Apr 24, 2013

नेपाली फिल्म बचाउन " बर्मा "आउँदै

‘अहिले नेपाली फिल्म उद्योग तनाव ग्रस्त छ,’ नेपाली फिल्म तनावका निर्देशक ऋषि न्यौपाने यसै भन्छन् । के कारणले फिल्म उद्योग तनावग्रस्त भयो त ? ‘सबै कुरा छाडा भैसके, डाईलग छाडा, लवाईखवाई छाडा, फिल्म बनाउने तरिका छाडा, फिल्म चलाउने तरिका छाडा यस्तै यस्तै धेरै कुराहरुले फिल्मी क्षेत्रलाई तनावग्रस्त बनाईरहेका छन्,’ निर्देशक न्यौपाने थप्छन् ।

त्यसो त ‘आँखा झिमिक्क माल सामान गायब’ जस्तो सेक्सी र भद्दा लाग्ने गीत आफ्नो फिल्ममा राख्ने निर्देशक पनि यिनै हुन् । तर यी निर्देशकले छाडा शब्द र दृश्यले फिल्म नचल्ने रै’छ भन्ने कुरा चाल पाएछन् । त्यसैले अहिले यिनी फिल्म क्षेत्रमा देखिएको यस्तो खाले विकृति हटाउनका लागी ‘ब्रम्हा’ जन्माउँदैछन् । उनले जन्माएको ब्रम्हाले फिल्म क्षेत्रको तनाव दुर गर्ने र नेपाली फिल्म उद्योगलाई बचाउने उनले दाबी गर्छन् ।

ऋषिले दाबी गरेजस्तै हुन्छ या हुँदैन तर यस्तै सपना साँचेर उनले आफ्नो नयाँ फिल्म ‘ब्रम्हा’को शुटिङ भने शुरु गरिसकेका छन् । सोमबार काठमाण्डौमा फिल्मको शुभ मुर्हत गरेर चितवन हानिएको टोलीले सोमबारदेखि नै सुटिङ शुरु गरिसकेको उनले जानकारी दिए । फिल्ममा ‘ब्रम्हा’ बनेर कलाकार निर्मल सेन्चुरी देखिँदैछन् । न्यौपानको यसअघिको फिल्म तनावमा मुख्य भुमिकामा देखिएका सेन्चुरीलाई निर्देशकले पुनः अर्को फिल्ममा दोहोर्‍याएका हुन् । त्यस्तै तनावकै अन्य दुई नायिका रागिनी खड्गी र एनी कुँवर पनि यो फिल्ममा दोहोरिएका छन् ।

४५ दिनमा सुटिङ प्याकअप गरिसक्ने लक्ष्य राखिएको फिल्मको केहि दिन चितवन आसपासमै सुटिङ हुने सेड्युल रहेको निर्माणपक्षले जनाएको छ । चितवन पछि पोखरामा पनि फिल्मको सुटिङ हुने निर्देशकले बताए । सिजे पाण्डे र भुपेन बस्नेतको निर्माणमा तयार हुन लागेको यो फिल्ममा सम्राट बस्नेतको द्वन्द निर्देशन रहनेछ भने बब्बु थापाले नृत्य निर्देशन गर्नेछन् । फिल्म  पवन गौतमले खिच्दैछन् । (Filmy khabar)

0 सबै कमेन्टहरु हेर्नुहोस्: