एउटै काम पटक पटक दोहोराएर गर्दा
मांशपेशीमा दबाब पर्छ । यसबाट मांशपेशीमा चोट पर्ने वा मांशपेशी थाक्ने
हुन्छ । यसबाट पिठ्युँमा दुखाइ महसुस हुन्छ । बढि गह्रौँ वस्तु उठाउँदा
पिठ्यूँमा बढि जोड पर्छ जसले गर्दा दबाब परेर पिठ्युँमा पीडा महसुस हुन्छ ।
पिठ्युँमा विभिन्न कारणले दबाब पर्दा
मांशपेशी तन्किने, खुम्चिने तथा तनाव आउने हुन्छ जसका कारण पनि पिठ्युँमा
बढि दुखाइ महसुस हुन्छ ।
पिठ्युँको प्राकृतिक स्वरुपमाथि अत्यधिक दबाब वा बढि निहुरिने लगायतका काम गर्दा पनि पिठ्युँमा दबाब बढ्न गइ पिठ्युँ दुख्ने हुन्छ ।
पिठ्युँको दुखाइ हटाउन के गर्ने ?
लामो समयसम्म एउटै काम नगर्नुहोस् वा
कुर्सीमा बसिनरहनुहोस् । केहीबेर हिड्ने, पाइला चाल्ने, कम्मर मर्काउने
लगायतका सामान्य व्यायाम बेलाबेलामा गर्नुहोस् ।
शरीरको उचित मुद्रा कायम गर्नुहोस् ।
बस्दा बढि कुप्रो परेर नबस्नुहोस् र लामो समयसम्म उभिएर काम गर्नुपर्दा
केहीबेर बस्नुहोस् र खुट्टालाई आराम दिनुहोस् ।
बढि ग्रह्रौँ वस्तु नउठाउनुहोस् । उठाउँदा भित्ता अथवा अरु वस्तुको आड लिनुहोस् ।
अनावश्यक रुपमा झुक्ने, पिठ्युँ वा कम्मर मोड्ने तथा अनावश्यक रुपमा पटकपटक बसउठ नगर्नुहोस् ।