Feb 16, 2013

हिउले बनेको विश्वको सबैभन्दा ठण्डा होटल (फोटोहरु पनि)



स्विडेनमा एउटा यस्तो होटेल छ जुन विश्वको सबैभन्दा चिसो होटेल हो । उत्तरी स्विडेनको जुक्कासजार्भीमा अवस्थित यो होटेलमा रिसेप्सन देखि लिएर ओछ्यान समेत बरफले बनाइएको छ ।

५९ हजार २ सय वर्ग फिट क्षेत्रफलमा फैलिएको यो होटल २ हजार टन बरफबाट बनाइएको छ । साथै थप ३ हजार टन बरफ र हिउँकेा मिश्रण पनि यो होटेल बनाउनका लागि प्रयोग गरिएको छ ता की पग्लेर नभत्कियोस् ।
विश्वभरीका कलाकारहरु हरेक हिउँदमा यो होटेलमा आउँछन् र आ आफ्ना कलाकारिता प्रदर्शन गर्दै यो होटेलमा एक न एक संरचना थप गर्छन् ।
यो होटेलमा आउने पाहुना बरफको ओछ्यानमा मृगको छालाको ओछ्यानमा सुत्न पाउँछन् र चिसोबाट बच्न पाहुनालाई विशेष प्रकारका कपडा दिइन्छ ।
नजिकै एक परम्परागत बासस्थल पनि तयार गरिएको छ जहाँ एक रात हिउँमा सुतेका पाहुनाहरुलाई राखिन्छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: