागरिकमा खटिएको थिएँ, त्यसरी नेपाल सरकारले सीमा सुरक्षाको लागि सुरक्षाकर्मीलाई खटाएको भए भारतीय सुरक्षाकर्मीको आतंक हामीले भोग्नुपर्ने नै थिएन ।
आफूसँग कला र क्षमता भएमा स्थान पाउँदो नै रहेछ । त्यसैले होला रेडियो नागरिकबाट बिनाकारण र बिना पारिश्रमिक लखेटिएपनि पनि अहिले म रेडियो पश्चिमी नेपालमा काम गरिरहेकी छु । जुन दिनबाट षड्यन्त्रमूलक ढंगबाट मलाई हटाइयो, त्यही दिनबाट यो रेडियोमा काम गर्ने अबसर पाएँ ।
यो युग आधुनिक भएसँगै रेडियो पत्रकारिता पनि आधुनिक हुँदै गएको छ । हिजो आकाशीय तरंगबाट मात्रै सुन्न सकिने रेडियो अहिले इन्टरनेटको माध्यमबाट समेत सुन्न सकिने भएको छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई–बोलाइ र हरेक प्रस्तुतिमा समेत आधुनिकीकरण बन्दै गएको छ ।
अत्यमा, मलाई रेडियो पत्रकारितामा डोर्याउनुहुने मेरो आत्मिय साथी कमल बुढालार्इ हृदयदेखि नै बिषेश आभार प्रकट गर्दै सम्झन चाहन्छु । जसले बाल्यकालदेखिको रेडियोकर्मी बन्ने सपना पूरा गर्न मद्दत गर्नुभयो । उहासँग मैले धेरै कुरा सिकेको छु, जुन म कहिलै भुल्न सक्दिन उहाँको प्रेरणाले म अहिलेसम्म रेडियो पत्रकारिताबाट विचलित भएको छैन । एक असल रेडियोकर्मी बन्नको लागी मेरो रेडियो पत्रकारिताको अझै यात्रा जारी छ । (Realkhabar.com)