Feb 14, 2013

क्षुद्र ग्रह पृथ्वीको नजिक आउँदै टीभी प्रशारण रोकिन सक्ने (फोटोफिचर सहित)



शुक्रबार एक भयानक क्षुद्रग्रह पृथ्वीको निकै नजिकबाट पार हुनेछ । २०१२ डिए १४ नामको उक्त क्षुद्र ग्रह पृथ्वीमा ठोक्किने सम्भावना छैन । तर, यदि ठोक्कियो भने त्यसबाट उत्पन्न हुने उर्जा वा त्यसले गर्ने विनाश १ हजार वटा आणविक बम 
पडि्कए सरह हुने बताइएको छ ।

अमेरिकी अन्तरीक्ष संस्था नासाले यो क्षुद्रग्रह पृथ्वीमा ठोक्किने सम्भावना नरहेको भएपनि यो भुउपग्रहहरुका कक्षहरुसम्म भने पुग्ने बताएको छ ।
यो क्षुद्रग्रहले अन्तरीक्षमा रहेका कृत्रिम भु उपग्रहका कक्षमा असर गर्दा शुक्रबार विश्वभरका स्याटेलाइट टेलिभिजन प्रशारणको तरंगमा असर पुग्नसक्ने अनुमान गरिएको छ । साथै स्याटेलाइट टेलिफोन तथा मौसम पूर्वानुमानका लागि प्रयोग भएका भु उपग्रहको कक्षमा समेत



यसले असर पुग्ने बताइएको छ ।
यो क्षुद्रग्रह १५० फिट चौडा रहेको बताइएको छ । यो क्षुद्रग्रह पृथ्वीको यति नजिकबाट पार हुनेछ की त्यो दुरी अहिलेसम्मकै सबैभन्दा कम हुनेछ । यो क्षुद्रग्रह पृथ्वीभन्दा २७ हजार ६ सय ८१ किलोमिटर माथिबाट पार हुने बताइएको छ ।
यो क्षुद्रग्रह गएको वर्ष स्पेनका एकजना खगोलविदले पत्ता लगाएका थिए । ५ माइल प्रति मिनेटको गतिमा हुइँकिने यो क्षुद्र ग्रह गोलीको गति भन्दा ८ गुणा तिब्र गतिमा हुइँकिनेछ । यो क्षुद्रग्रह खाली आँखाले नदेखिने र दुरबिनको सहायताले भने हेर्न सकिने खगोलविद्हरु बताउँछन् । सूर्यास्तपछि उत्तरपूर्वी क्षितिजमा यो क्षुद्रग्रह देखा पर्ने बताइएको छ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: