Feb 15, 2013

झुक्याइ रेखाले


नेपालकी चर्चित तथा आफुलाई एक नम्वरको नायिकाको रुपमा चिनाएकी रेखा थापाले नेपालमा मात्रै होईन विदेशमा समेत वस्ने नेपालीहरुलाई झुक्याउन सफल भएकी छिन् । मलेसियामा आउदो आईतवार देखि हुने रिमिक्स धमाका ५ कार्यक्रममा सहभागि हुने कार्यक्रम अनुसार पारिश्रमिक लिएर सवै भिषा भैसक्दा समेत एकाएक आयोजकलाई थाहा नदिईकन अमेरिका पुगेपछि आयोजकहरुलाई समस्या भएको हो ।
मलेसियामा उनी आउनेभएपछि करीव पाँच हजार टिकट अग्रीम वुकिङ भैसकेको थियो भने रेखा थापाको नामको हजारौं पोस्टरहरु मलेसियामा छ्यापछ्याप्ति भएको आयोजक मध्येका एक इश्वरी ढकालले वताउनुभयो । उहाँले भन्नुभयो ,”हामिले उनलाई दिनुपर्ने सवै पारिश्रमिक र भिषा सवै उपलब्ध गराईसकेको थियौं, अचानक अमेरिकावाट आउन सक्दिन भनेपछि छाँगाबाट खसेजस्तो भयौँ ।” रेखाले दिएको अमेरिकाको फोन नम्वरमा पनि कहिले फोन लाग्ने र कहिले फोन नलाग्ने भएको छ । 
आयोजकहरुले वारम्वार फोनवाट मलेसिया आउन अनुरोध गरिरहँदा उनी झर्केर जवाफ दिने गरेको आयोजक मध्येका अर्का राजेश श्रेष्ठले वताउनुभयो । मलेसियामा रहेका दर्शकहरुले वारम्वार फोन गर्दा आफु चाहेर पनि आउन नसकेको वताउँदै आएकी छिन् ।
उनले “मेरो सिंगल इन्ट्री भिषा भयो त्यसैले आउन सकिन” भनेर छोटो जवाफ दिने गरेकि छिन् । मलेसियामा विदाको अवसर पारेर रिमिक्स धमाका ५ को आयोजनाको लागि गायक प्रमोद खरेल,नायिका अनु शाह,गायिका माण्डवि त्रिपाठि,विरहि कार्कि, जागेन्द्रर र सुरेन्द्र केसि,(मुलाको साग ) आउने भएका छन् । नायिका रेखाले धोका दिएपछि नायक तथा संचारकर्मि दिनेश डिसि र नायिका झरना थापालाई ल्याउने तैयारी भैरहको आयोजकहरुले जानकारी गराएका छन् 

0 सबै कमेन्टहरु हेर्नुहोस्: