Mar 17, 2015

मेरो विवाह भएको एक वर्ष भयो । शीघ्रपतनले यौन सन्टुष्टि हुदैन । के कारणले यस्तो हुन्छ ? र समागममा दुखाई पनि हुन्छ किन ?



नवविवाहित पुरुषहरुमा यौन अनुभव कमी शीघ्रपतनको कारण हो महिलाको यौनाङ्गमा लिङ्ग घुसाउनु अघि वा तुरुन्तै वीर्य झर्नाले यौन तृप्तिको कमी हुनजान्छ यो समस्या अधिकांशमा मनोगत हुने गर्छ यसको निराकणका लागि यौन ज्ञान, यौन सम्बन्धी भ्रमको निवारण श्रीमतीको समझदारी महत्वपूर्ण हुन्छ पुरुष उत्तेजित भै वीर्यस्खलन होला जस्तो अनुभव भएपछि महिलाले पुरुष अंगको टुप्पाभन्दा केहि तलतिर केहि सेकेण्डका लागि दुई औँलाले थिचेर उत्तेजना अलिकम भएपछि छोड्ने तरीका पनि अपनाउन सकिन्छ एकपटक विशेषज्ञ चिकित्सकको सल्लाह लिनु होला

समागमको बेला महिला पुरुष दुवैलाई यौनाङ्गमा दुखाई अनुभव हुनसक्छ यस्तो दुखाई प्रायः सम्भोगको बेला कहिलेकाहिँ त्यसपछि वा अघि पनि हुनसक्छ यस्तो दुखाई हुनुका मुख्य कारणहरु समागमको बेला यौनाङ्गमा सुख्खा रहनु, घर्षण हुनु, त्यसमा खाटा पर्नु, संक्रमण, मांसपेशीको संकुचन वा जननेन्द्रियका अन्य रोगहरु हुन् यस्तो अवस्थामा महिलाहरुले स्त्रीरोग विशेषज्ञ पुरुषले पनि चिकित्सकलाई जँचाएर जनेन्द्रीयमा कुनै समस्या कि भनी निक्र्यौल गर्न आवश्यक हुन्छ

डा. विश्व दवाडी
By: Swasthakhabarpatrika

0 सबै कमेन्टहरु हेर्नुहोस्: