Mar 1, 2015

के के हुन स्वाइन फ्लुका लक्षण ? यसबाट कसरी बच्ने ? बेलैमा ध्यान पुर्‍याउनुहोला नत्र ज्यान लिन्छ स्वाइन फ्लुले ।


राजधानीमा स्वाइन फ्‍लुबाट एक महिलाको मृत्यु भएको छ। बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार गराइरहेकी उनको स्वाइन फ्लुका कारण गएराति मृत्यु भएको स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो। काठमाडौंकै स्थायी बासिन्दासमेत रहेकी ति महिलाको नाम भने गोप्य राखिएको छ।
५० वर्षीय ती महिला एक साता अघि अस्पताल भर्ना भएकी थिइन्। उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार उनी दमको पुरानो रोगी थिइन्। यो वर्ष स्वाइन फ्लुले मृत्यु भएको यो नै पहिलो घटना हो। गत वर्ष स्वाइन फ्लुका कारण १८ जनाले ज्यान गुमाएका थिए।


Feb 19, 2015

मलाई शोषण गरे रेडियो मालिकले

diya-chandदिया चन्द - म सानैदेखि मिडियाप्रेमी । रेडियोमा अरूले समाचार पढिँरहदा र कार्यक्रमहरु प्रस्तुत गरिँरहदा मलाई निकै आनन्द लागिरहन्थ्यो । मनमनै सोच्ने गर्थेँ, मपनि एकदिन त्यो स्थानमा पुग्न पाए, त्यसैगरि रेडियोबाट बोल्न पाए । केही समय सोच्नमै बित्यो ।
मानिसका आ–आफ्नै रुचि र चाहना हुन्छन् । त्यस्तै मलाई पनि एउटा एक असल रेडियोकर्मी बन्ने चाहना वा रहन थियो । म त्यही रेडियोकर्मी बन्ने एक उपयुक्त अबसरको खोजीमा थिएँ । रेडियो पत्रकार बन्ने तीब्र चाहना केवल मनभित्र मात्रै सीमित थियो । म निरन्तर आफ्नो रेडियोकर्मी बन्ने चाहना पूरा गर्ने यात्रामा हिँडिरहेँ ।
कुरा आज भन्दा करिब ११ महिना अगाडिको हो । २०७१ माघ २१ गतेको दिन थियो, रेडियो नागरिक १०४ दशमलव ३ मेगाहर्जको तरंग मार्फत मेरो आवाज तरंगीत हुन पुग्यो । कुनै औपचारिक तालिम वा कोसिसबिना नै मैले रेडियोबाट बोलेको दिन मेरो आवाज रेडियोबाट तरङ्गीत हुन थाल्यो ।
बिनानियुक्ति मैले रेडियोमा काम सुरु गरेको त्यो दिनको सबै चित्र अहिले पनि मानसपटलमा ताजै छ । मनमा धेरै सपना बोकेर कामलाई निरन्तरता दिँदै गएँ । आफूलाई स्थापित गर्न प्रेरणा र अवसर सँगै चूनौतीहरु पनि थिए । म एउटा महिला पत्रकार, पत्रकारिता आफैमा एउटा चुनौतीपूर्ण पेशा हो । अझै त्यसमाथि सुदूरपश्चिमको सवालमा केहि थप चुनौती छन् ।
एकातिर सामाजिक बन्धन र अर्कोतिर श्रमको उचित मूल्याङ्कन हुन नसक्नु । मिडियाभित्र महिलालाई हेर्ने दृष्टिकोण र गर्ने खोजिने व्यवहार । बाहिर हेर्दा जति असल हुन्छ, भित्र त्यो भन्दा नितान्त फरक हुने रहेछ । त्यसैले होला, महिला पत्रकारहरु यो पत्रकाररिता पेशामा दीर्घकालीन रुपमा निर्धक्क भएर लागिरहन सक्दैनन् ।
मेरो बुझाइमा रेडियो गाउँबस्ती, समाज, कुनाकन्दराका आवाज विहीनहरुका आवाजहरुलाई बोल्ने माध्यम हो । तर, पछिल्लो समयमा रेडियो व्यापारीकरण हुँदै गएको छ । शोषित, पीडित, निमुखा र उत्पीडनमा परेका सबैखाले उत्पीडित आवाजहरुलाई आम जनतामाझ जस्ताको तस्तै प्रसारण गर्ने सञ्चारमा माध्यम (रेडियो) आज पैसा कमाउने भाँडोको रुपमा मात्र प्रयोग भएको त छैन ? प्रश्न उब्जिएको छ ।
रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागेरै भएपनि सेवामा हाजिर भइरहनुपर्ने अवस्था छ । त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने ।
अहिले झट्ट हेर्दा रेडियो दुई प्रयोजनको लागि खोलिएका देखिन्छन् । पहिलो, राजनीतिक पार्टीले आफ्नो विचारलाई जनतामाझ लैजान । अर्को, नितान्त पैसा कमाउन । पार्टीको प्रयोजनको लागि रेडियो सञ्चालन गर्ने पनि प्रतिस्पर्धा नै चलेको छ ।
मोफसलको शहरमा दर्जनौ रेडियोहरु भकाभक सञ्चालनमा आएका छन् । प्रायः धेरै राजनीतिक पार्टीको अगुवाइमा नै हुने गरेको देखिन्छ ।
कुनै राजनीति पार्टी वा नेताको प्रत्यक्ष लगानी गरेका छन् भने कसैले घुमाउरो पारामा आफ्नो लगानी गरेका छन् । त्यस्ता रेडियोको काम भनेको पार्टी वा उक्त पार्टीका नेताहरुले गरेको नराम्रा कामलाई लुकाउने र गुलिया लड्डु जनतालाई बाँड्ने ।
दोस्रो, नितान्त नाफाको लागि खोलिएका रेडियोलाई कमाउ धन्दामा प्रयोग गरिएको छ । मालिकको व्यवसायमा कुनै अवरोध हुन नदिने यस्ता रेडियोको पहिलो काम हुन्छ । मालिकको कमाउ धन्दाको बचाउ गर्नु उसको पहिलो कर्तव्य हो । मालिकको सेवा पहिलो शर्त त्यसपछिमात्र रेडियोकर्मी र श्रोताको ।
कर्मचारीहरुले भोकभोकै मालिकका पक्षमा स्वर सुकाएर बोल्नु उनीहरुको दैनिकी बनेको हुन्छ । रेडियोकर्मीको पेट र स्रोताको चाहनासँग यी दुवैको कुनै सरोकार हुँदैन । कसैसँग मागरै भएपनि सेवामा हाजिर भइरहनु पर्ने अवस्था छ ।
त्यस्तै जनता वा स्रोताले मालिक र पार्टी वा नेतालाई मन नपाराएपनि उनीहरुको कुरा सुनिरहनुपर्ने उनीहरुको बाध्यता छ । अवस्था यस्तो छ । अब तपाईहरु आफै भन्नुहोस् यहाँ के भइरहेको छ ? यो मेरो छोटै समय भएपनि अनुभूति । यस्तो अवस्था निरन्तर अगाडि बढिरह्यो भने रेडियोले प्राप्त गरेको लोकप्रियता समाप्त हुनेछ ।
रेडियो पत्रकारिता गर्ने मेरो व्यक्तिगत सपना वा चाहना त पूरा भएको छ । तर आज मैले एउटा कुरा लेख्ने, बोल्ने र भन्ने हिक्मत गर्नैपर्छ । बिनानियुक्ति र बिना पारिश्रमिक नौ महिना इमान्दारीताका साथ रेडियो नागरिकमा काम गरियो । हरेक कुराको एउटा निश्चित सीमा हुन्छ । उक्त सीमालाई कसैले पार नगर्नु बुद्धिमानी हुन्छ । क्षेत्र चाहे जुनसुकै होस् ।
अझै सिधा भाषामा भन्नुपर्दा रेडियो नागरिकले मेरो श्रमकोशोषण गरेको छ । मैले घाम–पानी र भोक–तिर्खा नभनी दिन रात रेडियोको लागि गरेको परिश्रम र मेहनतको मूल्य खोज्दै भौँतारिनु परिरहेको छ ।
मलाई रेडियोमा काम गर्ने अवसर प्रदान गरिएकोमा रेडियो नागरिकप्रति सदैव सम्मान रहनेछ तर मेरो आफ्नो श्रम पसिनाको धज्जी उडाउने रेडियो नागरिकका साहु महाजनलाई मैले नजरअन्दाज गर्न सक्दिन ।
हो, काम गर्दा मेरा पनि केहि कमि–कमजोरी भए होलान् तर रेडियो नागरिकको स्तरोन्नतीका लागि सबै बल, वृद्धि र विवेक लगाएको थिएँ । जसरी म रेडियो नागरिकमा खटिएको थिएँ, त्यसरी नेपाल सरकारले सीमा सुरक्षाको लागि सुरक्षाकर्मीलाई खटाएको भए भारतीय सुरक्षाकर्मीको आतंक हामीले भोग्नुपर्ने नै थिएन ।
आफूसँग कला र क्षमता भएमा स्थान पाउँदो नै रहेछ । त्यसैले होला रेडियो नागरिकबाट बिनाकारण र बिना पारिश्रमिक लखेटिएपनि पनि अहिले म रेडियो पश्चिमी नेपालमा काम गरिरहेकी छु । जुन दिनबाट षड्यन्त्रमूलक ढंगबाट मलाई हटाइयो, त्यही दिनबाट यो रेडियोमा काम गर्ने अबसर पाएँ ।
यो युग आधुनिक भएसँगै रेडियो पत्रकारिता पनि आधुनिक हुँदै गएको छ । हिजो आकाशीय तरंगबाट मात्रै सुन्न सकिने रेडियो अहिले इन्टरनेटको माध्यमबाट समेत सुन्न सकिने भएको छ । रेडियो पत्रकारको बोली भाषा र लेखाई–बोलाइ र हरेक प्रस्तुतिमा समेत आधुनिकीकरण बन्दै गएको छ ।
अत्यमा, मलाई रेडियो पत्रकारितामा डोर्याउनुहुने मेरो आत्मिय साथी कमल बुढालार्इ हृदयदेखि नै बिषेश आभार प्रकट गर्दै सम्झन चाहन्छु । जसले बाल्यकालदेखिको रेडियोकर्मी बन्ने सपना पूरा गर्न मद्दत गर्नुभयो । उहासँग मैले धेरै कुरा सिकेको छु, जुन म कहिलै भुल्न सक्दिन उहाँको प्रेरणाले म अहिलेसम्म रेडियो पत्रकारिताबाट विचलित भएको छैन । एक असल रेडियोकर्मी बन्नको लागी मेरो रेडियो पत्रकारिताको अझै यात्रा जारी छ । (Realkhabar.com)

Jan 7, 2015

Make money from my facebook, फेशबुकबाट पैसा कमाउनुहोस् , फेसबुकबाट पैसा कमाउने तरिका >>>




के तपाई फेसबुक चलाउनुहुन्छ ? पक्कैपनि जेजतिले ईन्टरनेट चलाउनुहुन्छ, उहाँहरुले कम्तिमा फेसबुक एकाउन्ट त पक्कै बनाउनुभएको छ होला । तर के तपाईले आफ्नो त्यहि फेसबुक अकाउन्टबाट पैसा कमाउन सक्छु भन्नेबारेमा कहिल्यै सोच्नुभएको छ ??

हो, ईन्टरनेटमा घुम्दै जाँदा एउटा यस्तो वेबसाईट -  फ्यानसल्भ   फेला पर्यो, जसबाट तपाईहामी जस्ता फेसबुक प्रयोगकर्ताहरुले आफ्नो फेसबुक अकाउन्टबाट सजिलै पैसा कमाउन सक्छौँ । गाह्रो काम केहि गर्नु पर्दैन , जब हामीले त्यहाँ दिईएका फेसबुक फ्यान पेजहरु लाईक गर्छौ , उनीहरुले हाम्रो अकाउन्टमा पैसा जम्मा गर्दिन्छन् । भएन त मज्जा ?? (((यतिकै मा तपाई पढ्न नाछाद्नुस यो के हो कस्तो हो तल सबै उल्लेख गरिएको छ ।)))

के हो त FanSlave ?

  फ्यानसल्भ एउटा त्यस्तो साईट हो जसले दिईएका फेसबुक पेज Like र ट्विटर अकाउन्ट Follow गरेबापत आफ्ना प्रयोगकर्ताहरुलाई पैसा दिन्छ ।
पेज लाईक गर्नासाथ FanSlave मा हामीले Credit (क्रेडिट) पाउँछौ । २०० क्रेडिट बराबर एक युरो ( €1 = रु. 130 )  हुन्छ । एउटा पेज लाईक गरेबापत ४ देखि ८ सम्म क्रेडिट पाईन्छ र हरेक दिन ३० ओटासम्म फ्यान पेजहरु लाईक गर्न सकिन्छ । साईटमा रजिस्टर गर्ने बित्तिकै ५० क्रेडिट (0.25 EURO) बोनसस्वरुप पाईन्छ ।
जब तपाईको अकाउन्टमा १५ युरो पुग्छ, तब उक्त रकम Paypal वा Payza मार्फत आफूले प्राप्त गर्न सक्नुहुन्छ ।

कसरी कमाउने FanSlave बाट पैसा ?

१. रजिस्टर गर्नका लागि  यहाँ क्लिक गर्नुहोस् । ( के के गर्नु पर्छ सबै मा बताउदै जानेछु ) र तलको जस्तो पेज खुलिसकेपछि fanslave वा Create An Account मा क्लिक गर्नुहोस् ।

1

२. अति सजिलो छ यसमा खाता खोल्न सजिलो सबै काम नराम्रा हुन्छन नठान्नुस है ।  अब दिईएका Informations हरु भरेर I Accept Create An Account मा क्लिक गरी Sign Up पुरा गर्नुहोस् ।

2

३. रजिस्ट्रेसन सफल भईसकेपछि आफ्नो अकाउन्टमा Log In गर्नुहोस् र त्यहाँ दिएअनुसार आफ्नो फेसबुक अकाउन्ट Connect गर्नुहोस् ।
3

४. "Your Account" मेनुमा क्लिक गर्नुहोस् र "Facebook Overview" छान्नुहोस् ।

५. त्यहाँ लाईक गर्नुपर्ने फ्यान पेजहरु देख्नुहुनेछ । जब तपाईले क्लिक गर्नुहुन्छ , तिनिहरु नयाँ ट्याबमा खुल्छन् । ति पेजहरु लाईक गर्नुहोस् र त्यसपछि पुनः अगाडीकै FanSlave को पेजमा रहेको "Update" बटनमा क्लिक गर्नुहोस् ।
4

(सर्ब प्रथम त्यहाँ दिईएका पेज हरु Click  गर्नुहोस अरुकेही नगर्नुस अनि त्यो पेज लाइ like ठोक्नुस पैला अनि फेरी fanslave.com को पेज  मा आउनुहोस। ध्यान दिनुहोस है  त्यहाँ देखाईएको  UPDATE बटन क्लिक नगरेसम्म पैसा तपाईको एकाउन्टमा जम्मा नहुने हुदाँ क्लिक गर्न नर्बिसनुहोलानि है। )

Affiliate Program

FanSlave   को Affiliate Program मार्फत तपाईले आफ्नो कमाई अझ बढाउन सक्नुहुन्छ । आफूले Refer गरेका साथीहरुको आम्दानीको १५% तपाईले कमिसन स्वरुप प्राप्त गर्नुहुन्छ । उदाहरणका लागि तपाईले रिफर गरेको एकजनाले १०० क्रेडिट बनाएमा तपाईले १५ क्रेडिट पाउनुहुन्छ । त्यसैले जति धेरै जनालाई रिफर गर्नुहुन्छ, तपाईको आम्दानी त्यती धेरै हुने सम्भावना हुन्छ । लौहेर्नुस डबल मज्जा।

अन्त्यमा,

घरी यो पेज , घरी त्यो पेज गर्दै व्यर्थैका पेजहरु लाईक गरीरहनुभन्दा दिईएका केहि पेजहरु लाईक गरेर अनलाईनबाट पैसा कमाउन पाउनु पक्कै पनि उपयोगि कुरा हो । फेसबुकका अन्य कामहरुबाट दिनको ५ मिनेट समय छुट्ट्याएर केहि आम्दानी गर्न तपाई पनि आजै सुरु गरिहाल्नुहोस् । ढुक्क हुनुहोस्, लाखौँ प्रयोगकर्ताहरुले उपयोग गर्दै आएको Fansalve.com शतप्रतिशत विश्वाशिलो साईट हो ।

यदि तपाई लाइ कैले मेरो a /c 15 यूरो होला जस्तो लग्यो र पैसा को वास्ता गर्नु भएन भने अर्को फैदा नि छ .... तपाइँ को कुनै पेज छ भने तपाई को पैसा बाट  Fan किन्न नि सक्नु हुन्छ। fan किन्ने भन्दा खेर तपाइँ को पेज सहरे गर्नु हो र लिके गर्न तपाइको खाता मा अरुको पजे like गर्न भनिए जस्तै तपाइँ जस्तै अरु मेम्बर लाइ तपाई को पेज पठाऊछ Fansalve ले
(meroconcept.blogspot)

Oct 7, 2013

आउनुहोस् पाल्पाली लाई बचाऔ ।

देशको निमित्त केही गर्नेलाई हामीले पनि केही गरौ । 

दुबै मिर्गौला काम नलाग्ने भएपछी र नेपालमा ऊपचार सम्भब नभएपछी पत्रकार तथा साहित्यकार बि के पाल्पाली (बिजय कुमार पोखरेल ) लाई उपचार को लागि दिल्ली लैजाने निधो भएको छ स्वतन्त्र पत्रकारितामा करिब २ दशक बिताउनुभएका पाल्पाली अहिले जीवनमरण को दोसाधमा हुनुहुन्छ । वहाँको सहयोगको लागि सहकार्य हुन थालेको छ । आर्थिक समस्याका कारण वहाँको ऊपचार हुन नसकेको पारिबारिक श्रोत ले जनएको छ ।  

झण्डै तीनमहिनायता गंभीर रोगसँग लडिरहनुभएका पाल्पालीको हाल शिक्षण अस्पताल माहाराजगञ्जमा उपचार भइरहेको भएपनि सम्पूर्ण उपचार यहाँ सम्भव नभएपछि उनलाई दिल्लि लैजान लगिएको हो । पाल्पालीको उपचारमा संलग्न चिकित्सकले दुइ महिना अगाडीनै दिल्लि लैजान सुझाव दिएको भएपनि खर्च अभावमा समयमै उपचारका लागि लैजान नसकिएको उनको परिवारले जनाएको छ । खर्च अभाव भएपछि यो बीचमा पाल्पालीको परिवारले सबैसँग सहयोगको हात फैलाएको थियो । सँगसँगै आफन्तहरुसँग ऋणको प्रबन्ध गरेर बुधबार दिल्लिस्थित मेदान्त अस्पताल लैजान लागिएको पाल्पालीकी जीवनसङ्गीनी रेणुका भट्टराईले बताउनुभएको छ । ‘थोरै भएपनि सहयोगी हातहरुको सहयोग पाएको छु, अझै सहयोग गरिरहनुभएको छ, केही रकम ऋण जुटाएको छु तर त्यो सबै उहाँको उपचारका लागि पर्याप्त छैन’ भट्टराईले भन्नुभयो । सहयोगीहरुलाई सहयोगको लागि अझै अपिल गर्दै भट्टराईले हालसम्म सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्नुभएको छ । पाल्पालीको उपचारमा हालसम्म दुई लाखभन्दा बढी रकम खर्च भइसकेको र अझै दश लाखभन्दा बढी खर्च लाग्ने अनुमान गरिएको भट्टराईले बताउनुभयो । दसैंको सन्दर्भमा हामी सबैले आफ्ना आफन्तलाइ दिनुपर्ने भड्किलो दक्षिणाबाट केही कटौती गरेर सहयोग गर्न सके पत्रकारिता र साहित्य क्षेत्रमा विशेष योगदान पु¥याउनुहुने पाल्पालीले नयाँ जीवन पाउनेछन् । पिडीत पाल्पालीलाई सहयोग गर्न पाल्पालीकी पत्नी रेणुका भट्टराईको नाममा रहेको कुमारी बैंकको खाता नं. k४७१५९–s र किष्ट बैंकको खाता नं. ०२०–२१७४१० मा र इमेल मार्फत nebomedia@yahoo.com, renukabhattarai2013@yahoo.com मा सम्पर्क गर्न सकिनेछ ।(xpresskhabar)

-ॠषि
दुबै मिर्गौला काम नलाग्ने भएर मृत्युसँग सङ्घर्ष गरिरहेका सञ्चारकर्मी विके पाल्पाली (विजय पोखरेल) - See more at: http://www.ekantipur.com/np/2070/6/21/full-story/377108.html#sthash.wlhUDAzH.dpuf
दुबै मिर्गौला काम नलाग्ने भएर मृत्युसँग सङ्घर्ष गरिरहेका सञ्चारकर्मी विके पाल्पाली (विजय पोखरेल) - See more at: http://www.ekantipur.com/np/2070/6/21/full-story/377108.html#sthash.wlhUDAzH.dpuf
दुबै मिर्गौला काम नलाग्ने भएर मृत्युसँग सङ्घर्ष गरिरहेका सञ्चारकर्मी विके पाल्पाली (विजय पोखरेल) - See more at: http://www.ekantipur.com/np/2070/6/21/full-story/377108.html#sthash.wlhUDAzH.dpuf

Aug 13, 2013

खोलाले बगाउँदा दुई किशोरीको मृत्यु

रुपन्देहीको मर्चवारमा पर्ने झरना खोलाले बगाएर दुई किशोरीको ज्यान गएको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार मर्यादपुर गाविस वार्ड नं. १ का १४ बर्षिया सीमा अहिर र १२ बर्षिया बबिता अहिरको झरना खोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।
दुवै किशोरी खोलामा बगेपछि स्थानीय बासिन्दाले तुरुन्तै प्रहरीलाई खबर गरेका थिए । मर्यादपुर चौकीबाट खटिएको प्रहरीले खोजतलासको क्रममा घटनास्थल देखि २ सय मिटर दक्षिणमा शब फेला पारेको थियो ।
यस अघि पनि दुई साता अघि मर्चवारमा एकै परिवारका दुई बालिकाको बगेर मृत्यु भएको थियो ।