Feb 10, 2013

कुकुरको घाँटीमा मेसिन

अबको ३ वर्षभित्रमा बेलायतका सबै कुकुरको घाँटीमा माइक्रोचिप्स लगाइने भएको छ । सर्वसाधारणबाट कुकुर हराएका गुनासा निकै बढेपछि सरकारले यस्तो योजना बनाएको हो । कुकुर आफै हराउने मात्र कुकुर बुढो भएपछि भुस्याहा बनाएर छाडिदिने कुकुर मालिकको प्रचलनलाई रोक्न यस्तो विधि अपनाउन लागिएको हो । बेलायतमा वर्षेनी १० हजार कुकुर हराउँछन् । जसमध्ये आधाजसो हराएका कुकुरलाई उनीहरुका



मालिकहरुले भेट्नै सक्दैनन् । अब घाँटीमा जडान गरिने चामलको गेडा आकारको माइक्रोचिप्सले कुकुर कुन कुकुर कहाँ छ भन्ने कुरा पत्ता लगाउन सकिनेछ ।यद्यपि बेलायतमा आधाभन्दा बढि अथात् ८० लाख कुकुरलाई पहिले नै माइक्रोचिप्स लगाइसकिएको छ । कुकुर मालिकले स्वेच्छाले आफ्नो कुकुरलाई यस्तो मेसिन लगाइदिने गरेकोमा तर अब भने सन् २०१६ को अपि्रल सम्ममा अनिवार्य रुपमा माइक्रोचिप्स लगाइदिनुपर्नेछ । यो व्यवस्थासँगै अब कुकुर किन्नु वा बेच्नु अघि कुकुर मालिकले उक्त कुकुरबारेको सबै विवरण दर्ता गराउनुपर्नेछ । यो नियम पालना नगर्नेले झण्डै साढे ६ हजार रुपैयाँ बराबरको जरिवाना तिर्नुपर्नेछ । जबकी माइक्रोचिप्स जडान खर्च झण्डै ३ हजार रुपैयाँ जति खर्च गर्नुपर्नेछ ।कुकुर मालिकले नियतबस घरपालुवा कुकुरलाई सडकमा पूराएर छाड्ने र कतिपय अवस्थामा हराएको कुकुर घरमालिकले चिन्न नसक्दा समेत कुकुर छाडा तथा भुस्याहा बन्ने क्रम बढेसँगै सरकारले यस्तो नियम बनाउन लागेको बेलायती वातावरण मन्त्रीले बताएका छन् । साथै टोक्ने तथा संक्रमणकेा शंका रहेका कुकुरको नियन्त्रणका लागि नयाँ प्रहरी बल समेत निर्माण गरिएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: