Apr 10, 2013

यो बर्षका पाँच चर्चित हिरोईनहरु

यो बर्षका पाँच चर्चित हिरोईनहरुको मूल्याकंन पनि हरेक एंगलबाट गरिएको छ । चाहे त्यो कन्ट्रोभर्सीको मामला होस् वा अभिनयको । नम्बर सवै एंगलबाट जोडिएको छ । जस अनुरुप कन्ट्रोभर्सीकै कारण नम्बर वानमा परेकी छिन् रेखा थापा । यस्तै नम्बर टुमा प्रियंका कार्कीको नाम आउँछ भने नम्बर थ्रीमा निशा अधिकारी । त्यसैगरी नम्बर फोरमा सुमिना घिमिरे परेकी छिन् भने नम्बर फाईभमा शुष्मा कार्की ।

रेखा थापा : रेखा थापा अत्याधिक विवादमा परेर न्यूजमा छाईरहिने हिरोईन बनेकी छिन् यस बर्ष । यसका अलावा केही महिना अघि छवि ओझासंगको औपचारिक रुपमा १२ बर्षे बैबाहिक सम्बन्धलाई पूर्ण विराम लगाएको खबरले पनि रेखा यो बर्ष चर्चाको शिखरमा पुगिन् । भला उनको चर्चाको शिखर यो बर्ष अत्याधिक नकारात्मक भयो । यस्तै गाँजा तानेको फोटो सार्वजनक होस् वा अमेरिका भ्रमण पश्चातको दिएको होमलेस स्टेटमेन्ट । यी सवै गतिविधिले रेखाले आफ्नो १२ बर्षे फिल्मी करिअरलाई पनि ओरालो तर्फ धकेलिन् यो बर्ष । यसका अलावा माओवदी निकट रहदा उनले केही दिन अघि भ्रष्ट मन्त्री खुमबहादुर खड्कलाई जेलमै गएर भेट्नु पनि उनको विवादास्पद कदम हो । भावी दिनमा राजनीतिमा छाउने सपना बुनेकी रेखाले खुमबहादुरलाई गएर भट्नु आफ्नो राजनीतिक भबिष्यलाई आफैले बञ्चरो हानेको रिभ्यू भईरहेको छ फिल्मी बजारमा । अभिनयको हिसावले चाहि रेखाले खेलेको मालतीको भट्टी सफल भएको छ भने अन्य फिल्महरु चल्नका लागि मात्र चले । बर्ष अन्त्यमा रेखाले अभिनय गरेको हमेशाले उनलाई कुन मोडमा पुर्‍याउँछ, नजिताको फर्खाईमा छौं ।
 

प्रियंका कार्की : ब्याकटुब्याक विभिन्न फिल्महरुमा बढेको ब्यस्तताका कारण प्रियंका कार्की यस बर्ष चर्चामा रहिन् । नयाँ हिरोईनहरुको लिष्टमा नम्बर वानको ट्याग समेत पाएकी प्रियंकाका तीन फिल्म थ्री लभर्स, कलिउड र भिजिलान्ते यो बर्ष रिलिज भए तर लगानी सुरक्षित कुनै ले गर्न सकेनन् । न्यूजमा सभ्य तरिकाले पेश भएकी प्रियंका फिल्मलाईनमा प्रवेश गरेको बर्ष भन्दा यो बर्ष ज्यादा रुचाईन् पनि । उनको अभिनयको तारिफ गर्ने पनि धेरै देखिए । बर्थ डेसंगै डिभोर्स भएको खबर सार्वजनिक गर्नु उनको यो बर्षको  हिट न्यूजमा गनिन्छ । कन्ट्रोभर्सी भन्दा पनि यिनी काम र ब्यबहारले नम्बर टू हिरोईनको लिष्टमा अटाएकी छिन् यो बर्ष ।
 


निशा अधिकारी : निकै चर्चा गरिएको दुई फिल्म धुवाँ यो नशा, पद्धमीनि र सुनगाभा सुपर फल्पसंगै निशा अधिकारीको ब्यस्ततामा केही कमि भने भयो यो बर्ष । यध्यपी यो बर्षको सुरुवातमा मायाज बारको चर्चाले निशाको फिल्मीबजारमा केही रेट पनि बढायो । लगानी रिकभरको स्थितीमा मेघा बजेटको मायाज बारमा निशाको सफलता जोडिएको छ भने बजेट कम भएका हिसाबले अपवादको हकमा पनि उनी सफल छिन् । कन्ट्रोभर्सीको हकमा निशा यो बर्ष त्यति देखिईनन् बरु बर्षको अन्त्यमा सगरमाथा चढ्ने प्रयास देखाउनुले उनको चर्चा फेरी चुलियो । उनी सगरमाथा चढ्नका लागि हिजो बिहान प्रस्थान गरिसकेकी छिन् ।
 

सुमिना घिमिरे : पत्रकारको खुट्टा एकातिर टाउको अर्को तिर पारिदिने धम्कीका कारण बर्षको अन्त्यमा सुमिना घिमिरे चर्चामा आउदै चौथो नम्बरको हिरोईन भएकी छिन् । अभिनय राम्रो भएपनि उनले खेलेका फिल्म हेल्लो प्रकृति, माई ब्रदर, तिम्रै लागी र नाईन ओक्लकको बिजनेस चाहि नराम्रो भएको अवस्था छ । ब्यस्तताको हिसावले उनी यो बर्ष ब्यस्त नै रहिन् । विदेश भ्रमण देखि लिएर मोफसल दौडाहा अनि सो दौडाहसंगै पत्रकारहरुको टोलीद्धारा सुमिना कार्यक्रम बहिस्कारले सगरमाथा छोएको अवस्था छ अहिले । यस्तै फिल्म लाइनमा आएको थोरै समयमा घर किनेको प्रसंग होस् वा मलेसिया भ्रमणमा निस्कएको प्रसंग ती सवै प्रसंगले पनि कन्ट्रोभर्सीको रुप लियो सुमिनाको हकमा र विवादमा ल्याईरह्यो ।
 

शुष्मा कार्की :  शुष्मा कार्की पनि सुदर्शन थापाको ब्रेकअप र निरनसँगको नयाँ सम्बन्धले चर्चामा रहिन् । यस्तै फिल्ममा हिरोइनको रूपमा भन्दा पनि आईटम गर्लको रूपमा शुष्माले यो बर्ष धेरै काम पाईन् र आईटम गर्लकै रूपमा चर्चामा रहिन् । यस्तै यसै बर्ष व्यवसायिक रूपमा सफल मानिएको फिल्म बिन्दासले पनि शुष्मालाई राम्रै चर्चा दियो । कहिले पोस्टर काण्ड त कहिले निर्देशकसँगको झगडा अनि कहिले सुटिङ स्पटमा नै भनाभन । यि यस्तै चर्चा र बिबादले शुष्मालाई यो बर्ष चर्चित हिरोइनको रूपमा उभ्याईएको हो ।

 
बर्षका अन्य चर्चित फिमेल एक्टर्सः चपली गर्ल बिनिता काम भन्दा पनि कन्ट्रोभर्सीले चर्चामा छिन् । बर्षको सुरुवातमा भएको राज घिमिरेसंगको फेसबुक काण्डले उनलाई प्रहरी चौकी सम्म पुर्‍यायो । फिल्म फुलस्टप मार्फत यो बर्ष गत बर्षको भन्दा ठीक विपरित फिल्मी रिजल्ट पाईन् उनले । त्यसका अलावा शरिरका हरेक अंगमा आफ्नो नयाँ फिल्मको नामसुपरहिट लेख्दै उनले नयाँ चर्चा बनाईरहेकी छिन् ।
 
 
अश्लिल फिल्म एटिएमकै कारणले नायिका जीया केसी यो बर्ष अत्याधिक चर्चामा रहिन् । अभिनय भन्दा पनि उनी फिल्मको स्क्याण्डलले नै चर्चामा आईन् । यो बर्ष उनले जती फिल्ममा काम गरिन् ति सबैबाट आलोचित भईन् । आलोचित नहुन पनि कसरी देखाउन नहुने सबै देखाएपछि र बोल्न नहुने सबै बोलेपछि । यस्तै उनी अभिनेता भुवन केसीसँगको लभ अफएयरबाट पनि यो बर्ष चर्चामा रहिन् ।
 
विनय श्रेष्ठसंगको लामो अफएयर यहि बर्ष ब्रेक हुनु ,यहि बर्ष भिसा गर्ल मार्फत प्रोड्यूसरको अनुभव पूर्णरुपले लिनुले ऋचा शर्मालाई चर्चामा ल्याईरह्यो । यस्तै फिल्म मेकिङको सानो कोर्षका लागि जर्मनी प्रस्थानले पनि ऋचा चर्चामा आईरहिन् । यसैगरी ऋचासंगै भिसा गर्लमा अभिनय गरेकी रिमा विश्वकर्मा पनि बर्षभरी ब्यस्त हिरोईनको रुपमा देखा परिन् । यस्तै ऋचा छाडि रिमा तिर विनय श्रेष्ठ नजिकिएको प्रसंगले पनि रिमा यो बर्ष चर्चामा आईरहिन् ।  यहि बर्ष नायिका नीता ढुंगानाको पनि राम्रै चर्चा भयो । बिशेषत उनी फिल्म नोटबुकबाट बढि चर्चामा आएकी छिन् । (FILMYKHABAR)