Feb 15, 2013

खस्यो उल्का पिण्डको टुक्रा


 रुसमा उल्कापिण्डको टुक्रा खसेर घरको शिशा फुट्दा कम्तीमा ५ सय घाइते भएका छन् । उल्कापिण्डले ६ बटा शहरमा क्षति पुगेको छ ।

 
यूराल शहरमा उल्कापिण्डको ओगो झै टुक्रा उड्दै गएको देखिएको थियो, जसका कारण श्रृखलावद्ध विस्फोट भएको रुसको आन्तरिम मन्त्रालयलाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्थानीयका अनुसार धर्ती हल्लिएको महशुस भएको थियो भने गाडीहरुको अलार्म बजेको थियो.
उल्कापिण्डको टुक्रा चेल्याबिन्स्क शहरबाट २ सय किलोमिटर उत्तरस्थित येकातरीनबर्गमा खसेको देखिएको एक प्रत्यक्षदर्शीले बताएको छ । स्थानीय सञ्चार माध्यमहरुका अनुसार जस्ता उद्योगको छतको ६ सय वर्गफीट ध्वस्त भएको छ ।

1 सबै कमेन्टहरु हेर्नुहोस्:

Unknown said...

nepal ma nakhase hunthiyo hehe