Jun 25, 2013

ma timi bina marihalchu-म तिमि बिना मरिहाल्छु-

ma timi bina marihalchu-म तिमि बिना मरिहाल्छु-nepali movie full

Jun 23, 2013

माओबादिहरुले मारेर पनि बाचेकाहरु

हिंसात्मक द्वन्द्वकालमा माओवादीले घाइते बनाएका र 'क्रस फायर'मा परेकाहरूलाई सरकारी बेवास्ताले झन् आहत बनाएको छ। 

“मेरा आँखै अगाडि उनीहरूले शम्भुको टाउको र शरीर भीरबाट फ्याँके” १० दिनमा होस खुलेका नगेन सुनुवार (३९) ले कम्मरको घाउ छोप्दै भने, “मर्‍यो भनेर मलाई पनि भीरबाट हुत्याइदिएको सम्झ्ना छ, बिउँझ्दा अस्पतालको बेडमा थिएँ।”
घटना २३ जेठ २०५९ बिहान १० बजेको हो। झापा धरमपुर–५ का नगेन र छिमेकी शम्भु तोपगाछी गाविसको केरखा बजार गएका थिए। उनीहरूलाई माओवादीले ‘केही गफ गर्नुछ’ भन्दै बजारमाथिको नर्सरीमा लगे, जहाँ थप माओवादी भेटिए।
उनीहरूले केही कुरै नगरी लाठा नभाँच्चिउन्जेल पिटेर हलचल गर्न नसक्ने बनाएपछि नगेन र शम्भुलाई साइकलमा हालेर त्यसको चार घण्टामा दक्षिण इलामको मैनाचुली डाँडा पुर्‍याए।
सुराकीको बात लगाउँदै दुवै हात डोरीले कसिएका उनीहरूलाई त्यसपछि भीरबाट हाम फाल्न भनियो। “तर, हाम फाल्न नसकेपछि शम्भुलाई खुकुरी दिंदै मलाई काट्न भने, तर उसले मानेन”, नगेन भन्छन्, “अनि २५ वर्ष जतिको युवकले शम्भुलाई निहुरिन लगाएर घाँटी छिनायो।”
माओवादीहरूले पच्चीस ठाउँमा काटेर मर्‍यो भनी भीरबाट खसालिदिएका नगेनलाई भने तीन दिनपछि सामुदायिक वन हेरालुहरूले पहराको फेदमा भेट्टाए। त्यसपछिको दुई वर्ष उनले धरान, झापा, मोरङ, सुनसरी, काठमाडौं र सिलगुडीका अस्पतालमा बिताए।
यसक्रममा धरमपुरको १६ कट्ठा जमिन र बजारछेउको घर सकियो। शरीर अपाङ्ग भएको छ, हिंडडुल गर्न सहारा चाहिन्छ। दुखाइ कम गर्ने औषधि खान पैसाले पुग्दैन। नगेनको घुच्चुकमा खुकुरीले काटेका दाग छन्। पेटमा आठइञ्च लामो खत छ। घाँटी, कम्मर, तिघ्रा, पिंडुला, हातपाखुरा जहींतहीं चोटैचोट छन्। कम्मरको घाउ ११ वर्षमा पनि निको भएको छैन।
उनी अहिले मेचीनगरपालिका–१० को पालिया खोलाको सुकुम्बासी बस्तीमा बस्छन्। दुई छोराछोरीको पढाइ ससुरालीले हेरिदिएका छन्। चामल र नुनभुटुन इष्टमित्र–आफन्तहरूले जुटाइदिइरहेका छन्। रकम चेम्जोङ शान्ति मन्त्री हुँदा मन्त्रालयबाट पाएको रु.१ लाख ८० हजार ऋण तिर्दैमा सकियो। “मैले न न्याय पाएँ न त उपचारमा सहयोग”, नगेन भन्छन्।


मोहम्मद अपुताली

राजगढ–४ मा अर्का घाइते मोहम्मद अपुताली (४५) शनिबारे हाटमा खसी काटेर जेनतेन १३ जनाको परिवार पालिरहेका छन्। उनको दायाँ कञ्चटमा माओवादीको दुइटा गोली अझै छ।
“तेस्रो गोली छातीमै हानेका थिए, तर कोखामा लागेर बाहिरिएछ”, अपुताली भन्छन्, “बाँच्न त बाँचें, तर तीन महीना अस्पताल बस्दा दुई लाख ऋणमा डुबेको छु।”
सुराकीको आरोपमा ९ माघ २०६० को बिहान अपुतालीसँगै लगिएका उनका छिमेकी खिरन राजवंशीले भने माओवादीको गोली थेग्न सकेनन्। खिरनलाई मारेपछि आफूलाई लगालग गोली हानेर माओवादीहरू भागेको अपुताली सम्झ्न्छन्।
त्यसपछि पनि माओवादीले गाउँमा बस्न नदिंदा उनी दुई वर्ष बिहारको दिघलबैंक गएर पेट पाले। जीउभित्र गोली भएकाले जाडोमा शरीर दुख्छ, गर्मीमा पोल्छ। “बाबुआमा र जहान छोराछोरी पाल्न रुँदै बाँचेको छु”, अपुताली भन्छन्, “कमसेकम सरकारले उपचार त गरिदिए हुन्थ्यो!”
जिल्ला शान्ति समिति झापासँग जिल्लामा ३३ जना द्वन्द्वकालीन अपाङ्ग र १६ जना घाइते भएको विवरण छ। उनीहरूमध्ये माओवादी केन्द्रीय सदस्य धर्मशिला चापागाई, कोचिला राज्य समिति सदस्य छत्र तिम्सिनासहित ९ जनाले राज्यबाट राहत बुझेका छन्। बाँकी घाइते र अपाङ्गले कहिले राहत पाउने हुन्, समितिलाई नै थाहा छैन।


नरबहादुर मगर

शरणार्थीलाई राहत दिन मिल्दैन!
नरबहादुर मगर (४९) भुटानी शरणार्थी हुन्। १ वैशाख २०६३ को दिउँसो १ बजे उनी बेलडाँगी शिविरछेउको आफ्नै छाप्रे होटलमा थिए। त्यहीबेला सशस्त्र प्रहरीका एकजना घुमुवा जवानलाई माओवादीले बेलडाँगी बजारमा गोली हाने।
त्यसपछि दोहोरो गोली चल्यो। केटाकेटीलाई खाटमुनि लुकाउँदा लुकाउँदै नरबहादुरको दायाँ छातीमा पनि गोली लाग्यो, जुन उनले अझै बोकिरहेका छन्।
कलेजो र फोक्सोको बीचमा रहेको गोली झिक्ने सघन शल्यक्रिया गर्दा रु.१० लाख खर्च हुने चिकित्सकले बताएका छन्। राष्ट्रसंघीय शरणार्थी आयोग युएनएचसीआरले तौलेर दिएको अन्नपानीमा निर्भर नरबहादुर त्यत्रो पैसा जुटाउने अवस्थामै छैनन्। दुखाइ कम गर्न दैनिक रु.७५ को औषधि चाहिने उनी त्यति पैसा नभएको दिन लोकल रक्सी पिएर गोलीको डाह भुल्ने कोशिश गर्छन्।
उनी भन्छन्, “नेपाल सरकारले शरणार्थीलाई राहत दिन नमिल्ने बतायो, युएनएचसीआर गोलीको उपचार गर्ने म्याण्डेट छैन भन्छ।”
गोपाल गडतौला, झापा (HImal Khabar)

एक्लो जीवन

रातको झन्डै १२ बज्न लागिरहेको थियो । सुनसान सडकमा कोहि कसैको आवाज थिएन । म काम सकेर घर फर्कने क्रममा थिएँ । म आफ्नो कोठा पस्न मात्र के लागेको थिएँ , मेरो कोठा संगै जोडिएको अर्को कोठाबाट अनौठो किसिमको आवाज निस्किरहेको सुनें, तर मैले यकिन गर्न सकिन की त्यो केको आवाज भनेर ?

टक्क रोकिएँ एकछिन, नजिक गएर सुन्ने कोसिस गरें । कोहि छटपटीदै जापानी भाषामा ऐया ऐया भनिरहेको जस्तो सानो आवाज होकी जस्तो लाग्यो मलाई । त्यसैले मलाई भित्र छिर्न मन लाग्यो तर मलाई डर लागेर आयो किनकि जापानमा हत्पति कोही अरुको कोठामा छिर्दै छिर्दैनन र अरु छिरेको पनि मन पराऊदैनन ।

तर मेरो मन मानेन । ढोका ढकढकाएर भित्र छिरें । कोठाभरि पुरै जुस अनि बियरका खालि बोतलहरु छरपस्ट थिए । पाईला टेकने कुनै ठाऊँ थिएन त्यहा । फोहरहरु पनि जताततै छारिएका थिएकी मानौ की त्यो कोठा कुनै फोहर फाल्ने ठाऊँ जस्तो देखिन्थ्यो ।

यताउति हेरें कोहि देखिन मैले । एकछिन त्यहिं उभिएर बसें, अनि फेरी कराएको आवाज आयो । अनि मैले एउटा कपाल फूलेको झन्डै ८० नाघेको जस्तो देखिने बुडो जापानीलाई देखें, एउटा खाटमा कराउँदै ढलिरहेको अबस्थामा । त्यहा अरु कोही थिएन न उनका छोराछोरी थिए, न त कोहि नातागोता नै थिए । यस्तो अबस्था देखेर मलाई लाग्यो ऊनी लामो समयदेखि एक्लो जीवन बिताइरहेको हुनु पर्छ ।

म ऊनको नजिक गएँ, शरीर धेरै सिथिल देखिन्थ्यो, अनि धेरै बिरामी पनि । ऊ म संग केहि बोल्न खोज्यो तर बोल्न सकिरहेको थिएन । म आँत्तिएर पानी खुवाउन यताउती पानी खोजें कतै भेटिन मैले । अनि मेरो कोठामा पानी लिन गएँ । फर्केर पानी खुवाउछु भनि ऊनको टाउको उठाउन खोज्छु, ऊनको टाउको अनि पुरै शरीर चिसो पाउँछु मैले । तरपनि फेरी पानी खुवाउन खोज्छु, मुख आँ गराउन खोज्छु सक्दिन मैले । अनि नाडी छाम्छु रगत चल्न छाडिसकेको हुन्छ र मरिसकेको पाऊँछु मैले ।

म आँतिन्छु , मलाई डर लगेर आउँछ । अब के गर्ने? अनि कसलाई खबर गर्ने ? भनेर । किनकि ऊनको साथ न परिवार छ न छोरा छ न छोरी नै । कहाँ कहाँ नेपालबाट आएको म एक्लो छु उनको साथ । त्यसैले म माथी कुनै दोष लाग्ला भन्ने डर लागेर आउँछ मलाई । अनि ऊनको त्यो अबस्था देखेर म गंभीर हुन्छु, यो कस्तो चलन हो? की एक्लो जीबन जीउनुपर्ने? आफुले जन्माएको छोराछोरी भएरपनि । अनि के महत्व भो र? आफुले जन्माएको छोराछोरीको? जन्मायो, हुर्कायो, बढायो अनि मर्दा खेरि कोहि न कोहि भनेर ।

अन्तमा, प्रहरीलाई खबर गर्न मैले जापानी कोठामा हुने emergency रातो बटन दबाएँ । केहि छिनमानै आइपुगे गाड़ी लिएर केहि प्रहरीहरु । अनि मैले सम्पूर्ण घटनाका विवरणहरु बताईदिएँ उनीहरुलाई । अनि के के कागजहरु बनाएर मृत शरीरलाई जलाऊनको लागि भनेर काठको एउटा बाक्सामा हालेर लगेर जान्छन । जुनबेला न कोही उनका पछिपछि जाने मलामी हुन्छन् , न त कोही क्रियापुत्र नै हुन्छन , मात्र एक्लो थियो मृत शरीर, अनि थिए केहि चिन्दैनचिनेका प्रहरीहरू । (sahitya ghar)



- भिमेश्वोर ३ दोलखा
हाल: योकोहामा जापान

Jun 21, 2013

विश्वको सबै भन्दा मोटो बच्चा

9 बर्षिया Jessica Gaude उनिको धेरै साथीहरु भन्दा भिन्नै छिन । किनकी उनको वजन २२२ किलोग्राम छ । उनी दुनियाँकै सब भन्दा मोटी बच्चा हुन । उनी एक दिनमा १०००० क्यालोरी जसमा कोकाकोला , १५ ह्याम्बर्गर , केही किलोग्राम आलु र चकलेटहरु खान्छिन । उनी एक दिनमा जती खान्छिन त्यती अरु बच्चाहरुले आधा बर्षमा ... । उनी नाश्तामा मात्र white bread , आलुको चिप्स र २ लिटर कोक खान्छिन र त्यतीले पनि उनिलाई चित्त बुझ्दैन र अरु माग्छिन । चार बर्ष पहिले उनी डाक्टरकोमा जादा उनी ११० किलोग्रामकी थिईन तर दुर्भाग्य अहिले यस्तो छैन , उनी अहिले हिंड्न डुल्न सक्दिनन मात्र भुईमा घिस्रेर यताउता गर्न सक्छिन । उनको शरीरको हड्डी धेरै बजन थाम्न नसकेर पहिले नै बिक्रित भई सकेको छ ।
आमा Carolyn Jessicaले जे माग्छिन त्यो दिन्छिन , जेसिका जन्मेको १ हप्तामा जब बच्चा पेट दुखाएर रोइन आमा Carolyn ले यो सोचिन कि शायद उनिलाई भोक लाग्यो त्यसैले रोएकी । " मैले त्यती खेर उनिलाई एक बोटल दुध दिए र त्यती खेर नै उनिले अझ अरु अझ अरु मागी , उनको भोकको अन्त नै भएन " आमा Carolyn भन्छिन । डाक्टरहरुले पहिले नै चेतावनी दिई सकेको छ कि यदी उपचार गरिएन भने बच्चाको स्वास्थ्य अझै खराब हुनेछ र उनको ज्यानको पनि खतरा हुन सक्छ । तर Jessica कि आमा के औषधी ख्वाउने भन्ने बारे सोच्न सकिरहेकी छैनन र उनको बच्चा भने अझै मिठाई खान र त्यो जारी नै राख्न चाहन्छिन ।

मुटु छुन्छ यो कथाले नपढी सुखै छैन ।

........................"म रुपेश कहाँ पुगेर आउछु, केही जरुरी कुरा गर्नुछ । शायद दुई घण्टा जतिमा फर्किन्छु होला । " जीवनले आफ्नी श्रीमती ज्योतिलाई यति कुरा बताउदै मध्यान्हको चर्को घाममा सरासर हिड्यो । संयोगबश बाटैमा जीवनको रुपेशसँग भेट भयो । आवश्यक कुरा गरेर उ २० मिनेटमै घर फर्कियो । उ सरासर आफ्नो कोठामा आयो र ढप्काइएको ढोका ठेलेर भित्र पस्यो । तर त्यहा श्रीमती ज्योति र भद्रमान यौनक्रिडा गरिरहेका थिए । सो दृष्य देखेर जीवन किंकर्तब्यविमुढ भयो । आँखाहरुले धोका दिएको आभाष भयो । मनले केही ठोस् निर्णय लिन सकेन । सपना देखेको झझल्को भयो ।

अप्रत्याशित रुपमा जीवनलाई कोठामा देखेर दुबैजना सम्हालिए तर उनिहरु नग्न अवस्थामा थिए । शरीरमा कपडाको धरो पनि नभएकोले भुईमा थुपारेको कपडा लिन हात बढाउनु आगावै जीवनले भुइको कपडा टिपेर बाहिर आगनमा हुर्याइदियो । स्वास्नीको चर्तिकलाबाट हिनताबोध भएको जीवनको शरीरमा रिसको पारो उग्र भएर चढ्यो । आफुलाई साक्षात यमराजको रुपमा उभ्याएर हतारमा यौनपिपासुहरुले लगाउन बिर्सेंको ढोकाको आग्लो समायो अनी बम्क्यो - "थुईक्क रण्डी , कलंकिनी , यही जात्रा देखाउन मलाई अस्पताल लगी २-२ महिना सेवा गरेर बचाएको ? वेश्या , मलाई पहिल्यै घाँटी कसेर किन मार्न सकिनस र अहिले जिउदै मरेतुल्य बनाइस ?" उसले श्रीमतीलाई खुब भकुर्यो , कपाल जगल्ट्यायो , लात बजार्यो । रगतको भल बग्ने गरी हानेर थिलथिलो पार्यो ।

"गुहार गुहार ज्यान मर्न आट्यो, बचाउ!" आफुलाई समेट आईपर्नसक्ने प्रहारबाट त्रसित भएर भद्रमान सहयोगको लागि चिच्यायो । भुइँमा लडेर चित खाएकी ज्योति भने पानी पानी भन्दै बर्बराउन थाली । जीवनका हातखुट्टा निस्कृय भएर ज्योतिमाथि खनिन छाडे । भद्रमानले घरबाहिर कतै वन, जङ्गल, धारा, एकान्तस्थलमा जवर्जस्ती बलात्कार गरेको थिएन । त्यसैले जीवन भद्रमानमाथि जाइलागेन । आफ्नो घरमा मध्य दिउँसो त्यस्तो कार्य गर्नु सबै दोष स्वास्नीको थियो । स्वास्नीलाई त्यही अवस्थामा मार्न सक्दथ्यो तर उसले मार्न चाहेन, भोली कानुनी बन्धनबाट आफुमाथि आईपर्ने ब्ववधानहरुबारे उ पूर्ण परिचित थियो ।

उसले बिज्ञान बिषयमा पहिलो श्रेणीमा अमेरिकाबाट एम. ए. पास गरेको थियो । बिज्ञानका अनेकौ अनौठा र आस्चर्यजनक आविष्कारहरु गर्न सफल थियो जीवन । गरीब र जेहेन्दार विद्यार्थीको रुपमा छात्रबृत्ति पाएर अध्ययन गर्न अमेरिका पुगेको जीवनलाई राजनैतिक खिचातानीबाट छात्रबृत्ति समाप्त पारेर स्वदेश झिकाइएपछि उसका अध्ययनहरु पुरा हुन पाएनन । नयाँ अनुसन्धानको क्रम पनि आर्थिक समस्याले गर्दा त्यसै बिलाएर गएको थियो । जतिबेला जीवनलाई जागिर खान आजन्म अयोग्य घोषित गरिएको थियो, त्यति बेलादेखि नै बिज्ञानका अनुसन्धानात्मक आविष्कारहरु नगर्ने प्रण गर्दै किसान भएर गाँउमै जिन्दगी बिताइरहेको थियो ।

गुहारको शब्द सुनेर आएका छिमेकीहरु लाठा र मुग्रा बोकेर कोठा भित्र पसे तर त्यहाको दृष्य देखेर सबै चुपचाप रहे । ज्योति र भद्रमानको दिगम्बर भेषको अर्थ बुझ्न निमेषभर लागेन तिनिहरुलाई । थुइक्क 'अगतिनी नकचरी' भन्दै आगनमा मिल्काइएका कपडाहरु छिमेकीहरुले भित्र हुर्याइदिए ।

लुगा लगाएर भद्रमान बाहिर आयो , मानौ कुनै कालखण्डबाट बाँचेर आए जस्तो थियो । चुपचाप अगाडि बढ्यो र केही क्षणमै अदृष्य भयो । उसको बारेमा कसैले कुनै टिप्पणी गर्ने आँट गरेनन किनभने उ गाउँको प्रतिष्ठित साहु ईन्द्रमानको छोरा थियो । त्यहा रमितेहरुको कुनै ठुलो मेला लागे जस्तै जात्रा थियो ।

"कस्ती अलच्छिनी रहिछ? यो गाउँको अब के इज्जत रह्यो र ? यो त गाउँकै कलंक हो, यस्तीलाई त वेष्यालय पठाउनुपर्छ । यसलाई गाउँमै रहन दिए हाम्रा छोरीचेली बिग्रन के बेर ?"- रमितेभित्रका नारीआवाजहरु गुण्जिरहेका थिए ।

"के गर्छस ए जीवने यो अलच्छिनीलाई ?"- पण्डित वेदनिधिको आवाजले कोलाहलपूर्ण बातावरणमा सन्नाटा छायो ।

- "के गर्नु नि अब यस्ती लबस्तरीलाई, छोड्पत्र गरिदिनुपर्‍यो, जोसुकैसँग मरोस ।"

"हो हो , जीवन नानीले भनेको ठीक हो , यस बेस्सेलाई त रण्डिकोठी पुर्‍याउनु पर्छ" - शुभद्रा बज्यैले आफ्नो तिक्तता पोखिन । पण्डित्नी आमाले आश्वासन दिदै भनिन - "यसलाई अबचाँही यो गाउँमा राख्नुचाँही हुन्न है , जीवन नानीको लागि कती चोखी कन्याहरु यही गाउँमा पाईन्छन ।"

"ठिकै त हो यसले गती छोडि भन्दैमा त्यसै बस्ने पनि कुरा त भएन नि , बिहे त गरिहाल्नुपर्छ" - मुखियानी आमैको राय थियो ।

"लौ साँझ पनि परिसक्यो , बिहान सबै भेला भएर छुटानाम गरिदिउँला " - पण्डित बाले सभा नै विसर्जन गरिदिए । "हात नछाडेस नि मर्ली" - पर पुगिसकेका पण्डित बाले जीवनलाई सम्झाए । अघिको बिशाल भिड सबै शुन्य भयो ।

आजसम्म कहिल्य भोकै सुतेको निवन्लाई थाहा थिएन । घरभित्र आगो र बत्ती नबलेको उसलाई सम्झना भएन तर आजको साँझ आगो बत्ती बलेन जीवनको घरमा , भोकै सुत्यो । कोल्टे फेर्यो , निदाउने प्रयास गर्‍यो , अहँ निदाउनै सकेन । भोको पेटले निन्द्रालाई भगाईदियो , कल्पनामा लिन भयो ।

"आखिर मलाई ज्योतिले किन ढोका दिई?" - प्रश्न उब्जियो ।

उ विवाह अगाडिको भुतकालमा प्रवेश गर्‍यो । एक-आपसमा गरेका प्रेम-प्रसंगका बाचाहरु र कसमहरु ताजा भएर आए उसको मानसपटलमा । "ज्योति, तिमीलाई त मैले आफ्नो बनाइसके, मन मन्दिरमा सजाइसके, तिम्रो अन्तिम निर्णय के छ ?" , "जीवन तिमीविना म एक पल पनि रहन सक्दिन, म तिम्रो साथ रहेर तिम्रो सुख दु:खमा साथ दिन चाहन्छु , तिम्रो प्रेममा म पागल हुन आँटिसकें" , "के यो हाम्रो प्रेम खुशी सधैंभरि रहला ? भोली तिमीले कतै धोका दियौ भने ?" यो प्रश्नसङै ज्योतिका आँखामा टिलपिल आँसु छचल्किएका थिए , त्यतिखेर उ निकै उदास देखिन्थी र भन्थी - "लाख-लाख कसम जीवन, यो कुरा म सपनामा पनि सोच्न सक्दिन । यो जन्म त के सात जन्मसम्म पनि म तिम्रै हुन चाहन्छु र तिम्रै हुँ ।"

विवाहित जीवनपछिका ज्योतिका खोटहरु केलाउने प्रयास गर्‍यो जीवनले । गहिरिएर सम्झियो । एक रत्तिभर उसको खोट भेटेन । उ सर्वगुणसम्पन्न थिई । बत्तिसै लक्षणले युक्त थिई । घर-व्यवहार, मान-सम्मान, स्वागत-सत्कार सबै ठीक थियो । गाउँलेहरु कुरा गर्दथे - "घर-परिवार त त्यस्तो होस् न जीवन र ज्योतिको जस्तो , खस्रो मसिनो केही छैन, साह्रै मिलेका परेवाको जोडीजस्ता ।"

जीवन नराम्रो सँग झस्कियो - "आखिर किन भद्रेसँग सल्कीइ त ?" उसले कुनै निर्णय निकाल्न सकेन , मस्तिष्क भारी भएर आयो । कतै ज्योतिलाई डरलाग्दो बाध्यता पो आईलाग्यो कि ? मलाई किन बताईन ? त्यस्तो अवस्था भएमा बताउने मौका पाईन कि ? पछि बताउने थिई कि ? जीवनको मनमा प्रश्न माथि प्रश्न उब्जियो - "त्यस्ती पतिव्रता नारी थिई , पक्कै दालमा केही कालो छ । " उसले अहिल्य गएर ज्योतिलाई वास्तविकता सोध्ने विचार गर्‍यो - "मेरो नजरमा ज्योति निर्दोष ठहरिई भने ?" उ पुन नराम्रो सँग झस्कियो , यहाँको समाज, गाउले, दिउसोका रमिते, भोलि ज्योतिलाई पुन आँफैले अपनाउनुपरेमा आफुउपर हुने छिछी र दुरदुर, सबैका मुखबाट निक्लिने व्यंग्यवाण आदि कुरा मनमा उब्जेकाले द्विविधामा पर्‍यो ।

मद्यरातमा अचानक उठेर उसले बत्ती बाल्यो । ज्योति लडेको ठाउँमा गयो । ज्योति एउटा निर्जिव काठको मुढा लडेझै भुईमा लडेकि थिई । शायद थिलथिलो भएको शरीरलाई विश्राम दिनको निमित उसका आँखा बन्द थिए । जीवनलाई स्वास्नीको माया उर्लेर आयो । उसलाई अहिल्यै गम्लङग अँगालो हालौ जस्तो भयो । आँखाबाट तपतप आँसु चुहिए । जीवन एउटा कोठामा गयो, जहाँ उसले आफ्नो अध्ययनको क्रममा केही अपूर्ण आविस्कारहरु थन्क्याएको थियो ।

बिहानै देखी जीवनको घरमा मानिसहरुको चहलपहल बढेको थियो । युद्द जितेको सिपाहीजस्तै सबै प्रसन्न मुद्रामा थिए । सयौं संख्यामा विवाहित महिला र पुरुषहरु उपस्थित थिए । बिसौं जना कुमारी केटीहरु आगनको केही पर गुनगुन गरिरहेका थिए । आगनको विचमा ओछ्याइएको राडिमा पण्डित बा, मुखिया, बहिदार, खड्का दाजु आदि लेखापढी गर्न बसेका थिए ।

"लौ अब काम कुरोतिर आउँ हैन ?" कागज कलम निकालेर चश्मा मिलाउदै गरेका पण्डित बाको आवाजले वातावरण शान्तमय बनाइदियो । उनले सबैको ध्यान केन्द्रित गर्दै भने - "देख्दिन नि नकचरिलाई, भित्रै मरेकी छ् लवस्तरी?" जीवनले भित्र गएर एक निर्जिव डोरी ताने सरह ज्योतिलाई घिसारेर ल्यायो । ज्योति थचक्क पिंढीमा बसी, अपराधिनी भएर, ढलपल ढलपल गर्दै भुँई हेरेर, उदास र कुरुप अनुरार लिएर । "हिजोदेखी ज्योति समाजमा अनुहार देखाउन लायक छैन , यस्ती पतित आईमाइको अनुहार एकाबिहानै हेरेमा अगति परिन्छ बुझ्यौ ?" - ८० बर्षिया बुढी हजुरआमाले आफ्नो तिक्त भाव पोखिन ।

"यस्तो लोग्नेलाई जिउदै मरेतुल्य पारी लवस्तरिले" - पण्डित्नी आमाले आफ्नो विचार व्यक्त गरिन ।" खडकिनी भाउजु भने यसरी बर्बराइन - "यसले त कति नाठा खेलाई खेलाई, हिजो मात्र भेटेको र पो, बरु गर्भमै तुहिनु नि ।" "अब चाँहि यो गाउँको ईज्जत रहेन" -वहिदार्नी बम्किईन ।

"सुनिस पापिनी समाजको कुरा ? ८० बर्षिया हजुर आमालाई कती घृणा उब्जेको छ तँदेखि ? तेरो व्यहोरादेखि । पण्डित्नी आमा पनि कती चिन्तित हुनु हुन्छ , अब हाम्रा छोरीचेली पनि बिग्रलान भनेर , थुक्क मोरी !" जीवनले ज्योतिको मुखैमा थुकिदियो । प्रतिकारको प्रश्न थिएन । देब्रे हातले आफ्नो अनुहारको थुक पुछी ज्योतिले । जीवनले ज्योतितिर हेर्दै भन्यो - "हेर, यो गाउँका आमा, दिदिबहिनी, छोरीचेलीहरु कती पवित्र, चोखा, निष्कलंक र पतिव्रता छन । आफ्नो लोग्नेको सतित्वमा कती अडिग रहेका छन , तँ रण्डीलाई अहिल्यै देखाइदिन्छु ।"

"जीवन डौडेर घरभित्र पस्यो । उ आफ्नो अधुरा आविष्कारहरु राखेको कोठामा गएर एउटा टेलिभिजन जस्तो यन्त्र हातमा बोकेर आयो । गोजिबाट २ जोडी ब्याट्री निकालेर यन्त्रमा लगायो । यन्त्रको स्क्रिन उज्यालो भएर आयो । यन्त्रलाई सबैले देख्ने गरी राख्यो र ज्योतिलाई तानेर उसका दुबै हात दुईटा एरिएलमा छुवायो ।

अचम्म, घोर अचम्म, स्क्रिनमा जीवनको तस्विरका साथ साथै भद्रमान र ज्योतिको आपत्तिजनक तस्विर देखियो । तुरुन्तै खडकीनि भाउजुको काखमा बसेकी ३ वर्षकी बच्चीलाई तानेर यन्त्रमा त्यसरीनै छुवाइदियो, जसरी त्योतिलाई छुवाएको थियो । स्क्रिनमा केही पनि देखिएन, स्क्रिन कालो भएर गयो । त्यहाँ कुनै मानव आकृति देखिएन ।

"देख्नुभो समाजका सबै यो यन्त्र नारीको सतित्व जाँच गर्ने यन्त्र हो । धेरै समय र परीश्रम लगाएर मैले बनाएको हुँ । जसलाई आज बिहान मात्र पूर्णरुपले बनाइसकेको हुँ । यहाँ भद्रे देखियो, कारण यो रण्डी भद्रेसँग सल्केकी थिई । पचासौ बर्ष अघिदेखीको आकृति आउछ यो यन्त्रमा । नारी जतिजना सँग सल्किएकी हुन्छे, त्यती जनाकै आपत्तिजनक तस्विर उतारिदिन्छ यो यन्त्रले । कसैले धोका दिन सक्दैन यस यन्त्रलाई" - जीवनले सबैलाई यन्त्रको वास्ततिकता बतायो ।

"ल हजुरआमा, तपाईं यो यन्त्र छोएर आफु पतिब्रता भएको प्रमाणित गरिदिनुहोस् त हेरुन सबैजना" - जीवनले ८० वर्षिया वृद्दाको हात तानेर यन्त्रमा छुवाउन खोज्यो ।

"ए बाबु मलाई त पिसाबले च्यापेको छ, गएँ है" - कुनै पहललानको जस्तो बल निकालेर जीवनको हातबाट आफ्नु हात खुस्काएर हजुरमामा हिडिन ।

- "पण्डित्नी आमा तपाईं आउनुहोस् त ।"

"हत्तेरिका केटाकेटीहरुलाई स्कुल पठाउनुपर्ने, हतार भयो" - पन्डित्नी आमा पनि फालहालिन ।

"भैसीलाई खोले पकाउनुपर्ने" - खडकिनी भाउजु पनि लुसुक्क निस्किन ।

"मुखियानी आमा, तपाईं आएर छोइदिनुहोस् त" - जीवनले आग्रह गर्‍यो ।

"ला मैले त मुलढोका नलगाइ पो आएछु" - मुखियानी फट्फटाइन ।

"बाच्छो छोडेको थिएँ, ला ! मैले त बाध्नै पो बिर्सेंछु" - बहिदार्नी पनि टाप कसिन ।

"यो लोग्नेस्वास्नीको आपसी कुरा के हेरिरहनु" - यन्त्रको एरियल छुवाउन ल्याइहाला कि भन्ने डरले सुशिला गुरुआमा पनि सुईँकिईन ।

केही क्षणमै सबै नारीहरु एक-एक बहाना बनाउदै चिप्लिए । माथिल्लो पट्टी बसेका पुरुषहरु कोही छैनन, चश्मा नलागाए आँखै नदेख्ने पण्डित बा र लौरो नटेकी हिंड्नै नसक्ने वहिदार बा पनि चश्मा र लौरो छोडेर कता हुईँकिए ? सबै बुझ्यो जीवनले, नबुझ्ने कुरा पनि थिएन । उ महान विद्वान बैज्ञानिक थियो । "के यि सबै नारीहरु ..." - जीवनले बिचार गर्‍यो ।

त्यत्रो बिशाल भिड सबै शुन्य थियो, थिए त जीवन, ज्योति र यन्त्र । ज्योति उदास भएर पिंढीमा बसिरहेकी थिई । ज्योतिलाई च्याप्प समाइ खाट्मा लगेर सुताइदियो । तातो दुध उमालेर १ गिलास खान दियो - "यो दुध खा" "तपाइ पनि खानुस्" - ज्योतिको कुनै ब्यङग थिएन । पछि खान्छु भनेर केही झर्किदै भुईँमा थ्याच्च बस्यो जीवन । ज्योतिले भनी - "माथी खाट्मै बस्नुभए ... ।" बोली पुरा हुन नपाउदै जीवनले भन्यो - "पर्दैन" । बलिरहेको आगो चुलोमा सार्यो । हिजोकै बासी पानी हालेर डेक्ची बसायो अनी चामल केलाउन लाग्यो । "के जान्नु हुन्छ र भात पकाउन ?" - उताबाट ज्योतिको श्वासमात्रको आवाज आयो । "चुपचाप सुतिराख म जान्दछु" - जीवनले आवश्यकता भन्दा चर्को स्वर गर्‍यो । उसले थालमा भात पस्किएर लिएर गयो ।

- "उतै गएर खान्छु नि ।"

- "सक्दिनस ।"

गिलासबाट पानी तानेर जीवनले ज्योतिको हात धोइ दियो । "तपाई पहिला खानुस् न" - ज्योतिले आफु पत्नी भएको महसुस गराई ।

पछि नै खान्छु भन्दै बटुकिमा दही, नौनिको डल्लो, अचारको पित्को हालेर जीवनले ज्योतिलाई भात खुवायो । "भाँडा त म आँफै माझ्छु है" - ज्योतिको आवाज आयो । "सक्दिनस ढल्किराख न ।" - भाडा मस्काउदै जीवन करायो ।

"म केही समय पछि आउछु सुतिरहनु, बाहिर ननिक्लनु, खाटमुनी चुठुवा राखीदिएको छु ।" ज्योतिलाई यती कुरा भनी ढोका ढप्क्याएर जीवन कतै हिड्यो । साँझ पर्न लागेपछि मात्र हातमा धेरै जडिबुटीहरु लिएर आयो । साँझको खाना खाए पछि मनतातो तेल लिएर ज्योति सुतेको ठाउँमा गयो । ज्योतिको शरीरमा मालिस गर्दै जीवन बोल्यो - "यो झोल घट्घटी पि, यसले दुखाई निको हुन्छ, रगत बडाउछ, तागत दिन्छ, घाऊ पुरिन्छ, कपाल उमार्दछ ।" जीवनले ज्योतिलाई सम्झाई बुझाईइ जडिबुटी, झोल, ओखतिहरु खुवायो । निकै बेर्को मौनता पछि जीवनले शान्ती भङग गर्दै सोध्यो - "आखिर तैले किन त्यसो गरिस ? मलाई किन धोका दिईस ?"

- "बाध्यताबश ।"

- "त्यस्तो बाध्यता के थियो ?"

- "तपाईको जिन्दगी बच्चाउन, तपाईंलाई मर्न नदिन ।"

- "कसरी ?" जीवन स्वास्नीको निश्छल भाव सुन्न उत्सुक भयो ।

- "तपाई बिरामी भएर अस्पातल पुर्याएपछि थाहा भयो, तपाईंको कालेजो बिग्रिसकेको छ र तुरुन्त अप्रेशन नगरे बाँच्न मुस्किल छ । अप्रेशन गर्न आवश्यक रु ३० हजार जम्मा गर्न नसक्दा यस्तो अवस्था आईलाग्यो ।"

- "त्यो त दुईमहिना अगाडिको कुरा हो ।"

- "त्यस अपराधीले शर्त राखेको थियो ।"

- "कस्तो शर्त ?"

- "उसले ३० हजार दिए बापत मलाई भनेको समय र स्थानमा म उपस्थित हुनु पर्ने र जम्मा दश पटक यस्तो गर्नु पर्ने बाध्यता खडा गरेको थियो ।"

- "मलाई किन बताइनस त ?"

- "अझ अर्को शर्त पनि थियो, मैले एक पटक पनि नामन्जुर गरेमा ३० हजारको ६० हजार तिर्ने गरी कागज गराएको थियो र नामन्जुर गरेमा सार्वजनिक बेईज्जत गर्न भनी प्रथम पटकमै मेरो केही नग्न तस्विर खिचेको थियो । मैले यसै कारणले बताउन सकिन । हिजो दिउसो दशौ पटक थियो । कागज र नग्न फोटो च्यातिएको दिन, अनि म मुक्त भएको दिन पनि हिजै थियो । च्यातिएका कागज र फोटोहरु उ त्यही छन ।"

- "अनि मलाई मर्न दिनु पर्दैन त ।"

- "तपाईको जिन्दगी बाँच्छ भने म कलंकित, तिरस्कृत र अयोग्य भएर आफ्नो शरीर समेत गुमाउन चाहन्छु । हजुरकै मायाले मैले यो सबै गरेको हुँ । धोका दिने ईच्छा थिएन ।" जीवनले ज्योतिलाई कसेर आफ्नो बाहुपासमा लियो " तँ पतित, कलंकिनी केही भएकी छैनस । मेरो नजर त के, यो गाँउ र समाज सबैको नजरमा पवित्र र चोखी छेस, पवित्र सिता र देवीजस्तै । जीवनले पनि आफ्नो गलाको हृदयबाट आएको हिक्कालाई थाम्न सकेन र असिम मायाले गर्दा ज्योतिलाई धेरै बेरसम्म चुमिरह्यो ।

तपाईं छोरा चाहनु हुन्छ कि छोरी ?? आफ्नो इच्छा अनुसार छोरा छोरी जन्माउनुस्


जो पनि चाहन्छन कि सन्तान आफ्नो इच्छा अनुसार होस् । कसैलाई छोराको रहर हुन्छ भने कसैलाई छोरीको । चिनिया बैज्ञानिकहरुका अनुसार छोरा वा छोरीको छनौट आफ्नो इच्छामा भर पर्दछ । तपाईं छोरा चाहनु हुन्छ कि छोरी ? चिनिया बैज्ञानिकहरुले एउटा चार्ट बनाएका छन र यदि तपाईं चार्ट अनुसार गर्नु हुन्छ भने तपाईंको इच्छा अबस्य पुरा हुनेछ । यो चार्टमा १०० प्रतिसत सत्यता रहेको यो चार्टको उपयोग गर्नेहरु ठोकुवा गर्छन तर बिशेषग्यहरुको भनाइ अनुसार यो चार्टको सत्यता ९९ प्रतिसत छ । यदि तपाईंलाई पनि आफ्नो इच्छा अनुसारको सन्तान जन्माउने मन छ भने एकचोटी यो चार्टको प्रयोग गरेर हेर्नुहोस् । चार्ट लाई ठुलो पारेर हेर्न चाहनु हुन्छ भने माथिको चार्टलाई क्लिक गर्नु होला
चार्टमा माथिल्लो पंक्तिमा स्वास्नी मान्छे को उमेर दिईएको छ र अर्को तर्फ जुन महिनामा गर्भधारण भएको छ त्यो महिना देखाइएको छ । " X " को प्रयोग छोराको लागि र " O " को प्रयोग छोरीको लागि गरिएको छ ।

Jun 20, 2013

डिजिटल जीवनको लागि केही सिक्नु पर्ने शिष्टाचार हरु

एउटा समय थियो जब हामी एक सभ्य मानिस थियौ, सभ्य मानिसको परिचय अर्कै थियो तर आज ... आजकल सभ्य मानिस (स्त्री वा पुरुष ) को परिचय अर्कै हुन पुगेको छ । तर आजभोली हामी कही न कही यस्तो प्रश्नको सामना गर्न पुग्छौ " के यो ठीक होला कि कुनै नचिनेको मान्छेको फेसबुक निमन्त्रण देखे पनि नदेखेको गरिदिउं ?" " कुनै रेस्टुरेन्टको टेबुलमा बसेर बिना कुनै अर्डर आफ्नो मोबाईलमा कति फ्रीमा wifi ईन्टरनेट चलाई रहु ?" डिजिटल लाईफ स्टाईलले हाम्रो जीवनमा आफ्नो आचार अनी व्यबहारमा यस्तै यस्तै धेरै प्रश्नहरुको जवाफ खोज्न थालिसकेको छ । यस्तै डिजिटल लाईफमा अब हामीले सिक्नु पर्ने केही शिष्टाचारहरु यहाँ प्रस्तुत गर्न खोजिएको छ , तपाईंले पनि अब यस्तो शिष्टाचारहरु सिक्ने बेला भएको छ कि ?

@ प्रत्येक ब्यक्तिगत ईमेलको (जहा सम्म सम्भब छ) समयमा नै reply दिऔं ।
@ ईमेल गर्दा छोटो तर आफ्नो बिषय सँग मात्र सिमित राख्ने र यदि लामो ईमेल छ भने लामो नै जवाफको उपेछा नराख्ने ।
@ धेरै लामो ईमेल पठाउनुको मतलब धेरै सामान लिएर यात्रा गर्नु जस्तै हो त्यसैले लामो यात्रामा जादा धेरै सामान लिएर जादा जती गाह्रो हुन्छ त्यस्तै लामो ईमेल पढ्दा पढ्ने मान्छेलाई पनि त्यती नै अल्छि लाग्छ ।
@ कसैको ईमेलको जवाफ ढिलो दिदै हुनु हुँदैछ पहिले भने क्षमा अबस्य माग्नुहोला ।
@ क्याफेमा ईन्टरनेट चलाऊदै हुनु हुँदैछ भने दोस्रो ब्यक्तीको कम्प्युटरमा हेर्ने नगर्ने ।
@ जब कोही कम्प्युटरमा, एटिममा अथवा अरु कही आफ्नो पासवर्ड टाईप गर्दैछ भने पछाडि हट्ने अथवा अर्कै तर्फ हेर्ने ।
@ कसैलाई online देख्नुको मतलब यो ननिकाल्नुहोस् कि उक्त ब्यक्ती तपाईंको टाईमपास अथवा भिडियो च्याटको लागि उपलब्ध छ , पहिला त्यो ब्यक्तीलाई बिनम्रता पूर्वक सोध्ने गर्नुहोस् ।
@ यदि तपाईंलाई कसैको ईमेल वा अन्य केहीको password कुनै कारण वा माध्यम बाट थाहा भयो भने त्यो ब्यक्तीलाई आफ्नो Password बदल्न भनिदिनु । @ सार्वजनिक स्थलमा मोबाईल बाट कुरा गर्दा सकेसम्म आफ्नो आवाज सानो गर्ने गर्नुहोस् तथा सक्नु हुन्छ भने अन्य ब्यक्ती सँगको दुरी १० फिट राख्नुहोस् ।
@ कोही मान्छे सँगै हुँदा मोबाईलमा कुरा गर्नु पर्यो भने सकेसम्म कुरा छोटो गर्ने ।
@ कसै सँग कुरा गर्दै हुनुहुदैछ र उतीखेरै मोबाईल उठाउनु पर्ने स्थिती आयो भने उठाउनु भन्दा पहिले उक्त ब्यक्तीसँग क्षमा माग्न नबिर्सिने ।
@ अफिसमा मोबाईल फोनको प्रयोग सकेसम्म अफिसकै कामको लागि अथवा थोरै मात्रामा प्रयोग गर्ने ।
@ यदि तपाईं मोबाईल टेबल माथि राख्दै हुनु हुँदैछ भने मोबाईललाई पछाडि पल्टाएर राख्ने र यदि कुनै रेस्टुरेन्ट अथवा क्याफेमा हुँदा मोबाईल सधैं खल्तीमै राख्ने ।
@ हवाइजहाजमा हुँदा निर्देश अनुसार मोबाईलको स्विच अफ गर्ने तथा अस्पातल, लाइब्रेरी, कन्सर्ट आदि ठाउँमा मोबाईल साइलेन्ट मोडमा राख्ने ।
@ परिचित ब्यक्तीको misscall वा छुटेको कल अबस्य पनि फर्काउने तर नचिनेको no. मा नफर्काउने ।
@ यदि कुरा गर्दा गर्दै कल काटियो भने पहिले जसले फोन गरेको छ उसैले फेरी कल गर्ने , दुबै तर्फ बाट कल गर्ने कोशीस नगर्ने ।
@ कसैलाई मिसकल यो भरोसा राखेर नगर्ने कि उसले कल फर्काउछ, यदि पहिले नै यो बारे सहमति भएको छ भने छुट्टै कुरा ।
@ कुनै अग्यात मान्छे वा नचिनेको नम्बरमा कल गर्दा कुरा गर्नु भन्दा पहिले आफ्नो पुरा परिचय दिने ।
@ तपाईंको मोबाईल कुनै दोश्रो सँग संपर्क बनाइराख्नको लागि हो र यदि यो प्राय बिजी अथवा नो रिप्लाई हुन्छ भने यसको के काम । यो कुरा सधैं ध्यानमा राख्ने ।
@ आफ्नो घरेलु फोटो, निजी फोटो वा साथीहरुसँग मस्तीको फोटो निजी सङ्रहको लागि हो त्यसैले यस्ता फोटो ईन्टरनेटमा सबैको पहुच हुने गरेर नराख्ने र यदि upload गर्दै नै हुनुहुँदैछ भने प्राइभेट एल्बम बनाएर राख्ने ।
@ सार्वजनिक वा अन्लाईन प्रयोगको लागि कुनै सार्वजनिक ठाउँमा फोटो लिदै हुनुहुँदैछ भने यो कुराको ख्याल राख्ने कि कुनै अनजान मान्छे फ्रेममा नदेखियोस ।
@ सिर्फ त्यस्तै फोटोहरु मात्र नेटमा upload गर्ने जो कि तपाईंको आमाले पनि बिना कुनै समस्या सँगै बसेर हेर्न मिलोस ।
@ सोसल नेट्वोर्किङ साईटमा आफ्नो नजिकको साथी, सहयोगी, सहकर्मी अथवा आफ्नो बोस लाई मित्रको रुपमा add गर्नु भन्दा अगाडि एक चोटि फेरी सोच्नुहोस् ।
@ नचिनेको वा विश्वाश गर्न नसकिने ब्यक्ती आफ्नो फ्रेन्ड लिस्टमा सामेल भएको छ भने पहिले नै ब्लक गरिदिनुहोस् न कि पछि कुनै समस्या आएर ब्लक गर्ने परोस ।
@ फ्रेन्ड रिक्वेस्ट हरुलाई देखे पनि नदेखे झै गरी ध्यान नदिनु कुनै गलत हैन । रिक्वेस्ट accept गर्नु भन्दा पहिले धेरै बिचार गर्नुहोस् । जो पायो त्यसको रिक्वेस्ट accept गर्नु भन्दा छानेर गर्नु राम्रो । फ्रेन्ड लिस्ट लाई धेरै बनाउनु मात्र ठुलो कुरा हैन ।
@ सोसल नेटवोर्किङगको राम्रो साथीहरु माथि पनि धेरै विश्वाश अथवा सहयोगको आश नराख्नुहोस् किनकी सोसल नेटवोर्किङगको दुनियाँ वास्तबिक दुनियाँ भन्दा धेरै अलग छ ।
@ सम्भब भए सम्म ब्यक्तिगत टेक्स्ट मेसेजहरुको रिप्लाई फर्काउने कोशीस गर्नुहोस् ।
@ सन्देश लेख्दा सके सम्म shortcut हरु जस्तै B2B, CCD, WC, TY आदिको प्रयोग नगर्ने किनकी यस्ता शब्दहरुको अरु नै अर्थ पनि लाग्न सक्छ ।
@ वेबक्याम प्रयोग गर्दै हुनुहुँदैछ भने आफु सही मुद्रामा बस्ने धेरै हलचल नगर्ने ।
@ आफ्नो अन्लाईन प्रोफाइलको फोटो प्राय update गर्दै गर्ने र सकेसम्म मात्र आफ्नो ताजा फोटो त्यहा पोस्ट गर्ने न कि परिवार, साथीहरु वा यस्तै अरु सँग बसेको फोटो त्यहा राख्ने ।
@ कुनै क्याफे वा रेस्टुराँमा फ्री मा wifi ईन्टरनेट चलाऊन पाइयो भनेर दङग नपर्नुहोस् , तपाईंले खाएको बिलमा त्यसको पनि charge जोडीएर आएको हुन्छ ।
@ बिना अनुमती अरुको मोबाईल फोन , टि.भी , डि.भि.डि आदि चलाऊने नगरनुहोस् ।
@ कुनै सोसल नेट्वोर्किङ साईटको wall मा जरुरत भन्दा ज्यादा निजी कुरा पोस्ट नगर्नुहोस् । यदि कसैको लागि सन्देस नै छ भने त्यसको लागि ईमेलको प्रयोग गर्नुहोस् ।
@ तपाईंको अन्लाईन चरित्रको बारेमा गूगल वा यस्तै अरु साईटहरुलाई सबै थाहा हुन्छ त्यसैले ईन्टरनेटमा आफ्नो गोपनिय कुरा, बैंक अकाउन्ट नम्बर , क्रेडिट कार्ड नम्बर आदि सकेसम्म लेख्ने नगर्नुहोस् । ईन्टरनेटमा आफ्नो व्यबहारलाई सम्यमित राक्ने प्रयास गर्नुहोस् ।
@ आफ्नो बच्चाहरुको ईन्टरनेट सर्फिङग लुकेर जासुसी गर्ने भन्दा नेट सर्फिङग उनिहरुकै सँगै बसेर गर्ने गराउने गर्नुहोस् ।
@ आफ्नो मोबाईल , फोन , कम्प्युटर , ल्यापटप आदि चल्दा चल्दै बन्द भयो भने रिसको झोकमा त्यसलाई बजार्ने , हिर्काउने , हलाउने आदि नगर्नुहोस् , यस्तो भएमा त्यसमा केही खराबी भएको हुन सक्छ र त्यसलाई सही ठाउँमा लगेर ठीक गर्ने प्रयास गर्नुपर्छ ।
@ डिजीटल मेडिया कम्प्युटर ईन्टरनेट आदि बाट कहिले काही दुरि पनि बनाउने प्रयास गर्नुहोस् कहिले काही उपवास वा ध्यानमा पनि बस्ने गर्नुहोस् यसले तपाईंको दिमाग फ्रेस गर्नेछ ।
@ बिभिन्न देश अनुसार डिजीटल शिश्टाचारहरु, आचार -व्यबहारहरु फरक फरक हुन सक्छन त्यसैले देश अनुसार आफ्नो शिश्टाचार सिक्ने कोशीस गर्नुहोस् ।


तपाईंलाई माथि उल्लेखित शिष्टाचारहरु मध्य सबै भन्दा उचित तथा अनुचित कुन कुन लाग्यो ??? कमेन्ट दिन नबिर्सिनुहोस् है त ।

देख्दा बाघ जस्तो देखिने विस्वकै बुढो बिरालोले बच्चा पायो (फोटोहरु पनि)

झट्ट हेर्दा यो निकै परिचित जनावर जस्तो लाग्छ । तर, अनौठो र दुर्लभ छ । बिश्वकै सवैभन्दा ठूलो विरालोका रुपमा चिनिएको लिगरले हालै मात्र रसियाको चिडियाखानामा तीन सन्तान जन्माएको छ ।

झट्ट हेर्दा लिगर बाघ जस्तो लागेपनि यो आधा बाघ र आधा सिंह हो । वास्तवमा यो सिंह–बाघको हाइव्रिड हो र यसलाई विश्वको सबैभन्दा ठूलो विरालो भनिन्छ । तस्वीरमा देखिएको ठूलो लिगरको नाम जिटो हो ।



जसले गत मेमा बच्चा जन्माएको छ । जिटो भने २००४ मा चिडियाखानामा जन्मिएको हो । साना लिगरहरुको बाबु साम भने अफ्रिकन सिंह हो । लिगरहरु बाघ जस्तै पौडिएर रमाउँछ भने सिंह जस्तै मिलनसार हुन्छन ।





एजेन्सीको सहयोगमा

जिया खानको परिवार विरुद्ध सुरजका बाबुले अदालतमा मानहानीको मुद्धा हाल्ने

नायीका जिया खानको आत्महत्या प्रकरणमा आफ्नो छोरा सुरज पञ्चोलीको नाम जोडिएपछी उनका पिता तथा अभिनेता आदित्य पञ्चोलीले जिया खान र उनको परिवारविरूद्ध मानहानीको मुद्धा हाल्ने तयारी गरेका छन् ।



आदित्य पञ्चोलीलाई जिया खान र छोरा सुरजबीच आदानप्रदान भएका प्रेम पत्रप्रति शंका छ । उक्त पत्रहरू आफूले पहिले जाँच गराउने उनको भनाई छ । आदित्यका अनुसार यी सबै पत्रहरुको ह्यान्ड राइटिङ जाँच गराउने र जियाको ह्याण्ड राइटिङ हो या होइन त्यसबारे प्रष्ट हुने बताएका छन् ।

यदी ती पत्रहरू झुठो निस्किए उनले जिया खान र उनको परिवारविरुद्ध मानहानिको मुद्धा हाल्ने बताएका छन् । उनले यदी ती पत्रहरू नक्कली भएमा आफ्नो छोरालाई छुटाउन अन्य कानुनी कारबाही समेत अगाडि बढाउने बताएका छन् ।<

शंकरदेव क्याम्पसका अखिल नेताले श्रीमतीलाई पेस्तोल ताके

६ असार, काठमाण्डौ । सम्बन्धबिच्छेदका लागि वकिलसँग परामर्श गरिरहेका बेला पेस्तोल ताक्दै श्रीमतीलाई मार्ने धम्की दिने एमाले निकट अखिलका नेता द्वारिका उप्रेतीलाई प्रहरीले पक्राउ गरेको छ ।

पुतलीसडकस्थित एक ल र्फमममा सम्बन्ध बिच्छेदका बिषयमा छलफल भइरहेका बेला उप्रेतीले बुधबार दिउँसो श्रीमती शोभा क्षेत्रीलाई पेस्तोल तोकेका थिए । उप्रेतीले अबैध हतियार प्रर्दशन गरेको खवर प्रहरीकहाँ पुगेपछि सिंहदरवारस्थित प्रहरी कार्यालयले उनलाई पेस्तोलसहित पक्राउ गरेको हो । हाल उनलाई अनुसन्धानका लागि हनुमान ढोका राखिएको डीएसपी चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

उप्रेती शंकरदेव क्याम्पसका पूर्व स्वबियु उपसभापति र युवा संघ नेपालका महाधिवेशन प्रतिनिधि पनि हुन् । उनले आफु रोडम्याप साप्ताहिकसँग समेत संलग्न भएको बताएका छन् । श्रीमानले शंका गरेर सँगै बस्न सक्ने अबस्था नभएको भन्दै श्रीमती शोभाले सम्बन्धबिच्छेदको प्रकृया सुरु गरेकी थिइन् । श्रीमती शोभा पेशाले इन्जिनियर हुन् । वकिलका अनुसार उनीहरुवीच थुप्रै चरणमा सम्बन्ध बिच्छेदका लागि छलफल भएको थियो ।

उप्रेतीले आफुले द्वन्द्वकालमै २० हजार रुपैयाँ पेस्तोल किनेको स्वीकारेका छन् । प्रहरीले उनीमाथि अबैध हतियार राखेको अभियोगमा मुद्दा चलाउने तयारी गरेको छ । (onlinekhabar)

Jun 19, 2013

सयौं घर बगाएको बाढीले पनि महादेवको मूर्ति बगाउन सकेन ।

सयौं घर बगाएको बाढीले पनि महादेवको मूर्ति बगाउन सकेन । भिडियो उतराखण्ड भारतको हो । तर देउता त सबैका हुन् । 

click here to see video 

Jun 18, 2013

देउता (Deuta)

deuta देउता

आमाको आशिर्बाद (aamako aasirbaa)

full nepali movie aamako aasirbaad  आमाको आशिर्बाद

तिमी मात्र तिमी (timi matra timi)

nepali full movie timi matra timi तिमी मात्र तिमी 

अन्दाज andaj

Nepali full movie andaj अन्दाज

Jun 17, 2013

हासिदेउ एक फेर

nepali full movie hasi deu ek fera हासिदेउ एक फेर

Jun 14, 2013

दिपकले तक्मेबुढा लाई निकालिदिए !


मुख्य सहायक निर्देशक दिपाश्री निरौलाको जानकारी अनुसार हाँस्य अभिनेता विल्सन विक्रम राईले 'छ एकान छ' नखेल्ने भएका छन् । व्यस्त समय र पारिश्रमी कम भएको कारण देखाउँदै विल्सनले फिल्म खेल्न नमानेको बताईएको छ ।
 
दिपाले भनिन्- 'उहाँले नजिकको मित्रलाई फिल्म नखेल्ने भनेर खबर पठाउनु भएको रहेछ । खबर सुनेपछि हामी आफैले सम्पर्क गर्दा उहाँले फिल्म नखेल्ने जवाफ दिनुभयो ।'  विल्सन अहिले स्टेज प्रस्तुती लिएर लण्डन भ्रमणमा छन् । दिपाले बताए अनुसार विल्सन दिपकराज गिरीको स्क्रिप्टमा हास्य रोल प्ले गर्न राजी भएका थिए । 'एउटै फिल्डको मान्छेसँगै काम गरौं भन्ने थियो,' दिपाले गुनासो गरिन्- 'तर उहाँले हाम्रो आग्रहलाई स्विकार्नु भएन ।'
 
विल्सनले रातो झन्डा देखाएपछि कान्तिपुर टिभीमा 'द फ्लप शो' हाँस्य कार्यक्रम सञ्चालन गर्ने सन्दीप क्षेत्रीलाई उक्त रोलका लागी हस्ताक्षर गराइएको छ । निर्देशक दिनेश डिसीले भने कलाकार इन आउट बारे आफु अनभिज्ञ रहेको बताए । लोकेशन हन्टिङका लागी (बिहिबार) धुलिखेल पुगेका निर्देशक डिसीले भने- 'रोलका लागी विल्सनजीसँग मेरो फोनमा समेत कुरा भएको छैन ।'

निर्मल शर्मा र दिपक राज गिरीको करिब चालिस लाख लगानी रहने बताइएको 'छ एकान छ'मा सन्दिपका साथ दिपक स्वयम, जितु नेपाल, सिताराम कट्टेल, केदार घिमिरे, शिवहरी पौडेल, शैलेश आचार्य लगायतको अभिनय रहनेछ । लेडी क्यारेक्टरमा भने नीता ढुङगानालाई साइन गराइएको निर्देशक डिसीले बताए । पुरुषोत्तम प्रधानको छायाँकन, शम्भुजीत बाँस्कोटाको संगीत रहने कमेडी फिल्ममा एनवी महर्जनको फाइट डिरेक्सन रहनेछ ।
 
टेलिभिजन कलाकर्मी मञ्चको अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएकी दिपाश्रीले भने यस प्रोजेक्टमा मुख्य सहायक निर्देशकका मात्र भुमिका निभाउने छिन् ।  यही असार ६ गते सुटिङ प्रारम्भ गरिने 'छ एकान छ'लाई काठमाठौ र धुलिखेलमा छायाँकन गरिनेछ । रिलिज भने दशैमा गरिने जानकारी छ । दशैको मौका छोपेर निर्माता छविराज ओझाले लोफरको रिलिज डेट घोषणा गरिसकेका छन् । निर्माता ओझाले पनि लोफरमा विल्सनलाई प्रस्ताव गरेका थिए ।
 
 
दीपक भन्छन्- 'विल्सनलाई मैले निकालेको हुँ'
 
निकाल्ने र निस्कने बिबादमा 'छ एकान छ'का निर्माता दीपकराज गिरीले भने विल्सनलाई आफैले निकालेको बताएका छन् । फिल्मीखबरसँग कुरा गर्दै दीपकले भने- 'उहाँले ठूलो कुरा गर्नुभयो अनि मैले निकालेको हुँ ।' (Filmykhabar)

हरे शिव ! फेरी आइतबार नेपाल बन्द !

नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले सहयात्री दलहरुसँग शुक्रबार बिहान माफी माग्नुभएको छ । उपेन्द्र यादव र अशोक राई समुहसँग सहकार्य गर्ने निर्णयमा प्रक्रिया नपुगेको भन्दै केही दलहरु रिसाएपछि वैद्यले बिहान पार्टी कार्यालयमा आयोजित संयुक्त बैठकमा आत्मालोचना गर्नुभएको हो ।
 वैद्यले आत्मालोचना गरेपछि ३३ दल एकढिक्का भएर निर्वाचन प्रक्रियाको विरोधमा सडकमा उत्रिएका छन् । शुक्रबार विभिन्न चरणमा भएको बैठकपछि  ३३ दलीय मोर्चा, संघीय लोकतान्त्रिक मोर्चा र संघीय समाजवादी दलका नेता कार्यकर्ताले सरकारले घोषणा गरेको निर्वाचन खारेजको माग गर्दै रत्नपार्क शान्तिबाटिकामा विरोध प्रदर्शन गरेका छन् । शुक्रबार बिहान १० दल, त्यसपछि ३३ दल र दिउँसो राई र यादवसमूहको समेत सहभागितामा बुद्धनगरमा बसेको संयुक्त बैठकले मंसिर ४ मा चुनाव हुन नदिने र सरकारलाई आन्दोलनबाटै घुँडा टेकाउने निर्णय गरेको स्रोतले बतायो ।
चुनावी प्रक्रियालाई रोक्न आन्दोलन चर्काउने निर्णय गरेका दलहरुले आइतबार नेपालबन्दको समेत घोषणा गरेको आन्दोलनरत नेता किशोर विश्वासले  बताउनुभयो । बाँकी संघर्षका कार्यक्रम भने शनिबार तय गरिने उहाँले जानकारी दिनुभयो ।

Jun 10, 2013

आउँदै छ SLC को नतिजा (SLC result)


२८ जेठ, काठमाण्डौं । एसएलसी परीक्षा २०६९ को नतिजा आज प्रकाशन हुने भएको छ । नतिजा प्रकाशनका बारेमा छलफल गर्न एसएलसी बोर्ड बैठक आज बस्दै छ । बैठक अहिले केहीबेरमा परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरमा सुरु हुनेछ । बैठकमा नतिजा सार्वजनिक गर्ने बारेमा छलफल हुनेछ । आजको बैठकमा रद्द गरिएका परीक्षार्थी, कारबाहीमा परेका परीक्षार्थी, निरिक्षक, उत्कृष्ट केन्द्राध्यक्षलाई दिइने पुरस्कार र गेसमार्कको मापदण्ड लगायतको बारेमा छलफल हुने छ ।
नतिजा प्रकाशनको पूर्व तयारी भइसकेको भन्दै परीक्षा नियन्त्रक खगराज बर बोर्ड बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरे आजै प्रकाशन गर्ने सम्भावना बढेको बताउनुभयो । प्रवेशिका परीक्षा अर्थात २०६९ को एसएलसीमा कुल पाँच लाख ४७ हजार १ सय ६५ परीक्षार्थी सहभागी भएका थिए । यस वर्षबाट एसएलसीको नतिजा पत्रिकामा प्रकाशिन नगर्ने परीक्षा नियन्त्रण कार्यालयले यसअघिनै जानकारी गराइसकेको छ ।
परीक्षाको नतिजा परीक्षा नियन्त्रणको कार्यालयले पनि विभिन्न वेवसाईट, एसएमएसबाट परीक्षाफल हेर्ने सुविधा मिलाइएको छ । जस अन्तर्गत शिक्षा मन्त्रालयको वेवसाईट  www.moe.gov.np  शिक्षा विभागको www.doe.gov.np, परीक्षा नियन्त्रण कार्यालयको www.soce.gov.np र नेपाल टेलिकमको slc.ntc.np अन गरेर नतिजा हेर्न सकिने छ । त्यस्तै नेपाल टेलिकमको १६०० मा फोन गरेर पनि परीक्षाफल थाहा पाउन सकिने छ ।

Jun 6, 2013

कर्कश को प्रोमो ६०००० भन्दा धेरैले हेरे । (भिडियो सहित)

नेपाली चलचित्र 'कर्कश' को प्रोमो ६०००० भन्दा धेरैले हेरेका छन । र धेरै ले यो चलचित्र राम्रो हुने पनि बताएका छन । प्रोमो राम्रो छ चलचित्र पनि राम्रो हुन्छ प्रोमो हेरिसकेपछीबिजय पौडेल ले आफ्नैखबर लाई भने "१ पटक यो फिल्म हेर्न जान्छु ।" 
चलचित्र 'कर्कश'  जेठ ३१ गते बाट देशभरी बाट प्रदशन मा आउन लागेको छ । हेरौ कस्तो हुन्छ चलचित्र 'कर्कश'।
                                                              हेर्नुहोस् यो प्रोमो (promo of film karkash)

जनयुद्धमा हतियार बोकेर हिंडेका दर्जनौ माओवादी माओवादीकै गढ भनिएको रुकुम बाटै नेपाली कांग्रेस मा प्रबेश :गगन थापा माथि आक्रमण को प्रयास

माओवादी निरिय बन्यो : गगन थापा

रुकुम, १२ जेठ। एमाओवादीले जनयुद्धको केन्द्र भनेर गर्व गर्ने रुकुमकै आफ्ना कार्यकर्ता अन्य राजनीतिक दलमा जान थालेपछि एमाओवादी आत्तिएको उदाहरण आज रुकुममा देखिएको छ। आफ्ना साधारण कार्यकर्ता मात्र नभइ हतियार बोकेर लडेका कार्यकर्ता समेत अन्य पार्टीमा जान थालेपछिको पीडा रुकुममा एमाओवादीहरुले पुरानै शैलीमा देखाएका छन्।
आइतवार एमाओवादीका कार्यकर्ताहरुले काँग्रेस केन्द्रिय सदस्य गगन थापामाथि आक्रमण प्रयास गरेर उनीहरुले अन्यराजनीतक शक्तलाई नस्विकार्ने राजनीतिको नमुना फेरि देखाउन खोजेका छन्। रुकुमका चारवटा आमसभा सकाएर पाँचौ आमसभा गर्ने क्रममा गराइला गाविसको वेलटापुमा पुगेका थापाको कार्यक्रम सकिने क्रममा कार्यक्रममा उनीहरुले आफ्नो अराजनीतिक प्रवृती देखाएका हुन्।
रुकुमको वाँझिकोट, रुकुमकोट, सिम्रतु र नुवाकोटको आमसभा सकाएर वेलटापुमा थापा संलग्न कार्यक्रम भाड्न एमाओवादीले आफ्नो स्थानिय शक्ति पुरै लगाएको थियो। एमाओवादी निकट एक स्थानिय एफएमले शनिवारदेखिनै वेलटापुमा वाइसिएल यूवाहरु मार्चपास गर्दै लगायतका समाचार प्रसारण गर्दै कार्यक्रम विथोल्न मनोबैज्ञानिक त्रास सिर्जना गर्दै आएको थापासँगै रहेका काँग्रेस यूवा नेता शंकर तिवारीले   जानकारी दिनुभयो।
तत्कालिन माओवादी लडाकुका पूर्व डेपुटी कमाण्डर तथा नेता जनार्दन शर्मा विजयी भएको सो क्षेत्रमा एमाओवादीका २० जना पूर्व लडाकुहरु सहित केहि दर्जन वाइसिएल कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गर्ने भएपछि आत्तिएका एमाओवादी कार्यकर्ताहरुले शान्तिपूर्ण आमसभालाई उत्तेजित बनाएर मुठभेड भएको वहाना गराउन शुरु देखि नै खोजेको थापाले  बताउनुभयो। आफ्नो सम्वोधन सकेर एमाओवादीका कार्यकर्ताहरुलाई पार्टी प्रवेश गराउने वेलामा भने मञ्चमा रहेको काँग्रेसको एउटा झण्डा लुटेर एक एमाओवादीका कार्यकर्ता भागेपछि स्थिति तनावपूर्ण भएको थापाले बताउनुभयो। ‘उनीहरु शुरुदेखिनै तनावपूर्ण वनाउन चाहन्थे हामी शान्तिपूर्ण रुपमा कार्यक्रम सकाउन चाहन्थ्यौ तर अन्तिममा भने उनीहरु हिंस्रक भएर आए’ थापाले  टेलिफोनमा भन्नुभयो।
झण्डा लिएर भागेको एमाओवादी कार्यकर्तालाई रोक्न खोज्दा उनीहरुले उल्टै ढुङगा मुढा गरेको तिवारीले जनाउनुभयो। ‘अन्य चार ठाउँको कार्यक्रमको प्रभावले अझ राम्रो भएको आमसभामा करिव पाँच हजार सर्वसाधारणको उपस्थिति रहेको थियो’ थापाले सुनाउनुभयो। ‘उल्लेख्य जनसहभागितामा भएको कार्यक्रममा पार्टी प्रवेशका लागि पूर्व माओवादी प्लाटुन सह कमाण्डर दीर्घबहादुर गहतराज सहितका २० जना पूर्व लडाकु तथा वाइसिएल कार्यकर्ताको नाम लिनासाथ एमाओवादीहरु ढुङगा मुढा र झण्डा खोस्न उत्रेका थिए’ थापाले घटना विवरण सुनाउँदै भन्नुभयो। कार्यक्रम हुन नदिन मञ्चका लागि ल्याएको माइक अघिल्लै दिन खोसेका रहेछन तर साथीहरुले कसैगरी व्यवस्थापन गरेका रहेछन तर आज आक्रमणको असफल प्रयास गरे र अराजनीतिक व्यवहार प्रदर्शीत गरे थापाले भन्नुभयो।
कार्यक्रम भाड्न पुरै दिलोज्यानले लागेका उनीहरुले कार्यक्रम अवधिभर कार्यक्रमस्थल केहिपर बसेर हुटिङ समेत गर्दै आएका थिए। तर आक्रमण र ढुङगा मुढा गर्न आउँदा समेत त्यसको पूर्वाभास पाइसकेको प्रहरीले कुनै कार्वाही गरेन थापाको गुनासो थियो। ‘प्रहरी लाचार देखियो कहिले माथि सम्पर्क भएन भन्थ्यो कहिले आदेश आएन भन्थ्यो तर उदण्डता देखाउने र अराजनीतिक चरित्र देखाउनेहरुलाई एमाओवादी कार्यकर्ता भएकै नाममा केहि मात्रामा रहेका उनीहरुको अगाडी प्रहरी घुँडा टेकर बस्यो।’ थापाले हामीसँग भन्नुभयो ‘शान्ति सुरक्षा त परै जाओस प्रहरी एकदम लाचार भएर बस्यो।’
आफ्नो गढ भएको दावी गर्ने ठाउँमा काँग्रेसले गरेको कार्यक्रमबाट डराएर आक्रमण गर्ने एमाओवादी कति कायर रहेछ भन्ने पुष्टी गरेको थापाको प्रतिक्रिया थियो। उनीहरुको दुई तिहाईको धाक यस्तै गरेर हो भने त्यो सपना नदेख्न थापाले रुकुमबाटै चुनौती समेत दिनुभयो। कार्यक्रम सकेर फकर्ने क्रममा भिडबाट गाडीमा पनि ढुङगा प्रहार गरिएको भन्दै थापाले एमाओवादीलाई राजनीतक संस्कार नजाने सिक्न पनि सुझाव दिनुभयो।
(hamrakura)