Mar 3, 2015

हाँस्दाका फाइदा -जाइफलको बासना नबोलेनि हाँसिराखन… ।



जाइफलको बासना नबोलेनि हाँसिराखन यो गीतमा झैं पक्कै तपाईँलाई पनि मायालुले हाँसिरहन भन्छन्÷/भन्छिन् होला त्यसो भए कन्जुस्याई किन ? जब कि मुस्कानले मायालुलाई मात्र खुशी राख्दैन, यो आफैंमा प्राकृतिक दर्द निरोधक पनि हो
व्यस्त जिन्दगी, गरिवी, शोेषण, महँगी, बेरोजगारी, रोग भोकले विश्वका एक चौथाई मानिस तनावमा छन् हाम्रो समाजमा ७५ प्रतिशत मानिस विभिन्न रोगलगायतका कारणले यस्तो समस्या झेल्छन्् यस्ता रोगहरू अव्यवस्थित प्रकृृति विरोधी आहारविहार शरीरका अंग अंगमा चाहिने अक्सिजन नपुग्नाले लाग्ने गर्छ
भित्री हाँसोले रक्तसञ्चार प्रणाली सक्रिय हुन्छ प्रत्येक अंगमा अक्सिजन पुग्छ गहिरो हाँसोलाई मानव जीवनको एक अमुल्य रत्नको मान्यता दिएर पछिल्लो समय विश्व मुस्कान दिवस (वल्र्ड लाफिङ्ग डे) समेत मनाउन थालिएको हाँस्ने बेलामा शरीरमा एन्डर्फिन्स नामक हर्मोन बहन्छ जसले पिडा कम गर्छ हाँस्ने प्रक्रिया मानसिक शान्तिकाबीच अटुट सम्बन्ध हुन्छ गहिरो हाँसोले तनाव, प्रेसर, टाउको दुख्ने, हाड तथा नशाको दुखाई क्यान्सरलगायतका रोगसँगको प्रतिरोधात्मक क्षमता विकास हुन्छ मानिसलाई खुसि राख्ने अक्सिटोसिन हर्मोन बृद्धि हुन्छ यसले आत्म विश्वास निर्णय क्षमतासमेत बढाउँछ
उस्तै विचारका मानिस समूहवद्ध भई प्रत्येक दिन हाँस्नाले उक्त क्षेत्रमा इलेट्रोमैग्नेटिक लहर उत्पन्न हुन्छ जसले त्यस स्थानलाई नकारात्मक शक्तिको प्रभावबाट जोगाउँदछ
त्यसैले किन दिल दुखाउनु ? किन रुनु ? आजैबाट दिल खोलेर हासौं लाखौं पिडा रोगबाट टाढै बसौं एजेन्सि


ज्वानोले गर्ने फाइदाहरु

ज्वानो एक मसला हो यो उष्ण प्रकृतिको मानिन्छ यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ बच्चा आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ कुपोषण भएका लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ   दूध बढाउँछ आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ
यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको
पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ पेट फुलेमा भुटेको ज्वानो एक चम्चा थोरै बीरेनून मिसाई पिस्ने त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ   महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ