Mar 3, 2015

ज्वानोले गर्ने फाइदाहरु

ज्वानो एक मसला हो यो उष्ण प्रकृतिको मानिन्छ यसको प्रयोग तरकारी आदिमा बढी गरिएपनि नेपालमा यसको प्रचलन सुत्केरी अवस्थामा धेरै गरेको पाईन्छ बच्चा आमा दुबैको स्वास्थ्यको लागि परापूर्वकालदेखि यसको प्रयोग बढी लाभदायक मानिएको ज्वानोको सबैभन्दा ठूलो विशेषता यसमा रहेको क्याल्सियम हो एक चिया चम्चा ज्वानोमा ७६ मिलिग्राम क्याल्सियम पाइन्छ कुपोषण भएका लामो बिमारीपछि उठेका बालबालिका, वृद्धा, गर्भवती महिला सबैलाई ज्वानोको प्रयोगले गर्छ सुत्केरी अवस्थामा ज्वानोले शरीरलाई चाहिने आवश्यक क्याल्सियमको परिपूर्ति गर्छ   दूध बढाउँछ आमाको दूधबाट बच्चालाई पनि क्याल्सियम प्राप्त हुन्छ
यसले पाचनशक्ति बढाउँछ, हानीकारक जीवाणु एवम् कृमिनाश गर्छ, वायुविकार हटाउँछ गर्मी, सर्दी दुबै मौसममा अनुकुल ज्वानोले फाइदा गर्छ पेट दुखाइ कम गर्न, पेटका कृमिहरु नाश गर्न पाठेघर सबल पार्न ज्वानोको प्रयोग फाइदा जनक ज्वानोको बढी प्रयोग गर्दा हानी देखिएमा धनियाँको प्रयोग गर्नुपर्ने कुरा आयुर्वेदले मानेको
पेट दुखेमा ज्वानो पानी पकाएर थोरै नून मिसाई खान दिँदा पेट दुखेको कम हुन्छ पेट फुलेमा भुटेको ज्वानो एक चम्चा थोरै बीरेनून मिसाई पिस्ने त्यो पाउडरलाई एकडेढ चम्चा तातो पानीसँग खाने गर्दा पेट फूल्ने ठिक हुन्छ   महिलाहरुमा सेतो पानी बग्ने समस्या भएमा नियमित रुपले चौलानी पानीमा भुटेको ज्वानोको पाउडर राखी फिटेर केही महिनासम्म पिउने गर्दा सुधार हुन्छ ज्वानोको प्रयोग झोल बनाउँन, तरकारी एवम् भात, रोटी वा अन्य खानेकुरा आदि पनि गर्न सकिन्छ


0 सबै कमेन्टहरु हेर्नुहोस्: