'मङ्सिरको पहिलो साता चुनाव गर्ने सहमति नजिक पुगेका छौं,' उनले भने, 'हामीले चाहेको सविधान सभाबाटै संविधान बन्नुपर्छ, त्यो पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान हुनुपर्छ।'
अधिवेशनको
उद्घाटनको अवसरमा थारु आन्दोलनमा ज्यान गुमाएका धनबहादुर थनेतकी श्रीमती
फुलकुमारी थनेत र घाइतेलाई सम्मान गरिएको थियो। कार्यक्रममा नेकपा (एमाले)
जिल्ला उपाध्यक्ष रोशनबहादुर गाहा, एनेकपा (माओवादी)का नेता घनश्याम यादव, आदिवासी जनजाति महासङ्घ नवलपरासीका अध्यक्ष कर्णबहादुर सुनारीलगायतले थारु आन्दोलनबारे चर्चा गरेका थिए। (Nagriknews)
May 26, 2013
भगबानले नाङ्गै हुन भने रे यिनलाइ !!!
सुरुङ्ग भित्रको जिन्दगी : जिन्दगी यस्तो पीडादायी छ केही भयो कि सिधै मृत्यु
स्वदेशी लगानीमा दोलखामा निर्माणाधीन ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ निर्माणका खटिनेहरूको दैनिकी यही छ । नेपालीहरू बेरोजगारीको समस्या देखाउँदै खाडी राष्ट्र पुगेका छन् र पैसाका लागि विदेशी भूमिमा पसिना चुहाइरहेका छन् । त्यो पसिनाले त्यही देश सिञ्चित भइरहेको छ । तर, तामाकोसीको सुरुङ निर्माणमा त्यस्ता केही नेपाली छन् जसले ज्यानलाई धरापमा राखेर सुरुङभित्र काम गरिरहेका छन् र नेपालमा उज्यालो बनाउने सपना बोकेका छन् । यही सुरुङभित्र अन्धकारमय जीवन बिताउनेमा पर्छन्, तनहुँ आपु खैरेनीका ४९ वर्षीय रेशमलाल सार्की ।
नेपालको मध्यमस्र्याङ्दी, कालीगण्डकीका साथै भारतको अरुणाञ्चल, हिमाञ्चललगायत क्षेत्रमा पुगेर सुरुङ खनेका सार्कीले सुरुङभित्र जिन्दगी बिताउन थालेको १५ वर्ष नाघ्यो । उनी अहिले माथिल्लो तामाकोसीको सुरुङ निर्माणका लागि पसिना बगाइरहेका छन् । आफ्ना साथीहरू सुरुङ खन्दै जाँदा माथिबाट ढुंगा र माटो खसेर आँखा सामुन्नेमै ढलेर ज्यान गुमाएका धेरै स्मरण सँगालेका उनी अहिलेसम्म बाँच्न सक्नुमा भगवान्ले जीवन उपहार दिएको सम्झन्छन् । अधिकांश सुरुङभित्रै बसेर संघर्ष गरेका उनी दिनमा कमै उज्यालो देख्छन् । आर्थिक अवस्था दयनीय भएको र बेरोजगारीको कारण सुरुङभित्र काम गर्नुपर्ने बाध्यता सुनाउने उनी सुरुङभित्र हरेक क्षण आफ्नो वरिपरि काल घुमिरहेको बताउँछन् । ‘काल टाउकामाथि घुमिरहेको छ, कालमुनि सुरुङ खनिरहेका छौँ,’ उनले सुरुङ अनुभव सुनाए, ‘तर नेपालकै भूमिमा पसिना पोख्न पाउँदाको खुसी भने धेरै छ ।’ विदेशमा पुगेर लास बनेर आउने नेपाली सम्झँदै उनी स्वदेशमै काम गर्दा ज्यान गएमा मरेपछि पनि गौरवको अनुभव हुने तर्क गर्छन् ।
विदेशबाट आउने रेमिट्यान्समा खुसी हुने सरकार आफ्नो ज्यान जोखिममा राखेर अन्धकार सुरुङभित्र संघर्ष गरिरहेका र स्वदेशमै पसिना पोखिरहेका नेपालीलाई देख्दैन, सम्झँदैन । ‘हामीले अन्धकारभित्र बसेर जोखिमपूर्ण तरिकाले काम गरेका छौँ तर उचित श्रम पाएका छैनाँै, यहाँ काम सकेपछि अन्त्य पाउने कि नपाउने निश्चित पनि छैन,’ दोलखाका टेकबहादुर खड्काले दु:खेसो पोखे, ‘सरकारले स्वदेशमै बसेर यस्तो संघर्ष गर्नेहरूका लागि विशेष व्यवस्था गर्नुपर्ने हो ।’ उनका अनुसार दिनको एक घन्टा खाने समयबाहेक अधिकांश उनीहरूको जिन्दगी सुरुङभित्रै बित्छ ।’
यी मात्र होइन, तामाकोसीमा भेटिएका अधिकांश सुरुङभित्र संघर्ष गर्नेहरूको कथा उस्तै छ । सुरुङभित्रको त्रासदीपूर्ण अवस्था देख्दा मन छुने छ तैपनि सुरुङ बनाएर बिजुली उत्पादन गरी उज्यालो बनाउनेहरू खुसी छैनन् । ‘गरिबी र बेरोजगारीको बाध्यताले यो काममा लाग्नुपर्ने अवस्था छ,’ सिन्धुपाल्चोकको मदन तामाङले भने, ‘सुरुङभित्र कहालीलाग्दो जिन्दगी बिताउनुपर्दाको पीडालाई आर्थिक समस्याले थिचेको छ ।’
माथिल्लो तामाकोसीका कार्यरत १४ सय मजदुरमध्ये ३ सय नेपाली मजदुर सुरुङभित्र मात्र काम गर्ने आयोजनाले जनाएको छ । १६ किलोमिटर सुरुङमध्ये करिब साढे नौ किलोमिटर मात्र सुरुङ निर्माण पूरा भएको छ । ‘सुरुङभित्र काम गर्दा खतरा नै छ तर नेपालीहरूले पनि ठूलो संघर्षका साथ काम गरिरहेका छन्,’ आयोजनाका कायममुकायम प्रमुख विज्ञान श्रेष्ठले भने, ‘उनीहरूलाई सिफ्ट मिलाएर काम लगाइएको छ, खाना खाने बेलामा भने बाहिर आउँछन् तर अधिकांश समय भित्र काममा बित्छ ।’
काम गर्ने क्षेत्र र भौगोलिक अवस्थाले सुरुङलाई मृत्युको जाल मानिन्छ । त्यही जालभित्रको उनीहरूको जिन्दगी यस्तो पीडादायी छ कि त्यहाँ न सुरुङभित्र मोबाइल चल्छ, न बाहिरी कुनै सम्पर्क हुन्छ, जताततै अन्धकार नै अन्धकार छ, गुहार मागेर पनि सुन्ने कोही हुँदैन, केही भयो कि सिधै मृत्यु । जिन्दगीमा खतरनाक मोडमा खतरा मोलिरहेका उनीहरू सुरुङभित्रको वाफ र कडा मिहिनेतले पसिनै पसिनाले भिज्छन् । सुरुङभित्र काम गरेर बाहिर निस्कँदा भुतजस्ता हुन्छन् । अनुहारभरि र शरीरभरि धुलो र हिलो पोतिएर बाहिर निस्कँदा संसार उज्यालो देख्छन् । ‘कति धुलो, मैलो फोहोरी हुइन्छ त कुरै नगराँै तर पनि काम गर्नु हाम्रो बाध्यता छ,’ अधिकांशको तर्क एउटै छ ।(Saurya daily)
फेसबुक चलाऊदा होसियार फसिएला नि युवतिको जालमा
फेसबुकमा
एकजना युवतीको नक्कली आइ डी प्रयोग गरेर भारतीय प्रहरीले भागि भागि लुकेर
हिड्ने एकजना गाडी चोर पक्राउ गर्न सफल भएको छ । फेसबुकको प्रयोग केवल
मनोरन्जनको लागि मात्र प्रयोग हुदैन भन्ने कुराको राम्रो उदाहरण भनेको छ यो
घटना । भारतको बिभिन्न शहरमा कार चोरी गर्दै हिड्ने कुख्यात चोरलाइ यसरी
समातिएको हो । यसरी पक्राउ पर्ने २४ वर्षीय भिमसिंह भाती रहेका छन । पहिले
देखि नै फेसबुकमा धेरै महिला साथीहरूलाई एड गरेका उनलाई पनि प्रहरिले
केटीको नाम राखेर बनाएको फेसबुकबाट रिक्वेस्ट पठाइयो । महिलाप्रति सहजै
आकर्षित हुने देखेपछी प्रहले उसलाइ उक्त फेसबुक मा्फत ती फेक महिलापात्र
प्रति निकै आशक्त बनाएरभेट्न बोलाइयो । अन्तत फेसबुककी फेक युवतीको
प्रेमजालमा परेर उनलाई भेट्न आएको चोर प्रहरीको फन्दामा पर्यो ।
चरम पीडा, अनि उत्पात खुसी
काखमा सातमहिने शिशु लिएर बसमा
यात्रा गरिरहेकी आमा निदाइन्, बच्चा एक्कासि बसबाट खस्यो। न आमाले चाल
पाइन्, न अन्य यात्रु र सहचालकले। जब आमा ब्युँतिइन्, काखमा बच्चा नदेखेर
अत्तालिँदै बसभित्र सबैतिर खोजिन्। हल्लीखल्ली भयो, बच्चा कतै थिएन। बसै
फर्काएर बच्चा खोज्न निस्किएका बाबुआमाले जब छोरो सकुशल प्रहरीको काखमा
खेलिरहेको पाए, खुसीको सीमै रहेन।
गुडिरहेको बसबाट मध्यरात जंगलबीच खसेको सातमहिने छोरो सकुशल भेटिँदा मित्तल दम्पतीमा व्यक्त गर्नै नसकिने खुसी छायो
सुन्दा आश्चर्य लाग्ने यो बुधबारको घटना हो।
बिहे निम्तो मानेर काठमाडांैबाट बुटवल घर फर्किरहेको विकास र ममता मित्तल दम्पतीलाई एकैदिन चरम पीडा र उस्तै खुसी मिल्यो।
नौबिसेमा खाना खुवाएर गुडेको लु१ख ६९४६ नम्बरको 'रिजर्भ्ड' बसमा मित्तल परिवार र आफन्तमात्र थिए। यात्रु सबै निदाएका थिए। नवलपरासीको दलदले पुग्दा बिहानको ६ बजेको थियो, बस रोकियो। ममता ब्युँतिइन्, हेर्दा काखमा छोरो थिएन।
अत्तालिएकी मित्तलले सबै सिटमुनि खोजिन्। फेला नपरेपछि बस नै फर्काएर सबै सोधखोज गर्दै हिँडे। चितवन दारेचोकस्थित फिस्लिङ–चुम्लिङ जंगलबीच सडकमा मंगलबार राति साढे १२ बजेतिर शिशु खसेको थियो। मुग्लिङतर्फबाट आउँदै गरेको ट्रकका चालकले सडकबीच रुँदै बामे सरिरहेको बालक देखे, गाडीमा राखेर जोगिमारास्थित प्रहरीचौकीको जिम्मा लगाइदिए।
राति नै प्रहरीले आन्तरिक सञ्चारमार्फत प्रहरी कार्यालयहरुमा बच्चा भेटिएको जानकारी गराइसकेको थियो। मुग्लिङ प्रहरीले बच्चा सकुशल रहेको जानकारी गराएपछि मित्तल दम्पती खुसी हुँदै इलाका प्रहरी कार्यालय गजुरी पुग्यो, छोरो सुरक्षाकर्मीको काखमा खेलिरहेको थियो। उनीहरूले प्रहरीलाई धन्यवाद दिए र छोरो जिम्मा लिए।
सडकको बीचमा मध्यरात खसेको बालक सकुशल पाएपछि मित्तल परिवारमा खुसीको सीमा रहेन। आमाको काखबाट सडकमा खसेको शिशु ६ घन्टापछि बाबुआमाको जिम्मा लगाएको गजुरीका प्रहरी निरीक्षक तुलसी भट्टराईले जनाए। आमा निदाएका बेला बच्चा बसको ढोकाबाट खसेको हुन सक्ने प्रहरी अनुमान छ। प्रहरीका अनुसार बच्चाको टाउकोमा सामान्य चोट छ।

चुनावको मिति चार दिनभित्र : गच्छदार
मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का अध्यक्ष
विजयकुमार गच्छदारले संविधानसभाको निर्वाचन गराउन चार राजनीतिक दलहरु
सहमतिमा पुगेको बताएका छन्। आइतबार आयोजित थारु कल्याणकारिणी सभा
नवलपरासीको पाँचौं जिल्ला अधिवेशनको उद्घाटनपछि उनले पार्टीको आ–आफ्नै
अडानका कारण चुनावको मिति तोक्न नसकिएको बताउँदै केही दिनभित्र सहमतिमा
पुग्ने जानकारी दिए।