Mar 17, 2015

हिमानिले यसरी छुटाउदैछिन पूर्वयुवराज पारसलाई

paras

तीन महिनादेखि थाई जेलमा रहेका पूर्वयुवराज पारस शाह केही दिनपछि छुट्ने भएका छन् । बैंककस्थित नेपाली दुतावासले उनी नेपालका पूर्व युवराज भएको भनेर त्यहाँको अदालतलाई पत्राचार गरेपछि उनी छुट्ने सम्भावना बढेको हो ।
थाई अदालतले आगूऔषध मुद्दामा सुरुमा पारसलाई धरौटीमा छाडे पनि पछि भनेको समयमा उपस्थित नभएको भनेर थुनामा राख्ने आदेश दिएको थियो । पारसका वकिलहरुले उनी नेपालको युवराज भएको र लागूऔषध कारोबारी नभई कहिलेकाँही मात्र उनले सेवनका लागि लागू औषध बोक्ने गरेको बताएपछि अदालतले उनी नेपालको पूर्व युवराज भएको प्रमाण मागेको थियो ।
सोही अनुसार उनलाई सहयोग गर्दै आएका सुनिल खड्काले त्यस्तो पत्रका लागि दुतावासलाई आग्रह गरेका थिए । दुतावासका कर्मचारीले पारसको परिवारले आग्रह गरेमात्र पत्र लेखिदिने बताएपछि पारसकी श्रीमती हिमानीले दुतावासको सहयोग मागेकी थिइन् ।
त्यसपछि मात्र दुतावासले पारस नेपालको पूर्वयूवराज भएको पत्र लेखेको दृष्टि सात्ताहिकमा समाचार छ । पूर्व युवराज भएकोले उनलाई धरौटीमा अदालतले छाड्ने स्रोतको दाबी छ । तर, केही व्यक्तिहरुले अदालतमा मोटो रकम घुस खुवाए मात्र छुट्ने भन्दै परिवारसँग पैसाको बार्गेनिङ गर्दै आएको स्रोत बताउँछ ।

0 सबै कमेन्टहरु हेर्नुहोस्: