Apr 24, 2013

निशा र अर्जुनले सगरमाथा चढ्न पाउने


संस्कृति,पर्यटन तथा नागरिक उडडयन मन्त्रालयले नायिका निशा अधिकारी र नायक अर्जुन (जितबहादुर) कार्कीलाई बिश्वको सर्वौच्च शिखर सगरमाथा आरोहण गर्न दिने भएको छ । राससका अनुसार अनुमति बिनै सगरमाथा चढ्न लागेको खबर बाहिरिएपछि अलपत्र परेका यि दुई कलाकार अब हेल्परको रूपमा सगरमाथाको चुचुरोमा पुग्ने छन् ।
 
नायक कार्की र नायिका अधिकारी सेभेन समिट ट्रेक एक्स्पिडिसनमार्फत हाइअल्टिच्युड वर्करका रूपमा सगरमाथा चढ्न प्रक्रियागत रूपमा गएकाले मन्त्रालयले नरोक्ने मन्त्रालयका लेखापाल तिलक पाण्डेको भनाई छ । यि दुई कलाकारहरूले हेल्परको अनुमति मन्त्रालयबाट लिएको हुनाले सगरमाथा चढ्न दिईन लागेको पाण्डेले बताए ।
 
सबैभन्दा बढी सगरमाथा चढेर कीर्तिमानी कायम गर्ने साहसिक आरोही आप्पा शेर्पाले समेत हेल्परकै रूपमा सगरमाथा चढेको उदाहरण दिंदै लेखापाल पाण्डेले भने- 'कसैले ट्रेकिङ एजेन्सीलाई रकम तिर्छ वा पारिश्रमिक लिन्छभन्दा पनि हामीले प्रक्रिया हेर्छौं र यि कलाकारले प्रक्रिया पुर्‍याएको देखिन्छ ।'

0 सबै कमेन्टहरु हेर्नुहोस्: