Mar 12, 2015

डा. गोबिन्द केसी द्वारा फेरी आमरण अनसनको घोषणा

१० सूत्रीय माग पूरा गर्न सरकारलाई अल्टिमेटम


उनले नयाँ सम्बन्धन दिन मिल्ने गरी प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई, शिक्षा मन्त्रीले त्रिविलाई त्रिविले आइओएमलाई चिठी लेखी गरिएका निर्णय तत्काल खारेज गर्न तथा संविधानसभा नै अवरुद्ध गर्ने धम्की  दिई सरकारलाई गैर(क़ानूनी कामका लागि दबाब दिने सभासद्हरुलाई कारवाही गर्दै मेडिकल कलेज सम्बन्धन सम्बन्धी संसदीय समितिले दिएको सुझाव बदर गर्न माग गरेका छन्
यस्तै, आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई तत्काल कारवाही गर्न, चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिको प्रतिवेदन कार्यान्वयन गर्न, विगतका सहमति तथा सरकारको  निर्णयविपरीत काठमाडौं विश्वविदालयले  हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीलाई कारवाही गर्न माग गरिएको
मेडिकल कलेजको सिट बढाउने कार्यमा मेडिकल काउन्सिल विश्वविद्यालयले साँठगाँठ गरेर गुणस्तरमा सम्झौता गरेको पाइएमा दोषीलाई तत्काल कारवाही गर्न तथा प्रवेश परीक्षामै नबसेका वा फेल भएका विद्यार्थीलई पढाउन पाउने भन्ने भनी अदालतले गरेको फैसला छानबिन गर्न माग गरेका छन् यस्तै, उनले ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने भनी भएको सम्झौता कार्यान्वयन गर्न पनि माग गरेका छन्


६० देशमा कायम निजी मेडिकल कलेजहरुको गुणस्तर कायम राख्न मेडिकल काउन्सिल तथा दुवै विश्वविद्यालय उत्तिकै उदासीन हुँदा भद्रगोलको स्थिति यो अवस्थामा अनुगमनपछि सन्तोषजनक नपाइएका कलेजमा सीट घटाउनको सट्टा झन् बढाइएकाले किन त्यो अवस्था आयो, त्यसको तुरुन्त छानविन गरेर काउन्सिल विश्वविद्यालयले साँठगाँठ गरेर गुणस्तरमा सम्झौता गरेको पाइएमा दोषीहरुलाई तत्काल कारवाही गरियोस्
डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौं


काठमाडौंशिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले फेरि आमरण अनसन घोषणा गरेका छन् मेडिकल शिक्षासम्बन्धी नयाँ नीति अलग्गै विश्वविद्यालय निर्माण नहुन्जेलसम्म नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुनेलगायतका १० सूत्रीय माग अघि सार्दै केसीले आगामी चैतबाट आमरण अनसनमा उत्रने घोषणा गरेका हुन् उनले आफ्ना माग पूरा गर्न सरकारलाई १० दिनको अल्टिमेटम दिएका छन्
डा. केसीले जारी गरेको विज्ञप्ति
आदरणीय पत्रकार मित्रहरु
विगत केही दिनदेखि छिटोछिटो बदलिइरहेको परिस्थितिका कारण मैले नयाँ चरणको आन्दोलन गर्नुपरेका अवगत गराउँछु
नेपालमा चिकित्सा शिक्षाको गुणस्तर कायम राख्दै स्तरीय आम मानिसको पहुँचको स्वास्थ्य सेवाका लागि विगतमा हामीले लामो प्रयास गरेको सबैलाई अवगतै तर पटक पटक सरकारसित सम्झौतामा आन्दोलन टुंगिने गरेकोमा सरकारले ती सम्झौतालाई कार्यान्वयन गर्नमा चरम उदासीनता लापरवाही देखाउँदै आएको   काउन्सिल विश्वविद्यालयहरुले लिने विशुद्ध प्राविधिक निर्णयहरुलाई पनि अदालतका अकल्पनीय फैसलाहरुले निस्तेज पारेका छन् दुवै नियामक निकायहरुले गर्ने नियमित अनुगमनहरु ठूलो हदसम्म नाटक मञ्चनजस्ता भएका छन् अनुगमनमा निराशाजनक अवस्था स्पष्ट देखिएका कलेजहरु दण्डित हुनुको सट्टा सिट थपेर पुरस्कृत भइरहेका छन् सरकारले पटकपटक चिकित्साका कोर्सहरुका लागि अधिकतम शुल्क तोक्ने भने पनि लिलाम बढाबढमा भर्ना लिएर सकेजति शुल्क असुल्न छुट दिइरहेको
त्यतिले मात्र नभएर गएका केही हप्ताहरुमा देशको चिकित्सा शिक्षा स्वास्थ्य सेवामा दीर्घकालीन रुपमा प्रतिकुल प्रभाव पर्ने गरी घातक कदमहरु चालिएकाले स्थिति अझ गम्भीर बनेको   पहिले आइओएमजस्तो नेतृत्वदायी नियामक निकायलाई टुक्र्याएर वा निस्तेज पारेर सम्बन्धनको बाटो खोल्ने प्रयास गरिया भने अब आएर चिकित्सा शिक्षा नीति विश्वविद्यालयको निर्माण नै नभई विगतका सम्झौता प्रतिबद्धताविरुद्ध नयाँ मेडिकल कलेजको सम्बन्धन खुलाउने प्रयास गरिएको
राज्यका विभिन्न निकायहरुलाई पटक पटक आग्रह गर्ने झक्झक्याउने काम गर्दा पनि पहिलेका सम्झौता कार्यान्वयन गर्नु कता कता अझ धेरै भ्रष्ट, अदुरदर्शी घातक कदमहरु चालिएकाले निम्न मागहरु पूरा गर्नका लागि सरकारलाई १० दिनको अवधि दिन्छु।  यी  मागहरू  पूरा नभएमा यही चैत्र गते देखि आमरण अनशन बस्न लागेको जानकारी गराउँछुः
१० विगतका प्रतिबद्धता सम्झौता  विरुद्ध चिकित्सा शिक्षा नीति चिकित्सा विश्वविद्यालयको निर्माण हुनुअघि नै नयाँ सम्बन्धन दिन मिल्ने गरी प्रधानमन्त्रीले शिक्षा मन्त्रीलाई, शिक्षा मन्त्रीले त्रिविलाई त्रिविले आइओएमलाई चिठी लेखिएकोमा ती तीनवटै चिठी लेख्ने निर्णयहरु तुरुन्त रद्द गरी नयाँ नीति विश्वविद्यालय निर्माण नहुन्जेल कुनै पनि नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिने राज्यको विगतदेखिको नीतिलाई तुरुन्त  कार्यान्वयन गरियोस् साथै संविधान निर्माणको काम छाडेर निहित स्वार्थका लागि संविधान सभा नै अवरुद्ध गर्ने धम्की  दिई सरकारलाई गैर(क़ानूनी कामका लागि अवांछित दबाब दिने सभासद्हरुलाई कारवाही गर्दै मेडिकल कलेज सम्बन्धन सम्बन्धी संसदीय समितिले दिएको गलत बदनीयतपूर्ण सुझाव बदर गरियोस्
२० विगतदेखि निरन्तर मेडिकल कलेज सम्बन्धन लगायतका प्रकरणमा अनियमितता तथा भ्रष्ट गतिविधिमा संलग्न भएका त्रि वि पदाधिकारीहरुले विगतको सहमतिबमोजिम आइओएमलाई स्वायत्तता दिनको बदला पछिल्लो समयमाा आइओएम नै टुक्र्याउने दुस्प्रयास गरेकाले उक्त कदम अविलम्ब सच्याउँदै दोषी पदाधिकारीहरुलाई तत्काल पदच्युत गरेर कारवाही गरियोस्   साथै भ्रष्टाचार चरम अनियमिततामा संलग्न भएको भनेर सरकारले गठन गरेको उच्चस्तरीय समितिले तोकेरै भनेका आइओएमका भ्रष्ट पूर्वपदाधिकारीहरुलाई पनि तत्काल कारवाही गरियोस् विगतमा आइओएमलाई बाइपास गरेर फ्याकल्टी बोर्डको निर्णयविरुद्ध अनुगमनमा जाने पूर्वाधार पुग्यो भनेर फर्जी रिपोर्ट दिने व्यक्तिहरुमाथि पनि तुरुन्त छानविन कारवाही होस्
३० विगतका सहमति बमोजिम चिकित्सा विश्वविद्यालय सम्भाव्यता अध्ययन समिति चिकित्सा शिक्षा राष्ट्रिय मापदण्ड निर्धारण समितिले प्रतिवेदन बुझाइसकेको तथा उक्त दुवै प्रतिवेदनहरु कार्यान्वयन गर्ने मन्त्रीमण्डलस्तरीय निर्णय भइसकेकाले उक्त निर्णय तत्काल कार्यान्वयन गरियोस्
४० राष्ट्रिय चिकित्सा तथा स्वास्थ्य शिक्षा नीति ९चिकित्सालगायत नर्सिङ, पब्लिक हेल्थ प्यारामेडिकल कोर्सहरुलाई समेटने गरी० निर्माणका लागि समिति बनिसकेकाले उक्त समितिले रिपोर्ट बुझाउनासाथ त्यसलाई तत्काल कार्यान्वयन गर्दै  स्वस्थ्य क्षेत्रका सबै कोर्सहरुको गुणस्तर सुनिश्चित गरियोस्
५० विगतका सहमति तथा मन्त्रीमण्डलकै निर्णयविपरीत केयुले हालै दुई मेडिकल कलेजलाई सम्बन्धन दिएकाले त्यसका लागि जिम्मेवार केयुका पदाधिकारीहरुलाई उचित कारवाही गर्दै नयाँ  चिकित्सा नीति नबंदासम्म उक्त सम्बन्धन रोकियोस् साथै उक्त सम्बन्धन प्रकरणमा अदुअआ प्रमुखले आफ्नो अख्तियार दुरुपयोग गर्दै सम्बन्धनका लागि अवान्छित दबाब दिएको भन्ने आरोप लागेकाले उक्त आरोपबारे छानविन गरियोस् त्यस्तो दबाब दिएको पाइएमा अख्तियार प्रमुखमाथि पनि कानुन बमोजिम कारवाही गरियोस् साथै अख्तियारले ससाना भ्रष्टरुलाई कारवाही गर्ने तर ठुला भ्रस्टलाई नछुने गर्दा चरम दण्डहीनता सिर्जना भएकाले त्यस विषयमा पानी छानबिन  कारवाही गरियोस्।  साथै पटक पटक राज्यले गरेका समझौता उल्लंघन गर्ने शिक्षा मन्त्रीमाथि पनि उचित कारवाही होस्
७० काउन्सिल विश्वविद्यालयले लिने विशुद्ध प्राविधिक निर्णयहरुमा अदालतले बारम्बार अवाञ्छित हस्तक्षेप गर्दै गुणस्तर नपुगेका कलेजहरुमा सीट घटाउन नमिल्ने तथा अनिवार्य प्रवेश परीक्षामै नबसेका फेल भएका विद्यार्थीहरुलाई पढाउन पाउने भन्ने फैसला गरेर निरपेक्ष दण्डहीनताको अवस्था सिर्जना गरेकाले त्यस्ता फैसलाहरु बारे कानुनबमोजिम छानविन गरेर कारवाही गरियोस्
८० त्रि वि, आइओएम, न्याम्स लगायतका नेतृत्वदायी नियामक संस्थाहरुमा पदाधिकारीहरु नियुक्त गर्दा दलीय वफादारीको आधारमा नभएर वरिष्ठता कार्य क्षमताको आधारमा नियुक्त गर्ने व्यवस्था गरियोस् नेपाल मेडिकल मेडिकल काउन्सिलले अनुगमन अध्ययनविनै नयाँ मेडिकल कलेज खुल्न दिनेसम्बन्धीसकारात्मक रायदिएकाले भ्रष्टाचार प्रमाणित भइसकेका दलीय वफादारीका कारण नियुक्त भएका काउन्सिल अध्यक्षलगायतका पदाधिकारीहरुलाई तुरुन्त बर्खास्त गरियोस् साथै काउन्सिल नेतृत्वमा वरिष्ठ स्वच्छ छवि भएका चिकित्सकहरुलाई ल्याउने व्यवस्था गर्न हाल कायम नियम कानुनमा त्यस अनुसारको सुधार गरियोस्
९० आम मानिसका लागि सर्व सुलभ स्वास्थ्य सेवा पुर्याउने जिम्मेवारी राज्यको भएकाले त्यसका लागि दीर्घकालीन नीती लिएर कार्यान्वयन शुरू गरियोस्। त्यस प्रयोजनका  लागि चिकित्सा तथा नर्सिङ प्यारामेडिकल कोर्सहरुमा विद्यार्थीलाई निःशुल्क वा न्यूनतम शुल्कमा पढाउने व्यवस्था गरियोस् चिकित्साका स्नातकोत्तर सोभन्दा माथिका तहलाई तत्काल पूर्ण निःशुल्क गरियोस्
१०० ग्रामीण क्षेत्रमा सरकारी पहलमा मेडिकल कलेज खोल्ने  सम्झौता  भएकोमा तुरुन्त उक्त समझौता कार्यान्वयन गरियोस्।
अन्तमा विगतमा झैं अब पनि यो कठिन लडाइँमा हाम्रो आन्दोलनलाई शुभेच्छा सहयोग गर्नुहुनेछ भन्नेमा सबै सञ्चारकर्मी साथीहरुप्रति आशावादी छु साथै अनशनबाहेक अस्पतालका कुनै पनि सेवाहरु पठनपाठन अवरुद्ध नहोउन् भन्ने मेरो प्रष्ट धारणा स्थिति गम्भीर हुँदै गएमा सिर्जना हुन आउने असहज परिस्थितिका लागि नेपाल सरकार नै जिम्मेवार हुनेछ
फेरि पनि एकचोटि सहयोग शुभेच्छाको अपेक्षासहित,

0 सबै कमेन्टहरु हेर्नुहोस्: