Mar 29, 2013

नायिका निशा अधिकारी सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने (फोटोहरु पनि )

नायक अर्जुन कार्की सगरमाथा आरोहणका लागि यतिबेला लुक्ला पुगेका छन् । यही भिडमा नायिका निशा अधिकारी पनि देखिएकी छिन् । नायिका अधिकारी चैत्र २४ गते सगरमाथा आरोहणका लागि प्रस्थान गर्ने बताइएको छ । काठमाण्डौमा आयोजना गरिएको एक पत्रकार सम्मेलनमा नायिका अधिकारीले आफू सगरमाथा चढ्ने तयारीमा रहेको बताउँदै सबैलाई सहयोगको आग्रह गरिन् ।नायिका अधिकारीले सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा लिएर जाने इच्छा व्यक्त गरेकी छिन् । उनले भनिन्, ‘म सगरमाथाको चुचुरोमा नेपाली सिनेमाको झण्डा फरफराउन चाहन्छु तर हामीसँग आफ्नो नाम र झण्डा छैन ।’ उनले कलिउड भन्ने नामले नेपाली सिनेमाको परिचय नदिने भन्दै नयाँ नाम राख्न सबैलाई आग्रह गरिन् । निशाले पत्रकार सम्मेलनमा भनिन्, ‘म नेपाली सिनेमालाई परिचय दिने नाम भएको झण्डा लिएर सगरमाथा चढ्न चाहन्छु ।’ उनले सबै संघसंस्था र पत्रकारहरुलाई नेपाली सिनेमाको परिचय दिने नाम राखेर त्यसको झण्डा आफूलाई दिन आग्रह गरिन् । कलिउड भन्ने नामले भारतको एक प्रान्तिय सिनेमा भन्ने वुझाउँछ ।सगरमाथा आरोहणका लागि ४० लाख खर्च लाग्ने निशाको भनाई छ । कार्यक्रममा कलाकार संघका अध्यक्ष नबल खड्का, कलाकार बसुन्धरा भुषाल, नायिका करिश्मा मानन्धर, कलाकार संघका निवर्तमान अध्यक्ष रमेश वुढाथोकी, नेपाली पहिलो रंगिन सिनेमाकी नायिका चैत्यदेवी, पत्रकार शान्तीपि्रय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसी, निर्देशक दिनेश डीसी लगायतले शुभकामना दिएका थिए ।
कार्यक्रममा चलचित्र बिकास बोर्डका अध्यक्ष धमेन्द्र मरबैता ‘पप्पु’ लाई निमन्त्रणा गरिएपनि उनी उपस्थित भएनन् । नायिका अधिकारीले अध्यक्ष ‘पप्पु’ लाई बोलाए पनि उनी उपस्थित नभएकोमा दुख व्यक्त गरिन् ।
नायिका निशा अधिकारीले केही महिना अघि तिन महिना सगरमाथा आरोहणको नेतृत्व सम्वन्धी तालिम लिएकी थिइन्