Mar 1, 2015

के के हुन स्वाइन फ्लुका लक्षण ? यसबाट कसरी बच्ने ? बेलैमा ध्यान पुर्‍याउनुहोला नत्र ज्यान लिन्छ स्वाइन फ्लुले ।


राजधानीमा स्वाइन फ्‍लुबाट एक महिलाको मृत्यु भएको छ। बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार गराइरहेकी उनको स्वाइन फ्लुका कारण गएराति मृत्यु भएको स्वास्थ्य मन्त्रालय, रोग नियन्त्रण महाशाखाले पुष्टि गरेको हो। काठमाडौंकै स्थायी बासिन्दासमेत रहेकी ति महिलाको नाम भने गोप्य राखिएको छ।
५० वर्षीय ती महिला एक साता अघि अस्पताल भर्ना भएकी थिइन्। उपचारमा संलग्न अस्पतालका चिकित्सकका अनुसार उनी दमको पुरानो रोगी थिइन्। यो वर्ष स्वाइन फ्लुले मृत्यु भएको यो नै पहिलो घटना हो। गत वर्ष स्वाइन फ्लुका कारण १८ जनाले ज्यान गुमाएका थिए।