May 8, 2013

किन आउछ डन्डिफोर ? के हो यसको समाधान ?

मान्छेको बढ्दो उमेरसँगै डन्डिफोर प्रायः सबै मानिसमा आउँछ। चढ्दो जवानीसँगै हर्मन चलायमान र वृद्धि पनि हुन्छ। हर्मनको एक्टिभिटी बढ्दा मानिसमा शिवासिया ग्रन्थि पनि बढ्छ। यसले डन्डिफोर देखिन्छ। यो ग्रन्थीको कारण बढेको डन्डिफोर उमेर बढ्दै गएपछि कम हुन्छ। डन्डिफोरलाई युवा अवस्थाको संकेत भनिए पनि यसले कतिपयको अनुहारै कुरुप पार्न सक्छ।
त्योबाहेक चिल्ला खानेकुरा, क्रिम, तेल र जेलहरु एवं जंकफुड प्रयोगले पनि डन्डिफोर बढ्छ। खासगरी कुन उमेर हो र कति डन्डिफोर छ भन्ने थाहा भएपछि विस्तारै अन्य जोखिमयुक्त बानी घटाउँदै लैजानुपर्छ। चिल्लो प्रयोग कम गर्ने, ८/९ घन्टा सुत्ने, नकोट्याउने, सागपात, फलफुल र पानी प्रसस्त खाने र तनावमुक्त रहने। निको पार्ने नाममा जथाभावी औषधी खाने र निचोर्ने भने गर्नुहुन्न। धेरै नराम्रो हुनेगरी आएमा औषधि सेवन गर्ने र विशेष मल्हम लगाउन सकिन्छ। यस्तो उपचार कम्तीमा तीन महिना गर्नुपर्छ। घरेलु तरीकाबाट पनि डन्डीफोरबाट बच्न सकिन्छ। सुत्नुअघि तातोपानीले मुख धुने र अनुहारमा तातो पानीको बाफ दिने गर्नुपर्छ।

1 सबै कमेन्टहरु हेर्नुहोस्:

Anonymous said...

tapaiko blog load huna kina dherai ber lag6