May 26, 2013

भगबानले नाङ्गै हुन भने रे यिनलाइ !!!

अमेरिकाको उत्तरी क्यारोलाइना बस्ने एउटा परिवार दिउँसो नांगै सडकमा निस्क्यो । सार्लोट चौकीका प्रहरीले देख्नेबित्तिकै रोक्न खोजे तर तिनीहरुले परमेश्वरको आदेशले आफूहरु नांगै सडकमा हिँड्न थालेको बताए । उनीहरुको भनाइ थियो, 'परमेश्वरले सबै लुगा फुकाल अनि जाऊ भन्ने आदेश दिएका छन् ।' सार्लोटको व्यस्त सडकमा नांगै हिँड्नेमा २० वषर्ीया युवती, ४० वर्ष हाराहारीकी उनकी आमा र स-साना दुई बच्चा थिए । प्रहरीले मनोचिकित्सकमार्फत् दिमागी स्थिति बुझ्दा सबै सकुशल भएको पाइयो । केही समयअघि मात्र पनि फ्लोरिडा विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी माइकल सिलेचिया नांगै चौकी पुगी लिंग काटिदिन प्रहरीलाई गुहारेका थिए । (mero jilla)

0 सबै कमेन्टहरु हेर्नुहोस्: