Mar 2, 2015

चितवनमा स्वाइनफ्लुका ६ बिरामी भेटिए, नेपालभरी ४३ जना ।


Image Title

चितवन, १८ फागुन, चितवनस्थित भरतपुर अस्पतालमा परीक्षण गराइरहेका थप दुईजनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । दुई दिनअघि १४ जना बिरामीको नमुना परीक्षणका लागि काठमाडौँ पठाइएकामा थप दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले आज जानकारी दिएको छ । योसँगै अहिलेसम्म जिल्लामा उपचार गराएका ६ जनामा स्वाइन फ्लु लागेको पुष्टि भएको छ । केही दिनअघि यहाँ ४ जनामा फ्लु लागेको पुष्टि भएको थियो । 


दुईजनामा स्वाइन फ्लुको सङ्क्रमण भएको आज मात्रै पुष्टि भएको जानकारी आएको कार्यालयले जनाएको छ । अहिलेसम्म जिल्लाका ६० जनाको नमुना परीक्षणमा छ जनामा स्वाइन फ्लु लागेको पाइएको हो । नेपालभरमा अहिलेसम्म ४३ जनामा स्वाइन फ्लु लागेको सार्वजनिक भएको छ ।

इन्फ्लुएन्जा ए एचवान एनवान अर्थात् स्वाइन फ्लु सङ्क्रमण भएकामा  एकजना नवलपरासी र एकजना गोरखाका बिरामी रहेको जनस्वास्थ्य कार्यालयका कीट नियन्त्रण निरीक्षक राम केसीले आज बताउनु भयो । उनीहरु भरतपुर अस्पतालमा उपचाररत थिए । 

आइतबारमात्रै काठमाडौँमा उपचार गराइरहेकी एक महिलाको स्वाइन फ्लुका कारण ज्यान गएको पुष्टि भएको थियो । जिल्लामा स्वाइन फ्लुका बिरामी भेटिएपछि स्वाइन फ्लु बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाइएको छ । चितवन जिल्ला भारतसँग जोडिएकाले र नेपालकै तेस्रो पर्यटकीय क्षेत्र र विदेशीको बढी चहलपहल हुने जिल्ला भएकाले सतर्कतामा जोड दिइएको छ । इन्फ्लुएन्जा ए एचवान एनवान नामको रोग नै स्वाइन फ्लु हो । यो सुँगुरमा पाइने रोग भए पनि मानिसमा सरेपछि मानिसबाट मानिसमा सजिलै सर्ने भएकाले पनि सचेत हुनुपर्ने चिकित्सकहरुले बताएका छन् ।

रोग आउनुपूर्व नै पूर्व तयारीका कामहरु गरिएको बताउँदै केसीले रोगविरुद्ध दिइने भ्याक्सिन तथा औÈधिहरु तयारी अवस्थामा राखिएको छ । स्वाइन फ्लु सङ्क्रमणले भारतमा सयौँको ज्यान गइसकेको छ ।  रुघाखोकी, घा“टी दुख्नु, श्वासप्रश्वासमा समस्या हुनु यसका लक्षण हुन् । यसबाट बच्न मास्क लगाउने आवश्यक सावधानी अपनाउने, भीडभाडमा नजाने र रुघा लाग्नेबित्तिकै स्वास्थ्य संस्थामा जचाउनुपर्ने चिकित्सकले बताएका छन् ।रासस

2 सबै कमेन्टहरु हेर्नुहोस्:

ideladady said...

Titanium Mens Ring - The History of Glass Goggles and Taps
Stainless head titanium ti s6 Steel titanium vs tungsten Glass Goggles and Taps. Made by black titanium rings Tanger Industries. This titanium exhaust tubing glass-based Glasses are designed to titanium strength be used in everyday wear and tear

bisynese said...

eh608 Cheap Jerseys china,wholesale nfl jerseys,cheap jerseys,Cheap Jerseys free shipping,wholesale jerseys,wholesale nfl jerseys,wholesale jerseys,wholesale jerseys,wholesale nfl jerseys ii751