May 26, 2013

चुनावको मिति चार दिनभित्र : गच्छदार

मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले  संविधानसभाको निर्वाचन गराउन चार राजनीतिक दलहरु सहमतिमा पुगेको बताएका छन्। आइतबार आयोजित थारु कल्याणकारिणी सभा नवलपरासीको पाँचौं जिल्ला अधिवेशनको उद्‍घाटनपछि उनले पार्टीको आ–आफ्नै अडानका कारण चुनावको मिति तोक्न नसकिएको बताउँदै केही दिनभित्र सहमतिमा पुग्ने जानकारी दिए। 

'मङ्सिरको पहिलो साता चुनाव गर्ने सहमति नजिक पुगेका छौं,' उनले भने, 'हामीले चाहेको सविधान सभाबाटै संविधान बन्नुपर्छत्यो पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ।'

अधिवेशनको उद्‍घाटनको अवसरमा थारु आन्दोलनमा ज्यान गुमाएका धनबहादुर थनेतकी श्रीमती फुलकुमारी थनेत र घाइतेलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेकपा (एमाले) जिल्ला उपाध्यक्ष रोशनबहादुर गाहाएनेकपा (माओवादी)का नेता घनश्याम यादवआदिवासी जनजाति महासङ्घ नवलपरासीका अध्यक्ष कर्णबहादुर सुनारीलगायतले थारु आन्दोलनबारे चर्चा गरेका थिए। (Nagriknews)

0 सबै कमेन्टहरु हेर्नुहोस्: