चर्चित भिडियो शेयरिङ साइट यु ट्युब
इन्टरनेट प्रयोगकर्ताहरुको पहिलो रोजाइ त बनिरहेकै छ, यसले संगीतकर्मीको
भाग्य र भविष्य समेत सुरक्षित पारिदिन थालेको छ ।
बजारमा संगीतको व्यापार घटिरहेका बेला
संगीत साधकहरुका लागि यु ट्युब जिविकोपार्जन तथा प्रसिद्धिको माध्यम बन्न
थालेको छ । यसले कतिपय गायकहरुलाई विश्वव्यापी शाख सिर्जना गरिदिएको छ ।
साइ, जस्टिन बाइबर तथा म्याकलेमर लगायतका गायकहरुले यु ट्युबमार्फत नै
तहल्का मच्चाइरहेको उदाहरणले यो कुरा प्रष्ट पार्छ ।
इन्टरनेट मार्फत संगीतको सशुल्क डाउनलोड,
भिडियोसँगै अनलाइन विज्ञापन तथा प्रायोजनका साथै यु ट्युबमार्फत पाउने
प्रसिद्धिका कारण हुने विश्वव्यापी कन्सर्ट उल्लेखित गायकहरुको कमाइको
मुख्य आधार बनिरहेको छ ।
यु ट्युवमा संगीत सामाग्री साझेदारी
विभागका निर्देशक विविन लेविटका अनुसार विश्वलाई संगीतको माध्यमबाट
एकठाउँमा आबद्ध गर्न यु ट्युव उच्चतम प्लाटर्फम बनिरहेको छ ।
स्मरण रहोस् दक्षिण कोरियाली गायक साइको
चर्चित गित गंगनम स्टाइल यु ट्युबबाटै १ अर्ब भन्दा बढिले हेरे भने पछिल्लो
गित जेन्टलम्यान पनि साढे २७ करोड भन्दा बढिले हेरिसकेका छन् । यु ट्युबमा
गंगनम स्टाइल गितले पाएको अकल्पनीय प्रसिद्धिसँगै साइले यु ट्युबबाट मात्र
८० लाख अमेरिकी डलर कमाउन सफल भए । यु ट्युबमा शेयर भएका भिडियोहरुसँगै
डिस्प्ले हुने विज्ञापनबाट प्राप्त आम्दानीको केही अंश यु ट्युबले
सम्बन्धित भिडियोधनीलाई समेत दिने गरेपनि कति दिने भन्ने केही खुलाउँदैन ।
यु ट्युबमा भिडियो अपलोड गरि विश्वमा हजारौँ मान्छेले वर्षेनी लाखौँ डलर
आम्दानी गर्ने गरेका यु ट्युबकेा दाबी छ । यु ट्युबका अनुसार पछिल्लो दुइ
वर्षमा यु ट्युबले अपलोड गरिएका भिडियोबाट प्राप्त आम्दानीमध्ये झण्डै आधा
अर्ब सम्बन्धि भिडियो बनाउने कम्पनीलाई प्रदान गरिसकेको छ । (onlinekhabar.com)
0 सबै कमेन्टहरु हेर्नुहोस्:
Post a Comment