Mar 20, 2015

लोकसेवा आयोगका परीक्षार्थीहरुले ध्यान दिनुपर्ने 12 कुराहरु : Very important 12 Tips for Loksewa aayog Nepal's Examine Students


1 लोकसेवा आयोग Lok Sewa Aayog Nepal ले तर्जुमा गरेको वाषिर्क कार्यतालिका लिई सोही अनुसार तयारी अघि बढाउने


2 विश्वसनीय, भरपर्दो र उपयुक्त पाठ्यसामग्री संकलन गरी नियमित रुपमा अध्ययन गर्ने र महत्वपूण लागेका कुराहरुलाई सिलसिलेवार रुपमा टिपोट गर्ने ।

3 पाठयक्रम र परीक्षामा सोधिने प्रश्नको ढाँचा गहन अध्ययन गरी परीक्षामुखी अभ्यासमा जोड दिने ।


4 लोकसेवा आयोग Lok Sewa Aayog को परीक्षासँग सम्बन्धित विभिन्न पत्रपत्रिकाहरुका साथै अन्य सर्न्दर्भ सामग्रीको अध्ययनलाई व्यवस्थित बनाउने


5 यथासमयमा परीक्षा हल (exam hall) मा पुगी शान्त र संयमित भई उत्तर लेखन सुरु गर्ने ।


6 परीक्षा हल (exam hall) मा उत्तर लेख्न सुरु गर्नुभन्दा पहिले प्रश्नपत्रहरु (question papers) पुरा भए नभएको यकिन गर्ने ।


7 वस्तुगत प्रश्नको उत्तर दिदा क, ख, ग, घ (a, b, c, d) मध्ये जुन सही लाग्छ, त्यही की लाई मिल्दो महलमा लेख्ने । अन्य चिन्ह वा संकेतको प्रयोग,


8 असम्बन्धित कोठामा लेखिएका उत्तर केरमेट गरी सच्चाइएका उत्तर र सिसाकलम (pencil) प्रयोग गरी लेखिएका उत्तरहरु अमान्य हुने हुँदा यसमा विशेष ध्यान पुरयाउने ।


9 वस्तुगत बहुउत्तर परीषा प्रणालीमा गल्ती गरेको उत्तर (answer) लाई २० प्रतिशत अंक कटी गरिने हुँदा अन्धाधुन्ध उत्तर नलेखी सजगता अपनाउने ।


10 छोटा विषयगत प्रश्नको उत्तर दिदा समयको परिधिभित्र रही प्रश्नले अपेक्षा गरेको उत्तरमा प्रष्ट भई बुँदागत रुपमा सटिक जवाफ लेख्ने र लामो विषयगत प्रश्नको उत्तर दिदा भने प्रश्नको गाम्भिर्यता हेरी भूमिकासहित तथ्यगत जवाफ र निष्कर्षमते लेख्नु राम्रो हुने ।


11 मौलिक, सृजनात्मक एवम तर्कयुक्त जवाफ लेख्ने प्रभावमा छुटयाइ लेख्ने
कुनै विषयको प्रभावका बारेमा लेख्नुपर्दा सकारात्मक र नकारात्मक प्रभावमा (positive and negative effect) छुटयाई लेख्ने ।


12 विषयगत प्रश्नको उत्तर लेख्दा सकभर केरमेट नगर्ने साथै लेखेको कुरा काटनुपर्ने भएमा तेस्रो धर्कोले काटी थप्नुपर्ने कुरा बुझिने गरी लेख्ने ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: